नेतान्याहुको वक्तव्य झूटको पुलिन्दा
- आश्विन २६, २०८१
ई. राजदास श्रेष्ठ
“पेराश्की ! पेराश्की ! गज्याछी पेराश्की !” (पेराश्की खानुहुन्छ, मासु र बन्दाको ¤ तात्तातो ¤)
हाम्रो क्याबिनको ढोका आधा खोलेर एक जना रुसी महिला कराउँदै आइन् । मेरो हातबाट आफ्नो हात हत्तपत्त उठाउँदै आफ्ना आँखामा पानी पुछ्दै भनिन् ।
“चारवटा दिनुस्,दुई दुईवटा ”
अन्नाले चारवटा तात्तातो बन जस्तो पेराश्की आफ्नो हातमा थापिन् र भनिन् “चिया मिल्छ ?”
‘खराशो’ भन्दै महिला हाम्रो क्याविनको ढोका लगाएर गइन् । हाम्रो क्याबिनमा २–३ मिनेटपछि दुई ठूला ग्लासमा ब्लायक टी आइपुग्यो ।
“खानुस् राज, तात्तातो पेराश्की ।”
“तपाईँलाई मनपर्छ पेराश्की ?”
मैले भनँे, “अन्ना, पहिलो चोटि म मस्को आउँदा धेरै गा¥हो भएको थियो । मलाई स्टोलोभाया (सार्वजनिक भोजनालय) जाँदा रुसी खानाको बास सहन नै गा¥हो हुन्थ्यो । तर, बिस्तारै–बिस्तारै मलाई तपाईँहरूको खाना मनपर्न थाल्यो । रुसी खाना बिना म अब कसरी रहन सकँुलाजस्तो लाग्छ । आजकल मलाई रुसी खानामा सबै चीज मनपर्छ । एक प्युमका भोड्कासँग ‘साला’ चुरुम चुरुम गरेर टोकेर खान्छु । नुनमा मात्र राखेर पकाएको काँचो मासु पनि ।” ‘साला’ भनेको बङ्गुर (पोर्क) को मोटो बोसोको बार हो । रसियनहरू पोर्कका बोसो धेरै खान्छन् । यसैले होला, अक्सर ४० वर्षको उमेरपछि रसियनहरू धेरै मोटाउँछन् ।
मेरी सासू–आमा पनि धेरै मोटी थिइन् । उनी निहुरेर आफ्नो खुट्टाका पाइलाहरू छुन सक्दैनथिन् । उनकी बहिनी तमारा पनि त्यस्तै मोटी तर उनीभन्दा अलि कम थिइन् ।
तमारा एउटा साइकल फ्याक्ट्रीमा काम गर्थिन् र धेरै दौडधुप गर्नुपथ्र्यो । त्यसकारण मेरो सासू–आमाको भन्दा उनको तौल अलि कम थियो ।
तमारा आफ्नै सहर पेन्जामा साइकल फ्याक्ट्रीमा काम गर्थिन् । वास्तवमा त्यो साइकल फ्याक्ट्री थिएन । त्यो वास्तवमा ‘कालाश्नीकोभ’ राइफल बनाउने फ्याक्ट्री थियो ।
‘कालाश्नीकोभ’ विश्व प्रसिद्ध रुसी राइफल हो ‘ए.के.–४७’ जस्तै ।
पेन्जा सहरमा हाम्रो सासू–आमाको घरनजिकै एउटा ठूलो जङ्गल थियो । जङ्गलको एक छेउ किनारमा एउटा ठूलो समााधिस्थल (सिमेट्री) थियो । पेन्जा सहरका सबैको मृत शरीर गाड्ने आ–आफ्नो पारिवारिक समाधिस्थल हुन्थ्यो । त्यो स्थानीय सरकारी निकायको स्वीकृतिमा ओगटिएको हुन्थ्यो ।
म ससुराली जाँदा श्रीन्तीभाले जहिले पनि दुई–तीन गुच्छा ग्ल्याडुलस र कार्नेसनका फूलहरू लिएर उक्त समाधिस्थलमा मलाई लिएर जान्थिन् । उक्त समाधिस्थलमा भ्यालेन्टिनाका हजुरआमा, हजुरबुबा र आफ्नै बुबाको मृत शरीर गाडिएका थिए । प्रत्येक लास अलग–अलग गाडिएका थिए । विभिन्न फूलहरू रोपेर, मृतकको लासलाई राम्रोसँग फलामको बारले घेरेर सुरक्षितरूपमा राखिएको थियो । शिरानीमा ठड्याएर राखिएको ठूलो मार्बलको स्ल्याबमा मृतकको फोटोसहित उनीसँग सम्बन्धित मितिसहित केही व्यक्तिगत विवरण र श्रद्धाञ्जली भावनाहरू कोरिएका हुन्थे । फूलका गुच्छाहरू समाधिस्थलमा प्रत्येक आत्मालाई चढाएपछि ५–१० मिनेट हामी त्यहीँ नजिकै बसेर मृतकको आत्मासँग कुरा गथ्र्यौँ र भन्थ्यौँ, “हामीले तिमीहरूलाई बिर्सेका छैनौँ । बरोबर हामी यसरी भेट्न आउनेछौँ र तिमीहरूको सम्झना हाम्रो मनमा सदावहार रहनेछ ।” यसरी केही कुरा गरेपछि एक–एक पेग भोड्का खान्थ्यौँ । केही हलुका खाना खाएर बिदा लिँदै फर्कन्थ्यौँ ।
जङ्गलको बाटो हुँदै फर्कँदा भ्यालेन्टिना मलाई मूलबाटोबाट अलि भित्र लिएर जान्थिन् र त्यस जङ्गलमा पाइने ओखर, स्ट्रबेरी, च्याउ आदि बटुलेर ख्वाउँदै आफ्ना दिवङ्गत बुबा, हजुरआमा र हजुरबाको बारेमा कुरा सुनाउँथिन् ।
उनले आफ्ना बुबाको कथा भन्दै गर्दा मेरा आँखा रसाउँथे । उनी धेरै सानो हुँदा बुबाको मृत्यु भएको थियो ।
भ्यालेन्टिनाको बुबा हट्टाकट्टा, अग्ला र बलिया थिए । पेशाले उनी मेकानिक्स थियो । त्यसैकारण उनलाई द्वितीय विश्वयुद्ध हुँदा फ्रन्ट (युद्ध क्षेत्र) मा नपठाई एक ठूलो सहकारी खेतीमा ट्र्याक्टर चलाउन राखिएको थियो ।
भ्यालेन्टिनालाई सबैले रुसमा ब्वाल्या या भ्वाल्या भनेर बोलाइने चलन छ । एक दिन ट्र्याक्टर चलाउँदा–चलाउँदै बुबाको ट्«याक्टर बिग्रियो । इन्जिनमा केही खराबी भएको थाहा पाएर त्यहीँ खेतमा इन्जिन खोलेर वर्कशपमा ब्वाल्याका बुबाले त्यो ट्«याक्टरको इन्जिन बोकेर ल्याउँदै थिए । इन्जिनको भार ठेग्न नसकेर बाटोमा लडेर इन्जिनले थिचिए र त्यहीँउनको दुःखद् निधन भयो ।
बुबाको निधनपछि ब्वाल्याको परिवारमा आर्थिक सङ्कट भयो । घरमा एक्लै आमा र सानो भाइ भिक्टर थिए । बुढी बज्यैसहित चार जनाको परिवार धान्न ब्वाल्याकी आमा अन्ना अब्रामोबालाई धेरै गा¥हो भयो । अन्ना अब्रामोबा मेरी सासू आमा धेरै पढे लेखेकी थिइनन् । साधारण लेख्न–पढ्नमात्र आउँथ्यो । उनी क्रिश्चियन धर्ममा आस्था राख्थिन् । उनको कोठामा भित्ताभरि जेसस क्राइस्ट र मारियाका फोटोहरू झुन्डिएका थिए ।
पढाइ–लेखाइ धेरै नभएकोले कुनै प्रतिष्ठानमा काम गर्ने कुरै भएन । त्यसकारण उनी एक कुक(भान्छे)को रूपमा एउटा फ्याक्ट्रीको स्टोलोभाया (भोजनालय) मा काम गर्थिन् ।
आमा क्यान्टिनमा काम गर्ने भएको हुनाले भ्यालेन्टिनाको घरमा खानपिनको खास दुःख भने थिएन । बेलुकी क्यान्टिनको काम सकाएर आउँदा अन्ना अब्रामोबाको झोला सधँैजसो मीठो–मीठो खानेकुराले भरिएको हुन्थ्यो । ब्वाल्याको घरमा हरेक साँझ त्यहीँ खानेकुराको डिनर हुन्थ्यो । मैले पनि धेरै चोटि सासू आमाले ल्याएका र क्यान्टिनमा बाँकी रहेका खानेकुराहरू खाएको थिएँ । सासूआमा काम गर्ने क्यान्टिनमा एक–दुई ग्लासमात्र भोड्का बाँकी हुन्थ्यो ।
दिउँसोको लन्च र बेलुकीको डिनरपछि बाँकी रहेका खानेकुरा किचेनमा काम गर्ने सबै भान्छे र वेटर(बेडा)हरूले बाँडीचुँडी घर–घरमा लाने गर्थे । पकाएको बाँकी खानेकुरा फ्रिजमा राखेर भोलिको लागि भनेर राख्ने चलन थिएन । त्यसैकारण रुसमा त्यस्ता स्टोलोभायामा काम गर्ने कामदारहरूको घरमा खानेकुराको दुःख हुँदैनथ्यो ।
फेरि सोभियत सङ्घमा निजी व्यवसाय केही नहुने भएकोले त्यसरी खानेकुरा घरमा लान कसैले रोक्ने कुरो पनि भएन । त्यसबाहेक सोभियत सङ्घ खानेकुरा उत्पादनमा धेरै धनी भएकोले जसलाई जति खान मन लाग्यो, खान पाउँथ्यो । कुनै पनि सार्वजनिक भोजनालय (स्टोलोभाया) मा खान जाँदा धेरै ठाउँमा जति खाए पनि पाउरोटी र नौनी(चिज) सित्तैमा दिइँथ्यो । त्यत्तिकै टेबुलमा राखिएको हुन्थ्यो ।
मेरी श्रीमतीको घरमा खानेकुराको दुःख थिएन । तर, स्कूलमा पढ्न जानको लागि लुगाफाटा र जुत्ता किन्न पैसाको समस्या हुन्थ्यो । एक्ली आमाको तलबले दुई छोरा–छोरीको लागि आवश्यक व्यक्तिगत सामानहरू किन्न मुश्किलले पुग्थ्यो ।
छोरी ठूली भएपछि राम्रा–राम्रा लुगा र जुत्ता किन्नुपर्ने हुन्थ्यो । घरमा आइपर्ने यस्ता समस्याहरू टार्न भ्यालेन्टिनाकी आमाले थप सङ्घर्ष गर्नुपथ्र्यो । आफ्नी छोरीको इज्जत थाम्न र उनको पढाइमा मनोबल उच्च राख्न मेरी सासुआमाले कुनै कसर बाँकी राखिनन् ।
ती दिनका कुरा भ्यालेन्टिना सुँक्क सुँक्क रुँदै मलाई सुनाउँथिन् ।
सन् १९६९ मा आफ्नो स्कूलको पढाइ सकाएर भ्यालेन्टिना ‘दिमिट्री मेन्डेलिफ इन्स्टिच्युट’ मा केमिकल इन्जिनियरिङ्ग कोर्स पढ्न मस्को आइन् ।
स्कूलमा भ्यालेन्टिनाले दोस्रो स्थान हासिल गरेर रजत पदक प्राप्त गरिन् । त्यसरी राम्ररी पढ्ने छोरीले अझ राम्ररी पढ्न सकून् भनी अन्ना अझ बढी दुःख गरेर पनि छोरीलाई खर्च पठाउँथिन् । आमाको महान् त्यागकै कारण सन् १९६८ को अगस्त महिनामा भ्यालेन्टिना मस्को आएर आफ्नो इच्छाअनुसार विश्व प्रसिद्ध ‘मेन्डेलीफ इन्स्टिच्युटमा रसायनशास्त्र पढिन् र अन्ततः रासायनिक वैज्ञानिक इन्जिनियर बन्न सफल भइन् ।
Leave a Reply