भर्खरै :

अनलाइन कक्षामा सहभागी विद्यार्थीका कुरा !

(वैशाखमै सुरु हुनुपर्ने विद्यालय तहको २०७७ को शैक्षिक सत्र अद्यापि सुरु भएको छैन । विद्यालय कहिले खुल्ने अझै भन्न सकिने स्थिति छैन । शैक्षिक सत्र नै खेर जाने हो कि भन्ने चिन्ता छ । सरकारले अनलाइनलगायतका माध्यमबाट कक्षा सञ्चालन गर्न भनेको छ । तर, अनलाइन कक्षालाई नै शैक्षिक सत्रको सुरुवात मान्न सकिने आधार छैन । शिक्षा मन्त्रालयले भनेझैँ सबै विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्न सकेका छैनन् पनि । कक्षा सञ्चालन भए पनि सबै विद्यार्थी कक्षामा बस्न पाइरहेका छैनन् । अनलाइन कक्षामा बस्ने विद्यार्थीको अनुभव के छ त ? गत असारको पहिलो सातादेखि अनलाइन कक्षा सञ्चालन हुँदै आएको भक्तपुरको बासु माविका विद्यार्थीका अनुभव यो अङ्कमा प्रकाशित छ – सम्पादक)
सरकारले विद्यार्थीको लागि सहजरूपमा निःशुल्क इन्टरनेटको व्यवस्था गर्नुपर्छ !
म बासु मा. वि. भक्तपुरको कक्षा १० मा अध्ययनरत छु । सानैदेखि पढाइमा लगाब भएको कारणले अहिलेको समयमा प्रविधिको माध्यमबाट भर्चुयल कक्षा र अनलाइनमा पनि ध्यान दिइरहेकी छु । कहिकाहीँ अनलाइन कक्षा पढ्दा इन्टरनेट नहुने, मोबाइलको डाटा सकिने, बत्ती जाने समस्या हुन्छ । कक्षा कोठामा हुने पढाइ र अनलाइन कक्षामा हुने पढाइमा मैले केही फरक पाएँ । कक्षा कोठामा पढ्दा साथी र शिक्षक शिक्षिकासँग अन्तरक्रिया हुन्थ्यो र राम्रोसँग बुझिन्थ्यो । तर, अनलाइनमा अन्तरक्रिया गर्ने समय कम हुन्छ । एकभन्दा बढीले बोल्दा डिस्टर्व हुन्छ ।

सपना सुलु


कहिलेकाहीँ आवाज राम्रोसँग नसुनिने समस्या हुन्छ । साथीहरू सहभागी गर्दैगर्दा कक्षाको समय छोटो हुन्छ । कक्षा राम्रोसँग नसकिँदै समय समाप्त हुन्छ । तर, पनि कही नहुनुभन्दा अनलाइन कक्षा सञ्चालन हुनु राम्रो छ । अनलाइन कक्षालाई अझ राम्रो गर्न समयमै लिङ्क आउनुपर्छ । सरकारले विद्यार्थीको लागि सहजरूपमा निःशुल्क इन्टरनेटको व्यवस्था गर्नुपर्छ । हाल छिन–छिनमा बत्ती जाने भइरहेको छ, त्यो नहुनु प¥यो । सबै साथीहरू कक्षामा सहयोग गराउन पाए अझ राम्रो हुन्थ्यो ।
अनलाइन कक्षा हालसम्म रामै्र भइरहेको छ !
म बासु मा.वि. कक्षा १० को छात्रा हुँ । हाल कोरोना भाइरसका कारण नेपालमा कैयौँ मानिस सङ्क्रमित भएका छन् भने कैयौँ मानिस भाइरसलाई जितेर घर फर्किएका छन् । झन्डै एक सय पचासको मृत्यु भएको छ । भाइरसको जोखिमको अवस्थामा विद्यार्थीले कसरी आÇनो पढाइलाई निरन्तरता दिने त ? यस विषयमा आधारित रहेर मेरो विद्यालय बासु माध्यमिक विद्यालयले पनि अनलाइन कक्षा सञ्चालन गरेको छ ।

रस्मिला राना मगर


लकडाउनमा नभटेका साथी र शिक्षकहरूसँग अनलाइन कक्षामा भेट भइरहेको छ । अनलाइन कक्षा हालसम्म रामै्र भइरहेको छ । विद्यालयको कक्षा कोठाको डेस्क बेन्चमा बसेर पढेको र घरमै बसेर पढेकोमा मैले धेरै फरक अनुभव गरेँ । तर, हालको परिस्थितिमा यही नै उपयुक्त विकल्प हो जस्तो लाग्छ । अनलाइन कक्षालाई अझै राम्रो गर्नका लागि सबै साथीहरू सहभागी भएका भए, प्राविधिक समस्याको समाधान भए, सबै जना समयमै सहभागी भए उत्तम हुन्थ्यो होला भन्ने मलाई लाग्छ । समय–समयमा हात धुने गरौँ, भीडभाडमा नजाऔँ । घरमै बसौँ, सुरक्षित रहौँ ।
कहिले इन्टरनेटमा समस्या आउने, कहिले बत्ती जाने !
म बासु मा.वि. भक्तपुरमा कक्षा ९ मा पढ्छु । अनलाइन कक्षा राम्रो भइरहेको छ । तर, कोरोना सकेर विद्यालयको कक्षा कोठामा पढ्न पाए झनै राम्रो हुन्थ्यो । अनलाइन कक्षा र कक्षा कोठामा पढ्दा केही फरक हुँदोरहेछ किनभने अनलाइन कक्षा पढ्दा कहिले इन्टरनेटमा समस्या आउने, कहिले बत्ती जाने अनि बहिनी, भाइ र मेरो कक्षाको समय एउटै हुँदा कक्षा छोड्नुपर्ने स्थिति पनि छ ।

अमृता काफ्ले


विद्यालयमा नबुझेको कुरा साथीसँग सिकाइ माग्न मिल्थ्यो । साधन छैन भनेर बस्न पर्दैनथ्यो । दिनदिनै जोखिम बढ्दै छ । त्यसैले अनलाइन कक्षामा सबै साथीहरू सहभागी हुनु होला, नभए घरमै राम्रोसँग पढौँ !
साथीहरूलाई सम्भव भएसम्म कक्षामा आउन अनुरोध गर्न चाहन्छु !
म बासु मा.वि. मा कक्षा ९ मा अध्ययनरत छु । विद्यालयले सञ्चालन गरेको अनलाइन कक्षामा नियमितरूपमा सहभागी भइरहेको छु । कक्षा कोठामा हामीले जसरी पढाइएको पाठ सजिलै बुझेका हुन्छौँ त्यसरी अनलाइन कक्षामा बुझ्न सकेका छैनौँ । अनलाइन कक्षामा सबै जना साथीहरू सहभागी हुन सकेका छैनन् । इन्टरनेट र बत्तीको समस्या भएर पहिलेकाले पूरा कक्षा राम्ररी पढ्न पाउँदैनौँ ।

मन्जिला नापित


कक्षामा जस्तो शिक्षकको आवाज पनि निरन्तर आउँदैन । कहिले घ्यार घ्यार आउँछ, कहिले आवाज सुनिँदैन । साथै बीच–बीचमा सामेल हुने हुँदा राम्रोसँग बुझिँदैन । कक्षा कोठामा जस्तो सबै दिन सबै विषयको कक्षा पनि हुँदैन । दिनमा दुईवटामात्रै हुन्छ । कक्षामा सबै साथीहरू सहभागी भएका छैनन् । सबै साथीहरूसँग इन्टरनेटको सुविधा मोबाइल र ल्यापटपको सुविधा भए कक्षा राम्रो हुने थियो । तर, हाल कोरोनाको कहर भएको समयमा, कक्षाकोठामा बसेर पढ्न सम्भव नभएसम्म अनलाइन कक्षा गर्नुपर्छ । सबै साथीहरूलाई सम्भव भएसम्म कक्षामा आउन अनुरोध गर्न चाहन्छु ।
मलाई त्यति मज्जा अनलाइन कक्षामा आएको छैन जति कक्षा कोठामा पढ्दा आउँथ्यो !
म कृतिका सुलु हुँ । म अहिले कक्षा ९ मा पढ्दै छु । हामी सबैलाई थाहा छ, अहिले कोरोनाको कहर फैलिएको छ । यस्तो समयमा हामीले सतर्कता अपनाउनुपर्छ । बाहिर जाँदा मास्क लगाउनुपर्छ । सामाजिक दुरी कायम गर्नुपर्छ र बाहिरबाट घर फर्किएपछि सबैभन्दा पहिले बीस सेकेन्डसम्म साबुन पानीले मिची मिची हात धुनुपर्छ ।

कृतिका सुलु


अहिले विद्यालय जान सम्भव छैन । त्यसैले धेरैजसो विद्यालयले अनलाइन कक्षा सुरु गरेका छन् । बासु माध्यमिक विद्यालयले पनि अनलाइन कक्षा सुरु गरेको छ । यो अनलाइन कक्षा, कक्षा ६ देखि १० सम्मका लागि छ । म अनलाइन कक्षामा पहिलोपटक जाँदा त्यति अचम्म लागेन किनकि मलाई त्यसको बारेमा अलि अलि ज्ञान थियो । पहिलो पटक चलाउँदा मेसेन्जरमा लिङ्क आउँथ्यो र त्यो लिङकमा थिचेपछि म अनलाइन क्लास हुने (एप) मा पुगेँ । त्यसपछि मैले आÇनो नाम राखँे । अनि कक्षामा शिक्षकले मलाई राख्नुभयो । मलाई पहिले पहिले मज्जाको अनुभव भयो तर बिस्तारै बिस्तारै मज्जा आएन किनकि मेरा अरू साथीहरू जो प्राविधिक समस्याका कारण आउन पाएका थिएनन्, तिनीहरूको लागि न्यास्रो लाग्न थाल्यो । तीमध्ये मेरो एउटा मिल्ने साथी थियो । तैपनि मैले मन लगाएर पढाइतिर नै ध्यान दिएँ । म अहिले पनि अनलाइन कक्षामा नियमित बस्छु ।
मलाई त्यति मज्जा अनलाइन कक्षामा आएको छैन जति कक्षा कोठामा पढ्दा आउँथ्यो । मेरा केही साथीहरू प्राविधिक समस्याका कारणले उपस्थित हुन सकेका छैनन् । कक्षा कोठामा हुँदा र अनलाइन कक्षामा हुँदा केही फरक पाएँ । मेरा सबै साथीहरू अनलाइन कक्षामा उपस्थित छैनन् जति कक्षा कोठामा हुँदा उपस्थित हुन्थे । अनलाइन कक्षामा त्यति धेरै छलफल गर्न पाउँदैनौँ जति कक्षा कोठामा हुँदा छलफल गथ्र्याँै । विद्यालयमा साथीहरूसँग पढ्दा र अनलाइन कक्षामा आफ्नै घरमा बसेर पढेको मज्जा नै फरक छ ।
हामीले अनलाइन कक्षा अझै राम्रो बनाउने हो भने विद्यार्थीहरू सबै उपस्थित हुनुपर्छ । हामीले अनलाइन कक्षामा मात्र पढेर हुँदैन घरमै पनि पढ्नुपर्छ । घरमै बस्नुहोस्, सुरक्षित रहनुहोस् ।
विद्यालयमा साथीसँग हाँसीखुसी पढ्दा जस्तो आनन्द अनलाइनमा आउँदैन !
म बासु मा.वि. कालिघाटको कक्षा ९ मा अध्ययनरत छु । कोरोना भाइरसले गर्दा विश्वकै अर्थतन्त्र शिक्षा, स्वास्थ्य, पर्यटन सबै क्षेत्रमा धेरै प्रभाव परेको छ । पठनपाठनलाई नियमित गर्नुपर्छ भन्दै शिक्षाविद्हरूले अनलाइन कक्षा भर्चुयल कक्षा, रेडियो कक्षा जस्ता वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्ने सुझाव दिएअनुसार हाम्रो विद्यालयमा पनि अनलाइन कक्षा सञ्चालन भइरहेको छ । विद्यालयको कक्षा कोठामा र अनलाइन कक्षा पढेकोमा आकाश पातालको फरक छ । कक्षा कोठामा करिब सबै विद्यार्थी उपस्थित हुन्थे भने अनलाइन कक्षामा सबै उपस्थित हुन सकेका छैनन् । सबैको घरम इन्टरनेटको सुविधा, मोबाइल, कम्प्युटर नहुँदा सबै जना आउन सकेका छैनन् । कहिलेकहीँ इन्टरनेट बन्द हुन्छ र बत्ती निभ्छ । यसले गर्दा राम्रोसँग पूरा कक्षा लिन सकेको छैन ।

लुनिभा सुवाल


विद्यालयमा साथीसँग हाँसीखुसी पढ्दा जस्तो आनन्द अनलाइनमा आउँदैन । चाँडै नै विद्यालयमा पढ्ने वातावरण आओस् ¤ फेरि पनि सबै साथीहरूसँग बसेर पढ्ने इच्छा भइरहेको छ । तर, हालको अवस्थामा वैकल्पिक शिक्षालाई पनि उपयोग गर्नुपर्छ । घरमै रहौँ, हात धोऔँ, सुरक्षित रहौँ ।
अहिलेको लागि अनलाइन कक्षा नै हाम्रो लागि राम्रै छ !
म कक्षा ९ मा अध्ययन गर्दै गरेकी बासु विद्यालयको छात्रा हुँ । अहिले म झौखेलमा बस्ने गरेकी छु । तर, मेरो स्थायी बसाइ रोल्पा हो ।
अहिले कोरोनाले गर्दा लकडाउनमा छौँ । सबै ठाउँमा अनलाइन कक्षा त भइराखेको छैन तर हाम्रो विद्यालयमा अनलाइन कक्षा भइराखेको छ । म पनि अनलाइन कक्षा पढ्दै छु । अहिले अनलाइन कक्षामा राम्रै पढाइ भइराखेको छ । हामीले राम्रै ज्ञान हासिल गरिराखेका छौँ । कक्षामा पढाएको जस्तो नभए नि साथीहरूले ज्ञान प्राप्त गर्दै छन् । कक्षाको जस्तो रमाइलो तरिका अथवा रमाइलो वातावरण नबने पनि अहिलेको लागि अनलाइन कक्षा नै हाम्रो लागि राम्रै छ ।

बिनिता घर्तीमगर


कक्षा र अनलाइन कक्षामा धेरै फरक छ । कक्षामा नबुझुञ्जेल सोध्न पाउथ्यौँ । तर, हामीले अनलाइन कक्षामा प्रश्न धेरै सोध्न पाउँदैनौँ र जोक भनेर रमाइलो गरेर पढ्न पाउँदैनौँ । कक्षामा साथीहरूसँग छलफल गर्न पाउछौँ, अल्छि लागेको बेला जोक गरेर कक्षा कोठालाई नै रमाइलो पनि बनाउँछौँ । विद्यालयको पुस्तकालयमा गएर थरीथरीका पुस्तकहरू पढ्न पाउँछौँ ।
कार्यक्रममा सहभागी भएर नयाँ–नयाँ कुरा सिक्न पाउछौँ । यसरी रमाइलो तरिकाले पढ्दा समय नै सकिएको पत्तो हुँदैनथ्यो । अनलाइन कक्षामा हल्ला नगरी एकै ठाउँमा बसेर पढ्नुपर्छ । तर, अनलाइन कक्षामा कहिले टावर नटिप्ने, कहिले आवाज नआउने त कहिले घरको समस्याले असजिलो हुन्छ । हामीले अनलाइन पढिराखेको बेला सुझाव र कमेन्टहरू आइराखेको हुन्छ अनि त्यसले गर्दा हाम्रो ध्यान भङ्ग हुन्छ किनभने त्यसमा के आएछ ? के होला ? भनी हामी हेर्न खोज्छौँ ।
तथापि, अनलाइन कक्षा आजको आवश्यकता हो । यो कम्प्युटरको युग हो । अहिले नभए पनि पछि गएर यसरी नै अनलाइन कक्षा पढ्नुपर्ने हुन्छ । सायद हामीले पहिलो पटक अनलाइन कक्षा पढेर यस्तो महसुस भएको होला तर हामीले अनलाइन कक्षालाई जस्तै बनाउन नसके पनि यसलाई सुधार्न सक्छौँ । एकोहोरा पढिरहँदा हामी विद्यार्थीलाई झ्याउ लाग्छ, निन्द्रा लाग्न सक्छ । बीचबीचमा हामीलाई प्रश्नको उत्तर सोध्दा हुन्छ । अनलाइन कक्षामा पढिराखेको बेला सबैलाई भिडियो अन गराउनु आवश्यक ठान्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *