भर्खरै :

अमेरिकाको बन्दुक राजनीति र हत्याको सिलसिला (१५ औँ लेखन)

सामान्यतया सैनिक शक्तिको आधारमा अन्य कमजोर मुलुकको राजनीति र अर्थतन्त्रमा कब्जा जमाई ती देश र त्यहाँका जनतामाथि आफ्नो हैकम कायम गर्ने नीति वा विचार नै साम्राज्यवाद हो । संरा अमेरिकाले संसारभरि यस्तै अपराध गर्दै आइरहेको पाइन्छ । ती देशहरूमा खुलेयाम राजनीतिक लुटपाट गरेर नै अमेरिका धनी बन्छ । त्यसैले संरा अमेरिकालाई शान्तिप्रेमी र न्यायप्रेमी जनता साम्राज्यवादी देश भनी विरोध गर्छन् ।सन् १९४६, जुलाई ६ मा पिता जर्ज हर्टवर्ट वकर बुश (जर्ज एच. डब्लु. बुश) र माता बारवरा बुशको कोखबाट कनेक्टिकट राज्यको न्यू हेभन सहरमा जन्मेका संरा अमेरिकाको ४३ औँ राष्ट्रपति जर्ज वकर वुश एक व्यापारी थिए । उनी राजनीतिक खेलाडी बन्न रिपब्लिकन पार्टीमा प्रवेश गरेका थिए । यसअघि सन् १९९५ देखि २००० सम्म टैक्सस राज्यको ४६ औँ गर्भनरजस्तो उच्चओहदामा रही अनुभव बटुलेका जर्ज डब्लु बुश सन् २००१ देखि २००९ सम्म दुई कार्यकालका लागि संरा अमेरिकाको राष्ट्रपति बन्न सफल भएका थिए । सन् १९८९ देखि १९९३ सम्म पिता जर्ज हर्टवर्ट वकर बुश स्वयम् संरा अमेरिकाको ४१ आँै राष्ट्रपतिको रूपमा राजनीतिक शासन भार सम्हालेका व्यक्ति थिए । दुई वर्षको तालिमपछि टेक्सस हवाई राष्ट्रिय रक्षक (Texas Air National Guard) को उप – सेनानी भइसकेका बुशपछि आफ्नो तेल कम्पनी अर्काे कम्पनीसित गाभिएर नयाँ नामकरण गरिएको बुश इस्प्लोरेसन कम्पनीको अध्यक्ष भई संयुक्त तेल व्यापार व्यवसायमा व्यस्त रहे ।

चिनियाँ विमान चालक श्रीमतीको साथमा


राष्ट्रपति बुशकै शासनकालमा बन्दुक राजनीतिअन्तर्गत आम विनाशकारी हातहतियार भण्डारण गरिएको निहुँमा इराकविरुद्ध अन्तर्राष्ट्रिय शान्ति आह्वानको बेवास्ता गर्दै ‘Routine Mission’ नामको सैनिक कारबाही गर्ने निर्णय गरियो । संरा अमेरिकी साम्राज्यवादी सरकारलाई उनले त्यतिबेला विकसित गरिएको भू–उपग्रहमार्फत रेडारबाट निर्देशित हुने पेट्रिओटिक मिसाइल नाम गरेको अत्याधुनिक हतियारको प्रभावकारिताबारे व्यवहारिक ज्ञान थाहा पाउन अति आवश्यक थियो । इराकले कुवेतमा गरेको आक्रमणले गर्दा खाडी युद्धमा इराकी जनताविरुद्ध प्रयोग गर्न संरा अमेरिकी साम्राज्यवादलाई मौकामा चौका मिल्यो । यसरी इराकविरुद्धको युद्धमा ४९ मलुकको समर्थन र साथ रहेको संरा अमेरिकी सरकारले दाबी गरे पनि उनको नेतृत्वमा भएको मानवताविरुद्धको त्यस जघन्य आपराधिक युद्धमा संरा अमेरिकी साम्राज्यवादको कठपुतली बनी पोल्यान्ड, अस्ट्रेलिया, बेलायत र डेनमार्कले मात्रै सैनिक कारबाहीमा साथ दिएका दिए । नयाँ हतियारको प्रयोग गर्न खाडीलाई विज्ञान प्रयोगशालाको रूपमा परिणत गरी हजारौँ निर्दाेष जनताको हत्या गर्नुको साथै अपार विकासका पूर्वाधार तथा भौतिक संरचनाहरू ध्वस्त पार्न सघाए ।
आफ्नो कठपुतली सरकार स्थापना गरी विकासका पूर्वाधारहरूको पुनः निर्माणको नाउँमा आफ्ना नागरिकलाई रोजगारी प्रदान गरी संरा अमेरिकी साम्राज्यवादले इराकमा लुट्नसम्म लुट्यो । इराकमा रहेका सम्पूर्ण तेल खानीमा बेहिसाब कब्जा जमाइयो । राष्ट्रपति बुशको तेल कम्पनी बुश इक्सप्लोरेसनलाई चिट्ठा प¥यो । इराकको सम्पूर्ण तेल खानीमा आफ्नै मुलुकको हलिबर्टन नामको निजी तेल निगमलाई विनाप्रतिस्पर्धा एकलौटी सञ्चालन गर्ने छुट दिइयो । कुवेतलगायत अन्य मुलुकुहरूसँग युद्धमा आफ्नो धेरै हानीनोक्सानी भएको भनी क्षतिपूर्तिको माग गर्दै अरबौँ डलरको रकम सोहोरे ।

ह्वाइट हाउसमा गोली प्रहार गर्ने ओस्कर रामिरो


अमेरिकाको हलिबर्टन नामको बहुराष्ट्रिय तेल निगम यस युद्धले मालामाल भयो, जुन संसारकै सबैभन्दा ठूलो तेल कम्पनीमध्येको एउटा हो । ५५ देखि ६० हजार मानिसलाई रोजगार प्रदान गर्ने यो तेल निगम संसारको ७० वटाभन्दा ज्यादा मुलुकुमा सञ्चालित छ । कुनै पनि मुलुकमा तेल र ग्याँसको अन्वेषण, प्रशोधनमात्र होइन बजार विस्तार व्यवस्थापनलगायत त्यससँग सम्बन्धित सबै कार्यको ठेक्कापट्टाको काम यो निगमले गर्छ । तर, कुनै एक मुलुकसँगको सम्झौताविपरीत कार्य गर्नु यो कम्पनीलाई जटिल छैन । जुका टासेझैँ टाँसी चुस्न पाएसम्म संरा अमेरिका चुसिरहन्छ । त्यसैले पनि नेपालमा देशभक्तिहरूले एमसीसीको घोर विरोध गरिरहेका छन् ।
विश्वका औद्योगिक राष्ट्रहरूले हरितगृह ग्यास उत्सर्जनका कारण पृथ्वीको तापक्रममा भइरहेका असामान्य परिर्वतनले विभिन्न प्रकारका प्राकृतिक प्रकोपमा वृद्धि, जैविक विविधतामा आएको ¥हास, माल्दिभ्सजस्तो द्वीप मुलुक तथा अन्य तटीय देशहरूको अस्तित्व नै गुम्ने खतरालगायत अन्य वातावरणीय समस्याहरूको चरणबद्ध समाधान र दियो विकासको उद्देश्यलाई लिएर सन् १९९७ मा जापानका क्योटो सहरमा एउटा महत्वपूर्ण अन्तर्राष्ट्रिय सम्मेलन भएको थियो । विश्वका १८० भन्दा बढी मुलुकहरूका प्रतिनिधिहरूले सहभागिता जनाएको कियोटो प्राटोकल नामले चिनिने यो एक वातावरणीय अन्तर्राष्ट्रिय सन्धि हो । संरा अमेरिकालगायतका विभिन्न औद्योगिक मुलुकहरूले भूमण्डलीय उष्णताका लागि प्रत्यक्ष सरोकार राख्ने carbon fioxide, ,ethane, nitrousoxide, hydro fluordcarbons, sulphur hexafluoride जस्ता हानिकारक ग्यासहरूको उत्सर्जनको न्यूनीकरणका लागि कार्य थालनी गर्नुपर्ने मूल प्रावधान थियो । उक्त क्योटो प्रोटोकललाई समर्थन गर्दै ४० औद्योगिक देशलगायत युरोपका अन्य राष्ट्रहरूले समेत हस्ताक्षर गरे पनि संरा अमेरिकाले यसलाई ठाडो इन्कार ग¥यो । एक प्रतिशतले मात्र आफ्नो औद्योगिक क्रियाकलापमा कमी ल्याइने हो भने त्यस मुलुकको विकासमा प्रतिकूल प्रभाव पर्ने तथा संरा अमेरिका अरू मुलुकभन्दा विकासमा पछि पर्नेसक्ने सम्भावना भएकोले अधिक मुलुकले उक्त अन्तर्राष्ट्रिय सन्धिलाई शिरोधार्य गरे पनि संरा अमेरिका त्यसो गर्न बाध्य नहुने गैरजिम्मेवारी घोषणा गरी अन्तर्राष्ट्रिय नैतिक धरातलबाट शून्यमा झर्ने काम भयो ।
युरोपका उपनिवेशवादी मुलुक र संरा अमेरिकी साम्राज्यवाद आफ्नो बुथमुनि रमाउने इजराइल, जापान, खाडीका केही राष्ट्र र दक्षिण कोरियाजस्ता देशबाहेक एसिया र अफ्रिकी मुलुकहरूको विकास किमार्थ हेर्न चाहँदैनन् । विभिन्न जालझेल गरी आफ्नो काबुमा बस्न नचाहने मुलुकलाई युद्धमा फसाइन्छ वा धर्म, जातीय र क्षेत्रीय भेदभावको आगो सल्काई गृहयुद्धको जञ्जालमा जाकिन्छ । त्यसैले अहिलेमात्र होइन धेरै पहिलेदेखि नै मित्रराष्ट्र चीनको प्रगतिलाई व्यवधान पु¥याउन संरा अमेरिका लागिपरेकै हो ।

चिनियाँकब्जामा रहेको अमेरिकी जासुसी विमान


१९ वर्षअघि अन्तर्राष्ट्रिय हवाई नियमविपरीत सन् २००१, अप्रिल १ का दिन २४ जना चालक दलका सदस्य रहेको संरा अमेरिकी जासुसी विमानले दक्षिण चीन सागरमा उडान भरेको लगत्तै दुईवटा चिनियाँ लडाकु विमानले तिनीहरूलाई लखेट्ने क्रममा अमेरिकी विमान त्यसमाथि ठोकिन पुग्यो । उक्त अमेरिकी जासुसी विमान चीनको हैनान टापुमा आकस्मिक अवतरणको लागि बाध्य भयो । चीनको कब्जामा रहेको अमेरिकी जासुसी विमान तथा चालकहरूलाई स्वदेशमा फर्काउन सो घटनाप्रति दुःख व्यक्त गर्दै चिनियाँ सरकारसमक्ष क्षमा याचनाको आधिकारिक पत्र लेख्नुपर्ने चिनियाँ सरकारको मागलाई सुरुमा मञ्जुर नगरेपनि अन्त्यमा सोही आशयको क्षमा पत्रले मात्र समस्याको समाधान सम्भव हुने भएकोले तत्कालीन संरा अमेरिकी राष्ट्रपति बुश सरकार चिनियाँ सरकारको मागअनुसार काम कारबाही गर्न विवश भयो ।
भनिन्छ, चीनले उक्त जासुसी विमानबारे अमेरिकी हवाई विज्ञानको (Aeronautics) प्राविधिक पक्षको गहिरो अध्ययन र अनुसन्धानको मौका छोप्न जानेरै ११ दिनसम्म चीनले आफ्नो कब्जामा राख्यो । ठोकिएकै कारण उक्त क्षतिग्रस्त जासुसी विमानलाई हैनान टापुमा आकस्मिक अवतरण गर्न कर लाग्यो । संरा अमेरिकी जासुसी विमान आफ्नो लडाकु विमानसँग ठोकिन आएलगत्तै ३३ वर्षीय वारुवई नाम गरेको चिनियाँ विमान चालकको प्यारासुट नखुलेका कारण उक्त घटनामा दुःखद निधन भएको थियो । यसैलाई लिएर अन्य विकसित भनिने मुलुकहरूले चीनको हवाई सेना प्राविधिकरूपले निकै कमजोर भएको सस्तो टिप्पणी गरे ।
आफ्नो राष्ट्रपतीय कार्यकालमा रहुञ्जेल कसैबाट आफ्नो ज्यान लिने धम्कीको धेरैपटक सामना गरिसकेका राष्ट्रपति जर्ज डब्लु बुश पनि एक थिए । रोवर्ट पिक्केट नाम गरेका एक अमेरिकी नागरिक आफ्नो असक्षमता र कार्यालयमा अनियमित उपस्थितिका कारण नोकरीबाट निष्कासित गरिएका आन्तरिक राजस्व सेवामा कार्यरत लेखापाल थिए । सोही पदमा पुनर्बहालीका लागि धेरै दौडधुप गरे पनि परिणाम आफ्नो पक्षमा नआएपछि रिसले आगो भइरहेका पिक्केट सन् २००१, फेब्रुवरी ७ का दिन हतियारसहित राष्ट्रपति भवन ह्वाइट हाउस पसेका थिए । अति विशिष्ट व्यक्तिहरूको लागि बनाइएको विलाशी कोठामा राष्ट्रपति हुनैपर्ने अनुमानका साथ उनले धेरैपटक गोली प्रहार गरे । सुरक्षामा खटिएका प्रहरी जवानले आफूमाथि आक्रमण गर्नसक्ने बलियो सम्भावनालाई आकलन गरी आफूउपर केही बेहिसाब गरे छेउछाउमा रहेका व्यक्ति र आफू स्वयम्लाई समाप्त गर्ने धम्की रोवर्ट पिक्केटले प्रहरीलाई दिएलगत्तै एक गोप्य सुरक्षा सेवाका जवानले उनको घुँडामा अचानक गोली प्रहार गरी घाइते बनाए गोली प्रहारले नित्य व्यायाममा व्यस्त राष्ट्रपतिलाई कुनै चोट पु¥याउन सकेन ।

विश्वको वातावरण जोगाउन अमेरिकी सरकारलाई जनदबाब


सन् २००५, मे १० का दिन जर्जियाको राजधानी टिबीलिसीको फ्रिडम स्क्वायरमा उपस्थित जनसमुदायलाई संरा अमेरिकी राष्ट्रपति जर्ज वकर बुश सम्बोधन गर्दै थिए । भ्लादिमिर अरुतिउनिया नाम गरेको एक नागरिकले राष्ट्रपति बुशको सम्बोधनकै क्रममा पड्किन ठीक भएको हाते बम उनी उभिएको पोडियमको छेउमै पुग्ने गरी फालिदिए । तर, उक्त बमलाई सक्रिय गर्न राखिएको सियो अथवा पीन निकालिए पनि बम बेरिएको रुमाल बेसरी कसिएका कारण विस्फोट हुनसकेन । सभा कोलाहलमा परिणत भयो, आफ्नो आपराधिक कार्यमा असफल भई फरार भएका भ्लादिमिरलाई जुलाईमा गिरफ्तार गरियो । उनलाई कब्जामा लिने क्रममा गृह मन्त्रालयका एक जना कर्मचारी उनीद्वारा मारिए । हत्या अभियोगमा दोषी ठहर गरी भ्लादिमिरलाई जन्मकैद गरियो ।
त्यसो त आफ्नो जात, वर्ण र वर्गमात्र सर्वाधिक राम्रो र उच्च ठान्ने गोरा अमेरिकी नागरिकले (Supremacist) संरा अमेरिकाको ४४ औँ राष्ट्रपति बाराक ओबामाको हत्या गर्ने षड्यन्त्र नगरेका होइनन् । सन् २००८ को अमेरिकी राष्ट्रपतीय चुनावी दौरानमा व्यस्त रहेका ओबामालगायत अमेरिकी मुलुकभरि लगभग १०२ जनाभन्दा बढी अश्वेत अफ्रिकी अमेरिकी नागरिकको हत्याको सूत्रधार पाउल स्केलेस्म्यान र डानिएल कोवर्ट नाम गरेका दुई गोराहरूको गोप्य योजना बीचैमा चुहिए । परिणामस्वरूप आफ्ले रचिएको हत्याकाण्ड सफल हुनुअगावै ती दुई षड्यन्त्रकारी गोराहरू प्रहरीको फन्दामा परे । संरा अमेरिकाको राष्ट्रपति भवन ह्वाइट हाउस कुनै पनि हालतमा ब्लाय्क हाउस हुनैसक्दैन भन्ने उग्रजातिवादी गोरा अमेरिकी नागरिकहरूको चुरीफुरी अमेरिकी समाजमा अझै पनि कायम छ । सन् २०११ मा पनि ओस्कर रामिओ नामको एक श्वेत अमेरिकी नागरिकले ह्वाइट हाउसमा थुप्रै गोली प्रहार गरी ओबामाको असफल हत्या प्रयास गरे । जुनबेला ओबामा परिवारका कुनै पनि सदस्य त्यहाँ मौजुद थिएनन् । भवनका केही झ्यालहरूमा क्षति पुगे । तर भाग्यवश कोही पनि हताहत भएनन् । बन्दुकधारी भाग्ने क्रममा आफ्नो कार ठोकिएपश्चात् पक्राउमा परे र उनीलाई हत्याको अभियोगमा २५ वर्षको जेल सजाय सुनाइयो ।
सन् २०१३ मा अकल्पनीय ढङ्गले राष्ट्रपति बाराक ओबामाको हत्या प्रयास गरियो । उनको नाममा हुलाकमार्फत पठाइएको एउटा खामबन्दी पत्र ह्वाइटहाउस पठाइयो ।
राष्ट्रपतिकहाँ पुग्नुअघि जाँच गर्दा उक्त पत्र राइसिन (अडिर नामको फलको बियाँ जुन अखाद्य वस्तुमा गनिन्छ, त्यसबाट बनाइने हरिताले विष) नामको अति विषालु विषको लेप लगाइएको पाइयो । एक अमेरिकी गोरा नागरिक जेम्स एभर्ट यस अपराधमा दोषी पाइएपछि उनलाई पनि २५ वर्षको कैदको लागि जेल चलान गरियो । सन् २०१८ मा पूर्वराष्ट्रपति भइसक्दा पनि ओबामाको नाउँमा एउटा सानो पोको उनको घर पठाइयो । तर, उक्त पोको खोल्नुअघि पाईबम भएको निक्र्याेलपछि विस्फोट हुनुअगावै निस्क्रिय पारियो । यसरी प्रत्येक संरा अमेरिकी राष्ट्रपति आफ्नो भूमि र अन्यत्र पनि असुरक्षित हुनुपर्नाको कारण त्यस मुलुकको बन्दुकी राजनीति र साम्राज्यवादी अहङ्कार नै हो भन्ने वास्तविकता सबैले बुझेकै हो । मानिसको मन र माया जित्ने भनेको असल विचार र व्यवहारले नै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *