अमेरिकाको मौनता कपट र दोहोरो मापदण्ड
- आश्विन २६, २०८१
ल्यु झोङयी
कोरोना भाइरसले लगभग संसारका सबै देशलाई प्रभावित बनाएको छ । यो विपद्पछिको विश्व व्यवस्थाबारे आज संसारका प्रमुख राजनीतिक नेता र विद्वानहरूबीच छलफल भइरहेको छ । महाव्याधिले वास्तवमा धेरै कुरामा परिवर्तन ल्याएको छ । यद्यपि, राजनीतिक र आर्थिक क्षेत्रमा यो महाव्याधि विद्यमान तर सतहमा नदेखिएको राजनीतिक र आर्थिक प्रक्रियालाई गति दिने उत्प्रेरक बनेको छ ।
अप्रिल १८ मा भारतको उद्योग तथा आन्तरिक व्यापार प्रवद्र्धन विभागले आफ्नो वैदेशिक लगानीसम्बन्धी नीतिमा केही परिवर्तन ग¥यो । परिमार्जित नीतिअनुसार भारतसँग सिमाना जोडिएका देशहरूमा समायोजन र प्राप्तिलगायतका लगानीसम्बन्धी गतिविधिको लागि सरकारको अनुमोदन अनिवार्य गरिएको छ । कोभिड–१९ महामारीको परिणामस्वरूप भारतीय कम्पनीहरूको ‘मौकापरस्त अधिग्रहण वा प्राप्ति’ नियन्त्रण गर्नु नै संशोधित कानुनको मूल लक्ष्य हो । भारतमा उल्लेखनीय लगानी भएको तथा भौगोलिक सिमाना जोडिएको देश चीनमात्र भएको र विश्वव्यापी भाइरस सङ्क्रमण फैलिएको अवस्थामा भारतमा लगानी गर्नसक्ने देश पनि चीन भएको हुनाले संशोधित नीति कसप्रति लक्षित भन्ने कुरा प्रस्ट छ ।
नयाँनीतिले भारतको आन्तरिक र बाह्य मामिलामा भएको विकासलाई प्रतिविम्बित गरेको छ । आन्तरिक राजनीतिमा भारतीय समाजको दक्षिणपन्थी अनुदारवादको बढ्दो शक्तिलाई यसले प्रतिविम्बित गरेको छ । कूटनीतिक क्षेत्रमा भारतले क्षेत्रीय विस्तृत आर्थिक साझेदारी सम्झौताबाट पछि हटेजस्तै यो नीतिले पनि भारत चीनमाथिको आर्थिक निर्भरता कम गर्न चाहेको र ‘मेक इन इन्डिया’ को महत्वाकाङ्क्षा साकार पार्न चाहेको प्रस्ट हुन्छ । यसको निम्ति उसले संरा अमेरिका नेतृत्वका केही पश्चिमा देशहरूको सहयोग लिइरहेको छ । ती देशहरू चीनबाट औद्योगिक सञ्जाल हटाउन खोजिरहेका छन् ।
नोबेल कोरोना भाइरसको सङ्क्रमणयता चीनप्रति भारतको धारणा परिवर्तन भएको यो तेस्रो पटक हो ।
महामारीले चीनमाथि हमला गर्दा भारतले चीनसँगको सबै यातायात विच्छेद ग¥यो । मास्क र अन्य अत्यावश्यक चिकित्सकीय सामग्रीमात्र होइन, मास्क बनाउन आवश्यक पर्ने कपासमात्र पनि भारतले चीन पठाएको थिएन । चीन उड्ने सबै विमानमाथि रोक लगाइएको थियो ।
गत अक्टोबर महिनामा भारतको चेन्नाईमा भेटेका सी र मोदीबीच यो वर्ष सन् २०२० मा चीनमा अर्को चरणको अनौपचारिक भेटघाट गर्ने सहमति भएको थियो । महाव्याधिबाट मुक्त भएको पहिलो देशको रूपमा चीनले अन्तर्राष्ट्रिय मानवीय भावना अङ्गीकार गर्नुपर्छ र आफ्नो क्षमताअनुसार भारतीय जनतालाई सहयोग गर्नुपर्छ । भारतले पूर्वाग्रही सोच त्याग्नुपर्छ । चीनसँग सहकार्य अघि बढाउनुपर्छ । अन्तर्राष्ट्रिय न्यायलाई जोड दिनुपर्छ । महाव्याधिपछि पनि दुई देशबीच ‘उहान भावना’ अनुसार काम हुनेमा चीन आशावादी छ ।
फेब्रुअरीको सुरुमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चीनका राष्ट्रपति सी चिनफिङलाई शोक सन्देश पठाएका थिए । त्यतिबेला चीन भाइरसविरुद्ध एकढिक्का भएर लडिरहेको थियो । त्यसपछि भने भारतले महामारीविरुद्ध लड्न चीनलाई केही सहयोग गरेको थियो । उहानमा केही चिकित्सकीय सामग्री ढुवानी गर्न सैनिक विमान पठाएको थियो ।
चीनले महामारीलाई सफलतापूर्वक पराजित गरेपछि युरोपका विभिन्न देश, संरा अमेरिका र भारतमा एकपछि अर्को गर्दै भाइरस सङ्क्रमण फैलियो । तर, संरा अमेरिका र अन्य पश्चिमा देशहरूले भाइरसविरुद्ध लड्ने आवश्यक कदम चाल्नुको सट्टा सर्वसाधारणको ध्यान अन्यत्र मोड्न अरूमाथि दोषारोपणको खेल खेले । यस्ता अधिकांश दोष त चीनमाथि लक्षित थियो । संरा अमेरिकी विदेश सचिव माइक पम्पेओजस्ता राजनीतिक नेताहरूले चीन र विश्व स्वास्थ्य सङ्गठनलाई भाइरस फैलाएको दोषारोपण गरे । ‘चीनले तथ्याङ्क लुकाएको’, ‘चीन जिम्मेवार हुनुपर्ने’ र ‘चीनले क्षतिपूर्ति दिनुपर्ने’ जस्ता अनेकन झूटको प्रचार गरे । यस्ता झूटहरू पश्चिमा देशहरूमा भाइरल भएपछि भारतमा त्यसलाई रट्ने मानिसको कुनै कमी भएन ।
चीनले आजसम्म महामारीको लागि कुनै पनि देशमाथि दोषारोपण गरेको छैन । तर, भारतका धेरै वरिष्ठ अधिकारीहरूले सार्वजनिकरूपमा भाइरस सङ्क्रमणको लागि चीन दोषी भएको र विश्व स्वास्थ्य सङ्गठन पुनः गठन गर्नुपर्ने विचार राखे । भारतका मूलधारका अधिकांश मिडियाले भारतीय सरकारकै नीति अवलम्बन गर्ने गर्छ । त्यसकारण, उनीहरूको समाचार र टिप्पणीमा ठूलो पूर्वाग्रह हुने गरेको छ । चिनियाँ र भारतीय जनताबीच आपसी मित्रता र समझदारी विकास भएको हेर्न चाहने म जस्तो व्यक्तिलाई यस्ता घटनाक्रमले दुःखी बनाउने गरेको छ ।
भारतको लागि यतिबेला सबभन्दा ठूलो चुनौती भनेको देशभित्र कोभिड–१९ सङ्क्रमण कसरी सामना गर्ने भन्ने विषय हो । त्यसको निम्ति चीन–भारत सहकार्य प्रवद्र्धन अत्यावश्यक छ । विश्व स्वास्थ्य सङ्गठनको भूमिका र अधिकार कायम राख्नुपर्छ । अप्रिल १४ मा चीनको लागि भारतीय राजदूत विक्रम मिश्रीले एउटा अनलाइन सम्मेलनमा भारतले चीनबाट १ करोड ५० लाख पीपीई र १५ लाख शीघ्र परीक्षण सामग्री आयात गर्ने तयारी गरिरहेको बताए । सबै सामग्री सुपथ मूल्यमा खरिद गरिएको छ । यसले भारत–चीन सम्बन्ध सकारात्मक दिशातिर अघि बढिरहेको देखाएको छ । कोरोना भाइरस चीन र भारतलगायत सबैको शत्रु हो । झूटा दोषारोपणको विरोध, बहुपक्षवादको प्रवद्र्धन र भाइरसविरोधी सहकार्य चीन र भारत दुवैको जिम्मेवारी हो ।
गत अक्टोबर महिनामा भारतको चेन्नाईमा भेटेका सी र मोदीबीच यो वर्ष सन् २०२० मा चीनमा अर्को चरणको अनौपचारिक भेटघाट गर्ने सहमति भएको थियो । महाव्याधिबाट मुक्त भएको पहिलो देशको रूपमा चीनले अन्तर्राष्ट्रिय मानवीय भावना अङ्गीकार गर्नुपर्छ र आफ्नो क्षमताअनुसार भारतीय जनतालाई सहयोग गर्नुपर्छ । भारतले पूर्वाग्रही सोच त्याग्नुपर्छ । चीनसँग सहकार्य अघि बढाउनुपर्छ । अन्तर्राष्ट्रिय न्यायलाई जोड दिनुपर्छ । महाव्याधिपछि पनि दुई देशबीच ‘उहान भावना’ अनुसार काम हुनेमा चीन आशावादी छ ।
(लेखक साङ्घाई अन्तर्राष्ट्रिय अध्ययन प्रतिष्ठानअन्तर्गत चीन–दक्षिण एसिया अध्ययन केन्द्रका महासचिव हुनुहुन्छ ।)
स्रोत ः ग्लोबल टाइम्स
नेपाली अनुवाद ः सुमन
Leave a Reply