नेतान्याहुको वक्तव्य झूटको पुलिन्दा
- आश्विन २६, २०८१
निर्जला
यता दुई वर्षदेखि सङ्घीय सरकारसँग प्रदेशको गुनासो र प्रदेश सरकारले स्थानीय निकायहरूले केही गर्नै नजानेको व्यक्त गरेको देखियो । प्रदेशले बजेट खर्च गर्नै जानेन र सडक थोरै भएको प्रदेशमा पनि धुमधामसँग भारतीय गाडीहरू किनेर आ–आफ्नो जनताप्रतिको ‘जिम्मेवारी’ र ‘उत्तरदायित्व’ देखाइदिए । महालेखाले लेखाको नियम नमिलेको र बेरुजुहरूको चाङ देखायो ।
अर्काेतिर प्यासाले जहाँको पनि पानी पिएजस्तै विकास देखाउने लालसाले पालिकाहरूका जनप्रतिनिधिहरूको निर्देशनमा तयारी खानेकुरा चाऊ चाऊ चपाएजस्तै भारतको पहेँलो गाडी (डोजर) ले एउटै पहाडलाई पनि विभिन्न दिशाबाट खनेको खनेकै गर्दा सबै जनता अचम्म ¤ पहाड फोडेर सम्म पार्न खोजेको हो वा पहाडको टुप्पोसम्म गाडी जान दिन पेचकिलाजस्तो घुमाउरो बाटाहरू खनेका हुन् वा माटोसम्म खोलामा थुपारेर पोखरी (रिजर्भायर) बनाई बिजुली निकालेको केही भन्न सकिन्न । जान्नेले त सोध्ने भए, ‘होइन मेयरज्यू, यो बाटो हो वा पहाड हो वा यो पहाडको टुप्पोमा मन्दिर बनाउन खोजेको हो ? इन्जिनियर र आर्किटेक्ट को हुन् ?’ जनप्रतिनिधिले उत्तर दियो “म इन्जिनियर, डोजरको ड्रात्र आर्किटेक्ट !”
जनप्रतिनिधिको उत्तरले जान्ने बुझ्ने सबै मुर्छा पर्नेगरी हाँसे, जनताले तरर तालि बजाए । पत्रकारले सोध्यो, “मेयरज्यू, तपाईँ कुन पार्टीको जनप्रतिनिधि ?” “म मेरै गाउँ र जिल्लाको जनप्रतिनिधि हुँ, पार्टी–सार्टी किन चाहियो ?!” उत्तर पाएर पत्रकारको कलमले लेख्न छोड्यो । अर्काेले सोध्यो, “जनप्रतिनिधिज्यू कुन चिह्न लिएर निर्वाचन लड्नुभयो ?” “ए ! त्यो मलाई के थाहा, हिजो एउटा थियो, चुनावपछि हाम्रो अर्काे पार्टी भयो, अब के भनौँ– कम्निस्ट रे कम्युनिस्ट ¤” पत्रकारले खोतल्यो– “कुन कम्निस्ट ?”
जनप्रतिनिधिले झन्झन्ट मान्दै भन्यो – “ए ¤ तपाईँ पत्रकार होइन ? तपाईँले पनि खुरुक्क मिलाएर लेखे भइहाल्यो नि ¤ कम्निस्ट भनेपछि सबै उस्तै ।” “होइन, जनप्रतिनिधिज्यू, माले, एमाले, ‘पातलो मसाल’, ‘मोटो मसाल’, ‘माओवादी’, ‘एमाओवादी’, ‘जनमोर्चा’ कुन कम्निस्ट हो ?”
बडो गम्भीर भएर मेयरले भन्यो, “पत्रकार भाइ कम्निस्ट भनेको एउटै हो । मासु भए पो हाड, छाला, मासु, कजेलो, भुँडी र बोसो भन्ने हुन्छ । यो त दूध र दही जस्तै हो, जुनसुकै भाँडोमा राखेपनि भाँडोकै आकारमा आउने, सानो र ठूलो भन्ने छैन । सानो बटुकोमा राखे पनि हुन्छ, सीसीमा राखे पनि हुन्छ ।”
पत्रकारले उत्तर नबुझेर सोध्योे, “जनप्रतिनिधिज्यू, तपार्इँहरूको पार्टीमा सङ्घ राज्य, प्रदेश र स्थानीय तह (नगरपालिका, गाउँपालिका) बारे कक्षा सञ्चालन हुन्न ?”
आफ्नो हत्केला देखाएर मेयरले उत्तर दियो, “ऊ यस्तै कक्षा सञ्चालन हुन्छ, राइफाल, बन्दूक, मेसिन गन, गोली, बारुद, आदि –आदिको ।… मिलाएर लेख्नू । मेरो अन्त पनि बैठक छ । लौ, सबैलाई नमस्ते र धन्यवाद !” पत्रकारको स्थिति हाँस्नु न रुनुको थियो ।
राजधानीको अर्काे जात्रा देखियो, मन्त्री अपहरणको । नेपाली काङ्ग्रेसका शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा जुम्लाको ‘रोकाया’ भन्ने सांसदलाई माथिल्लो सदनका मोटा – मोटा सांसदहरूले विराटनगर एयरपोर्टदेखि फार्मेसगञ्ज (भारत) सम्म पु¥याएका थिए । त्यसपछि एमालेले दैलेखको ‘बनारसी काङ्ग्रेस’ सांसद शाहीलाई लग्यो, पछि – पछि त जुम्लाको दिलबहादुर महत र कर्णालीका अनेक जिल्लाका कार्यकर्ता मन्त्री बनाइए ।
‘धर्मप्रसाद ढकालको ‘व्यक्तिहत्या’ देखि, भारतको सहयोगबाट गृहयुद्ध भयो । यो त सानो अपहरण हो, योभन्दा अनेक होटलहरूमा सुरा–सुन्दरीका कथाहरू कति भए भए, नेपालको प्रजातन्त्र र गणतन्त्रमा ¤ प्रशासनले त अ¥हाएको गर्ने न हो !!
Leave a Reply