“यदि सौर्यमण्डलका सम्पूर्ण ग्रहहरू सल्लाह र कूटनीतिमा सहभागी भएमा हाम्रो ग्रह पृथ्वीबाट प्रतिनिधित्व गर्न सक्षम कुनै एक व्यक्ति छन् भने, उनी हुन् – स्तालिन ।’ यो भनाइ सोभियत सङ्घको कुनै स्तालिन पक्षधरको होइन, न त स्तालिनको प्रचार समूहको सदस्यकै हो । बरू यो अभिव्यक्ति तत्कालीन बेलायती परराष्ट्रमन्त्री एन्थोनी एडेन (Anthony Edenहिल्यै मेरो विश्वास तोड्नु भएन ।’ यी भनाइहरूले का. स्तालिनको विराट व्यक्तित्व उजागर गर्दछ । उहाँको महत्व तथा भूमिकाबारे उजिल्याउँछ ।
स्तालिनको फरक व्यक्तित्व, विलक्षण प्रतिभा, अद्भूत नेतृत्व क्षमता तथा बेजोड योगदान र फलामे इच्छाशक्तिकै कारण उहाँ शत्रुको तारो बन्नुभएको प्रस्ट छ । कार्ल माक्र्सपछि पुँजीपति तथा प्रतिक्रियावादी वर्गबाट सबैभन्दा बढी हमला गरिएका नेता स्तालिन हुनुहुन्छ भन्नु अन्यथा हुनेछैन । ६०–६५ वर्षदेखि संशोधनवादी, अराजकतावादी तथा साम्राज्यवादीहरू नियोजितरूपमा स्तालिनविरूद्ध गलत प्रचार गर्दै छन् । स्तालिनबारे विषवमन चालू रहे तापनि विश्वमा स्तालिनको तेज झन बढ्दो छ । स्तालिनको छायासँग समेत डराउने साम्राज्यवादीहरू स्तालिनविरुद्ध मन्त्रयुद्धको त्यान्द्रो समात्दै छन् तर ती सफल नहुने निश्चित छ ।
सन् १८४८ फेब्रुअरीमा ‘कम्युनिस्ट घोषणापत्र’ प्रकाशित भयो । संसारभरिका पुँजीपति वर्गको सिंहासन इतिहासमा पहिलोपटक नराम्रोसँग डग्मगियो । कार्ल माक्र्र्स ‘युरोपको भूत’, ‘आतङ्कको डाक्टर’ कहलिनु भयो । सन् १८७१ (१७ मार्च–२८ मई) मा पेरिस कम्युनको विद्रोहले संसारलाई फेरि हल्लायो । कम्युनार्डहरूको बलिदान र अदम्य साहस देखेर पुँजीपति वर्ग भयभित भए ! त्यो विद्रोह निर्ममतापूर्वक दबाइयो । तर, सन् १९१७ को समाजवादी क्रान्तिले मानव सभ्यताको इतिहासमा नयाँ कीर्तिमान रच्यो । क्रान्तिमार्पmत कामदार वर्गको शासन व्यवस्था कायम भयो । यो विश्वकै अभूतपूर्व घटना थियो ।
अक्टोवर समाजवादी क्रान्तिका प्रमुख नेता लेनिनमाथि सन् १९१८ मा गोली प्रहार गरियो । लेनिनको ज्यान जोगियो तर त्यस घटनापश्चात् उहाँको स्वास्थ्य अवस्था उही रहिरहन सम्भव भएन । चिसोमा सा¥है गा¥हो हुने समस्या सुरु हुनथाल्यो । सन् १९२४ सम्म पुग्दा उहाँको अल्पायुमै निधन भयो । क्रान्तिद्वारा भर्खरै स्थापना भएको समाजवादी देश, त्यसमाथि क्रान्तिका प्रमुख नेताको असामयिक निधन ¤ रुसी जनताले बेहोरेको यो अकल्पनीय क्षतिबीच प्रतिक्रान्तिकारीहरूले टाउको उठाउन थाले । पुँजीपति वर्ग ‘पेरिस कम्युन’ दमनको घटना दोहो¥याउन तम्सिरहेका थिए । यही अत्यन्त विषम् परिस्थितिलाई सम्हाल्ने र नेतृत्व प्रदान गर्ने जिम्मेवारी स्तालिनको काँधमा आएको थियो । स्तालिन असामान्य परिस्थितिबीच अगाडि बढ्नुभयो । माक्र्सवाद लेनिनवादको अपराजय हतियार बोकी स्तालिन दृढतापूर्वक सङ्घर्षको मैदानमा उत्रनुभयो । स्तालिन जति बाँच्नुभयो युद्धको भयानक परिस्थिति र चौतर्फी हमलाबीच बाँच्नुभयो । दोस्रो विश्वयुद्ध सामना गर्नुभयो । संसारको विशाल भूभागमा स्थापित समाजवादी व्यवस्थालाई हुर्काउँदै गर्दा साम्राज्यवादी, फासीवादी तथा नाजीवादी हमलाहरू भए । विशेषगरी युरोप युद्धका कारण रगतको समुद्रमा डुबेको यथार्थ जगजाहेर छ । त्यसैबेला स्तालिन सोभियत समाजवादको नेतृत्व गर्दै हुनुहुन्थ्यो । स्तालिनलाई गाली गर्नेहरूले परिस्थितिको यथार्थ विश्लेषण कहिल्यै गरेनन् र गर्न चाहेनन् । ती खालि व्यक्तिगत हमला गरेर बदनाम गर्ने आफ्नो अभिष्ट पूरा गर्न खोज्छन् । युद्धको परिस्थितिमा पुष्पवृष्टि भएन, फूलको कविता कोरिएन, शान्तिका परेवा उडाइएनजस्ता हास्यास्पद तर्क, अभिव्यक्ति दिएर आफ्नो मूर्खता आफैँ प्रदर्शन गर्छन् । पुँजीपति वर्गका मतियारहरू आजसम्म पनि त्यही राग अलापेर स्तालिनको बदनाम गर्ने चेष्टा गर्दै छन् । स्तालिनलाई तारो बनाएर ती आफ्ना अपराध, युद्ध अपराध, मानवताविरोधी कुकर्म लुकाउन खोज्छन् । आफ्ना सारा कमीकमजोरी ढाकछोप गर्ने असफल प्रयास गर्छन् । तर, संसारलाई थाहा छ, पहिलो र दोस्रो युद्धको कारण न स्तालिन हुनुहुन्थ्यो न त सोभियत समाजवाद नै । संसारलाई थाहा छ, हिटलरको नाजी फौजलाई बर्लिन फर्काएर युरोपलाई हिटलरको दास हुनबाट जोगाउने र संसारलाई हिटलरको बुटमुनि पर्नबाट जोगाउने अरू कोही नभई का. स्तालिन नै हुनुहुन्छ । स्तालिनको बुद्धिमत्तापूर्ण नेतृत्व र दुई करोडभन्दा बढी सोभियत जनताको बलिदानका कारण युद्धको विभीषिकाबाट विश्व जोगिएको इतिहास साक्षी छ । मात्र ७५ वर्ष अगाडिको इतिहास हो, जोकसैले फेरि पल्टाएर हेरे थाहा हुन्छ ¤ साम्राज्यवादीहरू आजसम्म पनि स्तालिनको गुण, देनमाथि अन्याय गरेर र मौनतामा मारेर आफ्नो निर्दयीपन र पशुवत् व्यवहार प्रदर्शन गर्दै छन् । तर, सच्चाइ, वास्तविकताको अगाडि कुनै शक्तिको केही लाग्दैन । स्तालिनले क्रान्ति, समाजवादको पक्षमा र फासीवाद तथा नाजीवादको विरोधमा गर्नुभएको महान् योगदान विश्वको कुनै अत्याधुनिक प्रविधि या महाशक्तिले छोप्न सक्नेछैन । विश्व मानव जातिको हितको निम्ति अतुलनीय योगदान पु¥याउने महान् व्यक्तित्वमध्ये स्तालिन हुनुहुन्छ । तसर्थ का. रोहित भन्नुहुन्छ, “मानव जातिले पछिसम्म स्तालिनलाई एक मुक्तिकामी नेता र समाजवादको रक्षाको सङ्घर्षमा एक अथक सिपाही र मित्रको रूपमा सम्झिरहने छ ।” (ध्रुवतारा, पूर्णाङ्क ८, २०७०) । पुँजीपति वर्ग तथा साम्राज्यवादको चरित्रबारे प्रस्ट पार्दै अध्यक्ष का. रोहित भन्नुहुन्छ, “बूढो बाघले फट्याङ्ग्रा टिप्छ भन्ने उखानजस्तै पुँजीवादी र साम्राज्यवादीहरूले आफ्नो अन्तिम दिनसम्म प्रजातन्त्र, मजदुर वर्ग, समाजवाद र माक्र्स, एङ्गेल्स र स्तालिनजस्ता विश्व कम्युनिस्ट आन्दोलनका नेताहरूलाई सराप्नुबाहेक अरू केही गर्नसक्दैनन् ।” (उही) । पुँजीपति वर्गका निम्ति ख्रुश्चेभ–ब्रेझनेभदेखि गोर्भाचोम र एल्सिनहरू नायक हुनु र माक्र्स, एङ्गेल्स, लेनिन, स्तालिन, माओ खलनायक हुनुमा के आश्चर्य ? पुँजीवादी सञ्चारमाध्यम आजसम्म पनि मानवलाई दानव र दानवलाई मानव भनी जोड–जोडले गोयबल्स शैलीमा प्रचार गर्दै छन् । स्तालिनको हकमा पनि त्यही गर्दै छन् । त्यसैले त एक रूसी लेखिका एलिजाबेता भन्छिन् – “स्तालिनलाई दोष दिनु एक मनोवैज्ञानिक रोगमात्रै हो । टीभीको अगाडि बसी बियरको चुस्की तान्दै ‘स्तालिनको त्रास’ बारे वर्णन गर्नु निकै सजिलो काम हो । किनभने त्यसका निम्ति केही गर्नुपर्दैन । त्यसलाई प्रमाणित गर्नुपर्दैन ।” स्तालिनका पनाति याकोब जुगाश्लीभली (Yakaov Dzugashivli) भन्छन् – “जोसेफ स्तालिन र सोभियत सङ्घविरूद्ध फैलाइएका झूटहरू उक्त देशका नेताको सम्मानलाई कम गर्नका लागि फैलाइएका थिए ।” उनी अगाडि भन्छन्, “जोसेफ स्तालिनविरोधी झूटा प्रचार–प्रसारहरू अमानवीय तत्वहरूले फैलाएका हुन् ।”
(नर्थस्टार कम्पास, २०१२)
स्तालिनको विरोध गर्नुपछाडि एउटा महत्वपूर्ण कारण छ । स्तालिनले साम्राज्यवाद, फासीवाद र हिटलरको नाजीवादविरूद्ध दृढतापूर्वक लड्नुभयो र परास्तसमेत पार्नुभयो । त्यो अरू कसैबाट सम्भव भएन र थिएन । स्तालिनलाई यसको सम्पूर्ण जश गएको खण्डमा उहाँप्रति विश्व अझ बढी आकर्षित हुने र प्रभावित हुने निश्चित थियो । त्यसको परिणामस्वरूप विश्वव्यापी समाजवादको अर्को लहर चल्ने यथार्थबाट भत्ीत थिए साम्राज्यवादीहरू । जुनसुकै उपाय अपनाएर ती स्तालिनको प्रभाव मेट्न चाहन्थे । तेज धमिल्याउन चाहन्थे । स्तालिनको गुण भएको अर्को नेताको जन्म अब सम्भव नहोस् भन्नेतर्फ साम्राज्यवादीहरू लागे । स्तालिन र स्तालिनको विचार तथा कार्यशैलीको बीउसम्म बाँकी हुनु पनि उनीहरूको निम्ति खतरा हुनेबारे सजग थिए । परिणामस्वरूप गालीगलौजको निकृष्ट काममा लागे । घृणित प्रचारबाजीको निम्ति ठूलो जनशक्ति परिचालन गरे र बेहिसाब धनराशी खर्च गरे । सपना होस् या विपना, उनीहरू एउटै पुकार्थे– ‘नो मोर स्तालिन ¤’ अर्थात् अर्को स्तालिनको जन्म नहोस् ¤ साम्राज्यवादीहरूको एकसूत्रीय अभियान त्यही थियो । सिद्धान्त, शासन, रणनीति कुनै पनि क्षेत्रमा स्तालिनको उचाइको नजिकसम्म पुग्ने राजनेता पुँजीवादी व्यवस्थाले जन्माउन या देखाउन नसकेको इष्र्या, हिनताबोधको अभिव्यक्ति हो – स्तालिनको विरोध ।
बेलामौकामा बेप्रसङ्गवस भए पनि नेपाली राजनीतिज्ञ, बुद्धिजीवी तथा लेखकहरू स्तालिनलाई गाली गर्छन् । त्यसो हुनुको एउटा कारण अध्ययनमा खोट हो । साम्राज्यवादी साहित्य तथा प्रायोजित सामग्री पढेर ती स्तालिनको मूल्याङ्कन गर्छन् । स्तालिनको विरोध गरेपछि बक्सिस् मिल्छ कि भन्ने आशाले पनि गर्छन् । यदि त्यसो होइन भने ‘गुप्त दस्तावेजहरू’ दुई वर्षअघि नै नेपाली भाषामा प्रकाशित भइसकेकै छ । नाम कहलिएका नेपाली विद्वानहरूले खोजीखोजी आजसम्ममा अध्ययन गरिसक्नुपर्ने हो ! त्यही पुस्तकबाट सम्पादकीय टिप्पणीको एक अंश उद्धृत गरौँ – ‘का. स्तालिनमा कुनै पनि अर्थहीन शब्दावली प्रयोग गर्ने वा फूलबुट्टा भरेर बोल्ने बानी थिएन । समस्यालाई सही ढङ्गले पहिचान गर्ने र स्रोताहरूको दिमागमै बस्ने गरी त्यसबारे दोह¥याइ तेह¥याइ स्पष्ट पार्ने उहाँमा क्षमता थियो । कम्युनिस्टहरूले सुधार्नुपर्ने कमीकमजोरीहरू उहाँ औँल्याउनुहुन्थ्यो । का. लेनिनले जस्तै उहाँ तीता तथ्य तथा लुकाइएका कमजोरीहरू पनि खुलासा गर्नुहुन्थ्यो । उहाँ लेनिनका सच्चा चेला हुनुहुन्थ्यो । अनि कहाँबाट निस्किए स्तालिनमाथि ‘निरङ्कुश, तानाशाही, राक्षस, स्वार्थी, क्रूर’ जस्ता आरोपहरू ?” (गुप्त दस्तावेजहरू, पृष्ठ २१२) । जानकारहरू बताउँछन् कि यो पछिल्लो पुस्तकको अध्ययनबिना स्तालिनबारे बहस व्यर्थ हुनेछ ।
दोस्रो विश्वयुद्धको क्रममा सन् १९३९ देखि १९४५ सम्म मस्को रक्षा दलका अध्यक्ष भई काम गर्ने कप्तान एसजी इशेन्कोले स्तालिनबारे दिएको अभिव्यक्तिले धेरै कुरा छर्लङ्ग पार्छ । उनी भन्छन्, “… मेरो कामको सिलसिलामा पक्कै पनि मैले धेरै पटक स्तालिनसँग भेटेँ । प्रचारक, इतिहासविद् तथा विगत र वर्तमानका नेताहरूले स्तालिनबारे लेखेका र बोलेका कुरामा कुनै पनि सत्यता छैन । केही पनि वास्तविक र विश्वसनीय छैन । स्तालिन कुनै मूर्ख वा कमजोर हुनुहुन्नथ्यो । ज्यादै कठिन समयमा स्तालिन एक जना दृढ नेता हुनुहुन्थ्यो । हाम्रो सिमानाभित्र र बाहिर हाम्रा शत्रुहरू थुपै्र थिए ।” (उही, पृष्ठ २४) । हो, उनले भनेजस्तै रूसभित्रै पनि संशोधनवादी, ट्राट्स्कीवादीहरू षड्यन्त्र, छलकपट तथा अन्तरध्वंस मचाइरहेका थिए । स्तालिनलाई असफल पार्न, सिध्याउन, समाजवादको अन्त्य गर्न ती जाल बुन्दै थिए । जर्मन जासुस र सीआईएबाट ती उक्साइएका तथा प्रयोग गरिएका तत्व थिए । ट्राट्स्की स्तालिनलाई असफल साबित गर्न चाहन्थ्यो । ऊ क्रान्तिमाथि विश्वासघात गर्दै थियो । खु्रश्चेभ आफ्नो छोरोलाई न्यायालयबाट दिइएको ज्यान सजायको दोष स्तालिनमाथि थोपरि ‘व्यक्तिपूजा’ को विरोधको नाउँमा उपद्रोह मचाउँदै थियो । ध्वंस, अन्तरध्वंस तथा साम्राज्यवादी एवम् फासीवादी हमलाविरूद्ध चौतर्फी सामना गर्नुको स्तालिनसँग कुनै विकल्प थिएन । ती ध्वंसकारीबाट भएका हमला, हत्या, हिंसाको निम्ति स्तालिनलाई जिम्मेवार बनाउन खोज्नु भनेको आत्मसमर्पण गर्न खोज्नु थियो !
देशभित्र होस् या राजनीतिक दलभित्र अन्तरविरोध हुनु अस्वाभाविक होइन । सोभियत सङ्घमा पनि थियो । साथै त्यहाँको कम्युनिस्ट पार्टीमा पनि थियो । त्यसैको परिणाम थियो स्तालिनमाथि त्यति धेरै विरोध हुनुको एउटा कारण । स्तालिन तुलनात्मकरूपमा पिछडिएको, कठिन भूभागमा जन्मनुभयो । उहाँ गरिबी र अभावमा हुर्कनुभयो । जुत्ता सिउने पेशाको परिवारमा जन्मेको मान्छे देशको सर्वाेच्च पदमा पुग्दा खान्दानी वर्गले प्रतिष्ठाको विषय बनाए । स्तालिन रूसी सामाजिक अन्तरविरोधको समेत शिकार बन्नुभयो भन्दा गलत हुनेछैन । जहाँसम्म स्तालिनले सत्ता, पार्टी कब्जा गरेको प्रसङ्ग छ, त्यो सरासर झूठा प्रचारबाजी हो भन्ने एउटा प्रमाण रूसी जर्नल ‘इस्टोचनिक’ मा प्रकाशित लेखको पहिलो हरफले प्रस्ट पार्छ – “पार्टी र सरकारमा आफ्नो जिम्मेवारी धेरै भएको भन्दै जेभी स्तालिनले धेरै पटक (सन् १९२० को दशकदेखि नै) राजीनामाको कुरा उठाउनुभएको थियो । तर, उहाँको आग्रह कहिल्यै स्वीकारिएन र एक मनले उहाँलाई पार्टी प्रमुख र सोभियत सङ्घका नेताको रूपमा पदभार ग्रहण गर्न सबैले अनुरोध गरिरहे ।” (गुप्त दस्तावेजहरू, पृष्ठ ३) । यो रिपोर्ट रूसी गुप्तचर संस्थाहरू एनकेभीडी र केजीबीको अभिलेखालयबाट प्राप्त गरिएको थियो । के यसले स्तालिनबारे यथार्थ छर्लङ्ग्याउँदैन र ?
केही नेपाली बुद्धिजीवी बेलामौकामा आफ्नो वैचारिक दरिद्रता प्रदर्शन गर्छन् । ती कार्ल माक्र्ससँग तुलना गरेर स्तालिनलाई खाल्डोमा जाक्ने गल्ती गर्छन् । कार्ल माक्र्सले सिद्धान्त दिनुभयो । उहाँ चिन्तक हुनुहुन्थ्यो । उहाँ विश्व सर्वहारा वर्गका गुरू हुनुहुन्थ्यो । वैज्ञानिक समाजवादका प्रवर्तक हुनुहुन्थ्यो । द्वन्द्वात्मक भौतिकवाद उहाँको अविस्मरणीय देन हो । ‘कम्युनिस्ट घोषणापत्र’ र ‘पुँजी’ मार्फत पुँजीवादको उत्थान तथा अवश्यम्भावी पतनको विश्लेषण गर्नुभयो । स्तालिनले माक्र्सको सिद्धान्तबमोजिम रूसी भूमिमा समाजवादी निर्माणको नेतृत्व गर्नुभयो । साम्राज्यवादी तथा फासिवादीविरूद्ध भीषण युद्ध लड्नुभयो । समाजवादलाई उल्टाएर पुँजीवादको पुनःस्थापना गर्न खोज्ने ख्रुश्चेभ, ब्रेझनेभहरूविरूद्ध सम्झौताहीन सङ्घर्ष गर्नुभयो । माक्र्सवादी विचारबमोजिम समाजको आमूल परिवर्तनका निम्ति सारा दुःख, कष्ट झेल्नुभयो । माक्र्सको विचारलाई आँधीबेहरीमा समेत निभ्न दिनुभएन । समाजवादी रातो झन्डा धर्तीमा सगौरव फरफर फहराउनुभयो । स्तालिन माक्र्सका सुयोग्य, कर्मठ, वीर अनुयायी हुनुहुन्थ्यो । उहाँ सच्चा माक्र्सवादी तथा लेनिनवादी हुनुहुन्थ्यो ।
नेपाली बुद्धिजीवीहरू नेपाली शासक दलको नेतृत्वलाई स्तालिनसँग दाँज्ने मूर्खतासमेत गर्छन् । नेकपाजस्तो ‘भाइकाङ्ग्रेस’ अर्थात पुँजीवादी पार्टीलाई कम्युनिस्ट देख्ने गल्ती जबसम्म दोहोरिरहन्छ तबसम्म तिनका जतिसुकै लामो विश्लेषणको कुनै अर्थ रहने छैन । नेकपा अब कुनै कम्युनिस्ट चरित्र बोकेको पार्टी रहेन । छलफलको प्रारम्भ बिन्दु यही हुनु आवश्यक छ । अनिमात्र वैचारिक छलफल फलदायी बन्न सम्भव हुनेछ । साथै, इतिहासले सारा भ्रम चिरेर स्तालिनलाई एकदिन अवश्य सही साबित गर्नेछ । रुसी जनतामात्र होइन विश्वका कामदार जनताले स्तालिनको सङ्घर्ष तथा योगदानको सम्झना सदा गरिरहनेछन् । स्तालिनविरुद्ध हिजो भयानक षड्यन्त्र गर्नेहरू उदाङ्गिँदै जानेछन् । स्तालिनको नियोजितरूपमा बदनाम गर्न खोज्नेहरू कुनै दिन आफै बदनामीको सिकार हुने निश्चित छ । सन् १९४३ मा स्तालिनले मोलोतोभसँगको कुराकानीमा भन्नुभएको थियो, ‘मलाई थाहा छ, मेरो मृत्युपश्चात् मेरो चिहानमाथि फोहरमैला थुपारिने छ । तर, ढिलो या चाँडो इतिहासको हुरीले निर्ममतापूर्वक ती सबै बढारिदिनेछ ।’

 यशराज image
 यशराज

Leave a Reply

Your email address will not be published. Required fields are marked *