भर्खरै :

सांस्कृतिक रूपान्तरणको प्रतीक्षामा

विज्ञान र अन्धविश्वास
आजभन्दा करिब २४ सय वर्षअगाडि ग्रीसका दार्शनिक एरिस्टोटल (अरस्तु) ले एउटै उचाइबाट खसालिएका फरक तौलका दुई वस्तुमध्ये गह्रुङ्गो वस्तु सबभन्दा पहिला भुईंमा खस्छ भनेका थिए । १७ औँ शताब्दीमा इटालीका वैज्ञानिक ग्यालिलेओले एरिस्टोटल गलत भएको प्रमाणित गरेर देखाए । हावाको अवरोध नभएको खण्ड अथवा भ्याकुममा कुनै पनि वस्तु उति नै गतिमा पृथ्वीमा खस्छ भन्ने सिद्धान्त ग्यालिलेओले पत्ता लगाए ।
कसैले भनेको कुरामा आँखा चिम्लेर विश्वास गर्नु, त्यसमाथि प्रश्न नगर्नु अन्धविश्वास हो । शास्त्रलाई ‘देववाणी’ मान्नु, शास्त्रले जे भन्यो त्यही सत्य ठान्नु पनि अन्धविश्वास हो । रामायण तथा महाभारतलाई काव्यको रूपमा नलिई त्यसका पात्रहरूमध्ये कसैलाई ‘देवता’ र कसैलाई ‘दानव’ को परिकल्पना गर्नु वा वस्तुगत अस्तित्व नै नभएको ‘स्वर्ग र नर्क’ को कुरा गर्नु भ्रमबाहेक केही होइन । वेद, उपनिषद्, गीता आदिलाई ‘दैवी ग्रन्थ’ भन्दै तिनमा लेखिएका कुरा शाश्वत वा एकमात्र सत्य ठान्नु पनि अन्धविश्वास हो ।
विज्ञानले शङ्का गर्न सिकाउँछ, प्रश्न गर्न उत्साहित गर्छ, सत्यको खोजी गर्न सिकाउँछ, तथ्य र प्रमाणको खोजी गर्न उत्पे्ररित गर्छ । कतिपय स्थापित ज्ञानमाथि पनि थप अनुसन्धान र परिमार्जन गर्न विज्ञानले उत्साहित गर्छ । त्यसरी नै नयाँ वैज्ञानिक सिद्धान्तहरू प्रतिपादन हुन्छन् ।
कीरा खाने भ्यागुतोलाई भात !
यसपालि पनि गुन्हिपुन्ही (जनैपूर्णिमा) को दिन काठमाडौँ उपत्यकाका नेवार (किसान) ले ‘भ्यागुतोको पूजा’ गरे । गुन्हिपुन्हीको दिन खेतको डिलमा गएर ‘भ्यागुतोलाई भात खुवाउने’ (ब्याँ जा नकेगु ज्या) काम विज्ञान पढेको मान्छेको निम्ति हाँसोको विषय हुनसक्छ । कीरा खाने भ्यागुतोलाई भात, दाल, क्वाटी ¤ भ्यागुतो पर्यावरणीय चक्रको निम्ति आवश्यक प्राणी हो भन्ने कुरामा विवाद छैन । वर्षा ऋतुसँगै सक्रिय हुने भ्यागुतोले कैयौँ प्रकारका कीराफट्याङ्ग्रा खान्छ । चेपागाँडाले पानीमा रहेका कैयौँ प्रकारका सूक्ष्म जीव खान्छ । अनेक विषादीको प्रयोग र सहरीकरणसँगै भ्यागुतोका विभिन्न प्रजाति लोप हुन थालेको अनुसन्धानले पुष्टि गरेको छ । एकातिर ‘भ्यागुतोको पूजा’ गर्छ अर्कोतिर भ्यागुतोको अस्तित्वसमेत समाप्त पार्छ मानिस ¤ यो अन्तरविरोधी कुरा हो । पुर्खाले भ्यागुतो नमार्न वा यसको संरक्षण गर्न त्यतिबेलाको ‘शिक्षा शैली’ को प्रयोग गरे, फेरि पनि ‘बिरालो बाँधेरै’ श्राद्ध गरिरहनु उपयुक्त हो ? उपत्यकामा खेतीयोग्य भूमि नै समाप्त हुने क्रममा रहेको बेला ‘भ्यागुतोलाई भात खुवाउने’ काम त एकदिन बन्द हुन्छ नै । त्यतिबेला पर्यावरणको निम्ति भ्यागुतो नचाहिने त होइन होला । बरु गुन्हिपुन्हीको दिन भ्यागुतो दिवस मनाउनु पो प¥यो ! भ्यागुतो संरक्षणको पहल थाल्नु पो बुद्धिमानी हुन्छ !

त्यसैगरी साउने पञ्चमीकै दिन नाग पञ्चमी मनाएर सर्पको पूजा गरिन्छ । काग, कुकुर, गाई, गोरु, साँढे, हाँस, उल्लु, मयूर, गिद्ध, सिंह आदि प्राणीमात्र होइनन्, पिपल, तुल्सी, धान आदि वनस्पतिलाई विभिन्न ‘देवता’ सँग जोडेर पूजा गरिन्छ । खासमा अनेक धर्म र राजनीतिले निर्माण गरेका ‘भगवान’ को पूजा गर्नु अगाडि मानिस प्रकृतिकै पूजा गर्थे । जङ्गली युगमा प्रकृतिकै पूजा हुन्थ्यो । मानिसका अस्तित्वको निम्ति अत्यावश्यक प्रकृतिको उपहारको सम्मान गर्नु, तिनको संरक्षण गर्नु एउटा पक्ष हो भने तिनलाई अक्षता र अबिर चढाएर तिनको संरक्षण हुन्छ भन्नु फरक कुरा हो ।
तिज पर्वमा दर खानु, नाचगान गर्नु, व्रत बस्नुका सकारात्मक पक्ष होलान् । जीवनको निम्ति ती पक्षहरू कुनै न कुनै रूपमा आवश्यक पनि छन् । तर, व्रत बसेपछि योग्य वर पाउने वा श्रीमान्को दीर्घायु हुनेजस्ता कुरा मनोगतमात्र हुन् । ‘महादेव’ को ढुङ्गाको मुर्तिमा पूजा वा आराधना गरी कोही व्यक्ति स्वस्थ हुने कुरा पनि तर्कसङ्गत छैन । डाक्टरको भनाइअनुसार करिब ३०–३२ घण्टा निराहार एवम् निर्जला व्रत बस्नु स्वास्थ्यको निम्ति उपयुक्त छैन । एकैचोटि दरिलो एवम् भरिलो दर खाने तर लामो समय पानी पनि नखाँदा ग्यास्ट्राइटिस वा अल्सरलगायतले स्वास्थ्यमा नकारात्मक असर पार्छन् । बढी चिल्लो खानेकुराले उच्च रक्तचापका रोगी तत्कालै थलिन सक्छ । फलाहार व्रत लिनुमा वैज्ञानिकता रहेको तर त्यसको निम्ति तिज नै पर्खनुपर्ने हुँदैन ।
नेपालमा अनेक चाडपर्व विभिन्न धार्मिक किंवदन्तीको आधारमा मनाइएको पाइन्छ । विद्वान युभल नोहा हरारिकै शब्दमा अनेक मिथककै सहारामा शासकहरू राज्यसत्ता सञ्चालन गर्न खोज्छन् । भर्खर मनाइएको जनैपूर्णिमा होस् वा गाईजात्रा, कृष्णाष्टमी होस् वा अब आउन लागेको तिज नै किन नहोस् अनेक पौराणिक कथालाई आधार बनाएर मनाइन्छ । जन्मदेखि मृत्युसम्मका संस्कारहरू सबै गलत भनेर तत्काल हटाइहाल्ने स्थिति पनि देखिन्न । तर, विज्ञानको प्रचार गरेर वा कुनै पनि संस्कृतिको सार पक्ष पर्गेलेर नयाँ वा वैकल्पिक संस्कृतिको विकास गर्नु जरुरी छ । ध्वंसात्मक सांस्कृतिक परिवर्तनभन्दा सिर्जनशील परिवर्तन गर्नु आवश्यक छ । अथवा, संस्कृतिमा रहेका वैज्ञानिक पक्ष अपनाई अवैज्ञानिक पक्ष छोड्दै जानु उपयुक्त छ । त्यही अवैज्ञानिक विचार र संस्कृतिलाई मलजल हुनेगरी संस्कृतिलाई अरू कुरूप वा अवैज्ञानिक बनाउनु भनेको समाजलाई प्रतिगमनतर्फ धकेल्नु नै हो ।
शासकहरूमा अन्धविश्वास
भारतका एक शंकराचार्यले भदौ महिनामा कुनै धार्मिक अनुष्ठान गर्नु हुन्न भने । त्यसैलाई मानेर कोभिड–१९ को महामारीबीच भारतीय प्रम नरेन्द्र मोदीले उत्तर प्रदेशको अयोध्यामा निर्माण हुन लागेको राममन्दिरको साउन २८ गते ‘भूमिपूजन’ तथा शिलान्यास गरे । अस्पताल बनाउन छोडेर राममन्दिर बनाउने मोदीको उद्देश्यको चारैतिरबाट आलोचना भयो ।
यता नेपालका प्रधानमन्त्री केपी ओलीले असार २९ गते भानु जयन्तीको अवसरमा आयोजित एक कार्यक्रममा ‘सीता’ को विवाह नेपालको वीरगन्ज पश्चिमपट्टि ठोरीको अयोध्यामा भएको अभिव्यक्ति दिए । प्रम ओलीको कुराबाट कतिपय स्थानीय खुसी भए । अयोध्यामा ‘दरबार’ बनाउन स्थानीय नेता तथा कार्यकर्तालाई ‘आदेश’ समेत दिए । एक त रामायण एउटा धार्मिक ग्रन्थमात्र हो र यो सत्य घटना होइन भन्ने कुरालाई राज्यको प्रमुख प्रशासकले बेवास्ता गरेका छन् भने कोभिड–१९ को महाव्याधिको समयमा मन्दिर बनाउन उत्प्रेरित गर्नु प्रतिगामी विचार नै हो ।

लेनिनले ‘समाजवाद र धर्म’ मा भन्नुभएको छ, ‘‘जहाँसम्म समाजवादी सर्वहारावर्गको पार्टीको सवाल छ, त्यहाँ धर्म व्यक्तिगत मामिला होइन । हाम्रो पार्टी श्रमिकवर्गको मुक्तिको लागि वर्गसचेत र अगुवा योद्धाहरूको सङ्गठन हो । यस्तो सङ्गठन धार्मिक अन्धविश्वासको रूपमा प्रकट हुने वर्गीय चेतनाको अभाव, अज्ञानता र असमझदारीप्रति बेसरोकार रहिरहन सक्दैन र त्यस्तो गर्न हुन्न पनि ।’’ एउटा कम्युनिस्ट पार्टीले अन्धविश्वास तथा कुरीतिलाई स्थान दिन सक्दैन । यदि कुनै पार्टीले अन्धपरम्परालाई मलजल गर्न खोज्छ भने त्यो क्रान्तिकारी पार्टी हुनै सक्दैन ।
संस्कृति आर्थिक, सामाजिक तथा राजनीतिक पद्धतिसँग जोडिएको विषय पनि हो । संस्कृति कठोर हुनसक्छ, सजिलै बदलिँदैन पनि । आर्थिक, सामाजिक तथा राजनीतिक क्रान्तिसँगै जनसंस्कृतिमा फेरबदल आउँछ । त्यसो भनेर सामन्ती तथा पुँजीवादी संस्कृतिलाई काखी च्यापेरै बस्नु उपयुक्त हुन्न ।

भारतका गृहमन्त्री अमित साह कोरोना भाइरसबाट सङ्क्रमित भई एउटा निजी अस्पतालमा उपचाररत छन् । उनले सार्वजनिक कार्यक्रममा भाग लिँदासमेत कोरोना भाइरसबाट जोगिन मास्क नलगाएको तथ्यहरू बाहिरिएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्प पनि मास्क लगाउन्नन् । कर्नाटकका मुख्यमन्त्री बीएस एड्युरुपा, उत्तर प्रदेश भाजपाका अध्यक्ष स्वतन्त्रदेव सिंह, युपीकै जलशक्तिमन्त्री महेन्द्र सिंह पनि कोरोना भाइरस सङ्क्रमित भएका छन् । युपीका एक महिला मन्त्रीको निधन भएको छ । यस्तो किन भयो होला ?
भाजपाका नेता कैलाश विजयवर्दीको भनाइ यस्तो छ – ‘‘हाम्रो देशमा ३३ करोड देवीदेवता छन्, हामीलाई कोभिड–१९ रोग लाग्न सक्दैन ।’’ तब्लिकि जमातका मौलानाले मुस्लिम समुदायले मस्जिदमा गई आफ्नो गल्तीको निम्ति पश्चाताप गर्नुपर्ने धारणा सार्वजनिक गरे ।
आजसम्म भारतमा २६ लाख सङ्क्रमित भएका छन् भने ५० हजारको मृत्यु भइसकेको छ । नेपालको सीमासँग जोडिएको बिहारमा कोभिड–१९ बाट मृत्यु हुनेको दाहसंस्कारको निम्ति दाउराको अभाव छ । डाक्टर, नर्स, औषधी, एम्बुलेन्स पुग्दो छैनन् । भेन्टिलेटर, आइसीयु बेड पर्याप्त छैन । नेपालको सीमासँग जोडिएका उत्तर प्रदेश र बिहार राज्य कोभिड–१९ का ‘रेड जोन’ मा पर्छन् । भारतीय नेताहरू ‘भगवान’ को प्रार्थना गर्न भनिरहेका छन् । भारतका तिनै राज्यसँगको आर्थिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धको परिणाम नेपालको तराईका जिल्लाहरू कोभिड–१९ महामारीको ‘रेड जोन’ मा परेका छन् । छिमेकी देशको अन्धविश्वासको छायामा नेपाली समाज पनि परेको छ ।
परिवर्तनकामीको दायित्व
करिब आधा शताब्दीपहिले साहित्यकार शङ्कर लामिछानेको ‘एब्स्ट्रयाक्ट चिन्तन ः प्याज’ निबन्धको एउटा अंश यहाँ उद्धृत गरौँ– ‘‘म स्पुतनिकको उडानमा खुसी पनि हुन्छु, चन्द्रमाको धूलोमा रूसको हँसिया–हथौडा अङ्कित चिह्न उतारेको सुन्दा मलाई यस्तो गौरव अनुभव हुन्छ मानौँ हँसिया–हथौडा मेरै घरबाट ख्रुश्चेभले मागेर लगेका थिए । र अर्कोतिर, चन्द्रमामा ग्रहण लागेको बेला पेटमा कुनै गर्भिणीले छोइदिन्छे कि भन्ने म पीर पनि मान्दछु – च्यामेपोडेलाई दान पनि दिन्छु, मानौँ महाराज मनु मेरा लामिछाने परिवारकै बाजे हुन् ।’’

एकातिर विज्ञान तथा प्रविधिको विकासमा खुसी हुने अर्कोतिर अन्धविश्वासमा रुमलिने प्रवृत्ति प्रशस्त पाइन्छ नेपाली समाजमा । तत्कालीन प्रम मनमोहन अधिकारीले कालो बोका काटेर बालुवाटार प्रवेश गरेको, नेकपाका नेता प्रचण्डले एक सयम भैँसी पूजा गरेको बेलाबेला चर्चा हुनेगर्छ । नेपाल एयरलाइन्सले ल्याएको एयरबसमा कालो बोका बली चढाएको घटनालाई पनि नकारात्मकरूपमा सम्झिने गरिन्छ ।
लेनिनले ‘समाजवाद र धर्म’ मा भन्नुभएको छ, ‘‘जहाँसम्म समाजवादी सर्वहारावर्गको पार्टीको सवाल छ, त्यहाँ धर्म व्यक्तिगत मामिला होइन । हाम्रो पार्टी श्रमिकवर्गको मुक्तिको लागि वर्गसचेत र अगुवा योद्धाहरूको सङ्गठन हो । यस्तो सङ्गठन धार्मिक अन्धविश्वासको रूपमा प्रकट हुने वर्गीय चेतनाको अभाव, अज्ञानता र असमझदारीप्रति बेसरोकार रहिरहन सक्दैन र त्यस्तो गर्न हुन्न पनि ।’’ एउटा कम्युनिस्ट पार्टीले अन्धविश्वास तथा कुरीतिलाई स्थान दिन सक्दैन । यदि कुनै पार्टीले अन्धपरम्परालाई मलजल गर्न खोज्छ भने त्यो क्रान्तिकारी पार्टी हुनै सक्दैन ।
संस्कृति आर्थिक, सामाजिक तथा राजनीतिक पद्धतिसँग जोडिएको विषय पनि हो । संस्कृति कठोर हुनसक्छ, सजिलै बदलिँदैन पनि । आर्थिक, सामाजिक तथा राजनीतिक क्रान्तिसँगै जनसंस्कृतिमा फेरबदल आउँछ । त्यसो भनेर सामन्ती तथा पुँजीवादी संस्कृतिलाई काखी च्यापेरै बस्नु उपयुक्त हुन्न । उत्पीडित वर्गमा व्याप्त अन्धविश्वास र अवैज्ञानिक चिन्तन प्रक्रियाको अन्त गर्न मद्दत गर्नु सबै प्रगतिशील शक्तिको जिम्मेवारी हो । कामदारवर्ग सुख र दुःखको खास कारण थाहा नपाएर ‘ईश्वर’ लाई नै खुसी पार्न खोजिरहेका हुन्छन् । प्राकृतिक घटना परिघटनाका रहस्यहरू नबुझेका शोेषित तथा पीडित जनतामा अन्धविश्वास राज गरिरहँदा त्यसमा आश्चर्य मान्नुपर्ने के छ र ¤ वैज्ञानिक संस्कृतिको निर्माणको जग बसाल्न सामाजिक जागरणको आवश्यकता पर्छ । पुराना अवैज्ञानिक संस्कृतिका वैकल्पिक रूप र सांस्कृतिक रूपान्तरणबारे गहन बहस आवश्यक छ । यसको जिम्मेवारी भने क्रान्तिकारी पार्टीले नै लिनुपर्छ । कोभिड–१९ लगायतका महाव्याधीलाई पनि त्यसरी मात्रै पार लगाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *