भर्खरै :

युवामा देशभक्ति भावना

रसिक नेपाल सरकारले पछिल्लो पटक जेठ ५ गतेसम्म देशव्यापी लकडाउनको अवधि थपेको धेरैलाई चित्त बुझेको रहेनछ । बजारमा यसअघि बन्द गरिएका धेरै पसलहरू खोलिन थाले । घरमा बस्दा निकै उकुसमुकुस भएको हुनुपर्छ, मान्छे पनि धेरै सङ्ख्यामा बाहिर निस्कन थाले । दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे हलुका सवारी साधनहरू पनि सडकमा बाक्लै देखिन थाले ।
हुन त कोभिड – १९ रोगको सम्भावित सङ्क्रमणबाट जोगिन नेपाल सरकारले लकडाउनको घोषणा गरेको हो । सरकारी निर्णय कार्यान्वयनका लागि नागरिक स्तरमै सचेत बन्नुपर्ने हो । आफ्नै निम्ति भएकोले सबै जना स्वअनुशासनमा बस्नुपर्ने हो र लकडाउनको नियम पालना गर्नुपर्ने हो । यसअघिसम्म जनताले सरकारको आदेश सहर्ष स्वीकार गरेका पनि थिए । बिहान मर्निङ वाक तथा पूजाआजा गर्नेहरू स्वात्तै घटेका थिए, बजार सुनसान बनेको थियो । मानिस अत्यावश्यक अवस्थामा नगरपालिकाले वितरण गरेको अनुमतिपत्र देखाएरमात्र बाहिर निस्किन्थे ।
सरकारको लकडाउन थप्ने पछिल्लो निर्णयप्रति शङ्का गरिन थालेको छ । सङ्कटको समयमा सारा जनताले सकसपूर्ण जीवन बिताइरहँदा सरकार र वरिपरिका आउरेबाउरेहरू चिकित्सकीय सामग्री खरिदमा भ्रष्टाचार गरिरहेका छन् । राज्यको ढुकुटी सिध्याउन सरकारमै बस्नेहरूसमेत लागिपरेका छन् । गुन्डा, अपराधी र ठेकेदारहरू सरकारी दल र नेताहरूका वरिपरि संरक्षित भइरहेको त सबैले अनुभव गरेकै हो भने स्वयम् प्रधानमन्त्रीका अति विश्वासपात्रको रूपमा रहेका सांसदहरू र पूर्व प्रहरी प्रमुख समेत सांसद अपहरण काण्डमा फसेपछि सरकारको विरोध भइरहेको छ । प्रतिपक्षी दलहरू मात्र नभई स्वयम् सत्तापक्ष दलभित्र पनि वर्तमान सरकारको विरोधमा आवाज चर्कोरूपमा उठ्न थालेको छ । सरकारको विरोधमा सडकमा आन्दोलन होला, आफ्नो सत्ता धरापमा पर्ला भन्ने डरले पनि कोरोनाको निहँुमा लकडाउनको अवधि बढाएको हुनसक्ने अनुमान गर्न थालिएको छ ।
शनिबार दत्तात्रय परिसरमा जम्मा भएका ४ जना युवाहरू सरकारको पछिल्लो कदमप्रति असन्तुष्टि व्यक्त गर्दै थिए । नगरपालिका र प्रशासनले तोकेको समयमा सामाजिक दुरी कायम गर्दै उनीहरू उभिँदै कुरा गर्दै थिए ।
पहिलो व्यक्ति ः “वर्तमान सरकार सम्भवत नेपालको इतिहासमै सबैभन्दा अलोकप्रिय सरकार बनेको छ । दुईतिहाइको दम्भ देखाएर के के न गर्छु भन्थ्यो, आखिरमा आफ्नै दलका नेता कार्यकर्ताको समेत मन जित्न सकेन ।”
दोस्रो व्यक्ति ः “आफ्नो कार्यकर्ताको मात्र हो र, सारा नेपाली जनतालाई अँध्यारोमा हराएको कागझैँं बनाएको छ । कालाबजारियाहरू, भ्रष्टाचारीहरू, डन र गुन्डा नाइकेहरूले ‘सक्छौ भने हामीलाई कारबाही गरेर देखाऊ’, भनी धम्की दिइरहेका छन् । हाम्रो सरकार भने तिनैसँग कुम मिलाइरहेको छ । भारतीय पक्षले पश्चिममा नेपाली भूमिमै डोजर चलाएर मानसरोबर जाने सडक बनाउँदा सुतिरहेझैँ नाटक गरिरहेको छ । भारतीय रक्षामन्त्रीले सार्वजनिक उद्घाटन गर्दा समेत आफ्नो भूमि आफ्नो भन्ने आँट नगरेको नालायक सरकार !”
तेस्रो व्यक्ति ः “भारतीय विस्तारवाद मूर्दावादको नारा लाग्दा हामीलाई राजनीतिको मतलब छैन भनी वास्ता नगरेको गलत रहेछ साथी ! वास्तवमा भारतीय विस्तारवाद भनेकै थाहा थिएन । हरेक ऐतिहासिक तथ्यले पुष्टि गरेको नेपाली भूमिसमेत भारतले आफ्नो दावी गरी कालापानी, लिपुलेक, लिम्पियाधुरामाथि अतिक्रमण गरेको समाचार सुन्दा, अनि नेपाल–भारत सीमामा भारतीय सीमा सुरक्षा सेनाले नेपाली जनतालाई ज्यादती गरी जङ्गे पिलरसमेत नेपालतिर सार्दा पो मनमा स्वाभीमान र देशभक्ति भावना जागेर आयो ।”
“हामी सर्वसाधारण जनता नै देशको रक्षा गर्नु आप्mनो दायित्व ठान्छौँ भने हामीले जिताएर सरकारमा पठाएका नेताहरूमा देशभक्ति भावना किन नपलाएको साथी ?”
चौथो व्यक्ति ः “भारतको नून खाएपछि विरोध गर्ने आँट गर्छ त ? हिजो चुनावताका भारतीय दूतावासबाट करोडौँ रूपैयाँ ‘दान’ पाएर चुनाव जितेकाहरूले अब आप्mनै मालिकको विरोध गर्छ भन्ने सोच्नु नै गलत छ । लिपुलेकमा भारतले सडक बनाएको अहिले मात्र हो र ? उसले सडकको लागि पहाड फोड्न बम पड्काउँदा वा डोजर चलाउँदा आवाज नआएको होला र ? केही समयअघि हाम्रा रक्षामन्त्री हेलिकप्टर चढेर कालापानी र लिपुलेक हेर्न नगएका हुन् र ? थाहा हुने सबै नेताहरू तैँ चुप, मै चुप बसिरहेका छन् । त्यसैले त हामीलाई गा¥हो भएको ।”
पहिलो व्यक्ति ः “बिरामी हुँदा फोनमार्फत सहानुभूति प्राप्त गर्ने नेताहरूले भारतले उक्त सडकको उद्घाटन गर्दै छ भन्ने साँच्चै थाहा नपाएका होलान् र भन्या ?”
चौथो व्यक्ति ः ‘सरकारले त्यतिकै देशव्यापी लकडाउनको समयावधि बढाएको होइन साथी हो । भारतीय विस्तारवाद र वर्तमान सरकारको नालायकीपनको सडकमा विरोध होला र आप्mनो सत्ता कमजोर होला भन्ने डरले जनतालाई सडकमा नउतार्ने सोचले लकडाउनको अवधि थपेको मेरो बुझाइ छ है !”
“नभए लकडाउनको समयावधि मात्र थप्ने, अनि रोगको रोकथाम तथा नियन्त्रणको कुनै पनि प्रभावकारी उपाय अवलम्बन नगर्ने भन्ने पनि हुन्छ र ? न शङ्कास्पदहरूको परीक्षणलाई तीव्र बनाइएको छ, न त उपचारको लागि अस्पतालको सङ्ख्या बढाइएको छ । उपचाररत स्वास्थ्यकर्मीहरूलाई सुरक्षा सामग्री त पर्याप्त दिन सकेको छैन !”
दोस्रो व्यक्ति ः “सीमा नाकाबाट दिनहुँ सयौँको सङ्ख्यामा नेपालतिर आइरहेका छन् भन्ने पनि सुनिन्छ नि ! काठमाडाँै उपत्यका छिर्नेहरूको लस्कर देख्दा पनि डर लाग्छ साथी ¤ कोही एक जनामात्र सङ्क्रमित भएमा महामारी फैलिने प्रवल सम्भावना छ त !”
तेस्रो व्यक्ति ः “कोभिड – १९ रोगप्रति नागरिकहरू जति सचेत छन्, सरकार त्यति पनि सचेत देखिँदैन बा ! लकडाउनको समय बढाएर मात्र सरकारको दायित्व पूरा हुन्छ र ?”
चौथो व्यक्ति ः “सरकारको मनमा कालो छ के ! स्वास्थ्य संवेदनशीलताभन्दा पनि आप्mनो राजनैतिक स्वार्थका लागि जनतालाई घरमा थुन्ने, सरकारविरुद्धको आवाजलाई मधुरो बनाउने कुचेष्टाले लकडाउनको अवधि बढाएको प्रस्ट छ नि !”
पहिलो व्यक्ति ः “हामी के गर्न सक्छौँ त ?”
चौथो व्यक्ति ः “धेरै गर्न सक्छौँ नि ! स्वास्थ्यप्रति हामी संवेदनशील छौँ नै । स्वअनुशासन कायम गर्ने हो । तर, हाम्रो देशलाई तीनतिरबाट लुछिरहेको दृष्य हामी निरिहतापूर्वक हेरिरहन सक्दैनौँ । त्यसैले यतिबेला देशभक्ति भावना देखाउने अनेक उपाय छन् । सामाजिक सञ्जालहरूको प्रयोगबाट हामीजस्तै युवाहरूलाई भारतीय विस्तारवादले हाम्रो देशको अस्मिता लुटिरहेको विषयमा सचेत पार्न सक्छौँ, वर्तमान नालायक सरकारको विरोधमा आवाज उठाउन सक्छौँ, प्ले कार्डहरू बनाउन सक्छौँ, देशको सीमाना र इतिहासबारे थुप्रै ऐतिहासिक दस्तावेजहरू अध्ययन गरी यथार्थ कुरा सबैसामु ल्याउन सक्छौँ ।”
दोस्रो व्यक्ति ः “सामाजिक सञ्जालमार्फत लिपुलेकमा भारतीय अतिक्रमणबारे भिडिओ कन्फरेन्सहरू भइरहेका छन् भन्ने सुनिन्छ नि साथी हो !”
चौथो व्यक्ति ः “हो, हामी पनि यस्ता कन्फरेन्सहरूमा सहभागी हुन सक्छौँ । फेसबुक र म्यासेन्जरमा धेरैले लिङ्क सेयर गरिरहेका छन् । फेसबुकमा लात् र रेकर्डेड डकुमेन्टहरू पनि राखिएका छन् ।”
तेस्रो व्यक्ति ः “यतिबेला पनि हामी राजनीति चाहिँदैन भन्छौँ भने नयाँ पुस्ताले हामीलाई धिक्कार्नेछ है ! मातृभूमि रुँदा आँसुसमेत पुछ्न नसक्ने नालायक युवाहरू भन्नेछन् !”
ती युवाहरू देशको सार्वभौमिकताको विषयमा गम्भीर बन्दै कुरा गरिरहेको थोरै दुरी कायम गरेर सुनिरहेको थिएँ । केही कुरा थप्नुप¥यो भनी तिनीहरूको अगाडि जाँदा तिनीहरू अल्मलिए । उनीहरूलाई सहज हुने ढङ्गले केही कुराहरू राखेँ, “हामीलाई स्थानीय तहमा भोट हाल्दा विकासका कुरामात्र गर्न पठाएको ठान्यौ होला । निश्चय पनि हामीले स्थानीय विकासको काम गर्छौँ, जनताका सानाभन्दा साना समस्याहरू समाधान गर्न लाग्छौँ, सरसफाइका कुरा गर्छौँ । तर, हाम्रो जिम्मेवारी यतिमा मात्र सीमित छैन । हामी बेलाबखतमा टोल–टोलमा भेला गर्छौँ, घरदैलो गर्छौँ । कहिले युवाविद्यार्थी त कहिले महिला अनि कहिले किसान, मजदुर र ज्येष्ठ नागरिकहरूको समेत भेला गर्छौँ । हामी हरेक पटक स्थानीय विषयहरूसँगै हाम्रो देशको अवस्थाबारे पनि बताउँछौँ । अहिलेको सङ्घ सरकारले साँचो अर्थमा नेपाली जनताको पक्षमा काम नगरेको बताइरहन्छौँ । नाम कम्युनिस्ट राखिएपनि यसको इतिहास र घटनाक्रम अध्ययन गर्दा कहीँ पनि सोभियत सङ्घ, क्युवा, चीन र प्रजग कोरियालगायतका देशका कम्युनिस्ट सरकार जस्तो देखिँदैन भनी जनतालाई भनिरहन्छौँ । अब त तिमीहरू स्वयम्ले बुभ्mन थाल्यौ, यो सरकार हाम्रो भोटले त जितेर गयो तर यसको मालिक हामी जनता नभई भारतीय विस्तारवाद रहेछ ! यस्ता सरकार र शासक दलहरू रहेसम्म हाम्रो देशको सार्वभौमिकता सुरक्षित रहन्छ वा हामी सुखी हुन्छौँ वा विकसित हुन्छौँ भनी नसोच्दा हुन्छ ।”
मैले जानेअनुसार र तिनीहरूले ग्रहण गर्ने शैलीमा आफ्नो कुरा राख्ने प्रयास गरेँ । ती युवाहरूमा आफ्नो देशप्रतिको माया र वर्तमान सरकारप्रतिको घृणा रहेको तिनीहरूको अनुहारमा पढ्न सकिन्थ्यो । यसअघि खुला वा बन्द खालका राजनैतिक गतिविधिमा सक्रियता नदेखाउने युवाहरूमा राजनैतिक सचेतता आएकोलाई सकारात्मक मानेँ । युवाहरूमा यस्तै परिवर्तन आवश्यक रहेको अनुभव गरेँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *