भर्खरै :

एसईईको नतिजा र इमानको प्रश्न

व्यवहार, इमान, नैतिकता र विश्वासको परीक्षा सङ्कटको बखत हुन्छ । कठिन परिस्थितिमा हुन्छ । अप्ठ्यारो अवस्थामा विवेक गुमाएको खण्डमा दीर्घकालीन असरपर्छ । असहज घडीमा अधिकारको सही उपयोग गरे सुखद् अवतरण मिल्छ । प्रतिफल राम्रो आउँछ । दुरुपयोग गरे कुनै दिन पश्चातापले जल्नुपर्ने हुन्छ । नतिजा दुर्भाग्यपूर्ण हुन्छ । असामान्य अवस्थामा मानिस चिनिन्छ, त्यतिकै भनिएको कहाँ हो र ?
समाजले सबैभन्दा बढी सद्व्यवहार, इमान, नैतिकता, विश्वास, विवेकको अपेक्षा शिक्षकबाट राख्दछ । ‘गुरु’ लाई इज्जत, प्रतिष्ठा दिने हाम्रो समाजको पुरानै प्रचलन हो । समाजको आशा एवम् अपेक्षामाथि कुल्चने काम जब स्वयम् शिक्षकबाट हुन्छ तब समाज पतनतर्पm उन्मुख बन्छ । यो अनुभवसिद्ध यथार्थ हो । जब विद्यालयजस्तामन्दिरमा इमानको दियो निभ्छ, तब समाज थप अँध्यारो हुन्छ । इतिहासमा यसका दृष्टान्त पाइन्छन् ।
हाम्रो समाजमा बरू न्यायालय विवादमा पर्ने सम्भावना हुन्छ र बरोबर सुनिन्छ । अरू राजनीतिक अवयवहरू तथा एकाइहरू विवादमा पर्नसक्छन् तर हाम्रा शिक्षालयहरू तुलनात्मकरूपमा कममात्र विवादमा तानिन्छन् । शिक्षक र शिक्षालय सर्वसाधारणको आशा–भरोसाका केन्द्रका रूपमा हेरिन्छन्, सम्झिइन्छन् । विशेषगरी गाउँ ठाउँतिर । तर, आश्चर्य मान्दै सर्वसाधारण आज सोध्दै छन् – विद्यालय क्षेत्रबाट इमान हराएकै हो ? नैतिकताको खडेरी परेकै हो ?
तर, एसईई परीक्षा – २०७६ को नतिजा प्रकाशनसँगै शिक्षक, विद्यालयमाथि नैतिक प्रश्न तेर्सिएको छ । इमानमा प्रश्नचिन्ह खडा भएको छ । संसार नै महाव्याधिमा फसिरहेकै कारण राष्ट्रियरूपमा एसईई परीक्षा हुन नसक्दा ४ लाख ७२ हजार ७८ विद्यार्थीको मूल्याङ्कन गर्ने जिम्मा सम्बन्धित विद्यालयलाई दिइयो । तर, परिणाम ज्यादै अपत्यारिलो किसिमको आयो । कुल विद्यार्थीमध्ये ९ हजार ३ सय १९ जनाले ४ मा ४ जीपीए ल्याए । जहाँ कि गत वर्ष १ सय ६ ले मात्र ४ जीपीए ल्याएका थिए । यो स्वाभाविक नतिजा स्वीकार्न सकिने कुनै आधार छैन ।
नतिजाबारे ललितपुरका शिक्षा एकाइ प्रमुखले भने, “शिक्षक र विद्यालयलाई विश्वास गरियो, उनीहरू चुके । तिनको विश्वसनीयतामा प्रश्न उठाउनुपर्ने बेला आएको छ ।” (कान्तिपुर दैनिक, ३ भदौ) ललितपुरको एउटै विद्यालयका १४ जनाले जीपीए ४ ल्याएको बताइयो । आपूmखुसी नम्बर थप्ने कार्यमा विद्यालयहरूबीच होडबाजी नै चलेको परिणामले स्पष्ट पारिसकेको छ । त्यसकारण सुनिइँदै छ, “पहिले आपूmखुसी नम्बर राखेर पठाए, अहिले नतिजा आएपछि उनीहरूलाई नै लाज भएको छ ।” (कान्तिपुर, ३ भदौ) सोही दिनको कान्तिपुरको सम्पादकीयमा भनिएको छ – ‘… यसपालि त विद्यालयहरूको मूल्याङ्कनमा पोहोरभन्दा करिब सय गुणा बढीले जीपीए ल्याएकाछन्, जुन साहै« अस्वाभाविक हो । शैक्षिक सुधारमा निकै ठूलो क्रान्ति भएको थियो भने पनि उच्चतम अङ्क ल्याउने विद्यार्थी यतिबिघ्न बढ्न सक्दैनथे । व्यवस्थितरूपमागरिएको सुधारको पनि नतिजा देखिन केही वर्ष लाग्छ । तर, यसबीचमा त्यस्तो विशेष सकारात्मक पहल केही भएकै छैन ।’ ‘विद्यार्थीलाई जसरी मनलाग्दी उच्च अङ्क दिइएको छ, यसबाट त्यस्ता विद्यालयकै इमानमाथि प्रश्न उठेको छ । आफ्नो हातमा आएको अधिकारको यस्तो दुरुपयोगले गलत नजिर बसाउनेछ’, सम्पादकीयले स्पष्ट पा¥यो ।
यसप्रकार विद्यालयहरूले समाजमा आफ्नो विश्वसनीयता कायम राख्नुपर्ने, जिम्मेवार ढङ्गमा प्रस्तुत हुने र आफ्नो प्रतिष्ठामा आँच आउन नदिनेतर्पm सजग एवम् सचेत बनेको भए सङ्कटमा अर्को नैतिक सङ्कट थपिने थिएन । यद्यपि, नीतिगतरूपमा छलफल गर्दा शिक्षामा व्यापारीकरणकै परिणतिको रूपमा यसलाई परिभाषित गर्न सकिन्छ । सरकार र शिक्षामन्त्री चोखो पटक्कै छैनन् । शिक्षामा नवउदारवादी नीति अपनाइएदेखि यस खालका विकृति विसङ्गति कुनै न कुनै रूपमा देखापरिरहेको जगजाहेर छ । यो पछिल्लो घटना पनि नाफामुखी शिक्षा व्यवस्था र शिक्षामा मौलाइरहेको माफियाकरणकै परिणाम हो भन्दा अतियुक्ति नहोला ¤
भदौ ३ को ‘अन्नपूर्ण पोस्ट’ दैनिकको सम्पादकीय भन्छ – “सम्बन्धित स्कूललाई मूल्याङ्कनको अधिकार दिएपछि नतिजामा केही तल माथि हुनु स्वाभाविक हो । तर, विद्यार्थीले बोक्नै नसक्ने गरी अङ्क दिनुचाहिँ धान्न नसक्ने भारी बोकाउनुसरह हो । यो गलत काम हो ।” ‘द काठमाडौँ पोस्ट’ को भदौ ३ गतेको सम्पादकीयको अंश यसप्रकार छ – “जीपीएमा नाटकीय वृद्धिले विद्यार्थीहरूको गुणात्मक विकासभन्दा पनि शिक्षकहरूको उदारतातर्पm सङ्केत गर्दछ ।” साथै, सम्पादकीयले शिक्षामा व्यापारीकरण मूल  समस्या भएको यथार्थ उदाङ्गो पा¥यो ।
एसईईको नतिजा प्रकाशनमा काठमाडौँका निजी स्कूलले सबैभन्दा बढी बेइमानी गरेको पाइएको छ । काठमाडौँ जिल्लाभरिमा १ हजार ५ सय ५४ विद्यार्थीको ४जीपीए आएको छ । २५ वटा विद्यालयले १० जनाभन्दा बढी विद्यार्थीलाई ४ जीपीए दिएको देखियो । बौद्धको मदन भण्डारी मेमोरियल स्कूलले त १६ विद्यार्थीमध्ये १६ जनालाई नै ४ जीपीए प्रदान ग¥यो । त्यसैगरी छाउनीस्थित शांकारी स्कूलले २३ मध्ये २२ विद्यार्थीलाई ४ जीपीए दियो । (नयाँ पत्रिका, ३ भदौ) यी र यस्ता उदाहरणले शिक्षा क्षेत्रको मनपरीतन्त्र, अराजकता र शिक्षा क्षेत्रमा क्रियाशील ‘शिक्षाकर्मीहरू’ को भ्रष्ट मति फेरि एकचोटि उदाङ्गो पारेको छ । तिनको निर्लज्जता र कलिला विद्यार्थीको भविष्य उज्यालो होइन, अन्त्य गर्ने दुष्ट कर्मबारे खुला छलफल, बहस चलाउन ढिलो भइसकेको छ । ती नाफा कमाउने उद्देश्य पूरा गर्न कति तल्लो स्तरका कर्म गर्न तम्सिँदा रहेछन् भन्नेबारे सरोकारवालाले हेक्का राखेर आगामी दिनमा पाइला चाल्न आवश्यक देखिन्छ । आजको स्थितिसम्म पुग्नुपछाडि परीक्षा बोर्ड पनि त्यतिकै जिम्मेवार रहेकोमाकुनै विवाद छैन । परीक्षा बोर्डले विस्तृत नतिजासमेत नदिई आफ्नो कमजोरी ढाकछोप गर्न खोजेको विज्ञहरूको आरोप छ ।

शैक्षिक क्षेत्रमा आज देखिएको गलत प्रवृत्ति, आत्मघाती अभ्यास तथा गैर–प्राज्ञिक चरित्रको जति विरोध तथा भत्र्सना गरे पनि कमै हुनेछ । यसको अन्त्य नभई केवल ‘कस्मेटिक’ उपचार गरिएको खण्डमा आगामी दिन झन् बर्बादीपूर्ण हुनेछ । शिक्षामन्त्री आजभैmँ बुँख्याचा बनिनै रहे शिक्षा क्षेत्र योभन्दा डाँवाडोल हुनेछ र हाम्रो पुस्ता झन् बिग्रिँदै जानेछ । नाफाखोरहरूको घेराबाट सरकार यसरी नै बाहिर आउन नसके, प्रधानमन्त्री गलत सल्लाहकार, शैक्षिक ठगहरू तथा साहुहरूको चङ्गुलमा यसरी नै फस्दै गए योभन्दा भयङ्कर दुर्घटना घट्ने छन् । सङ्कटमा देखा पर्नुपर्ने सरकार अन्य क्षेत्रमा भैmँ शिक्षा क्षेत्रको सङ्कटमा पनि पटक्कै देखिएन ¤ शिक्षामन्त्रीको असंवेदनशीलता र उदासिनताले सीमा नाघिसकेको छ ।

शिक्षाविद् विद्यानाथ कोइराला भन्नुहुन्छ, “शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको अध्ययनअनुसार १० वर्षयता विद्यार्थीको सिकाइउपलब्धि बढेको छैन । यस वर्ष एसईईको नतिजा उत्कृष्ट आउनु विश्वसनीय होइन । कहर, रहर र बाध्यताले विद्यार्थीलाई धेरै नम्बर दिएको पाइयो ।” (नयाँ पत्रिका, ३ भदौ) यसरी एसईई २०७६ को नतिजा शङ्का – उपशङ्काको घेरामा परेको छ । तर, यसमा किञ्चित पनि विद्यार्थी, अभिभावकको दोष छैन । विद्यार्थीलाई गलत ढङ्गले हेर्नु कुनैहालतमा उचित हुने छैन । तिनको परिणामलाई लिएर होच्याउने, उडाउने या हेला गर्ने काम सर्वथा गलत हुनेछ । यतिखेर तिनलाई सही मार्गनिर्देशनको जरुरत पर्दछ । जीपीए सम्झेर होइन, अबका दिनमा कडा परिश्रममा विश्वास गर्न, आत्मविश्वासको विकास गर्न, निरन्तर अध्ययनमा जोड दिन र व्यक्तित्व विकासमा ध्यान दिन ती किशोरकिशोरीहरूलाई उत्प्रेरित गर्न साझा प्रयत्न आवश्यक छ । ज्ञान, सीप, क्षमताका आधारमा जीवन परीक्षामा होमिन हौसल्याउनु सबैको कर्तव्य हो । अङ्क, जीपीएभन्दा पनिसाँचो गुण, व्यावहारिक ज्ञान र क्षमता महत्वपूर्ण हुनेबारे निरन्तर अभिप्रेरणा आवश्यक छ । प्रतिस्पर्धाको भावना बिर्सन नहुनेतर्फ पनि सजग बनाइरहनुपर्ने देखिन्छ ।
शैक्षिक क्षेत्रमा आज देखिएको गलत प्रवृत्ति, आत्मघाती अभ्यास तथा गैर–प्राज्ञिक चरित्रको जति विरोध तथा भत्र्सना गरे पनि कमै हुनेछ । यसको अन्त्य नभई केवल ‘कस्मेटिक’ उपचार गरिएको खण्डमा आगामी दिन झन् बर्बादीपूर्ण हुनेछ । शिक्षामन्त्री आजभैmँ बुँख्याचा बनिनै रहे शिक्षा क्षेत्र योभन्दा डाँवाडोल हुनेछ र हाम्रो पुस्ता झन् बिग्रिँदै जानेछ । नाफाखोरहरूको घेराबाट सरकार यसरी नै बाहिर आउन नसके, प्रधानमन्त्री गलत सल्लाहकार, शैक्षिक ठगहरू तथा साहुहरूको चङ्गुलमा यसरी नै फस्दै गए योभन्दा भयङ्कर दुर्घटना घट्ने छन् । सङ्कटमा देखा पर्नुपर्ने सरकार अन्य क्षेत्रमा भैmँ शिक्षा क्षेत्रको सङ्कटमा पनि पटक्कै देखिएन ¤ शिक्षामन्त्रीको असंवेदनशीलता र उदासिनताले सीमा नाघिसकेको छ ।
यो घटनाले ‘शिक्षाकर्मी’ हरूको संस्कारगत तथा प्रवृत्तिगत समस्यालाई पनि सतहमा ल्याइदिएको छ ।
आजको दुर्घटना त आँधी आउनुअगाडिको सन्नाटाभैmँ महामारी आउनु अगाडिको लक्षणमात्र हो । यसलाई बेवास्ता गरे, मौन स्वीकृति दिइरहे भावी दिन कसैका निम्ति सुखद हुने छैन । बीउ नै नजोगाए बालीको के आशा ? बीउमा लाग्ने कीरा बाली खाने सलहभन्दा कैयौँ गुणा खतरनाक हुन्छन् । बीउ पनि जोगाऔँ, शैक्षिक क्षेत्रका सलहहरू पनि धपाउनुपर्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *