नेतान्याहुको वक्तव्य झूटको पुलिन्दा
- आश्विन २६, २०८१
कोभिड–१९ को कारण काठमाडौँ उपत्यकामा वैशाख महिना मनाइने सबै जात्रा र मेला स्थगित गरिएको छ । वैशाख महिना काठमाडौँ उपत्यकामा धेरै जात्रा हुने महिनामध्ये पर्दछ । काठमाडौँका प्रमुख तीन सहरका साथै वरपरका सबै बस्ती र काभ्रे जिल्लामा समेत यो महिना विभिन्न जात्रा हुने गर्छ । तर, जात्रा–पर्वको नाममा मानिसको भीड एकै ठाउँमा जम्मा हुँदा नोवेल कोरोना भाइरसको र्सङ्क्रमण हुनसक्ने जोखिमलाई ध्यानमा राखी सांस्कृतिक उत्सवहरू स्थगित गरिएका हुन् । स्थानीय सरकार र जनता सबै एकजुट भएर गरिएका यस्ता निर्णय विवेकसम्मत छन् ।
संस्कृति मानव जीवनको अभिन्न अङ्ग हो । संस्कृति हाम्रो पहिचान र आस्था पनि हो । संस्कृतिले मानिसको जीवनलाई अझ रचनात्मक र गतिशील बनाएको हुन्छ । तर, कोभिड–१९ को विश्वव्यापी महामारी मानव जातिमाथि नै खतरा हो । मानिसको लागि संस्कृति बनेको हो । मानिस नै नरहे न संस्कृतिको महत्व रहन्छ । न संस्कृतिको कुनै अर्थ हुन्छ । स्वस्थ मानव समाजले नै संस्कृति निर्माण गर्न सक्छ । मानिस स्वस्थ छैन भने संस्कृतिको न जन्म हुन्छ, न भएका संस्कृतिले निरन्तरता पाउनेछ । त्यसकारण आज रोग नियन्त्रणको लागि जात्रा र मेलामा रोक्नु भविष्यमा संस्कृतिलाई अझ जीवन दिने दूरदर्शिता हो ।
परम्परा मनाउने नाममा भीड गर्ने, परिवारबाहेकका अन्य मानिससँग अनावश्यक सम्पर्कमा जाने, अनावश्यकरूपमा घरबाहिर जाने, सावधानीका सामग्री प्रयोग नगर्ने आदि गल्ती र कमजोरी गर्नुहुन्न । पर्व मनाउँदै गर्दा सामाजिक र व्यक्तिगत स्वास्थ्यको सुरक्षालाई पनि लगातार ध्यान दिनुपर्छ । जात्रा पर्वलाई अत्यावश्यक मानिस बसेर औपचारिक पूजामा मात्र सीमित गरिनुपर्छ ।
आज दैनिक हजारौँ मानिस कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । हजारौँको सङ्ख्यामा मानिसको निधन भइरहेको छ । कोभिड–१९ को र्सङ्क्रमण अझ व्यापक बन्दै गएको छ । यस्तो परिस्थितिमा भाइरसको विनाशलीलामाथि रोक लगाउन सबै मानिस एकजुट हुनुको विकल्प छैन । भाइरसको र्सङ्क्रमण रोक्न यतिबेला मानिससँग भएको सबभन्दा उत्तम उपाय भनेको मानिसको भौतिक सम्पर्कमा सकेसम्म कम जानु हो । मानिस–मानिस भौतिक सम्पर्कबाट नै यो रोग र्सङ्क्रमण हुने गर्दछ । मेला र जात्रामा ठूलो सङ्ख्यामा मानिस–मानिसबीच भौतिक सम्पर्क हुने भएकोले कोभिड–१९ को र्सङ्क्रमण तोड्ने सबभन्दा उपयुक्त हतियार भनेको आपसी सम्पर्कबाट अलग हुनु नै हो ।
यो वर्षको जात्रा पर्व घरभित्रै परिवारसँग मिलेर मनाउनु बुद्धिमानी हो । जात्राको नाममा घरबाहिर अनावश्यकरूपमा जाने गल्ती गर्नुहुन्न । नेपालमा अझै पनि सामुदायिक स्तरमा र्सङ्क्रमण फैलिसकेको छैन । तथापि खतराबाट हामी धेरै टाढा पनि छैनौँ । छिमेकी देश भारतमा पछिल्लो समय बढेको र्सङ्क्रमणले नेपालमा र्सङ्क्रमण हुनसक्ने सम्भावनालाई नकार्न मिल्दैन । त्यसकारण, चौबीसै घण्टा सजग र सावधान बन्न जरुरी छ ।
परम्परा मनाउने नाममा भीड गर्ने, परिवारबाहेकका अन्य मानिससँग अनावश्यक सम्पर्कमा जाने, अनावश्यकरूपमा घरबाहिर जाने, सावधानीका सामग्री प्रयोग नगर्ने आदि गल्ती र कमजोरी गर्नुहुन्न । पर्व मनाउँदै गर्दा सामाजिक र व्यक्तिगत स्वास्थ्यको सुरक्षालाई पनि लगातार ध्यान दिनुपर्छ । जात्रा पर्वलाई अत्यावश्यक मानिस बसेर औपचारिक पूजामा मात्र सीमित गरिनुपर्छ ।
लगातार घरभित्रै बस्ने समयमा शारीरिक व्यायाम कम हुने भएकोले सन्तुलित खानपिनमा ध्यान दिनुपर्छ । अरू बेलाजस्तै धेरै खाना खाँदा शरीर अस्वस्थ हुनसक्छ । सबैतिर लकडाउन भएकोले बजारमा सबै वस्तुको सहज आपूर्ति नहुनसक्छ । त्यसकारण हाम्रो व्यवहारिक खानपिनमा केही परिवर्तन गर्नु उचित हुन्छ । सामान्य अवस्थामा जस्तो भोजभत्तेरको नाममा धेरै खानु यतिबेला बुद्धिमानी नहुनसक्छ । अस्पतालहरूले विशेषतः कोभिड–१९ का बिरामीलाई जोड दिइरहेको अवस्थामा हामीलाई अरू कुनै शारीरिक समस्या भए अस्पताललाई थप भार पर्न सक्छ ।
जीवन रहे जात्रा, भोज र संस्कृति त भविष्यमा पनि फेरि फेरि फर्किरहनेछ । जीवन नै नरहे जात्रा, भोज र संस्कृतिको के अर्थ ?
मजदुर दैनिक, २०७६ चैत्र २८ गते
Leave a Reply