भर्खरै :

लेनिन कथा – ३, पीरैपीरको पहाड

 मरिया प्रिलेजायेभा
(विश्वका सम्पूर्ण कामदार जनताका महान् गुरू भ्लादीमिर इल्यीच लेनिनको समग्र जीवन चरित्रको झाँकी प्रस्तुत गर्ने प्रस्तुत गहकिलो एवं प्रेरणादायी पुस्तक ‘लेनिन कथा’ लेनिनको विषयमा गहिरो अध्ययन गरेकी सोभियत लेखिका मरिया प्रिलेजायेभाले सन् १९७१ को फेबु्रअरी महिनामा प्रकाशित गरेकी थिइन् ।
अघिल्ला अङ्गमा हामीले लेनिनको उदात्त चरित्र कस्तो पारिवारिक र शैक्षिक परिवेशमा निर्माण भएको थियो भन्ने चित्रको सुरूआती झलक हेरेका थियौँ ।)
आशङ्गा
भोलोद्या साना कक्षामा छँदा उनले मिहिनेत गर्न नसक्लान् कि भनी बुबा डराउनुहुन्थ्यो । हुन त भोलोद्या योग्य थिए, नयाँ कुरा सजिलै टिप्न सक्थे । पछि–पछि भोलोद्यालाई मिहिनेत गर्न आउँछ भनी बुबामा विश्वास पलायो । नआउनु पनि कसरी, घरमा सबजना मिहिनेतलाई यति नै आदर गर्थे ।
साशा स्कूलको पढाइ सकेर पिटर्सबर्ग विश्वविद्यालयमा भर्ना भएका थिए । उनी पिटर्सबर्ग जानुभन्दा पहिले दुई भाइ एक दिन भेनेत्स गएका थिए । सिम्बिस्र्कमा भोल्गा नदीद्वारा बनेको किनारलाई यही नामले चिनिन्थ्यो र दुई भाइलाई यो ठाउँ औधी मनपथ्र्याे । यहाँबाट आकाशदेखि नदीसम्मको विस्तृत दृश्य देख्न सकिन्थ्यो ।
“तिमीलाई मान्छेमा सबैभन्दा राम्रो लाग्ने चीज के हो ?” त्यस दिन भोलोद्याले सोधे ।
“मिहिनेत, ज्ञान र इमानदारी,” साशाले उत्तर दिए । केही सोचेझैँ गरी फेरि भने, “मेरो विचारमा हाम्रो बुबा पनि त्यस्तै हुनुहुन्छ ।”
आज भोलोद्याले साशाका ती शब्द झलझली सम्झिरहेका थिए । बुबा स्कूलहरूको निरीक्षणको लागि जानुभएको थियो र यतिञ्जेल फर्किसक्नुपथ्र्यो ।
भोलोद्या दोस्रो तलामा आफ्नो सानो कोठाभित्र बसेर पढिरहेका थिए । नजिकै साशाको त्यस्तै सानो तर खाली कोठा थियो । तीन वर्षदेखि उनी पिटर्सबर्ग विश्वविद्यालयमा पढिरहेका थिए । अन्यूता पनि पिटर्सबर्गमै कन्या कलेजमा पढिरहेकी थिइन् । भोलोद्यालाई उनीहरूको, खासगरी साशाको औधी झल्को आउँथ्यो ।
“धेरै समय भयो सम्झनामा हराएको ¤ अब पढ्नु पनि पर्छ,” भोलाद्याले आफैसँग भने । भोलिको पाठ तयार भएपछि भोलोद्याले बाल्यकालमा जस्तै सबै किताब–कापी सम्हालेर झोलामा राखे । अनि साँझभरि बाहिरी किताब पढिरहे ।
उनले दोब्रोल्यूबोभ, पिसरेभ, बेलिन्स्की र हरजेनजस्ता साहित्यकार, दार्शनिक र क्रान्तिकारीहरूका किताब पढ्छन् भन्ने कुरा स्कूलका शिक्षकहरूलाई थाहा थिएन । यी किताबबाट उनले ती कुराहरू थाहा पाउँथे जुन स्कूलका किताबहरू पढेर कहिल्यै थाहा पाइन्नथ्यो । यिनै किताबले उनलाई समाजमा पाइला–पाइलामा हुने अन्यायसँग साक्षात्कार गराए ।

दाजुको मृत्युदण्डपछि शोकाकुल आफ्नी आमालाई सान्त्वना
दिँदै युवा लेनिन


भोलोद्याले किताबबाट नजर हटाएर घडीतिर हेरे । “उफ ! धेरैबेरदेखि पढेको पढ्यै छु । यसो आमालाई हेरेर आउनुप¥यो ।” उनी तल भान्छाकोठातर्फ दौडिए ।
आमा एक्लै हुनुहुन्नथ्यो । बुबाका साथी र सहकर्मी तन याकोभ्लेभ यत्तिकै केहीबेर बस्न आएका थिए । उनी बुबाजस्तै स्कूलको निरीक्षक पदमा काम गर्थे । उनी चुभाश जातिका थिए । तन याकोभ्लेभ जारशाही सरकारद्वारा उत्पीडित आफ्नो अल्पसङ्ख्यक जातिको हितको रक्षार्थ सधैँ लडिरहन्थे ।
भोलोद्याले उनले बोलेको सुने ः
“हाम्रो इल्या निकोलाइभिचको प्रशंसा किन गर्नुपर्छ भने उनी अफिसहरूको चाप्लुसी पटक्कै गर्दैनन् । बरू सकेसम्म जनताको भलाइ नै सोच्छन् । उदाहरणको लागि, उनले हामी चुभाश र मोर्दभिनहरूको लागि धेरै काम गरेका छन्, कति स्कूल खोलेका छन् ।”
आमाले भन्नुभयो, “किन हो कुन्नि, उहाँ अझैसम्म आउनुभएको छैन । मलाई चिन्ता लागेको छ ।”
नजिकैको हलबाट हल्काफुल्का आवाज आयो । ओल्याले पियानोबाट चाइकोभ्स्कीको रचना बजाइरहेकी थिइन् । सबैले चुप लागेर सङ्गीत सुन्न थाले ।
त्यसैबेला घण्टी बजेको सुनियो । भोलोद्या खुसीले उफ्रियो । आमा पनि करेन्ट लागेझैँ झस्किनुभयो र जुरूक्क उठ्नुभयो । उहाँको अनुहार एकाएक हँसिलो भयो ।
“भोलाद्या, बच्चाहरू, बुबा आउनुभयो ।”
साँच्चिकै सरकारी कोटमाथि भेँडाको छालाको ग¥हौँ ओभरकोट लगाउनुभएको इल्या निकोलाइभिच घरभित्र प्रवेश गर्नुभयो । उहाँको दा¥हीमा बरफका कणहरू जमेका थिए । सबैले बुबालाई कपडा खोल्न मद्दत गरे । कसैले गएर बुबाका घरमा बस्दा लगाउने ज्याकेट र जुत्ता ल्याइदिए । खाना पस्किइयो । बुबालाई बसालेर खाना खुवाइयो । स्नेहको यो न्यानोपनले उहाँलाई आनन्दित तुल्यायो । दायाँ हातले दा¥ही मुसार्दै उहाँले भन्नुभयो ः
“आहा ! यस्तो तुफान र चिसो मौसममा यात्रा गरेर घर आउँदा कति रमाइलो लाग्छ ।”
स्वागतको जोस केही शान्त भएर बुबाको चिसो गालाको लाली जानथालेपछि भोलोद्यालाई बुबा अति थकित र केही दुखी हुनुहुन्छ भन्ने लाग्यो । तन याकोभ्लेभलाई पनि यस्तै महसुस भयो ।
“कुनै अप्रिय घटना घटेको छ र इल्या निकोलाइभिच ?” इल्या निकोलाइभिचको चौडा निधारमा तीतो सम्झनाले गर्दा बल प¥यो ।
“यसो सोच्नुस्, टाढा, सुनसान ठाउँमा एउटा गाउँ छ । त्यसको ठीक बीचमा स्कूल छ । चारैतिरबाट हावाहुरीको मार खेपिरहने । स्कूलमा शिक्षिकाको एउटा सानो कोठा छ । त्यहाँ पत्रपत्रिका र किताब त परको कुरा हो, कोठा न्यानो बनाउन दाउरा पनि छैन । सोच्न सक्नुहुन्छ ? शरद यामको लागि स्कूलमा दाउरा पनि जम्मा गरेर राखिएको छैन । किनभने ती शिक्षिका गाउँको धनी मुखियाको सामु झुकिनन् । उसले बिचरीको ज्यान धरापमा पारिरहेको छ । सहानुभूतिका दुई शब्द बोल्ने पनि कोही छैन… ।”
“बुबा, हजुरले उनको पक्ष लिनुभएको छ त ।” भोलोद्याले भने ।
“हो लिएको त छु । तर म कतिञ्जेल त्यहाँ बस्न सक्थेँ र ? म फर्किएपछि उनी फेरि एक्लै भएकी छिन् । मुखियाले सारा गाउँलाई आफ्नो मुठीमा राखेको छ । किसानहरूसँग कुनै अधिकार छैन । जमिन पनि थोरैमात्र छ । धेरै त जमिनदार र पुँजीपतिहरूसँग छ । गरिबहरूले आधा शरद् रोटीबेगर काट्नुपर्छ ।”
इल्या निकोलाइभिच कोठामा यताउता गर्न थाल्नुभयो । उहाँलाई सास फेर्न अप्ठ्यारो भइरहेको थियो । त्यसैले उहाँले कलरको टाँक खोल्नुभयो । उहाँको आँखामा उदासी छाएको थियो ।
“यता सुन्नुस् त, तपाईं थाक्नुभएको छ । केही समय आराम गर्नुुस् ।” मरिया अलेक्सान्द्रोभ्नाले चिन्ताग्रस्त स्वरमा भन्नुभयो ।
“मलाई केही भएको छैन, माशेन्का । म अझै बलियो नै छु,” इल्या निकोलाइभिचले विनम्र स्वरमा भन्नुभयो ।
उहाँले भोलोद्यालाई काखमा लिनुभयो । बुबाको जस्तै उनको गालाका हड्डीहरू अलि बाहिर निस्किएका थिए । निधार पनि बुबाको जस्तै चौडा थियो । बुबाको स्नेहले उनको भित्री मन छोयो । तर लजालु स्वभावका कारण उनले हल्का मुस्कानको जवाफ फर्काए ।
बुबा
जाडो बिदा सकिँदै थियो । छिट्टै अन्यूता पिटर्सबर्ग फर्किँदै थिइन् । उनी छुट्टीमा घर आएकी थिइन् । साशा भने आएका थिएनन् । अझ भन्दा, आउन पाएका थिएनन् किनकि घर आउन–जान धेरै खर्च लाग्थ्यो । पिटर्सबर्गमा घरको कमी महसुस भइरहने हुनाले अन्यूतालाई घरको स–सानो चीजले पनि धेरै खुसी पाथ्र्यो । भान्छा कोठामा राखिएका फूलका गमलाले, प्यारो पियानाले । अब त आमाबाहेक बहिनी ओल्याले मजाले पियानो बजाउँथिन् । छुट्टीभरि भोलोद्या दिदीसँगै रहे । उनीहरू बत्ती नबालिकन हलको एउटा कुनातिरको सोफामा बस्थे । कहिलेकाहीँ ओल्या पनि नजिकै बसेर अन्यूताले सुनाउने पिटर्सबर्गका कथाकुथुङ्ग्री सुन्थिन् ।
“हामी पनि पिटर्सबर्ग पढ्न जाने दिन कहिले आउने हो खै ?” भोलोद्या र ओल्याले सोच्थे ।
त्यो दिन पनि अर्थात् १८८६ जनवरीको १२ तारिखका दिन पनि उनीहरू सधैँझैँ हलमा बसेर गफ गरिरहेका थिए । “नानीबाबु हो, चिया पिउने बेला भयो ।” त्यति नै बेला आमाको स्वर सुनियो । केटाकेटीहरू भान्छाकोठातिर जान ज¥याकजुरूक उठे । नजिकै बुबाको कोठा थियो । त्यसकारण उनीहरू केटाकेटी पारामा सुस्त पाइला चालेर नजिक पुगे । बुबा आफ्नो काममा व्यस्त हुनुहुन्थ्यो । वार्षिक रिपोर्ट तयार पार्न उहाँले बिहानदेखि साँझसम्म मिहिनेत गर्नुपथ्र्याे । अरू निरीक्षक र प्राध्यापक आएर उहाँसँग कार्यक्रमको तर्जुमा र विद्यार्थीहरूको प्रगतिबारे दिनभरिजसो विचार–विमर्श गरिरहन्थे । आधा खुलेको ढोकाको चेपबाट भोलोद्याले बुबाको नुघेको पिठ्यूँ देखे । उहाँ टाउकोमा हात राखेर कुर्सीमा बस्नुभएको थियो । “बुबा आफूलाई अलिकति पनि दया गर्नुहुन्न ।” भोलोद्याले सोचे ।
भान्छाको वातावरण भने धेरै रमाइलो र न्यानो थियो । कुर्सीमाथि राखिएको सामोभारमा पानी सोस्साउँदै उम्लिरहेको थियो । यो आवाजले केटाकेटीका चिन्ता र आशङ्गाका सारा बादल फाटे र मनमा फेरि उल्लासको लहर दौडियो । फेरि एकचोटि सबैले अन्यूता र साशाका विद्यार्थी जीवनबारे कुरा गर्नथाले । साशा वैज्ञानिक बन्लान् कि भन्ने कुरा पनि चल्यो । उनमा वैज्ञानिकमा हुनुपर्ने सम्पूर्ण गुण र लक्षण थिए । अनि ओल्या एक सफल सङ्गीतज्ञ होलिन् कि । अहिलेदेखि नै उनी गजबले पियानो बजाउँछिन्, धेरै मिहिनेती र लगनशील पनि छिन् ।
गाढा चियाको गिलास बुबाको कोठामा छोडेर आमा सामोभारनिर केटाकेटीका कुरा सुन्दै केही बुनिरहनुभएको थियो । अलिछिनपछि आफ्नो कोठाबाट निस्केर बुबा दैलोमा रोकिनुभयो र धेरै बेरसम्म सबैलाई एकोहोरो हेरिरहनुभयो । अनि केही नबोली कोठाभित्र पस्नुभयो ।
“बाबा आज अलि अर्कै देखिनुभा’छ,” भोलोद्याको मनमा कुरा खेल्यो ।
“जाउँ बुबालाई हेरेर आउँ,” एकाएक मरिया अलेक्सान्द्रोभ्नाले तय गर्नुभयो र धागाहरू टेबलमा राखी उहाँको कोठातिर लाग्नुभयो ।
“नानी–बाबुहरू ¤ आन्या, भोलोद्या ¤” उहाँको काँतर चिच्याहट सुनियो । बुबा कोखेपरि कोठामा पल्टिनुभएको थियो । उहाँको आँखा करिब बन्द थियो र पूरै शरीर कामिरहेको थियो । तुरून्त कसैलाई डाक्टर बोलाउन पठाइयो । हड्बडी मच्चियो । कसैको रूवाइ र भयानक कोलाहल सुनियो ।
घण्टाभरमै केटाकेटीमाथिको बुबाको सहारा उड्यो ।
शवपेटिकालाई हलमा राखियो । जरा गाडेर बसेझैँ गरी तीन दिनसम्म त्यसको सिरानबाट आमा उठ्नुभएन । छोरीहरूको रूवाइ थामिने छाँट देखिएन । आँसुले गर्दा भोलोद्याको बोली अड्किरहेको थियो । तैपनि उनले आफूलाई सम्हालिरहेका थिए । “बाबा, प्यारो बाबा, हजुरले हामीलाई छोडेर जानुभयो त ? हजुरविना हामी कसरी बाच्नेहोला ?”
असङ्ख्य मानिसहरू इल्या निकोलाइभिचसँग अन्तिम बिदाइ लिन आए । तिनमा शिक्षक थिए, विद्यार्थी र साथीहरू थिए । बुबाले जनताको निम्ति महत्वपूर्ण र लाभदायी काम गरिरहनुभएको छ भन्ने भोलोद्याले बुझेका थिए । तर उहाँले कति भलाइको काम गर्नुभएको थियो भन्ने कुरा उनले अहिलेमात्र बुझ्न पाए ।
इल्या निकोलाइभिचलाई गाडेको दिन असाध्यै जाडो थियो र घाम पनि देखिएको थियो । मनमोहक फूलका बोटहरू एक आपसमा जोडिएर उभिएका थिए । तिनका हाँगाबिँगामा आसपासको स्थितिबारे अन्जान चराचुरूङ्गी फ्यार्रफुर्र उडिरहेका थिए । यसकारण हाँगाबिँगा हल्लिरहेका थिए र फूल झरिरहेका थिए । मानिसहरूले शवपेटिका उचालिरहेका थिए । सबैभन्दा अगाडि इल्या निकोलाइभिचका शिष्यहरू श्रद्धाञ्जली माला लिएर हिँडिरहेका थिए ।
“बाईबाई, बाबा ।” सुकेको कण्ठले यति भनेर भोलोद्याले बुबासँग अन्तिम बिदा लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *