भर्खरै :

चीनको वैज्ञानिक विकास

२१ औँ शताब्दीको सुरुआतदेखि सुधार र विकासमा उल्लेखनीय सफलता प्राप्तिसँगै चीनले ठूला अप्ठ्यारा र समस्याहरू सामना गर्नुप¥यो । यीमध्ये मुख्य कुरा यसरी सारमा भन्न सकिन्छ । सही ठाउँमा भए पनि चीनको बजार अर्थतन्त्र प्रणाली पूर्ण होइन । सहर र गाउँ तथा विभिन्न क्षेत्रको आर्थिक र सामाजिक विकास सन्तुलित छैन । कृषिमा निरन्तर विकास र किसानहरूको आम्दानीमा दीगो वृद्धि झ्न–झन् गा¥हो भइरहेको छ । आर्थिक वृद्धि स्रोतको प्रयोगको हिसाबमा अत्यन्तै उच्च मूल्यमा प्राप्त भएको छ र यो वातावरणको हिसाबमा घातक छ । धेरै समस्याले सामान्य जनता, विशेषतः सबभन्दा कम आय भएका जनताका आधारभूत आवश्यकतालाई प्रभावित पार्छन् । यी समस्याहरू उठेबाट दीगो विकास हात लगाउन विस्तृत सुधार र परीक्षण पछिमात्र समग्र योजना लागू गर्नुपर्छ ।
चिकपाका १६ औँ महाधिवेशनदेखि चिकपाका महासचिव हु चिन्ताओसहित केन्द्रीय समितिले ‘तङ सियाओपिङ सिद्धान्त’ र ‘तीन प्रतिनिधित्वका सिद्धान्तहरू’ का महत्वपूर्ण विचारलाई निर्देशक सिद्धान्तको रूपमा लिएको छ । यसले ‘विकासको वैज्ञानिक दृष्टिकोण’ को रणनीतिक अवधारणा अगाडि सारेको छ । यसले सहरी र ग्रामीण विकासलाई सन्तुलित बनाउन, विभिन्न क्षेत्रको विकास गर्न, आर्थिक र सामाजिक विकास गर्न, मनुष्य र प्रकृतिबीचको समन्वयकारी विकास गर्न एवम् घरेलु विकास र बाहिरी विश्वलाई खुला गर्न निरन्तर प्रयास गरिरहेको छ ।
अर्थतन्त्रको सन्दर्भसँगै समाजवादी बजार अर्थ प्रणालीको विकास गर्नु, स्रोतहरूको सही व्यवस्थापन गर्नु, चुस्त र तीव्र खालको विकासको ढाँचालाई अगाडि बढाउनु सुधारको मुख्य काम हो । चिकपाको केन्द्रीय समितिको नीतिअनुसार चिनियाँ सरकारले राज्यको बृहत् व्यवस्थापनमा निरन्तर विकास गर्न, आर्थिक र सामाजिक व्यवस्थापन एवम् सार्वजनिक सेवाका कार्यमा सुधार गर्न, आन्तरिक मागको व्यवस्थापन गर्न, उपभोग, लगानी र निर्यातमा भर परी आर्थिक वृद्धि गर्न र उद्योगहरूको क्षमता तथा प्रतिस्पर्धा शक्तिको विकास गर्न निरन्तर कार्यरत छ । यसमा उद्योगहरूको संरचनालाई सुधार गर्न, स्रोतको खपतमा कमी ल्याउने र वातावरण जोगाउन जोड दिइन्छ । समाजवादी बजार अर्थ प्रणालीमा थप सुधार गर्दै चीनले दीगो र तीव्र आर्थिक वृद्धि निरन्तर गरेको छ । चीनले सन् २००८ को अन्तर्राष्ट्रिय आर्थिक सङ्कटलाई सफलतासाथ सामना ग¥यो ।
सहरी र ग्रामीण विकासको असन्तुलन र किसानहरूको समस्या समाधान गर्न केन्द्रीय समिति र चिनियाँ सरकारले उद्योगको माध्यमबाट कृषिको विकास गर्ने नीति लिए । साथै सहरी क्षेत्रको माध्यमबाट ग्रामीण क्षेत्रको विकासलाई टेवा दिँदै र किसानको भारलाई कम गर्न गम्भीर प्रयास गर्दै नयाँ समाजवादी ग्रामीण क्षेत्र बनाउने नीति लियो ।
सन् २००४ देखि २०११ सम्म चिकपाको केन्द्रीय समिति र राज्य परिषद्ले किसानहरू, कृषि र ग्रामीण क्षेत्रहरूबारे आठवटा दस्तावेज सार्वजनिक गरे । दस्तावेजमा कृषि र ग्रामीण क्षेत्रको विकासलाई तीव्र बनाउन चरणबद्ध उपायहरू अपनाइएको र किसानहरूको आय वृद्धि गरिएको उल्लेख छ । सन् २००५ को अक्टोबरमा चिकपाको १६ औँ महाधिवेशनको पाँचौँ बैठकले नयाँ समाजवादी ग्रामीण क्षेत्र निर्माणको रणनीतिक योजना अगाडि सा¥यो । चीनको गाउँ क्षेत्रलाई ‘विकसित उत्पादन, समृद्धि, सभ्य स्थानीय पोशाक, सफा गाउँ र प्रजातान्त्रिक व्यवस्थापन’ को विशेषता भएको एक नयाँ गाउँ क्षेत्रमा रूपान्तरण गर्ने उद्देश्य हो । यसको निम्ति सबै तहका सरकारहरूले कृषि र ग्रामीण क्षेत्रमा लगानी बढाउने, ग्रामीण क्षेत्रमा सार्वजनिक लगानी वृद्धि गर्ने र ग्रामीण क्षेत्रमा सार्वजनिक सेवामा सरकारको उपस्थिति बढाउने लक्ष्य समावेश छ ।
सन् २००५ को अन्तमा १० औँ राष्ट्रिय जनकङ्ग्रेसको स्थायी समितिले हजारौँ वर्षदेखि लागू कृषि करको विनियम खारेज ग¥यो । चिनियाँ सरकारले ग्रामीण शिक्षा र ज्येष्ठ नागरिकहरूलाई हेरचाहको बन्दोबस्तजस्ता किसानका आधारभूत चासोका विषयहरूमा प्रभावित पार्ने समस्याहरूको सम्बोधन निरन्तर गर्दछ । साथै, सरकारले देशभर ग्रामीण क्षेत्रमा आधारभूत निर्वाह भत्ता प्रणालीको व्यवस्था गर्दै छ । सन्तुलित आर्थिक तथा सामाजिक विकासको निम्ति चिकपाको केन्द्रीय समितिले गत दशकमा शृङ्खलाबद्ध महत्वपूर्ण रणनीति अगाडि सारेको छ । यो रणनीतिक थुप्रै पक्षहरू छन् । मुख्य यसप्रकार छन् ः पहिलो, दीगो विकास । दीगो विकासको समग्र रणनीतिक संरचना स्थापना । दोस्रो, विज्ञान र प्रविधिमा केन्द्रित गरी देशलाई पुनर्जीवन दिने नीति । यो आर्थिक र सामाजिक विकास गर्ने र चीनको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता बढाउन विज्ञान र प्रविधि एवम् शिक्षामा प्रगति गर्ने नीति हो । तेस्रो, समन्वय गरिएको क्षेत्रीय विकास । यसमा पश्चिमी क्षेत्रमा विकास अगाडि बढाउने, उत्तरपूर्वी चीनका पुराना औद्योगिक क्षेत्रहरूलाई पुनर्जीवित गर्ने र आर्थिक आदानप्रदानलाई विस्तार गर्न चीनको पूर्वी क्षेत्रको विकासको निम्ति सहयोग गर्ने र साझा विकास एवम् आपसी फाइदालाई साकार पार्नेमा अन्तरनिहीत छ । चौथो, उच्च जनसङ्ख्या भएको देशबाट समाजवादी आधुनिकीकरणको निम्ति उत्प्रेरकको रूपमा काम गर्ने बलियो मानव पुँजी भएको देशमा परिवर्तन गर्न मानव प्रतिभाको तालिम र विकास गरी देशलाई पुनर्जीवन दिने । समग्र रणनीतिमा यी नीतिहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
सुधार र खुलापनमा तीन दशकभन्दा बढी समयको प्रयासबाट र विशेषतः २१ औँ शताब्दीको पहिलो दशकमा आर्थिक निर्माणमा उल्लेखनीय सफलता प्राप्त भयो र विकासमा भएको असन्तुलनमा परिवर्तन हुनथाल्यो । सन् १९७८ देखि २०११ मा चीनको कुलगार्हस्थ उत्पादन ३६४.५ अर्बबाट ४७१ खर्बसम्म बढ्यो । यो सालाखाला वार्षिक १० प्रतिशतले वृद्धि हो र यो त्यही अवधिमा विश्वको आर्थिक विकास दरभन्दा ३ गुनाले बढी हो । जम्मा अर्थतन्त्रको हिसाबमा चीन विश्वको दोस्रो अर्थतन्त्रमा पर्छ र कृषि र केही औद्योगिक उत्पादनको हिसाबमा चीन प्रथममा पर्छ । साथै चीनमा उच्च प्रविधिको उद्योगमा तीव्र वृद्धि भइरहेको छ । यी वर्षहरूमा सहरी जनताको प्रतिव्यक्ति आम्दानी ३४३ आरएमबीबाट २१ हजार ८१० मा पुग्यो । त्यस्तै किसानहरूको प्रतिव्यक्ति कूल आम्दानी १३४ आरएमबीबाट ६ हजार ९ सय ७७ पुग्यो । ग्रामीण क्षेत्रमा गरीबिमा रहेका २५ करोड जनताबाट २ करोडमा झारियो । सहरी र ग्रामीण जनताको सम्पत्तिको मात्रा र मूल्य बढ्यो ।
विज्ञान, प्रविधि, शिक्षा एवम् संस्कृतिमा सुधार र विकास
चिनियाँ विशेषताको समाजवादी निर्माणले आर्थिक, राजनीतिक, सांस्कृतिक र सामाजिक चार क्षेत्र समेट्छ । सुधार र खुलापनमा यी चार क्षेत्रहरूलाई जोड्ने काम भएको छ । सांस्कृतिक विकासका दुई उद्देश्य छन् – पहिलो त उच्च विचार र नैतिक शुद्धता भएका शिक्षित र अनुशासित नागरिक तयार पार्नु हो । दोस्रो, चिनियाँ शैलीको, विज्ञानमुखी र जनमुखी समाजवादी संस्कृति विकास गर्नु हो । यो विश्वको आधुनिकीकरणको आवश्यकता पूरा गर्न र भविष्यको निम्ति पनि हो । आर्थिक पुनः संरचना र राजनीतिक संस्थाहरूमा सुधार अगाडि बढ्दै गर्दा विज्ञान र प्रविधि, शिक्षा र संस्कृतिको सुधारमा चीन अगाडि बढ्दै छ । २१ औँ शताब्दीको सुरुआतदेखि यी क्षेत्रमा सकारात्मक परिवर्तन देखिन थाल्यो ।

शिक्षाका सबै पक्षमा सरकारको नियन्त्रण रहेको योजनाबद्ध अर्थतन्त्रको पालाको शिक्षा नीतिमा परिवर्तन ल्याई शिक्षालाई सुधारको मुख्य केन्द्र बनाइयो । स्थानीय सरकार र विद्यालयलाई आफैले व्यवस्थापन र निर्णय गर्ने गरी स्वायत्त बनाइएको छ । सरकारले समग्र क्षेत्र नियन्त्रण ग¥यो र सबै पक्षका जनताले शिक्षा अगाडि बढाउन सहयोग गरे । बजार अर्थतन्त्रका आवश्यकताअनुसार समायोजित गराउन विश्वविद्यालयका उपाधि प्राप्तहरूलाई आफ्नोे रोजगारी छनोट गर्न छुट दिइयो ।

विज्ञान र प्रविधिमा सुधार सन् १९८५ मै सुरु भयो । अगाडिका प्रणालीमा क्रमशः परिवर्तन थालियो । वैज्ञानिक अनुसन्धान संस्थाहरूलाई राज्यले नै आर्थिक व्यवस्थापन गर्ने र ती संस्थाहरूबाट राज्यले निर्धारण गरेका विषयमा अनुसन्धान केन्द्रित गराउने काम थालियो । आधारभूत अनुसन्धान वा सार्वजनिक चासोका अनुसन्धान परियोजनामा संलग्न राज्यले बनाएका केही संस्थाहरूबाहेक व्यावहारिक अनुसन्धानमा संलग्न अन्य संस्थाहरू उद्योग समूहहरूको प्रशासनअन्तर्गत ल्याइयो । त्यही समयमा राज्यले अनुसन्धानमा लागेका व्यक्तिहरूलाई आफ्नै प्राविधिक उद्योगहरू स्थापना गर्न उत्साहित ग¥यो । वैज्ञानिक अनुसन्धान परियोजना विकास, प्राविधिक बजार विकास र प्राविधिक व्यापार विस्तार गर्ने यो नयाँ बाटोले वैज्ञानिक र प्राविधिक विकासलाई प्रयोगमा ल्याउन सहयोग ग¥यो । परिणामतः चीनको वैज्ञानिक क्षेत्रले छिटो विकास ग¥यो । चीनले हवाइविज्ञान, सूचना प्रविधि, नयाँ वस्तु, वायोइन्जिनियरिङ र अन्य उच्च प्रविधिका क्षेत्रमा शृङ्खलाबद्ध महत्वपूर्ण सफलता प्राप्त ग¥यो । सेन्चोउ अन्तरिक्ष यानको प्रयोग उडानले सफलता पायो । मानवसहितको अन्तरिक्षयानमा ठूलो उन्नति भयो । चीनको चन्द्रमाको खोजी परियोजनामा महत्वपूर्ण प्रगति ग¥यो ।
शिक्षाका सबै पक्षमा सरकारको नियन्त्रण रहेको योजनाबद्ध अर्थतन्त्रको पालाको शिक्षा नीतिमा परिवर्तन ल्याई शिक्षालाई सुधारको मुख्य केन्द्र बनाइयो । स्थानीय सरकार र विद्यालयलाई आफैले व्यवस्थापन र निर्णय गर्ने गरी स्वायत्त बनाइएको छ । सरकारले समग्र क्षेत्र नियन्त्रण ग¥यो र सबै पक्षका जनताले शिक्षा अगाडि बढाउन सहयोग गरे । बजार अर्थतन्त्रका आवश्यकताअनुसार समायोजित गराउन विश्वविद्यालयका उपाधि प्राप्तहरूलाई आफ्नोे रोजगारी छनोट गर्न छुट दिइयो । विगतमा विद्यार्थीको रोजगारी निर्धारणमा सरकारको पूर्ण नियन्त्रण हुन्थ्यो । देशभर नौ वर्षको अनिवार्य र निःशुल्क शिक्षा नीति लागू गरियो । त्यसैले आज चीनको कुल विद्यार्थीमा उच्च शिक्षा, प्राथमिक र माध्यमिक तहका विद्यार्थीको अनुपात संसारमै उच्च कोटीमा छ ।
सुधार र खुलापनका कारण कला, साहित्य र खेलकुदप्रेमीहरूको सङ्ख्या बढ्यो । कलाकार र लेखकहरूलाई उत्कृष्ट सृजनाको निम्ति उत्साहित गर्दै चिकपाले कला र साहित्यमा ‘सयौँ फूल फुल्न देऊ र सयौँ विचार हुर्किन देऊ’ को सिद्धान्तलाई सक्रियतापूर्वक कार्यान्वयन ग¥यो । खेलकुदमा पनि चीनले उल्लेखनीय सफलता हासिल ग¥यो । सन् २००८ मा चीनले २९ औँ ओलम्पिक सफलतासाथ सम्पन्न ग¥यो, जसमा चीनले स्वर्ण पदकको हिसाबमा प्रथम र जम्मा पदकको हिसाबमा दोस्रो स्थान हासिल ग¥यो । प्रतिस्पर्धी खेलमा सुधारको साथै चिनियाँ सरकारले व्यायाम खेलकुद गतिविधिमा विकासको काम गरिरहेको छ । सार्वजनिक कल्याण कोषमार्फत प्रत्यक्ष सहयोग गर्ने नीतिअनुसार खेल क्षेत्र निर्माण र स्फूर्ति प्रदान गर्ने खेलमा सामग्री बन्दोबस्त गर्ने, विभिन्न प्रकासका खेल गतिविधिको वातावरण बनाउने र चिनियाँ जनताको शारीरिक तन्दुरुस्तिमा सुधार गर्ने काम गर्दै छ ।
बजार अर्थतन्त्र स्थापनाको क्रममा संस्कृति र खेलकुद उद्योगको विकास गर्दै संस्कृति र खेलकुदको व्यवस्थापनमा सुधार अगाडि बढाइयो । सांस्कृतिक सुधारको तरङ्गमा चीनको प्रकाशन, मनोरञ्जन, चलचित्र र टेलिभिजन उद्योगहरूमा कहिल्यै नभएको सक्रियतामा विकास हुँदैछ ।

One response to “चीनको वैज्ञानिक विकास”

  1. प्रमोद न्यौपाने says:

    महत्त्वपूर्ण जानकारी
    युवा बर्ग हरुले बुज्नै पर्ने संदेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *