भर्खरै :

मार्क्स दिवसको शुभकामना !

विश्व सर्वहारा वर्गका महान् गुरु कार्ल मार्क्सको आज २०२ आौँ  मार्क्स जन्मदिन । मार्क्सको जन्म दिनको स्मरण गर्नु व्यक्ति पूजा होइन, बरु उनले संसारका श्रमिक जनताको पक्षमा दिएका विचार र योगदानको स्मरण हो । माक्र्स दिवसलाई उत्सवको रूपमा मनाउनु माक्र्सको विचार आजको युग र समाजको निम्ति उपयोगी र सान्दर्भिक मान्नु हो । एकातिर एक जना व्यक्तिको रूपमा माक्र्सको जीवनबाट हामीले सिक्न सक्ने असङ्ख्य पक्ष छन् अर्कोतिर विचारको आलोकको रूपमा माक्र्सको सम्झनाले आज उनका विचार अझ बढी सान्दर्भिक बन्दै गएको देखिन्छ ।
पुँजीवादी उत्पादन सम्बन्धले मानव समाजलाई के–कस्तो असर पार्छ भन्ने कुराको अध्ययनको क्रममा माक्र्सले उत्पादन साधनको रूपमा जमिनलाई विभिन्न कोणबाट अध्ययन गरेका थिए । माटोको गुणस्तरमा कमी आउँदा उत्पादनमा पार्ने क्षति र त्यसले श्रममा पार्ने असरबाट सुरु भएको सो विषयमा माक्र्सको अध्ययन अन्ततः पुँजीवादी उत्पादन सम्बन्धले नाफाको निम्ति प्राकृतिक स्रोतसाधनको अत्याधिक दोहन गर्दा प्रकृति र मानिसबीचको स्वाभाविक सम्बन्धमा दखल पुग्ने निष्कर्षमा पुगेको थियो । नाफा र पुँजी सञ्चयको निम्ति पुँजीवादी व्यवस्थाले पृथ्वीमाथि अत्याचार गर्दा असन्तुलन निम्तिने माक्र्सको निष्कर्ष आज संसार कोभिड–१९ को महामारीबाट प्रताडित बनेको समयमा अझ बढी सान्दर्भिक बनेको छ ।

माक्र्स र माक्र्सवादलाई पुरानो र असान्दर्भिक बनेर भत्र्सना गरी नथाक्ने मानिसहरूलाई यतिबेलाको कोभिड–१९ महामारी आफैले गतिलो जवाफ दिइरहेको छ । पुँजीवादी उत्पादन सम्बन्धको अन्त्य नहुँदासम्म मानिसले प्रकृतिमाथिको दोहन छोड्ने छैनन् । आफूलाई जीवन दिइरहेको प्रकृति र पृथ्वीलाई नै नाफा नोक्सानको तराजुमा जोख्ने नीच सोच र सिद्धान्तमा नै पुँजीवादको प्राण छ । पुँजीवादको अपराधी चरित्रकै कारण मानिस र प्रकृतिबीचको असन्तुलन अझ फराकिलो बन्ने पक्का छ । त्यो असन्तुलनलाई कम नगर्ने हो भने कोभिड–१९ का नयाँ अवतारको सामना मानिस र अन्य चराचर जगतले पनि गर्नुपर्नेछ ।

जस्टस भोन लेबिग र कार्ल फ्रासजस्ता वैज्ञानिकहरूका विचारको गम्भीर अध्ययनसँगै माक्र्स माटोको उर्वरतामा आउने क्षयीकरणभन्दा माटोको उत्पादनशीलताको लागि प्रकृति र मानिसबीचको अन्तरसम्बन्ध र अन्तरक्रियामा आउने कृत्रिम असन्तुलन बढी खतरनाक र हानिकारक भएको निष्कर्ष निकालेका थिए । फ्रासको वनविनाश र जलवायु परिवर्तनबीचको सम्बन्धको अध्ययनले माक्र्सलाई आज हामीले भोगिरहेको पर्यावरणीय सङ्कटको जरामा पु¥याएको थियो । माक्र्सले सन् १८६० र ७० को दसकमा यी विषयमा अध्ययन गरेका थिए । त्यसयता संसारमा पुँजीवादले प्राकृतिक स्रोतसाधनमाथि गरेको दोहन आजसम्म आइपुग्दा परिमाणको आधारमा निकै ठूलो भइसकेको छ । पुँजीवादी उत्पादन सम्बन्धले निम्त्याएको क्षतिले अझ बृहत् आकार लिने क्रम चालू छ । नाफाको लागि गरिएको प्रकृतिमाथिको पुँजीवादी शोषणको एउटा चरमरूपमा आज हामीले कोभिड–१९ महामारी भोगिरहेका छौँ । आजको विपद् माक्र्सकै शब्दमा प्रकृति र मानिसबीचको ‘प्राकृतिक अन्तरक्रियाको असन्तुलन’ को परिणाम हो । प्रकृतिबाट मानिसले मात्र लिइरहने एकोहोरो सम्बन्धले कोभिड–१९ को महामारी, महिनौँ लामो डढेलो, विश्वको तापमान वृद्धिजस्ता समस्या बढेको हो ।
माक्र्स र माक्र्सवादलाई पुरानो र असान्दर्भिक बनेर भत्र्सना गरी नथाक्ने मानिसहरूलाई यतिबेलाको कोभिड–१९ महामारी आफैले गतिलो जवाफ दिइरहेको छ । पुँजीवादी उत्पादन सम्बन्धको अन्त्य नहुँदासम्म मानिसले प्रकृतिमाथिको दोहन छोड्ने छैनन् । आफूलाई जीवन दिइरहेको प्रकृति र पृथ्वीलाई नै नाफा नोक्सानको तराजुमा जोख्ने नीच सोच र सिद्धान्तमा नै पुँजीवादको प्राण छ । पुँजीवादको अपराधी चरित्रकै कारण मानिस र प्रकृतिबीचको असन्तुलन अझ फराकिलो बन्ने पक्का छ । त्यो असन्तुलनलाई कम नगर्ने हो भने कोभिड–१९ का नयाँ अवतारको सामना मानिस र अन्य चराचर जगतले पनि गर्नुपर्नेछ । त्यसको निम्ति माक्र्सकै शब्दमा ‘न्यायसङ्गत’ मानिस र प्रकृतिको सम्बन्धको खाँचो छ । निःसन्देह माक्र्सले देखाएको वैज्ञानिक समाजवाद नै सुरक्षित भविष्यको बाटो हो । भविष्यको उज्यालो बाटो देखाउने विराट व्यक्तित्व भएकोले नै माक्र्सलाई आज संसारका श्रमजीवी जनताले सम्मान गरिरहेका छन् ।

One response to “मार्क्स दिवसको शुभकामना !”

  1. govinda yogi says:

    माक्र्सवादको सान्दर्भिकता पुष्टि भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *