अमेरिकी प्रजातन्त्रको सीमा र कमजोरी
- बैशाख ६, २०८१
कोभिड–१९ महामारीको कारण एकतमासको लकडाउनबीच वैशाख ८ गते ओली सरकारले राष्ट्रपतिसमक्ष पेश गरेका दुई वटा अध्यादेशले झन्डै महिना दिनदेखि शिथिल देखिएको राजनीति एकाएक तात्यो । त्यो दिनबाट उकालो लागेको राजनीतिक थर्मोमिटरको तापक्रम अझै उक्लिने क्रम जारी छ । सत्तारुढ दलभित्रै सरकारप्रतिको असन्तोषको पारो यसअघि नै निकै माथि पुगिसकेको थियो । पार्टीका केन्द्रीय सदस्यहरू निर्धक्क सरकारको विरोधमा बोलिरहेका थिए । ‘के निहुँ पाउँ कनिका बोकाउँ’ बनेका असन्तुष्ट नेकपा नेताहरूको लागि अध्यादेश प्रकरण बेलुनबाट हावा फुस्काउने छेस्को साबित भयो । एकाध दिनमै नेकपाभित्रको गहिरो अन्तरविरोध र विभाजन छताछुल्ल भएर बाहिर पोखियो । अरू बेला ‘बाघ’ जस्ता प्रधानमन्त्री ओली अहिले भने प्रतिरक्षात्मक अवस्थामा पुगेका छन् । सत्तारुढ दलमा आफू निकै निम्छरो देखिएपछि उनले बालुवाटार बसाई लम्ब्याउन यतिबेला आफ्नै दलभित्र दाउपेच रच्दै छन् ।
प्रधानमन्त्री ओली र उनका आसेपासेको कार्यशैलीकै कारण नै अहिलेको सरकार क्रमशः छेउ लाग्दै गएको अनुमान गर्न सकिन्छ । ‘पाँच वर्षसम्म कुनै पनि शक्तिले ओली सरकारको रौँ पनि हल्लाउन नसक्ने’ आत्मविश्वास क्रमशः दम्भमा परिणत हुँदा समग्र राजनीतिक तराजुमा सरकारको तौल कम हुँदै गएको मात्र होइन, नेकपाभित्रै पनि सरकारको पक्षमा बोल्नेको सङ्ख्या कम हुँदै गएको छ ।
नेकपाभित्रको चालू विवाद कुनै सैद्धान्तिक विषयमा भएको विवाद होइन । कम्युनिस्ट पार्टीहरूबीच र कम्युनिस्ट पार्टीभित्र हुने अन्तरविरोधको इतिहास पढेका जोकोहीमा नेकपाभित्रको चालू विवाद पद र सत्ता सुखको लागि भएकोमा कुनै द्विविधा छैन । ‘समाजवादी’ संविधानले परिकल्पना गरे जस्तो समाज कसरी बनाउने, ‘कम्युनिस्ट पार्टी’ को सरकार हुँदा पनि नेपाली समाजमा विद्यमान असमानता, अन्याय र विभेदजस्ता समस्याको हल किन हुनसकेन, हल गर्ने बाटा के के हुनसक्छन्, स्वाधीन अर्थतन्त्र विकासको निम्ति सरकारले कस्ता नीति ल्याउनुपर्छ, परनिर्भरता कसरी घटाउने, जोत्नेसँग जमिन नभएको र नजोत्नेको स्वामित्वमा जमिन धेरै भएको भूमि समस्या समाधान कसरी गर्ने, शिक्षा उत्पादन श्रमसँग नजोडिँदा हाम्रा विश्वविद्यालयहरू किन हातमा प्रमाणपत्र भएका बेरोजगार र अयोग्य उत्पादन गर्ने थलो बनिरहेका छन् आदि विषयमा मतभेद भएर नेकपाका नेताहरू आपसमा टुपी तानातान गरिरहेका होइनन् । विभिन्न ठेगानामा एकपछि अर्को बसिने नेकपा नेताहरूको बैठकबाट निकालिने निर्णय समाचार माध्यमको लागि त उपयोगी मसला बन्ने गरेको छ, तर व्यापक नेपाली जनतासँग तिनको कुनै सरोकार हुने गरेको छैन । खासमा त्यस्ता बैठक नेकपा नेताहरूबीच कसले के सुविधा लिने र पाउने हिसाबकिताबकै छिनाझम्टीमा सीमित हुने गरेको छ । अहिले नेकपाभित्रको झगडा पनि यस्तै भागशान्तिको खोजीमात्र हो ।
नेकपाभित्र आपराधिक र अराजनीतिक मानसिकता हावी बनेको पछिल्लो उदाहरण हो–विपक्षी दल फुटाउने लक्ष्य सहित सांसदहरू किन्न खोज्ने कृत्य । त्यसो त तात्कालीन एमालेका नेताहरूको निम्ति यस्ता अपराध कुनै ठूलो कुरा होइन । उनीहरू सत्ताको आडमा विपक्षी दल फुटाउनुलाई स्वाभाविक राजनीतिक कर्म ठान्छन् । यस्ता अनैतिक कृत्यकै जगमा सबैतिरबाट जम्मा भएका फोहोरले बनेको दल नेकपाले नेपाली समाजमा परिवर्तन र रूपान्तरणको लागि काम गर्ने अपेक्षा नै बेकार हो । नेकपा नेताहरूले जनतालाई झुक्याउन आश्वासन र झूटा सपनासम्म देखाउन सक्लान्, तर समाज परिवर्तनको अभिभारा नेकपा नामको मेसिनले अब कुनै हालतमा पूरा गर्नसक्दैन । नेताहरूबीच हजार विवाद र टुटफुटका नाटक मञ्चन भए पनि उनीहरूको निम्ति सहरमा बाँच्न नसकिने भएपछि राजमार्ग नाप्दै गरेका पाइलाभन्दा बालुवाटार र सिंहदरबारमा मलमल कपडाले मोडिएको आरामदायी कुर्सी नै प्यारो लाग्छ ।
ramro xa
maile suneko hijo ra asti ktm ma rajdut haru ko khub daud dhup xa re
rajdut haru ko daud dhup bata America ko MCC ra Indian haru ko Madhesh badi dal haru sangako sambandha xa vanxan ni,
kaso ho kunni