भर्खरै :

भारतमा रेल मन्त्रीको निर्दयी आदेश ‘बच्चा, गर्भवती महिला र वृद्धहरू रेल नचढ्नू’

नयाँ दिल्ली, २९ मे । रेल विभागले शुक्रबार अचम्मको अपिल जारी गरेको छ, ‘पहिला नै विरामी, गर्भवती महिला, १० वर्ष मुनिका बच्चाहरू र प्रौढ मजदुरहरू रेलमा यात्रा नगर्नु होला ।’
केही समय पछि रेलमन्त्री पीयूष गोयलले पनि यही अपिललाई ट्वीट गरे । मन्त्री गोयलले सरकारी अधिकारीहरूको भनाइमा थोरै सुधार गरेर भने, ‘आवश्यक भएपछि मात्र यात्रा गर्नु होला ।’ यहाँ सबैभन्दा महत्वपूर्ण विषय यी श्रमिक विशेष रेलमा को यात्रा गर्दैछन् ? भन्ने प्रश्न उठेको छ । जवाफ प्रस्ट छ, सारा मजदुरहरू । के यी मजदुरहरू परिवार छोडेर घर जान्छन् ?
घर फर्किने मजदुरहरू र उनका बच्चाहरूको मृत्युको सिलसिला पूर्ववत जारी रहेको बेला रेल मन्त्रीको अपिल बाहिर आएको हो । पछिल्लो ४८ घण्टामा श्रमिक विशेष रेलमा ९ जना मृत्यु भइसकेको छ । २ महिनादेखि काम गर्ने दोस्रो राज्यमा अल्झिएका मजदुरहरू आफ्ना घरका प्रौढ, बच्चा र गर्भवती महिलाहरूलाई एक्लै छाडेर कसरी हिँड्न सक्छन् ?
यी मानिसहरूको लागि श्रमिक विशेष रेल एक महिनादेखि सुरु भएको छ । बिहीबार सर्वोच्च अदालतमा प्रवासी मजदुरहरूको मुद्दामा सुनुवाइ हुँदा सरकारले २७ दिनभित्र ९१ लाख मानिसलाई घर पु¥याएको बतायो । यद्यपि मुम्बई, दिल्लीका रेल स्टेशन र बस पार्कहरूमा दिन दिनै देखिएका दृश्य बताइरहेको छ कि अझै पनि धेरै मात्रामा मजदुरहरू घर फर्किन प्रतिक्षा गरिरहेका छन् ।
पहिल्यै विभिन्न रोगका बिरामीहरू रेलहरूमा हिँडिरहेको देखिएको रेल विभागले बताएको छ । यसबाट उनीहरूलाई कोरोना सङ्क्रमणको जोखिम बढेको छ । पहिला नै बिरामी भई हिँडेका केही मानिसको मृत्यु भएको घटना देखिएका छन् ।
उच्चरक्तचाप, मधुमेह, मुटुको बिरामी, क्यान्सर, रोग प्रतिरोध क्षमता कमजोर भई समस्या भोगिरहेका मानिसहरू, गर्भवती महिलाहरू, १० वर्ष मुनिका बच्चाहरू, ६५ वर्ष माथिका वृद्धहरूलाई बाध्य नभएसम्म यात्रा नगर्न रेल मन्त्रालयले अपिल गरेको छ ।
निकै कठिनाइपूर्ण दुई दिन बितेको छ । डेढ वर्षको बच्चा रहमतको एक भिडियोले देशलाई झस्काइ दियो । रहमत मुजफ्फरपुर स्टेशनको प्लेटफार्ममा आमाको लाशमाथिको कपडालाई खास्टोको सप्को सम्झेर खेलिरहेको थियो । जबकि उसको आमा अरवीना खातूनको मृत्यु भइसकेको थियो । रहमतकी आमालाई आखिर के भएको थियो ? रहमतले बुझ्न सकेको थिएन ।
सरकारले अरवीना पहिलादेखि नै बिरामी रहेको बताएको छ । दिमागी अवस्था पनि खराब थियो । डेढ वर्षको रहमतलाई रेलमा किन यात्रा गर्नुप¥यो ? रहमतको बुबाले उसलाई र आमालाई पहिला नै छोडिसकेको थियो । बाध्यताले आमा छोरा अरवीनाको दिदी–भिनाजूसँग बस्थे । २३ मेमा तिनीहरू सबै अहमदावादबाट मधुवनी फर्किरहेका थिए । फर्किनु उसको बाध्यता थियो । त्यसैले डेढ वर्षका रहमत र पहिला देखिनै बिरामी उसको आमा रेलमा हिँड्नुप¥यो ।
नयाँ दिल्ली रेल स्टेशनमा मजदुर मोहन निकै खुशी र उत्साहित भएर घरपरिवारसँग कुरा गरिरहेका थिए, ‘टिकटको व्यवस्था भयो । म रेलमा चढ्न लागेको छु । छिट्टै घर आइपुग्छु ।’ फोन बन्द गरेपछि पाँच वर्षको छोराले सोध्यो, ‘के हामी दिपावली मनाउन गइरहेका छौं ।’
छोराको प्रश्न सुनेर मोहनको आँखा रसायो र छोरालाई काखमा बोक्यो । उनी गुडगाउँँ नजिक सोहनामा काम गर्थे । लकडाउनपछि यताउता सहयोग लिइरहे । जिउन कठिन हुँदै गएपछि बिहार फर्के । उनी दुई महिनादेखि घर फर्किन कोसिस गरिरहेका थिए । लामो प्रतिक्षापछि अन्तिममा रेल चढ्ने मौका पाए । मोहन भन्छन्, ‘मसँग यति ठूलो मन छैन कि म छोरालाई यसपटक कुनै पर्व मनाउन पाउँदैनौँ ।’
२५ मेका दिन मुजफ्फरपुरमा बेतियाको रेलमा चढ्ने क्रममा ४ वर्षका इरशादको मृत्यु भयो । इरशाद आफ्नो बुबा पिन्टुको साथ दिल्लीबाट पटना जाने रेलमा बसेर आएको थियो । उखुम गर्मी र भोकको कारण पिन्टुले आफ्नो छोरा गुमाउनुपरेको बताएका छन् । पिन्टु दिल्लीमा कुनै पेन्ट कम्पनीमा काम गर्थे । लकडाउनको कारण उहीँ अल्झिएका थिए । बाध्यताले उनी सारा सामान बेचेर घर फर्किरहेका थिए । यस्तोमा बच्चालाई कसरी दिल्लीमै छोडेर हिँड्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *