नेपालीको श्रम शोषण गरी सस्तो ज्यामी बनाउने साम्राज्यवादी नीतिको विरोध गर्न जरुरी
- श्रावण १३, २०८१
विश्व स्वास्थ्य सङठनले लेड (सिसा) लाई विश्वव्यापीरूपमा जनस्वास्थ्यलाई असर पु¥याउने १० रसायनहरूमध्ये एक प्रमुख घातक रसायनको रूपमा पहिचान गरेको छ । त्यसले मानव शरीरमा लेडको कुनै सुरक्षित सीमा हुँदैन भन्ने तथ्य पनि स्थापित गरेको छ । लेडले हरेक उमेर समूहका मानिसको, खासगरी बालबालिकाको शारीरिक, मानसिक तथा बौद्धिक विकासमा अवरोध पु¥याउँदछ । यसले विशेषगरी स्नायु प्रणालीमा हानि पु¥याउँछ जसले गर्दा बालबालिकाको बौद्धिकता (आईक्यू) घट्दै जाने गर्दछ । लेडकै कारण संसारभरि १० लाख ६० हजार मानिसको बर्सेनि मृत्यु हुने गरेको, २ करोड ४४ लाख वर्ष बराबरको मानिसको जीवनको अशक्तताको कारण गुम्ने गरेको, ६३.२ प्रतिशत बौद्धिकता अशक्तता र १०.३ प्रतिशत उच्च रक्तचापसम्बन्धी समस्या आएको तथ्य रहेको छ । (आईएचएमई २०१७)
नेपाललगायत विश्वका विभिन्न मध्यम र निम्न विकसित मुलुकहरूमा लेडबाट ५ वर्षमुनिका बालबालिकामा पर्ने असरबाट हुने आर्थिक क्षतिको विश्लेषणअनुसार नेपालमा मात्र कुल अमेरिकी डलर १.५ खर्ब बराबरको वार्षिकरूपमा क्षति हुने तथ्य प्रकाशन गरेको छ । यो रकम नेपालको कुल गार्हस्थ उत्पादनको करिब ४ प्रतिशत हुन्छ । यो सम्पूर्ण लेडसँग सम्बन्धित व्यापार र व्यवसायबाट राज्यले पाउने राजस्वभन्दा धेरै गुणाले बढी हो । (Teresa metal 2013, New York University, USA)
हालै सन् २०२० मा युनिसेफ र ‘प्योर अर्थ’बाट जारी ‘द टक्सिक ट्रुथ’ नामक प्रतिवेदनअनुसार विश्वका हरेक ३ बच्चामा एक बच्चो अर्थात् ८० करोड बालबालिकाको रगतमा लेडको मात्र बढी रहेको पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लगायतका चार–चार पटकको बालबालिकाको रगतमा लेडसम्बन्धी गरिएको अध्ययनले ६५ देखि १०० प्रतिशतसम्म बालबालिकाहरू लेडको उच्च जोखिममा रहेको देखाइसकेको छ ।
यस्तो खतरनाक लेडको प्रयोग पेन्टहरूमा अत्यधिक मात्रामा देखिएको छ । पेन्टले चमक दिने, पेन्ट चाँडै सुक्ने तथा फलामलाई खिया लगाउनबाट बचाउने भएकोले लेडको प्रयोग गरिने हो । हामी र हाम्रा बालबालिका प्रत्यक्ष सम्पर्कमा आउने प्रायः सबै सरसामानदेखि लिएर भित्ताहरूमा यस लेडयुक्त पेन्टको प्रयोग गरिएको हुन्छ । जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रले विसं २०७४ र २०७५ गरी २७ पेन्टस उद्योगका ५६ वटा इनामेल पेन्ट्सहरूमा गरिएको मापदण्ड परिपालनाको अवस्था ६० प्रतिशतमात्र रहेको पाइएको थियो । वातावरण मन्त्रालय स्वयम्ले २०७३ मा गरेको अध्ययनले देखाएको परिपालनाको अवस्था ३० प्रतिशतमात्र रहेको थियो । कुनै कुनै पेन्टहरूमा त अझै अत्यधिक मात्रामा (मापदण्डभन्दा ८३२ गुणा बढी) सम्म लेड पाइएको थियो ।
तसर्थ पेन्टमा लेडको मापदण्डको पूर्ण परिपालना र प्रभावकारी कार्यान्वयन हुन आवश्यक छ । हाल गुणस्तर तथा नापतौल विभाग र वातावरण विभागबाट परीक्षण भइरहेको जनाइएको छ । यसको परिणाम तत्काल सार्वजनिक गर्नुपर्ने टड्कारो छ । यसै लेडको मापदण्डको प्रभावकारी कार्यान्वयन गरी बालबालिका र आम जनस्वास्थ्यलाई लेडको सम्पर्कमा आउनबाट जोगाउन ठोस योगदान पु¥याउने र लेडयुक्त पेन्टको उन्मूलन गर्ने गराउनेतर्फ सङ्घीय, प्रदेशीय र स्थानीय सरकारहरूसँग आवश्यक पहल गर्ने मुख्य उद्देश्यका साथ कार्तिक ९ देखि १५ गतेसम्म लेडको विषबाट बचावटको लागि आठौँ अन्तर्राष्ट्रिय सचेतना सप्ताह (इन्टरनेसनल लेड प्वाइजनिङ वीक, २०२०) मनाइयो । सम्बन्धित निकायहरूसँगको सहयोग र सहकार्यमा ‘जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र’ले नेपालमा विभिन्न राष्ट्रिय र प्रदेशस्तरीय कार्यक्रम गरेको थियो ।
सप्ताहबाट निस्केका निष्कर्षहरूलाई मनन गरी सरोकारवालाहरूले लेडको प्रयोगलाई नियन्त्रण गरी समस्या समाधानका उपायहरू पहिल्याउने जमर्को गर्नुपर्दछ । त्यसैगरी सबै जनसाधारणसामु लेडको प्रयोगबाट हुने प्रत्यक्ष असरको बारे जनचेतना फैलाउनुको साथै हरेक नेपाली बालबालिकाको रगतमा रहेको लेडको मात्राबारे अनिवार्यरूपमा परीक्षण गर्ने एउटा राष्ट्रिय नीति (नेसनल ब्लड लेड लेभल स्क्रिनिङ पोलिसी) बनाई परीक्षणका लागि आवश्यक प्रयोगशालालगायत स्रोत, साधनसहितको पूर्वाधारको विकास हरेक प्रदेशमा तत्काल गर्नुपर्ने एकदम जरूरी देखिन्छ । यसका लागि सरकार सँगसँगै निजी निकायहरूको पनि सहकार्य हुनुपर्दछ ।
२०७१ पुस ७ गते राजपत्रमै प्रकाशित गरी तोकिएको पेन्टमा लेडको मापदण्डअनुसार पेन्टमा लेड (९० पीपीएम) हुनुपर्छ । सोहीअनुसार हरेक पेन्टमा बट्टामा कति लेड छ भन्ने उल्लेख हुनुपर्छ । यसैकारण हरेक पेन्ट उद्योगी, व्यापारी, आयातकर्ता, बिक्री वितरण र प्रयोगकर्ताले समेत पूर्णरूपले परिपालना गरी यसबाट सृजित मानव स्वास्थ्य, बालबालिका, पेन्टर, मजदुरहरूका स्वास्थ्य बचाउनुको साथै वातावरण पनि जोगाउन मद्दत पुग्ने विश्वास लिइएको छ । यस विश्वासलाई कायम राख्नको लागि भने पेन्टमा भएको लेडको मापदण्डका प्रभावकारी कार्यान्वयन आजको आवश्यकता रहेको छ ।
Leave a Reply