भर्खरै :

टिकटकविरुद्ध फेसबुक

वाशिङ्टन, ५ अगस्ट । संरा अमेरिकी सरकारबाट प्रतिबन्धको धम्की र आफ्नो प्रतिस्पर्धी फेसबुकबाट मिथ्या आरोप सामना गरिरहेको चर्चित भिडियो एप टिकटकले पर्यवेक्षकहरूले ‘चिनियाँ कम्पनीलाई पछार्ने, आफ्नै व्यापारिक र राजनीतिक फाइदा खोज्ने र प्रविधि अर्थतन्त्रमा एकाधिकार जमाउने संरा अमेरिकी प्रयास’ बताउँदै आएको कदमप्रति प्रतिक्रिया जनाएको छ ।
गत सोमबार टिकटकको सञ्चालक बाइटडान्स कम्पनीले औपचारिक वक्तव्य जारी गर्दै विश्वव्यापी कम्पनी बन्न सबै खालका जटिल र अकल्पनीय जटिलता सामना गर्दै आएको बताएको छ । त्यस्तो जटिलता भन्नाले अन्तर्राष्ट्रिय राजनीतिक परिस्थिति, विभिन्न संस्कृतिबीचको द्वन्द्व र तकराव तथा प्रतिस्पर्धी फेसबुकबाट बौद्धिक चोरी र झूठा आरोप भएको उसको भनाइ हो ।
बाइटडान्सले सम्बन्धित देशका कानुनको पालना र वैधानिक हित एवं अधिकारको सक्रियतापूर्वक रक्षा गर्दै विश्वव्यापी अवधारणाप्रति दृढ रहने बताएको छ ।
बौद्धिक चोरीको प्रमाण
“फेसबुकविरुद्ध बौद्धिक चोरीसम्बन्धी बाइटडान्सका दुई आधार छन्”, पेइचिङस्थित इन्टरनेट बजारका विश्लेषक चाङ स्याओरोङले भने ।
सन् २०१८ मा फेसबुकले लास्सो नामको एउटा एप सार्वजनिक ग¥यो । तर, त्यो धेरै दिन टिकेन । गत वर्ष सन् २०१९ को नोभेम्बर महिनामा फेसबुकले इन्स्टाग्राम रिल्स नामको एप सार्वजनिक ग¥यो । त्यो एप धेरै कोणबाट टिकटकसँग मिल्दोजुल्दो छ । फेसबुकले त्यो एपको प्रबद्र्धनको लागि विभिन्न देशमा खुब जोडतोडका साथ प्रचार गरिरहेको चाङको बुझाइ छ ।
फेसबुकले ब्राजिल, फ्रान्स, जर्मनी र हालसालै भारतमा नयाँ एप प्रबद्र्धन गर्दै छ ।
टिकटकका प्रमुख कार्यकारी अधिकारी केभिन माएरले कम्पनीको वेभसाइटमा गत साता प्रकाशित एक लेखमा टिकटकको नक्कल गरिएका दुई वटा एपबारे चर्चा गरेका छन् ।
“टिकटक प्रतिस्पर्धाको स्वागत गर्छ । स्वच्छ प्रतिस्पर्धाले हामीलाई अझ प्रगतिको बाटोमा डो¥याउँछ । प्रतिस्पर्धी बजारमा प्रवेश गर्न चाहने जो कोहीलाई पनि हामी मैदानमा उत्रन आह्वान गर्दछौँ । फेसबुकले टिकटकसँग काटीकुटी मिल्ने एप रिल्स (इन्स्टाग्रामसँग मिलाइएको) सार्वजनिक गरेको छ । यसअघि पनि टिकटकसँगै मिल्ने लास्सो एप असफल भएको थियो”, माएरले लेखे ।
माएरले टिकटकलाई संरा अमेरिकाबाट बाहिर निकाल्न देशभक्तिको आवरणमा फेसबुकले ‘बद्नियतपूर्ण हमला’ गरेकोमा खेद प्रकट गरेको छ । उनले सबै खालको दिगोपना र सफलताको लागि कम्पनीले आवश्यक पाइला चाल्न तयार रहेको बताए ।
“फेसबुक लघु श्रव्यदृश्यको क्षेत्रमा निकै कमजोर छ । उसले टिकटकजस्तै दुई वटा एपहरू सार्वजनिक गरिसकेको छ । तर्क र तथ्यले त्यसमा गरिएको नक्कलबारे धेरै कुरा बोल्छ । फेसबुकका प्रमुख कार्यकारी अधिकारी मार्क जुर्कबर्गले समेत यो कुरा अस्वीकार गर्दैनन्”, चीनको प्रमुख प्राविधिक मिडिया र लगानी अध्ययन कम्पनी इक्वेलओसिनका संस्थापक ह्वाङ याङपुले भने ।
अर्थहिन धम्की
संरा अमेरिकाले सोमबार टिकटकमाथि निषेध गर्ने धम्की दिएका छन् । स्वतन्त्र र खुला बजार कायम गर्नुका साथै राष्ट्रिय सुरक्षा चासोलाई पनि ध्यानमा राखी उसले यस्तो धम्की दिएको थियो । चिनियाँ कम्पनी र लगानीविरुद्ध विभेदको लागि उसले यसअघि पनि यस्ता बहाना निकाल्ने गर्दै आएको छ ।
राष्ट्रपति भवन ह्वाइट हाउसमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पत्रकारहरूसामू बोल्दै संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माइक्रोसफ्ट वा अन्य कुनै पनि संरा अमेरिकी कम्पनीले टिकटक खरिद गर्ने विषयमा आफू खुला भएको बताए । उनले सेप्टेम्बर १५ सम्ममा कुनै पनि संरा अमेरिकी टिकटक कम्पनीले खरिद नगरे टिकटकमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका छन् ।
“टिकटकको भविष्य कस्तो हुन्छ, निश्चित छैन । तर, एउटा कुरा स्पष्ट छः यसमाथि प्रतिबन्ध लगाउनु प्रजातन्त्रका आधारभूत सिद्धान्तको विपरीत हो”, वाइर्डका प्रमुख सम्पादक निकोलस थम्पसनले आफ्नो लेखमा सोमबार भने ।
“प्रजातन्त्रका प्रमुख मूल्य–वाक् स्वतन्त्रता र स्वतन्त्र बजारलाई एकै पटक यसरी मिचिएको घटना दुर्लभ छ”, उनले भने ।
राष्ट्रिय सुरक्षाको झुट राजनीतिक र व्यापारिक हितको लागि भएको विश्लेषकहरूले भने ।
“संरा अमेरिकाले टिकटकजस्ता कम्पनीविरुद्ध थोपरेको यस्तो जालझेल चीनविरुद्धको गहिरो पूर्वाग्रहमा आधारित छ”, प्राविधिक परामर्श कम्पनी पिङवेस्टका संस्थापक लो यिहाङले भने ।
“प्रतिस्पर्धीको प्रष्ट दमनले संरा अमेरिकामा दीर्घकालीन रूपमा व्यापारिक अनुसन्धानलाई कमजोर बनाउनेछ । यसले दुई देशबीचको प्राविधिक आदानप्रदानलाई पनि निषेध गर्नेछ”, उनले भने ।
आक्रोश
टिकटकमाथि प्रतिबन्ध लगाउने वाशिङ्टनको निर्णयले संरा अमेरिकाका ७ करोडभन्दा बढी टिकटक प्रयोगकर्तालाई आक्रोशित बनाएको छ । त्यहाँका प्रयोगकर्ताहरूले सरकारको सो निर्णयको विरोधमा अनलाइन अभियान नै सञ्चालन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *