नेपाली जनताले युद्धको विरोध गर्नु जरुरी छ
- आश्विन २६, २०८१
एउटा भनाइ छ– बलियो साँधले छिमेकीबीचको सम्बन्ध दिगो बनाउँछ । साँध–सिमाना बलियो नहुँदा छरछिमेकीबीच किचलो हुने सामाजिक यथार्थ हो । यो भनाइ देश–देशबीचको सम्बन्धमा पनि उत्तिकै सत्य छ । नेपालका दुई छिमेकीमध्ये उत्तरी छिमेकी चीनसँग सन् १९६० को दसकमा दुई देशीय सीमा सन्धि भयो । फलतः दुई देशबीच त्यसयता कुनै पनि सीमा विवाद छैन । तर, तीनतिरबाट नेपालसँग सिमाना जोडिएको भारतसँग भने लगातार सिमाना विवाद हुँदै आएको छ । भौगोलिकरूपमा नेपालभन्दा २२ गुणा ठूलो भारत संसारकै सबभन्दा धेरै जनसङ्ख्या भएको देशमध्ये पर्दछ । आफू ठूलो भएको घमण्ड भारतले नेपालसँगको सिमाना सम्बन्धमा लगातार देखाउँदै आएको छ । भारतले नेपालका ७० भन्दा बढी स्थानमा सिमाना मिचेको अध्येताहरू भन्छन् ।
भारतसँग सिमाना विवादको दिगो समाधान भनेको दुई देशबीच हाल खुला रहेको सिमाना बन्द गरी नियमित गर्नु हो । वास्तवमा यो कदम दुवै देशका व्यापक जनताको हितमा छ । तर, जब–जब भारतसँगको सीमा बन्द गर्नुपर्ने विषयको उठान हुन्छ, तब–तब कहीं न कहींबाट ‘रोटी–बेटीको सम्बन्ध’ को कुरा उठ्ने गरेको छ । नेपाल र भारतका जनताबीच ‘रोटी–बेटीको सम्बन्ध’ वास्तविकताको एउटा चित्र हो । तर, दुई देशबीच सामाजिक सम्बन्ध भएकै कारण राजनीतिक सीमा नियमित गर्नुहुन्न भन्ने तर्क सही होइन । भारत र पाकिस्तान, पाकिस्तान र इरान, बर्मा र भारत, प्रजग कोरिया र दक्षिण कोरियाका जनताबीच आपसमा गहिरो सामाजिक सम्बन्ध छ । तर, ती देशबीचको सिमाना खुला छैन ।
विश्व यतिबेला कोभिड–१९ को महामारीबाट आक्रान्त छ । हामी नेपालीहरू पनि संसारका अरू सबै देशका मानिसजस्तै भाइरसबाट जोगिन लागिपरेका छौँ । छिमेकी देश भारतमा कोभिड–१९ को महामारी दिनानुदिन फैलिरहेको छ । भारतमा महामारीको बिस्तारसँगै नेपालमा पनि खतराको घण्टी बज्दै छ । यसको मूल कारण दुई देशबीचको खुला सिमाना हो । सिमानामा कुनै भौतिक तगारो नहुँदा भारतबाट नेपालमा र नेपालबाट भारतमा मानिसहरू बिनारोकतोक आउने जाने क्रम चलिरहेको छ । सशस्त्र प्रहरी र जनपद प्रहरीले सिमाना क्षेत्रमा आवतजावत रोक लगाउन गरिरहेको प्रयास सीमामा कुनै नियमित स्तम्भ वा रोकतोक नहुँदा निरर्थक बनेको छ । नेपालको सीमावर्ती भारतीय गाउँहरूमा समेत कोभिड–१९ को सङ्क्रमित भेटिँदा त्यत्तातिरबाट नेपाल प्रवेश गर्ने मानिसको सङ्ख्या बढेको छ । कोही मामाघर, कोही सुसुराली, कोही खेत जाने त कोही गाई चराउन आएको बहानामा नेपालमा सुरक्षित आश्रय खोज्दै पसिरहेका छन् । त्यस्ता मानिसको नेपालमा कुनै भरपर्दो स्वास्थ्य परीक्षण भइरहेको छैन । वीरगञ्जमा आइतबार फेला परेका केही भारतीयमा कोभिड–१९ सङ्क्रमण फेला परेको अवस्थामा खुला सीमा संवदेनशील र जोखिमपूर्ण रहेको आज थप पुष्टि भइरहेको छ । केही भारतीय मिडियाले ‘नेपालबाट भारतमा कोभिड–१९ सङ्क्रमण फैलाएको’ झुटो प्रचारबाजी पनि गरे । उनीहरूले पनि नेपाल र भारतबीचको खुला सीमालाई नै औँल्याएर त्यस्तो कपोलकल्पित प्रचार गरेका हुन् । त्यसले अप्रत्यक्षरूपमा भारतीय जनता पनि नेपालसँग खुला सीमा नचाहेको स्पष्ट छ ।
सबै कामको केही पृष्ठभूमि, आधार र तर्क हुने गर्छ । कोभिड–१९ भाइरसको महामारीले व्यापकता पाएको आजको सन्दर्भमा दुई देशको आपसी हितको लागि खुला सीमा बन्द गरी नियमित गर्न जरुरी छ । यसले कोभिड–१९ भाइरसको प्रतिरोधमा ठूलो उपलब्धि हासिल हुन सक्छ । कोभिड–१९ को सङ्क्रमणमात्र होइन, नियमित सीमाले दुई देश एक अर्काको अपराध, चेलीबेटी बेचबिखन आदि धेरै विकृतिबाट जोगिन सम्भव हुन्छ ।
२०७७-१-२
Leave a Reply