भर्खरै :

भारतमा नोवेल कोरोना भाइरसको सङ्क्रमण र मुसलमान समुदायमाथि विभेद

 अपूर्वानन्द
भारतमा कोभिड–१९ को महामारी मुसलमान समुदायमाथि नयाँ हमलाको अर्को ‘अवसर’ बनेको छ । भारतीय मुसलमान समुदायविरुद्ध भौतिक, मौखिक र मनोवैज्ञानिक युद्ध छेडिएको छ । जसले भारतीय समाजमा मुसलमान समुदायलाई थप बहिष्करणमा पारिएको छ ।
मुसलमानहरू भाइरस सङ्क्रमित भएको भन्दै भारतका विभिन्न भागमा उनीहरूमाथि हिंसात्मक कुटपिट भएको समाचार आइरहेका छन् । मुसलमानहरूलाई आफ्नो टोल छिमेक र बस्तीमा पस्न नदिने भन्दै विभिन्न समुदायका बैठकहरू भएको पनि समाचार सम्प्रेषण भइरहेका छन् । केही गाउँमा मुसलमानहरूलाई प्रवेश निषेध गर्न गाउँको नाका – नाकामा लाठेहरू तैनाथ गरिएको छ । बजारमा तरकारी फलफुल बेच्ने मुसलमान व्यापारीलाई सडकमा नहिँड्न चेतावनी दिइएको छ ।
विभिन्न सामाजिक सञ्जालहरूमा मुसलमानहरूले जानाजान भाइरस फैलाउँदै हिँडेको आरोप लगाउँदै मुसलमानविरोधी टिप्पणी र ह्यासट्यागको सङ्ख्या एकाएक बढेको छ । मुसलमानविरोधीहरूले उनीहरूले सोचेको मुसलमानहरूको यो ‘षड्यन्त्र’ लाई ‘कोरोना जेहाद’ नामको नयाँ शब्दावली बनाएका छन् । मुसलमानहरूले तरकारी र फलफुलमा थुकिरहेको, थाली चाटिरहेको र थुन जताततै दलिरहेको दृश्यहरू व्यापक प्रचार गरिएको छ ।

अहिलेको अभियानले मुसलमानविरोधी भावनालाई मात्र बढावा दिइएको छैन बरु मुसलमान समुदायको दयनीय अवस्थाविरुद्ध बढ्दो आन्दोलनलाई समेत कमजोर र शिथिल बनाउने खतरा छ । कोरोना भाइरसको महामारी फैलिनुअघि मुसलमान समुदाय र भारतभरिका विभिन्न शक्ति मिलेर मुसलमान समुदायमाथि विभेद गर्ने नयाँ नागरिकता ऐन, राष्ट्रिय नागरिकता पञ्जिकरण र राष्ट्रिय जनसङ्ख्या पञ्जिकरण जस्ता कानुनको विरोधमा महिनौँ ठूलो आन्दोलन चलेको थियो ।

नयाँ दिल्लीमा मुसलमानहरूको स्वयम्सेवी सङ्गठन तब्लिघी जमातको एउटा विशाल भेलामा सहभागी केही मानिसमा नोबेल कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएयता यस्ता समाचार व्यापक प्रचारमा आएका हुन् । सो भेलामा सहभागी बन्न भारतबाहिर बाट पनि मानिसहरू आएका थिए । बाहिर आएका तिनै मानिसबाट नै भारतमा कोरोना भाइरस फैलिएको हुनसक्ने आशङ्का गरिएको छ ।
भाइरस सङ्क्रमणको जोखिम बेवास्ता गर्दै मार्च महिनामा भारतमा सो भेला आयोजना गरेको भन्दै तब्लिघी जमातको आलोचना भएको छ । लगत्तै पछि भारतका विभिन्न ठाउँबाट पुष्टि भएका ठूलो सङ्ख्यामा भाइरस सङ्क्रमित कुनै न कुनै रूपमा सो भेलासँग सम्बन्धित भएको समाचारको ओइरो लाग्यो ।
यसै आधारमा भारत सरकारले दैनिक सङ्क्रमणको सङ्ख्यामध्ये तब्लिघी जमातसँग सम्बन्धित सङ्क्रमणको अलग्गै तथ्याङ्क राख्यो । फलतः भारतमा भाइरस सङ्क्रमणको लागि मुसलमान सङ्गठन नै मुख्य दोषी भएको मानिसलाई लाग्यो । सर्वसाधारणलाई तब्लिघी मुसलमान र अन्य मुसलमानबीच के भिन्नता छ भन्ने कुरा थाहा नहुँदा जो कोही मुसलमानलाई भाइरसको वाहकको रूपमा हेरियो । परिणामतः आज मुसलमानहरूमाथि हमला र घृणा बढिरहेको छ ।
तर, केही मानिसले भने कोभिड–१९ को परीक्षण र समाचार सम्प्रेषणको तरिकामा नै समस्या भएको प्रश्न उठाएका छन् । व्यावहारिक र विकास अर्थशास्त्री सौगात दत्तले समग्र सङ्क्रमितमध्ये ठूलो सङ्ख्यालाई नयाँ दिल्लीको सो भेलासँग जोड्नु भ्रामक भएको बताए । सरकारले भारतमा त्यस्तै विभिन्न भेला र जमघटमा भेला भएका मानिसको प्रभावकारी परीक्षण र निगरानी (ट्रेसिङ) नगरिएको उनको भनाइ छ ।
“खासमा स्याम्पलिङमै समस्या छ । सो समूहका मानिसको धेरै सङ्ख्यामा परीक्षण गरियो र समग्र परीक्षण सङ्ख्या भने कम छ । त्यसकारण, समग्रमा सङ्क्रमितहरूको सङ्ख्यामा त्यो समूहका मानिसको सङ्ख्या बढी हुनु आश्चर्यको कुरा होइन”, दत्तले भने ।
पर्यवेक्षकहरूले मार्च महिनामा भारतमा विभिन्न धार्मिक–गैरधार्मिक समूहका धेरै सङ्ख्यामा भेला र सम्मेलन भएका थिए । त्यस्ता सम्मेलनमध्ये तब्लिघी जमातको सम्मेलन एउटा मात्र हो । त्यतिबेला भारत सरकारले भाइरस सङ्क्रमणले निम्त्याएको गम्भीर अवस्थालाई सकेसम्म लुकाउन खोज्यो । मार्च महिनासम्म भारतको संसद् पनि सूचारु थियो । जनवरीदेखि मार्चसम्म बिना कुनै स्वास्थ्य परीक्षण १५ लाख मानिसलाई भारत पस्न दिइयो । त्यो भीडमा तब्लिघी जमातका पाहुना त निकै थोरै सङ्ख्यामा थिए ।
तथापि, भारतका मिडियाहरूले यो विषयमा निकै कोकोहोलो मच्चाउन छोडेनन् । एउटा पत्रिकामा प्रकाशित व्यङ्ग्यचित्रमा कोरोना भाइरसलाई मुसलमान समुदायले लगाउने पोशाक लगाएको आतङ्कवादीको रूपमा देखाइयो ।
त्यस्तै सामाजिक सञ्जालमा धेरैले भारतमा नोबेल कोरोना भाइरसको सङ्क्रमणलाई मुसलमान षड्यन्त्रको रूपमा पोस्टहरू गरे । ‘कोरोना जेहाद’ लेखिएको एक जना मुसलमान जस्तो देखिने व्यक्तिले हिन्दुलाई भीरबाट खसाल्न लागेको चित्र ट्वीटरमा पोस्ट गरे । त्यसमा झन्डै दुई हजार प्रयोगकर्ताले पुनः ट्वीट गरेपछि मात्र ट्वीटरको नियमअनुसार पोस्ट हटाइयो ।
सरकारका आधिकारिक निकायले पनि यस्ता भावनालाई आगोमा घ्यु थप्ने काम गरे । भारतीय सिमाना सुरक्षा बलका अधिकारीहरूले सङ्क्रमण फैलाउने उद्देश्यले नेपालसँगको खुकुलो सिमाना नाघेर निश्चित समुदाय (मुसलमान भनी बुझ्नुस्) भारत पसेको दाबी गरेका छन् ।

भारतको एउटा ठूलो धार्मिक अल्पसङ्ख्यकमाथि लगातार भइरहेको हमला आज अन्तर्राष्ट्रिय समुदायले टुलुटुलु हेरिरहनु निकै विडम्बनाको कुरा हो । संसारकै सबभन्दा ठूलो लोकतन्त्र मानिएको भारतमा आज मुसलमान समुदायविरुद्ध नयाँ तरिकाको रङ्गभेद एउटा अर्को कालो अध्याय बन्दै छ ।

भारत सरकारले पनि यस्तो प्रचारबाजीलाई अप्रत्यक्ष टेवा दिइरहेको छ । केन्द्र सरकारले पश्चिम बङ्गाल सरकारलाई निश्चित क्षेत्रमा लकडाउन कडाइका साथ कार्यान्वयन नभएको भन्दै पत्राचार गरेको थियो । केन्द्र सरकारको सङ्केत पश्चिम बङ्गालका मुसलमान बाहुल छ वटा जिल्लाहरू थियो ।
पश्चिम बङ्गालका मुख्यमन्त्री ममता बेनर्जीले केन्द्र सरकारको सो पत्रप्रति आपत्ति जनाइन् र विपद्को समयलाई साम्प्रदायिक मुद्दा उछाल्ने मौका नबनाउन आग्रह गरिन् ।
जुन उत्साह र सक्रियतापूर्वक अहिले मुसलमानविरोधी अभियान अघि बढाइएको छ, त्यो वास्तवमै एउटा चिन्ताजनक अवस्था हो ।
अहिले नै पखेटा लागिसकेका मुसलमानविरोधी विभिन्न विद्यमान विचारलाई पछिल्लो अवस्थाले थप बल दिनेछ । मुसलमानहरूले हिन्दुहरूलाई अल्पमतमा पार्ने र हिन्दु भूमिमा हिन्दुलाई ‘बिटुलो’ बनाउने जस्ता मुसलमानविरोधी आरोपलाई अहिलेको प्रचारबाजीले अझ ऊर्जा प्रदान गर्नेछ । अहिले नै मुसलमानहरूले ‘भारत माता’ को अस्मितामाथि हमला गरिरहेको सोचाइका मानिस धेरै छन् । मुसलमानहरूले हिन्दुहरूबीच कोरोना भाइरसको सङ्क्रमण फैलाएको मान्यता स्थापित गर्न अहिलेको अवस्था निकै अनुकूल बनाउन खोजिएको छ ।
अहिलेको अभियानले मुसलमानविरोधी भावनालाई मात्र बढावा दिइएको छैन बरु मुसलमान समुदायको दयनीय अवस्थाविरुद्ध बढ्दो आन्दोलनलाई समेत कमजोर र शिथिल बनाउने खतरा छ । कोरोना भाइरसको महामारी फैलिनुअघि मुसलमान समुदाय र भारतभरिका विभिन्न शक्ति मिलेर मुसलमान समुदायमाथि विभेद गर्ने नयाँ नागरिकता ऐन, राष्ट्रिय नागरिकता पञ्जिकरण र राष्ट्रिय जनसङ्ख्या पञ्जिकरण जस्ता कानुनको विरोधमा महिनौँ ठूलो आन्दोलन चलेको थियो ।
सरकार प्रायोजित विभेद अन्त्यको राजनीतिक प्रयासलाई कमजोर बनाउँदै अहिलेको महामारी र त्यससँगै आएको मुसलमानविरोधी भावनाले त्यो समुदायलाई अझ उत्पीडन र विभेदमा पारेको छ ।
भारतीय अर्थतन्त्रको मूलधारमा मुसलमान समुदायको उपस्थिति दिउँसै टुकी बालेर खोज्नुपर्ने अवस्था छ । सरकारी सेवामा पनि मुसलमान समुदायको सङ्ख्या निकै न्यून छ । मुसलमान समुदायका अत्याधिक काम गर्ने उमेरका मानिसहरू अनौपचारिक क्षेत्रमा छन् । अहिलेको अवस्थाले मुसलमान समुदायलाई अन्य समुदायबीच ‘अछुत’ को अवस्थामा पु¥याएको छ । यसले मुसलमान समुदायलाई आर्थिक गतिविधिका विविध क्षेत्रमा अझ पछि धकेल्नेछ ।
मुसलमान समुदायलाई भारतमा राजनीतिक अधिकारबिहीन त बनाइएकै थियो । अहिलेको अवस्थाले त्यो समुदायलाई आर्थिकरूपमा पनि तहसनहस बनाउने निश्चित छ । उनीहरूलाई बाँच्न पनि गाह«ो बनाएको छ ।
भारतको एउटा ठूलो धार्मिक अल्पसङ्ख्यकमाथि लगातार भइरहेको हमला आज अन्तर्राष्ट्रिय समुदायले टुलुटुलु हेरिरहनु निकै विडम्बनाको कुरा हो । संसारकै सबभन्दा ठूलो लोकतन्त्र मानिएको भारतमा आज मुसलमान समुदायविरुद्ध नयाँ तरिकाको रङ्गभेद एउटा अर्को कालो अध्याय बन्दै छ ।
(लेखक भारतको दिल्ली विश्वविद्यालयमा हिन्दीका अध्यापक हुनुहुुन्छ । उहाँ साहित्य र सांस्कृतिक समालोचनामा कलम चलाउनुहुन्छ ।)
स्रोत ः अल जजिरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *