भर्खरै :

फिडेल क्यास्ट्रोको सम्झना

क्युवाली क्रान्तिका नेता तथा साम्राज्यवादविरोधी सङ्घर्षका अथक योद्धा फिडेल क्यास्ट्रोको आज ९४ औँ जन्म दिवस । उहाँको निधन भएको चार वर्ष भयो । संसारले आज भोगिरहेको कोभिड–१९ को महामारीको सन्दर्भमा क्यास्ट्रोका विचार अझ सान्दर्भिक बन्दै गएको छ । उहाँले साम्राज्यवादी शक्तिहरूले आफ्नो नाफा र शक्तिको निम्ति प्राकृतिक सम्पदाको दोहन गर्दा मानव समाजलाई थप जोखिममा पारेको विचार आफ्ना धेरै लेख र भाषणमा अभिव्यक्त गर्नुभयो । जीवनको अन्तिम दसकमा निवृत्त समयमा फिडेलले लेख्नुभएको लेखहरूमा धेरै कोणबाट पर्यावरणीय सङ्कट र पुँजीवादी व्यवस्थाको सम्बन्धबारे दिशासूचक विचारहरू संसारलाई दिनुभयो ।
पुँजीवादी व्यवस्थाले सामाजिक न्याय र मानवतालाई भन्दा सीमित मानिसलाई धनी बनाउने नाफामुखी उत्पादन सम्बन्धलाई बलियो बनाएको हुनाले नै आज संसारमा मानव समुदायमाथि एकपछि अर्को खतरा आइरहेका छन् । नाफाको निम्ति प्राकृतिक स्रोतमाथि ‘अप्राकृतिक’ दोहनले आज पर्यावरणीय सङ्कट निम्तिएको छ । यही पर्यावरणीय असन्तुलनको परिणामस्वरूप संसारले कोभिड–१९ को महामारी भोग्नुपरेको छ । यस्ता महाविपत्तिबारे क्यास्ट्रोले धेरै अघि नै निकै गहकिला विचार दिनुभएको थियो । विडम्बना नाफाले आँखा टालिएका साम्राज्यवादी र पुँजीवादी शक्तिहरूले ती विचारलाई बेवास्ता मात्र गरेका होइनन्, बरू सके संसारका कसैले थाहा पनि नपाओस् भने जस्तो गरे । फलतः मानिसले आज विध्वंसक महाविपत्ति भोग्नुपरेको छ ।
क्यास्ट्रोले पुँजीवादी देशहरूले मानिसको एउटै मात्र बासस्थान पृथ्वीको पर्वाह नगरी अन्धाधुन्ध औद्योगिक प्रदूषण बढाउँदा ओजन तह पातलिंदै गएको र त्यसै कारण मानिसले ठुलो विपत्ति भोग्नुपर्ने विचार संयुक्त राष्ट्र सङ्घलगायत अन्तर्राष्ट्रिय मञ्चहरूलाई उठाउनुभएको थियो । उहाँले साम्राज्यवादी शक्तिहरूले नाफाको लागि मानिसले खानुपर्ने अन्नलाई औद्योगिक उत्पादनको इन्धन बनाएकोमा विरोध गर्दै संसारमा भोकमरीको लागि साम्राज्यवाद नै दोषी भएको प्रस्ट पार्नुभयो । उहाँले पृथ्वीको तापमान वृद्धिले संसारका समुद्री छेउमा रहेका टापु देशहरू डुबानमा पर्ने भएकोले जलवायु परिवर्तन र पृथ्वीको तापमान वृद्धि नियन्त्रणमा जोड दिनुभएको थियो ।

जलवायु र पर्यावरणसम्बन्धी क्यास्ट्रोका विचार यतिबेलाको महामारीले अझ चर्चा योग्य बनाएको छ । मानिसको साझा बासस्थान पृथ्वीलाई नै क्षयीकरण गर्ने नाफामुखी चरित्र पुँजीपति वर्गको मूर्खता हो । समुद्रको बीच भागमा पुगेर डुङ्गामा प्वाल पार्दा अरू यात्रुहरूसँगै आफू पनि अन्ततः डुब्ने वास्तविकता पुँजीपति वर्गले बेवास्ता गर्नु नै आजको विपत्तिको जरा हो । पुँजीपति वर्गले यो चरित्र परिवर्तन गर्नेछैनन् । परिवर्तन पुँजीवादी व्यवस्थालाई नै उल्टाएर मात्र सम्भव छ । पर्यावरणीय न्याय पुँजीवाद उल्टाएपछि स्थापना हुने समाजवादी व्यवस्थामा मात्र सम्भव हुन सक्छ ।

संसारकै महाशक्ति मानिएको साम्राज्यवादी देश संरा अमेरिकाको ९० माइल पर भौगोलिक रूपमा सानो देश क्युवामा बसेर फिडेलले जीवनभर साम्राज्यवादको विरोध गरिरहनुभयो । साम्राज्यवादी शासकहरूले उहाँको हत्या गर्ने धेरै प्रयास नगरेका होइनन् । तथापि, क्युवाली क्रान्तिका कमान्डर क्यास्ट्रोले साम्राज्यवादको जनता, शान्ति, पर्यावरण र समाजवादविरोधी चरित्रको लगातार विरोध गर्नुभयो । संसारसामु संरा अमेरिकी साम्राज्यवादको असली चरित्र प्रचार गरिरहनुभयो र साम्राज्यवादलाई पछार्न संसारका जनतासँग भएको सबभन्दा शक्तिशाली हतियार माक्र्सवाद–लेनिनवाद भएको निष्कर्षमा पुग्नुभयो ।
जलवायु र पर्यावरणसम्बन्धी क्यास्ट्रोका विचार यतिबेलाको महामारीले अझ चर्चा योग्य बनाएको छ । मानिसको साझा बासस्थान पृथ्वीलाई नै क्षयीकरण गर्ने नाफामुखी चरित्र पुँजीपति वर्गको मूर्खता हो । समुद्रको बीच भागमा पुगेर डुङ्गामा प्वाल पार्दा अरू यात्रुहरूसँगै आफू पनि अन्ततः डुब्ने वास्तविकता पुँजीपति वर्गले बेवास्ता गर्नु नै आजको विपत्तिको जरा हो । पुँजीपति वर्गले यो चरित्र परिवर्तन गर्नेछैनन् । परिवर्तन पुँजीवादी व्यवस्थालाई नै उल्टाएर मात्र सम्भव छ । पर्यावरणीय न्याय पुँजीवाद उल्टाएपछि स्थापना हुने समाजवादी व्यवस्थामा मात्र सम्भव हुन सक्छ । क्यास्ट्रोको निधन भयो । तर, आज पनि आफ्ना विचारमार्फत् संसारलाई उहाँले मार्गदर्शन गरिरहनुभएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *