कमलराज गोसाई
विशेषगरी सानो–सानो हुँदा सबै विद्यार्थीहरूलाई परीक्षा भन्ने बित्तिकै छ्या ! भन्ने शब्द दिमागमा आउँछ । थोरै जनालाई मात्र परीक्षा छ्या नभई, आहा हुँदो हो । चैत ६ गतेदेखि एसईई परीक्षा देशभरि सुरु हुँदै छ । एसईईलाई विद्यार्थीको जीवनको महत्वपूर्ण परीक्षाको रूपमा लिइन्छ । हुन त एसईईपछि धेरै परीक्षाहरू उत्तीर्ण गर्नुपर्ने हुन्छ तर सबै विद्यार्थी, अभिभावक, विद्यालय र शिक्षक शिक्षिकाहरू यस परीक्षालाई अलग नजरले हेर्ने गर्छन् । यो समयमा विद्यार्थीहरू तनाव र त्रासमा अध्ययन गर्दै छन् होला ।
परीक्षा भनेबित्तिकै जो कोहीलाई एक प्रकारले तनाव हुन्छ । अलिकति डर, अलिकति विचलन हुन्छ नै । शिक्षणको लागि परीक्षा दिने व्यक्ति पनि आफू उत्तीर्ण भएको सूचना नपढेसम्म डर मिश्रित अवस्थामा रहन्छ । त्यस्तै सवारी साधनको लाइसेन्सको परीक्षा दिने होस् या डाक्टर पढ्न प्रवेश परीक्षा दिने होस् या एमबीबीएस उत्तीर्ण गरी कार्य थालनी गर्न लाइसेन्स परीक्षा दिने, चलचित्र निर्माण गर्ने, चलचित्रमा अभिनय गर्ने नै किन नहोस् । लेख लेख्ने, पत्रिका प्रकाशन गर्ने आदि–इत्यादि जो कोहीले निरन्तर परीक्षाको सामना गरिरहेका हुन्छन् र मृत्युपर्यन्त फरक–फरक प्रकारको परीक्षा दिई नै रहनुपर्दछ । परीक्षा दिंदा–दिंदै जीवन बित्छ तर परीक्षाको डर सधँै रहन्छ ।

(उच्च अङ्क ल्याउने), कसको व्यवहार राम्रो, को कुन खेलमा राम्रो हो ? सो कुरा पत्ता लगाउन परीक्षा नै आवश्यक पर्दछ । परीक्षाले त कम अङ्क ल्याइरहेका विद्यार्थीलाई बढी अङ्क ल्याउने सिकाउँछ, त्यस्तै राम्रो अङ्क ल्याइरहेका विद्यार्थीहरूलाई झन् बढी अङ्क ल्याएर उत्तीर्ण हुन हौसला प्रदान गर्दछ । त्यसैले परीक्षा आवश्यक छ प्रगति उन्मुख हुनको लागि, विकासको लागि ।

प्रत्येक व्यक्ति परीक्षाको लागि अथक अध्ययन गर्दै, परीक्षा दिंदै, प्रगति गर्दै अघि बढ्ने गर्दछ । विद्यार्थीले कक्षा एकको परीक्षा नदिने हो भने कक्षा दुईको सिँढी कसरी चढ्थ्यो होला ? त्यो सिलसिला जारी नहुने हो भने कक्षा आठ वा कक्षा दससम्म कसरी पुग्थ्यो होला ? परीक्षा भनेकै एक तहबाट अर्को तहमा उक्लनको निम्ति मौका प्रदान गर्ने बाटो हो ।
राम्रो नचाहने व्यक्ति यो संसारमा कोही पनि नहोला । कापी किन्नु परे राम्रै कापी रोज्छौँ, किताब पढ्नु परे राम्रै किताब किन्छौँ, खाजा खान पसल÷होटेल खोज्नु परे राम्रै पसल÷होटेलमा छिर्छौं, राम्रै माल–सामान प्रयोग गरेर राम्रै घर बनाउँछौँ, हरेक चीज राम्रैमात्र खोज्छौँ, नराम्रो त झुक्किएर पनि खोज्दैनौँ । नराम्रो र राम्रो छुट्याउने कडी भनेकै परीक्षा हो । को विद्यार्थी राम्रो
(उच्च अङ्क ल्याउने), कसको व्यवहार राम्रो, को कुन खेलमा राम्रो हो ? सो कुरा पत्ता लगाउन परीक्षा नै आवश्यक पर्दछ । परीक्षाले त कम अङ्क ल्याइरहेका विद्यार्थीलाई बढी अङ्क ल्याउने सिकाउँछ, त्यस्तै राम्रो अङ्क ल्याइरहेका विद्यार्थीहरूलाई झन् बढी अङ्क ल्याएर उत्तीर्ण हुन हौसला प्रदान गर्दछ । त्यसैले परीक्षा आवश्यक छ प्रगति उन्मुख हुनको लागि, विकासको लागि ।
हो, यही भएर प्रत्येक विद्यार्थीले परीक्षालाई आफू कुन स्थानमा छु, कति ज्ञान आफूमा छ, कति स्मरण गर्नसक्नेरहेछ, आफू कति क्षमतावान छु भन्ने परीक्षण गर्ने र आफूले आफूलाई मूल्याङ्कन गर्ने महत्वपूर्ण पक्ष हो भनेर बुझ्नु आवश्यक छ । परीक्षामा राम्रै लेख्नैपर्छ । राम्रो लेख्न राम्रो तयारी गर्नुपर्दछ । राम्रो तयारी कसरी गर्ने त ?
उपाय १ ः पढ्नको लागि वातावरण बनाउने
पढ्ने वातावरण भन्नाले एउटा सफा ठाउँ, जहाँ आफूलाई चाहिएको कापी, किताब, कलम इत्यादिबाहेक केही नहोस् जसले आफ्नो ध्यान विकेन्द्रीकरण गरोस् । मोबाइल, टीभी, भिडियो गेम, खेलसँग सम्बन्धित सामग्रीहरू, आरामदायी पलङ्ग, मज्जाको कुर्सी, न्यानो कपडा आदि विद्यार्थीहरूभन्दा टाढा राख्नुपर्दछ किनभने यी चीजहरूले पढाइमा बाधा पार्छ । उदाहरणको लागि आरामदायी कुर्सी वा पलङ्ग वा न्यानो कपडाले निद्रालाई स्वागत गर्दछ जसले गर्दा पढ्न बसेको विद्यार्थी भुसुक्कै निदाउँछ । मोबाइल, टीभी, भिडियो गेम इत्यादि त शत्रु नै हुन् परीक्षाको तयारी गर्ने विद्यार्थीहरूको लागि । पढ्ने कोठा शान्त त हुनैप¥यो । उज्यालो पनि हुनुपर्दछ । कम उज्यालो र बढी उज्यालोले पनि आँखामा असर पु¥याउँछ ।
उपाय २ ः सजिलोबाट गा¥हो
विद्यार्थीले पढ्नुपर्ने विषय धेरै हुन्छन् वा एउटा विषयभित्र पनि अनेकन पाठहरू हुन्छन् । विषय होस् वा पाठ, गा¥हो र सजिलो दुवै हुन्छन् । गा¥हो वा सजिलो भन्ने कुरा व्यक्तिपिच्छे फरक हुन्छ । छोटो समयमा आफूले पढेको विषय सम्झन पहिला सजिलो विषयबाट थालनी गर्नुपर्छ वा सजिलो पाठबाट सुरु गर्नुपर्दछ । यसो गर्नाले विद्यार्थीलाई पढिरहन हौसला मिल्दछ । एकैचोटि गा¥हो विषय वा पाठबाट पढ्न सुरु गर्दा विद्यार्थीमा नकारात्मक मानसिक दबाब पर्दछ जसले गर्दा पढ्न मन नलाग्ने बनाउँछ । त्यसैले पहिला सजिलो विषय वा सजिलो पाठ वा सजिलो प्रश्नबाट बिस्तारै गा¥होतर्फ जाँदा राम्रो हुन्छ ।
उपाय ३ ः पोमोडोरो विधि
एकैचोटि दिनभरि पढ्छु भनेर तम्सँदा १–२ घण्टामै जोश हराउन सक्छ । त्यसैले एक घण्टा पढेपछि पाँचदेखि दस मिनेट आराम गर्नुपर्दछ । आराम गर्दा दुई वटा प्रक्रिया चलिरहेको हुन्छ ः पहिलो, शरीर र दिमागले आराम पाउँदछ र दोस्रो, एकछिन अगाडि पढेको पाठ वा विषयबारे सम्झन थप सजिलो हुन्छ । हाम्रो दिमागले सिद्धिएको भन्दा नसिद्धिएको विषय÷पाठ बढी सम्झने प्रयास गर्दछ, यो प्रक्रियालाई ‘जेगार्निक असर’ भनिन्छ । त्यसैले आराम गर्ने समय हुनुअघि यदि पाठ पढ्न नसकिए पनि नआत्तिकन पढ्न रोक्नुहोस्, आराम गर्नुहोस् र फेरि पढ्न थाल्नुहोस् । यसरी पढाइपछि थोरै आराम र आरामपछि पढाइ गर्ने विधि अर्थात् ‘पोमोडोरा विधि’ विद्यार्थीको लागि फलदायी हुन्छ ।
उपाय ः ४ ‘काइजन विधि’
कुनै पनि कार्य थोरै अवधिबाट सुरु गरी विस्तारै अवधि बढाउँदै लाने प्रक्रियालाई ‘काइजन विधि’ भनिन्छ । हजार मिलको यात्रा एक पाइलाबाट सुरु हुन्छ भन्ने भनाइ यो विधिसँग लगभग मिल्छ । यदि कोही विद्यार्थीले दिनको एक घण्टा पढ्छ भने भोलि उसले एक घण्टा दस मिनेट पढ्ने प्रयोग गर्नुपर्छ, पर्सि अर्को दस मिनेट बढी । यो प्रक्रिया जारी रहे विद्यालयमा बिताउने समयबाहेक अध्ययनको लागि थप छ देखि आठ घण्टा बढी पढ्ने बानी नै बस्नेछ ।
उपाय ः ५ पढ्ने, लेख्ने र रिभिजन (Revision) गर्ने
घण्टाँै–घण्टा पढिरहने विद्यार्थी अब परीक्षाको कोठामा प्रश्नपत्र पढ्ने बित्तिकै असिन–पसिन हुन्छ किनभने उसले पढेको मात्र छ पढ्ने कुरा Notes को रूपमा बुझेको कुरा आफ्नो शब्दमा लेखेको छैन । Notes तयार गरेरमात्र पुग्दैन, जाँच सुरु हुनु दुई चार घण्टा अघि Revies पनि गर्नुपर्दछ । त्यसैले पढ्ने ल्यतभक बनाउने Revision गर्ने विधिलाई अपनाउनु अपरिहार्य छ । विशेषगरी विज्ञान, गणित र लेखा विषय लेखेर नै अध्ययन गर्नुपर्दछ । हेरेको÷पढेको भन्दा लेखेको कुरा धेरै बेरसम्म सम्झन सकिन्छ ।
उपाय ः ६ पढाउने र स्वपरीक्षा लिने
भनिन्छ, विद्या जति बाँडिन्छ त्यति नै बढ्छ । त्यसैले आफूले बुझेको पाठ÷विषय अन्य साथीहरूलाई सिकाउन पछि नपरोस् । तपाईँले अरूलाई सिकाउन तपाईँ आफैँले प्रस्टरूपमा बुझेको हुनुपर्छ । त्यसको लागि तपाईँले मिहिनेत गर्नुहुनेछ जसले गर्दा त्यो विषय वा पाठ याद आइरहन्छ । अरू साथीहरूलाई पढाउँदा वा बुझाउँदा तपाईँ आफूलाई निश्चित विषय कण्ठाग्र छ वा छैन थाहा पाउन सहयोग मिल्नेछ । यससँगै पाठ पढिसकेपछि कापीमा लेखेर स्वपरीक्षा लिनु पनि राम्रो हुन्छ ।
उपाय ः ७ तालिका बनाउने र अनुशरण गर्ने
हाम्रो शरीरको निश्चित द्यष्ययिनष्अब िअयिअप हुन्छ । हामी लगभग एउटै समयमा उठ्ने गर्दछौँ,
राती पनि लगभग एकै समयमा निद्रा लाग्छ, एकै समयमा भोक लाग्छ, यस्तो हुनु भनेको हाम्रो शरीरको घडीअनुसार हाम्रो दैनिक क्रियाकलाप चलेको हुन्छ । कतिपय विद्यार्थीहरूलाई तालिका अनुशरण गर्न गा¥हो हुने भएकोले तिनीहरू तालिका बनाउन आनाकानी गर्छन् । तालिकाले हामीलाई अनुशासित बनाउँछ र सफलताउन्मुख बनाउँछ । सुरुमा तालिका बनाएर अनुशरण गर्न गा¥हो भए पनि केही दिनपश्चात् शरीरको जैविक घडी (द्यष्ययिनष्अब िअयिअप) ले काम गर्नथाल्छ र तालिकाअनुसार चल्न सकिन्छ । तालिका बनाउँदा एकै दिन सबै विषय वा ३–४ वटा विषयको लागि समय छुट्याउनुहोस् । समय तालिका बनाउँदा पाँचदेखि छ घण्टा सुत्नको लागि पनि छुट्याउनुहोस् । ध्यान दिनुपर्ने एउटा कुरा के हो भने पढ्ने बेला परै ध्यान दिएर पढ्नुपर्छ । पढ्न छुट्याएको समयमा ध्यान भङ्ग गर्ने सबै तत्वहरूलाई टाढा राख्नुहोस् ।
उपाय ः ८ खानपान र व्यायाममा ध्यान
जसरी कुनै पनि मोबाइलको ब्याट्री सक्नुअघि हामी मोबाइल चार्ज गर्छौं त्यसरी हामीले चिल्लो–पिरो र बजारिया खानाबाट टाढा राखी घरमै पकाइएको खाना र मौसमअनुसार खाना खानु हितकारी हुन्छ । त्यस्तै बिहान उठ्नेबित्तिकै केही बेर हिँडेर व्यायाम गर्ने र ४०–६० मिनेटको पढाइपछि जीउ तन्काउने गर्नुपर्छ । खानपानमा प्रशस्त मात्रामा तरल शरीरमा उत्पादन हुने विकारयुक्त चीजहरू शरीरबाट बाहि¥याउन सहयोग मिल्छ ।
उपाय ः ९ पढ्ने बसाइँ
धेरै विद्यार्थीहरू भन्छन्, “एकछिन पढ्नेबित्तिकै निद्रा लाग्छ ।” विशेषगरी परीक्षाको समयमा मनपर्ने साथी नै निद्रा हो कि जस्तो लाग्छ । पढ्न बस्दा आफ्नो ढाड सीधा हुने गरी बस्नुहोस्, शरीरलाई कुप्रो बनाएर पढ्न बस्दा शरीर अल्छी बन्छ र निद्रा लाग्छ । त्यस्तै खाटमा पल्टेर पढ्दा शरीर बिस्तारै शिथिल बन्छ र निद्रा लाग्छ । पढ्ने बेलामा कमलो डस्ना भएको खाटमा बस्दा÷सुत्दा सिरानी ओढेर, न्यानो कपडा लगाएर, शिरानीमा अडेस लागेर पढ्दा दिमागले स्वतः शरीरलाई आराम चाहिएको सोच्छ र विद्यार्थी भुसुक्क निदाउँछ । त्यसैले धेरै न्यायो नहुने कपडा लगाएर, कुर्चीमा ढाड सीधा हुने गरी पढ्ने बानी बसाल्नुपर्छ ।
उपाय ः १० ठीकमात्रै खाने
परीक्षाको तयारी गर्ने विद्यार्थीहरूको अर्को एउटा साझा चाहना भनेको धेरै खाना रुचाउने । धेरै खाँदा पखालाजस्तो रोग लाग्नसक्छ भने निद्रा पनि छिट्टै लाग्छ, सँगै विद्यार्थी अल्छी पनि हुनथाल्छ । थोरै खाना खाँदा पनि भोक लागेर पढाइमा ध्यान जाँदैन । त्यसैले खाना खाँदा ठीकमात्रै खानुपर्दछ ।
परीक्षा नजिकिंदै गर्दा विद्यार्थीहरूमा ल्भचखयगकलभकक बढ्नु स्वाभाविक हो । यसले विद्यार्थीको मनोवैज्ञानिकरूपमा कमजोर बनाउँछ । त्यसैले यस्तो समयमा शिक्षक–शिक्षिकाहरू र परिवारको सहयोगको आवश्यकता हुन्छ । माथि उल्लेखित बुँदाहरू अनुशरण गर्नको निम्ति आवश्यक वातावरण सृजना गरी विद्यार्थीको यो महत्वपूर्ण यात्राको सहयात्री बन्नुहोस । अभिभावक र गुरुहरूले विद्यार्थीहरूलाई यो समयमा बढीभन्दा बढी प्रेरणा दिन जरुरी हुन्छ । सम्पूर्ण परीक्षार्थीहरूले सहीरूपमा परीक्षाको तयारी गर्नसकून्, परीक्षा तयारीको यात्रा र परिणाम छ्या नबनोस्, आहा !  बनोस् शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *