भर्खरै :

प्रगतिशील साहित्यको कसीमा ‘जनताको साहित्य’

नम्रता श्रेष्ठ
नेपाली साहित्यिक जगतमा कामदार जनताको पक्ष लिँदै आमूल परिवर्तनको उद्देश्यका साथ प्रकाशित पत्रपत्रिकाको निकै कमी छ । प्रतिक्रियावादी सत्ताको निर्भिकतापूर्वक वैचारिकरूपमा विरोध या खण्डन गर्ने र जनताको न्यायोचित सङ्घर्षमा बिनास्वार्थ साथ दिने स्रष्टाहरूको आजपनि जनता खोजीमा छन् । विदेशी प्रभावबाट मुक्त लेखक तथा साहित्यिक प्रकाशनको अभाव महसुस आज मात्र गरिएको जरुर होइन । भारतीय एकाधिकार पुँजी तथा विस्तारवादको प्रभावबाट मुक्त र साम्राज्यवादी छाँयाभन्दा टाढा बसेर नेपाली बहुसङ्ख्यक कामगरी खाने जनताको पक्ष लिइरहेका साहित्यकार, कवि, कलाकार जसरी कम छन् त्यसरी नै त्यस प्रकृतिका साहित्यिक प्रकाशन पनि थोरै मात्र छन् । पञ्चायत तथा दरबारसँग लड्दै बहुदल पुनः स्थापना पश्चातका जनविरोधी सरकारको विरोध गर्ने र गणतन्त्र स्थापनापछि निर्वाचित राजाहरू तथा नवसम्भ्रान्त वर्गको हरेक कुकृत्यको विरोध गरेर एक सिद्धान्तनिष्ट, स्वाभिमानी तथा जनपक्षीयको पहिचान बनाएका लेखक, साधक तथा चिन्तक र त्यस्तै परिचय बोकेका प्रकाशनको चरम् अभाव भएकैले नेपाली समाजको सांस्कृतिक स्तर उकास्दै आमूल परिवर्तनको मार्ग फराकिलो पार्न अझ बढी चुनौतीपूर्ण भएको हो भन्नु गलत हुने छैन ।
सत्ताधारीको वरपर घुमेर सत्ता सञ्चालित प्रकाशन गृह, सञ्चार गृह, प्राज्ञिक प्रतिष्ठानमा कुर्सी ओगट्ने स्वार्थ पूरा गर्नुलाई नै प्रगतिशीलता ठान्ने प्रवृत्तिका कारण नेपाली साहित्यिक जगतले ठूलो क्षति बेहोरिरहेको आजको तीतो यथार्थ हो । वास्तवमा पद र प्रगतिशीलता उही होइनन् । परिवर्तन, आमूल परिवर्तनको पक्षधरता नै प्रगतिशील या प्रगतिशीलता हो । समाजमा मौलिक परिवर्तन, व्यापक जनताको हित प्रगतिशीलताका अनिवार्य गुण हुन् । प्रगतिशील साहित्य र साहित्यकारको शल्यक्रिया गरी जनताबीच सत्यतथ्य पेश गर्नु पनि यतिखेरको अनिवार्य आवश्यकता भइसकेको छ । ‘प्रगतिशील’ को खोल ओडेर समाजलाई प्रतिगमनतर्फ डो¥याइरहेका र वामपन्थी आन्दोलनलाई अवसानतिर लान तम्सिरहेकाबाट नेपाली समाजलाई सचेत एवम् सजग बनाउनु आजको चुनौती हो । यही नै सच्चा प्रगतिशील लेखकहरूको कर्तव्य एवम् जिम्मेवारी हो ।
पछिल्लो राष्ट्रिय प्रसङ्गलाई मात्र कोट्याउने हो भने, लिम्पियाधुरा तथा कालापानी क्षेत्र भारतले आप्mनो राजनीतिक नक्सामा गाभेर प्रकाशित गर्दा विरोध नगर्ने या उल्टै समर्थन गर्ने कसरी प्रगतिशील साहित्यकार हुन सक्छन् ? नेपाललाई संरा अमेरिकी साम्राज्यवादले आप्mनो तखतमा राख्ने र सिङ्गो एसियालाई रणमैदान बनाउँदै उत्तर छिमेकी देश चीनलाई घेर्ने नीतिबमोजिम ल्याइएको एमसीसीलाई समर्थन गरेर लेखिएका साहित्य कसरी प्रगतिशील बन्न सक्छन् ? कोरोना महामारी पैmलिरहँदा जनएकता र जनपरिचालन अतिआवश्यक भएको बेला संसद्लाई छल्दै ओली सरकारले ल्याएको अध्यादेशलाई समर्थन गर्ने कसरी प्रगतिशील ? प्रगतिशील र प्रगतिशीलताको बहस आज झन तड्कारो आवश्यक छ ।
यही भावभूमिमा “जनताको साहित्य” प्रकाशन हुँदै छ । यही भावना आत्मसात् गर्दै विगत ४६ वर्षदेखि “जनताको साहित्य” ले निरन्तरता पाउँदै छ । आमूल परिवर्तनप्रति इमानदारीपूर्वक प्रतिबद्ध बन्दै समाजवादी प्रचार अभियानको एक बफादार सिपाहीको रूपमा यो पत्रिका प्रस्तुत छ । यस अर्थमा “जनताको साहित्य” आशाको एउटा बत्ती हो ।
नयाँवर्ष २०७७ सँगै झुल्केको ‘जनताको साहित्य’ वर्ष ४६ अङ्क १२ को सम्पादकीयले पुँजीवादी तथा साम्राज्यवादी शक्तिहरूले प्रकृतिप्रदत्त चिज या अधिकारसमेत खोस्ने दुष्प्रयास गरिरहेको र त्यस्तो प्रवृत्ति र ऐन–कानुनको विरोध आवश्यक भएको गम्भीर विषय उत्थान गरेको छ । साहित्यका विभिन्न आयामको विषयमा गहन छलफल प्रस्तुत गरिएको अध्यक्ष का. रोहितसँगको साहित्यिक वार्तामा उहाँभन्नुहुन्छ, “साहित्यले नेताहरू उत्पादन गर्छ भने नेताहरूले साहित्यलाई अगाडि बढ्न घच्घच्याउँछन् ? राजनीतिमा साहित्यको मनग्य प्रभाव पर्ने उहाँले प्रशस्त दृष्टान्त पेश गर्नुहुँदै साहित्यले राजनीतिलाई चमक दिने अनुभव यस वार्तामा सुनाउनुभएको छ ।” साहित्यिक विचार तथा मूल्यको दृष्टिले हेर्दा का. रोहितको यो अन्तर्वार्ता सरल, सरस एवम् गहन सन्देशले युक्त छ । उहाँका अन्य अन्तर्वार्ताभैmँ विचारले ओतप्रोत छ । साहित्यकारहरूका निम्ति मार्गदर्शन तथा सैद्धान्तिक खुराकको महत्वपूर्ण स्रोत यो अन्तर्वार्तालाई मान्न सकिन्छ ।
अध्यक्ष का.रोहितका संस्मरण पढ्न किन पाइँदैन ? किन प्रकाशित हुँदैनन् ? का.रोहित आत्मसंस्मरण लेख्नु हुन्छ या हुन्न ? आजसम्म किन सङ्ग्रह निस्केन त ? यी प्रश्नले स्रष्टालाई सताउँछ र राजनीतिक कार्यकर्ताबीच चर्चा चल्छ । यो यथार्थ हो । का.रोहितका स्मृतिका केही पृष्ठ बाहिर ल्याएर तिर्खाएका पाठकलाई यो अङ्कले एक–दुई चम्चा पानी खुवाएको अनुभूत हुन्छ ।
यस अङ्कको एउटा आकर्षण, छुटाउन नहुने पठन–सामग्री हो भन्नु अतियुक्ति हुने छैन । विभिन्न महत्वपूर्ण व्यक्तित्वबारे का.रोहितका भोगाइ, बुझाइ एवम् वास्तविकता भोलिका दिनमा पनि सिलसिलेवार प्रकाशन हुँदै जाओस् । एक गम्भीर पाठकको नाताले हार्दिकतापूर्वक अनुरोध छ । इतिहास ओइलाउनु हुँदैन, मुर्झाउनुपर्छ । असल मानिसहरूका मूल्यवान जीवन मात्र होइन पलहरू, तिनका एक–एक पाइला जीवित राखेर धु्रवताराले झैँभावी पुस्तालाई मार्गनिर्देश गर्नुपर्छ । मौनतामा इतिहासले समेत जीवन होइन मरण भोग्छ । हृदयस्पर्शी यी स्मरणका सुन्दर पृष्ठका निम्ति मनका अन्तर–कुन्तरदेखि आभार !
समीक्षा साहित्यको अभावलाई यस अङ्कले केही पूर्ती गर्ने प्रयत्न ग¥यो । यो सुखद् पक्ष हो । समीक्षामा कलम चलाउने सुन्दर, सीतु र एसआर धन्यवादका पात्र हुन् । नियमित प्रयासबाट समीक्षाले सौन्दर्य र सुगन्ध एकदिन किन प्राप्त नगर्ला ? समीक्षा आफैमा गम्भीर विषय हुनाले लेखाइमा आ–आफ्नो मौलिकता देखिनु अस्वाभाविक पनि मान्न मिल्दैन ।
विल्हेम वेट्लिङ्ग र इटिन काबेटको सङ्क्षिप्त चिनारीले विश्वको समाजवादी आन्दोलनको नालीबेली तथा उतार–चढावको अनुभवबारे प्रष्ट पार्छ । कार्ल माक्र्सभन्दा अगाडिका यी समाजवादी चिन्तकबारे जानकारी दिएर वर्तमानमा पुँजीपति वर्गसँग लड्न महत्वपूर्ण उपाय र ऊर्जा प्राप्त हुनेछ । विगतका सफलता, असफलताबारे गम्भीर अध्ययनपश्चात मात्र नयाँआन्दोलनको तयारी सम्भव हुने अनुभवसिद्ध यथार्थ हो ।
अध्यक्ष माओ, क्युबाली क्रान्तिका योद्धा चे र प्रधानमन्त्री चाउ एनलाइबीच सन् १९६०, नोभेम्बर १९ मा चीनमा भएको भेटवार्ताले चीन र क्युबाका समाजवादी क्रान्तिका अनुभवबारे बुझ्न मद्दत पु¥याउँछ । उहाँहरूबीच आत्मीय ढङ्गमा भएको विचारको आदान–प्रदान, अनुभव साटासाटले आजसम्म पनि जीवन्तताको अनुभव गर्न सकिन्छ । साठी वर्ष बितिसक्दा पनि त्यो छलफल हिजोआजकै हो कि भन्ने आभास हुन्छ ।
यस अङ्कले नाटकलाई पनि समेटेर पाठकहरूप्रति गुण लगाएको छ । ‘सल्लाहकारको लुगामा ठग समूह ?’ शीर्षकको नाटक सामयिक छ । आजको अनियमितता, भ्रष्टाचार, कमिशनखोरी शासकहरूकै तवरबाट भइरहेको बेइमानी यस नाटकले उदाङ्गो पारेको छ र त्यस्तो प्रवृत्तिमाथि मिहिन ढङ्गमा छ्यास्ने काम भएको छ । यो नाटकले धेरैलाई सजग बनाउने विश्वास छ ।
यस अङ्कमा सङ्ग्रहित कविता, गीत, गजल, कथा आदिले पाठकहरूको फरक फरक अभिरुचिलाई सम्बोधन गरेको अनुभव हुन्छ । ती सामग्रीले देशको सम्प्रभुत्तामाथिको हस्तक्षेप, विस्तारवादी तथा साम्राज्यवादी चलखेलको विरोध गर्दै समाजवादी आन्दोलनको गौरव गाथा गाएका छन् । कोरोना भाइरस (कोभड–१९) महामारीले निम्त्याएको असहज परिस्थितिबारे पनि रचना समेटिनाले यो अङ्क झन सामयिक बनेको छ । स्थापित कवि, लेखकदेखि नवपालुवासम्मलाई स्थान दिएर गुण लगाउनु अन्यथा होइन ।
गातामा दिइएका तस्बिरले विस्तारवाद तथा साम्राज्यवादविरुद्ध जनताको आन्दोलन अगाडि बढ्दै छ भन्ने सन्देश प्रवाह गर्छ । आवरणमा दिइएको का. रोहितको तस्बिरले हरेक राजनीतिक कार्यकर्ता, स्रष्टा एवम् नेपाली कामदार जनतालाई अझ निःस्वार्थी, इमानदार र सङ्घर्षशील बन्दै देश र जनताको सेवा गर्न, आमूल परिवर्तनको निम्ति सक्रिय बन्न र देशभक्तिपूर्ण आन्दोलन चालु राख्न अपार प्रेरणा एवम् ऊर्जा सञ्चार गरिरहेको अनुभव हुन्छ ।
कोराना भाइरस महामारीको बन्दाबन्दीमा रहेका पाठकलाई विभिन्न उपायबाट अध्ययन सामग्री उपलब्ध गराउने कार्य सराहनीय छ । ‘जनताको साहित्य’ को अर्को अङ्क छिट्टै अध्ययन गर्न अवसर मिल्ने विश्वासका साथ प्रकाशक नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घप्रति कृतज्ञता !

Leave a Reply

Your email address will not be published. Required fields are marked *