भर्खरै :

सापारु सङ्क्रमण फैलिने स्रोत नबनोस्

कोभिड–१९ को बढ्दो सङ्क्रमणसँगै यो वर्ष ऐतिहासिक एवम् सांस्कृतिक नगर भक्तपुरको परिचय बनेको घिन्ताङघिसी र अन्य नाचगान ननिकाल्न भक्तपुर नगरपालिकाले गरेको आह्वान बुद्धिमत्तापूर्ण छ । सापारुको दिन भक्तपुर नगरमा उल्लासपूर्वक नाचिने घिन्ताङघिसीमा हजारौँ जना मानिस नाच्छन् । त्यो नाच हेर्न विभिन्न ठाउँबाट दसौँ हजार मानिस भक्तपुर ओइरिन्छन् । त्यो मौलिक संस्कृति सबैको साझा संस्कृति हो । यसको संवद्र्धन सबैको जिम्मेवारी हो । कैयौँ वर्षदेखि लगातार चल्दै आएको यो अनुपम सम्पदा जोगाउन र नयाँ पुस्तालाई सिकाउँदै जानु हाम्रो दायित्व हो । तर, अहिले संसारभर फैलिरहेको कोभिड–१९ महामारीको कारण यो वर्षको लागि हामीले घिन्ताङघिसी नाचलाई स्थगित गर्नु बुद्धिमानी हुनेछ । मानिसबाट मानिसमा सर्ने भाइरस भएकोले यो रोग रोकथामको निम्ति सबभन्दा उपयुक्त उपाय भनेको मानिसको भीडभाडमा नजानु हो । सापारुमा घिन्ताङघिसी नाच र अन्य धेरै नाच निकालेर विगत वर्षमा जस्तो उल्लासमय बनाउने अवस्था अहिले छैन ।

सापारुमा वर्षभरि निधन भएका आफन्तको ताहामचा निकालिने परम्परा हो । त्यो परम्परालाई सीमित मानिसमात्र भेला भएर औपचारिकतामा सीमित राख्ने र बाँकी भीडभाड जम्मा हुने कुनै पनि काम नगर्दा हामी भविष्यको सङ्कटबाट जोगिन सक्छौँ । संस्कृति हाम्रो खुसियाली र परिचयको लागि हो । संस्कृति मनाउँदै गर्दा हाम्रो खुसियाली खोसिने र परिचय पनि गुम्ने गर्ने गरी मनाउनु मूर्खता हुनेछ । महामारीले नगरपालिकाका जनप्रतिनिधिलाई मात्र दुःख दिने होइन, सबै मानिसलाई यो महामारीले समस्यामा पारेको छ । त्यसकारण, सबै मिलेर संयम कायम राखी महामारी फैलिन नदिन भूमिका खेले हामी बुद्धिमान प्राणी कहलिनेछौँ ।

इटालीमा कोभिड–१९ को महामारी अनियन्त्रितरूपमा फैलिनुको मूल कारण स्पेनमा आयोजित फूटबल खेल थियो । खेल हेर्न दसौँ हजार मानिस एउटै रङ्गशालामा भेला हुँदा रोग फैलियो । परिणामतः हजारौँ हजार मानिसले ज्यान गुमाउनुप¥यो । सापारुमा पनि हजारौँ हजार मानिस भेला हुन्छन् । त्यसरी ठुलो सङ्ख्यामा मानिस एकै स्थानमा भेला हुँदा रोग फैलिए त्यसको मूल्य अपूरणीय हुनसक्छ । यो रोगले कुनै विभेद गर्दैन । धर्म, राजनीति, विचारधारा, पद र ओहदा कुनै पनि आधारमा यो रोग लाग्ने वा नलाग्ने हुँदैन । त्यसकारण यो संवदेनशील विषयमा राजनीतिक पूर्वाग्रह, विचारधारामा भेद आदिलाई आधार बनाएर जिद्दी गर्नु आफ्नै खुट्टामा आफँैले बञ्चरो हान्नुजस्तै हुनेछ ।
विशेषतः जात्रा पर्वमा ज्येष्ठ नागरिकको पनि ठुलो सहभागिता हुने गर्छ । नोबेल कोरोना भाइरसले मुख्यतः ज्येष्ठ नागरिकलाई सताउने गरेको छ । सापारुमा जात्रा हेर्न वा नाचगानमा सहभागी आउने ज्येष्ठ नागरिकबीच यो रोगको सङ्क्रमण फैलिए नचिताएको परिणाम आउन सक्छ ।
काठमाडौँ उपत्यकामा सङ्क्रमितको सङ्ख्या क्रमशः बढिरहेको छ । सङ्क्रमणको कारण मर्नेको सङ्ख्या पनि बढिरहेको छ । हिजो अधिकांश बिरामीमा रोगको लक्षण देखिएको थिएन भने अहिले बिरामीमा रोगको लक्षण देखिन थालेको हुनाले स्वास्थ्य विशेषज्ञहरूले थप सावधानीको लागि आह्वान गरेका छन् । हिजो बिस्का, कुलपूजा आदि विभिन्न चाडपर्वलाई हामीले संयमका साथ औपचारिकतामा सीमित गरेका थियौँ । अहिलेको बिग्रँदो अवस्थालाई ध्यानमा राखी सापारुमा अझ बढी सावधानी नअपनाउँदा हिजोका सबै बुद्धिमत्तापूर्ण प्रयास व्यर्थ हुनसक्छ ।
सापारुमा वर्षभरि निधन भएका आफन्तको ताहामचा निकालिने परम्परा हो । त्यो परम्परालाई सीमित मानिसमात्र भेला भएर औपचारिकतामा सीमित राख्ने र बाँकी भीडभाड जम्मा हुने कुनै पनि काम नगर्दा हामी भविष्यको सङ्कटबाट जोगिन सक्छौँ । संस्कृति हाम्रो खुसियाली र परिचयको लागि हो । संस्कृति मनाउँदै गर्दा हाम्रो खुसियाली खोसिने र परिचय पनि गुम्ने गर्ने गरी मनाउनु मूर्खता हुनेछ । महामारीले नगरपालिकाका जनप्रतिनिधिलाई मात्र दुःख दिने होइन, सबै मानिसलाई यो महामारीले समस्यामा पारेको छ । त्यसकारण, सबै मिलेर संयम कायम राखी महामारी फैलिन नदिन भूमिका खेले हामी बुद्धिमान प्राणी कहलिनेछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *