भर्खरै :

लेनिनको सम्झना

विश्व सर्वहारा वर्गका गुरु एवम् अक्टोबर समाजवादी क्रान्तिका नेता भ्लादिमिर इलिच लेनिनको १५० औँ जन्म दिवसमा आज संसारभरका कामदार जनताले लेनिनको सम्झना गर्नेछन् । त्यसो त संसार आज कोभिड–१९ को महाव्याधिविरुद्ध लडिरहेको समयमा विगतमा जस्तो ठूलो उत्सव, प्रदर्शन, सभा र हडताल गरेर लेनिनको सम्झना यो वर्ष गरिनेछैन । तथापि पुँजीवादी व्यवस्थाको विषमताकै परिणामस्वरुप आज संसारले भोगिरहेको विपद्बीच लेनिनको सम्झना थप सान्दर्भिक बनेको छ ।
संसारले आज भोगिरहेको महामारीको मूल कारण पुँजीवादी व्यवस्था हो । दुई कोणबाट आजको विषम अवस्थाको निम्ति पुँजीवाद दोषी छ । पहिलो, पुँजीवादको आक्रामक चरण नवउदारवादले शिक्षा, स्वास्थ्यलगायत जनजीवनका आधारभूत क्षेत्रलाई समेत नाफा कमाउने व्यापारमा परिणत गरिदियो । फलतः आज ती क्षेत्र पुँजीपति वर्गको नाफा कमाउने विशालबजारमा परिणत भए । सर्वसाधारण जनताको स्वास्थ्योपचारको लागि उचित पूर्वाधारयुक्त अस्पतालको बन्दोबस्त हुनसकेन । स्वास्थ्य पूर्वाधार र सङ्क्रामक महामारीमा राज्यले ध्यान दिएन । फलतः आज ‘विकसित’ भनिएका पुँजीवादी देशहरूमा समेत स्वास्थ्य सामग्रीको अभाव भयो । यसको मूल कारण पुँजीवादको नाफामुखी चरित्र हो । मानिसलाई भन्दा नाफालाई, जीवनलाई भन्दा पैसालाई महत्व दिने पुँजीवादी व्यवस्थाकै कारण अहिलेको महामारी थप सकसपूर्ण बनाएको छ ।

लेनिनको विचार र जीवन आज पनि संसारका कामदार जनताको लागि उत्तिकै प्रेरक छ । लेनिनको जन्म दिवसमा लेनिनको सम्झना गर्नु लेनिनका क्रान्तिकारी विचारको चर्चा गर्नु हो । आजको विश्व परिवेशमा लेनिनका विचारको सान्दर्भिकताको निरुपण नै लेनिनको सम्झनाको मूल ध्येय हो । लेनिनको नाम र फोटो देखाएर पुँजीवादकै जपतप गर्ने धोखाबाजी हो ।

पुँजीवादी व्यवस्थाले नाफाको लागि मानिसको शोषण त गरेकै छ । आफ्नो नाफाको दर बढाउन पुँजीपति वर्गले पृथ्वी र प्रकृतिसमेतको दोहोन गरेको छ । पृथ्वी र प्रकृति पुँजीपति वर्गले गरेको अत्याचारको कारण अनेकन महामारी र विपद्मार्फत मानिसमाथि बदला लिइरहेको धेरै उदार पुँजीवादी विचारका पक्षधर विद्वान्हरूले समेत सकारेका छन् । जल, थल, आकाश र जमिनमुनि मानिसले ‘विकास’ र ‘समृद्धि’ को नाममा गरिएको दोहनको परिणाम आज हामी यो विपद् भोग्न बाध्य छौँ । यसअघि संसारका विभिन्न क्षेत्रमा अनेकन सङ्क्रामक महामारी, महिनौँ लामो डढेलो, अनावृष्टि, अतिवृष्टि, मरुभूमीकरणबाट मानिसलाई प्रकृतिले लगातार चेतावनी दिँदै आएको छ । तर, पुँजीवादले नाफाको लागि आफ्नो अपराध कर्ममा कुनै संयम अपनाएन ।
लेनिनले श्रमजीवी वर्गमाथि शोषणबाट मुक्तिको लागि एकाधिकार पुँजी र साम्राज्यवादको अन्त्य गरी समाजवादी व्यवस्थाको वकालत गर्नुभएको थियो । माक्र्स र एङ्गेल्सले देखाउनुभएको बाटोमा अघि बढेर उहाँको नेतृत्वमा भएको अक्टोबर समाजवादी क्रान्ति संसारका श्रमजीवी जनताको मुक्तिको लागि पथप्रदर्शक र कोसेढुङ्गा भयो । लेनिनले भोग्नुभएको समाज र पुँजीवाद र आजको पुँजीवादमा केही भिन्नता छन् । तर, पुँजीवादी व्यवस्थाको नाफामुखी र शोषणमा आधारित चरित्रमा कुनै परिवर्तन आएको छैन । यो अन्यायपूर्ण व्यवस्था नै मानिस र प्रकृतिले सामना गरिरहेका चुनौती र सङ्कटको मूल जड हो । तसर्थ लेनिनको विचार र जीवन आज पनि संसारका कामदार जनताको लागि उत्तिकै प्रेरक छ । लेनिनको जन्म दिवसमा लेनिनको सम्झना गर्नु लेनिनका क्रान्तिकारी विचारको चर्चा गर्नु हो । आजको विश्व परिवेशमा लेनिनका विचारको सान्दर्भिकताको निरुपण नै लेनिनको सम्झनाको मूल ध्येय हो । लेनिनको नाम र फोटो देखाएर पुँजीवादकै जपतप गर्ने धोखाबाजी हो ।
लेनिनको १५० औँ जन्म दिवसको अवसरमा संसारका सम्पूर्ण श्रमजीवीप्रति हार्दिक शुभकामना । विश्व पुँजीवादको अवसानको लागि लेनिनको बाटोमा अघि बढौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *