अन्तरप्रदेश बक्सिङ प्रतियोगिता सम्पन्न
- बैशाख १, २०८१
बार्सिलोना, १६ मंसिर (एपी) । स्पेनी महारथी फूटबल क्लव बार्सिलोनाले बुधबार हुने च्याम्पियन्स लिगअन्तर्गतको खेलमा आफ्ना तीन स्टार खेलाडीलाई आराम दिएको छ । फेरेनभारोसमा हुने खेलमा क्लवले लियोनेल मेस्सी, मार्क–एन्क्षे स्टेजेन र फिलिप काउटिन्होलाई नखेलाउने भएको छ । यी खेलाडीलाई प्रमुख प्रशिक्षक रोनाल्ड कोमानले नखेलाउने निर्णय गर्नुभएको हो । समूह छ मा रहेको बार्सिलोनाले चार वटा खेल जित्दै च्याम्पियन्स लिगको अन्तिम १६ का लागि यसअघि छनौट भइसकेको छ ।
अघिल्लो चरणको डाइनामो किभविरुद्धको खेलमा पनि मेस्सीलाई खेलाइएको थिएन । किभमा भएको खेलमा मिडफिल्डर फ्रेन्की डी जोङलाई पनि आराम दिइएको थियो । समूहमा बार्सिलोनाले युभेन्टसभन्दा तीन अङ्कले अग्रता बनाएको छ । बार्सिलोना र युभेन्टसबीच क्याम्प नाउमा समूह चरणको अन्तिम खेल हुँदै छ । बुधबारको खेलमा चोटका कारण अरू पनि खेलाडी अनुपस्थित हुनेछन् । क्लवका अनुसार जेरार्ड पिके, आन्सु फाती, सेर्गी रोबर्टो र सामुएल अम्टिटी चोटग्रस्त छन् ।
Leave a Reply