भर्खरै :

चन्द्रमाबाट कति खनिज ल्याउने हो ?

चन्द्रमाबाट माटो र ढुङ्गा लिएर चीनको छाङ अ – ५ गत बिहीबार सफलतापूर्वक घर फर्केको छ । छाङ अ – ५ को यो सफलताले चीनको अन्तरिक्ष प्रविधिमा मात्र ठूलो उपलब्धि हासिल भएको छैन बरु चन्द्रमा मानव जातिको अनुसन्धानमै महत्वपूर्ण उपलब्धि हासिल भएको छ ।
चीनभन्दा अघि संरा अमेरिका र पूर्व सोभियत सङ्घले चन्द्रबाट यस्तै नमुना ल्याएको थियो । ती नमुनाले पृथ्वीको सबभन्दा नजिकको यो अन्तरिक्ष पिण्डबारे थप नजिकबाट बुझ्न सहज भएको थियो । साथै ऊर्जा र भौतिकशास्त्रको क्षेत्रमा पनि थप वैज्ञानिक तथ्यहरू हात लागेको थियो ।
तर, छाङ अ–५ को चन्द्रमा यात्रा भने अझ बढी महत्वको बनेको छ ।
“हाम्रो एउटा महत्वपूर्ण उपलब्धि भनेको हामीले चन्द्रमाको पनि सबभन्दा ‘कान्छो’ भागबाट नमुना सङ्कलन गरेका छौँ । यो एउटा प्रमुख वैज्ञानिक उपलब्धि हो”, चीनको चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्राधिकरणअन्तर्गत अन्तर्राष्ट्रिय सहकार्यका निर्देशक सु याङसोङले भने ।
चन्द्र ४ अर्ब ५० करोड वर्ष पुरानो छ । तर, चन्द्रमाको विगतबारे मानिसलाई ज्यादै थोरैमात्र थाहा छ । यस पटक चीनको चाङ हो–५ चन्द्रमाको उत्तरपूर्वी भाग ओसिनस प्रोसेलारम अर्थात् ‘आँधीबेहरीको महासागर’मा अवतरण भएको थियो । यो भेगमा चन्द्रमाको सबभन्दा ‘कान्छो’ ढुङ्गा र माटो छ । ती ढुङ्गा र माटोमध्ये कति २ अर्ब वर्ष पुरानो छ भने कति त ६० करोड वर्ष मात्र पुराना छन् ।
यसले अन्तरिक्षयात्री र अध्येताहरूलाई चन्द्रमाको इतिहासबारे अझ पूर्ण जानकारी पाउन मद्दत गर्न सक्छ ।
चन्द्रमाको बारेमा मात्र होइन यसले सौर्यमण्डलका पदार्थ र ऊर्जासम्बन्धी थप महत्वपूर्ण जानकारीसमेत दिन सक्छन् । जस्तै सौर्य प्रणालीको इतिहासको विकासक्रम, सुरुको अवस्था, सूर्यका पाइने तत्व र चन्द्रमामा विगतमा कति पटक अन्य अन्तरिक्षका टुक्रा खस्यो आदिबारे महत्वपूर्ण जानकारी दिन सक्छ ।
तर, एउटा प्रश्न पक्कै उठ्छ : आजभन्दा अरबौँ वर्षपहिले, हामीभन्दा त्यत्ति धेरै प्रकाश वर्ष टाढाको कुराबारे हामीले थाहा पाउन किन जरुरी छ ?
“चन्द्रमाबाट ल्याइएका नमुनाहरूको अध्ययनले चन्द्रमा भएका स्रोतको मानव हितको लागि प्रयोगमा ल्याउनमात्र नभई ऊर्जा क्षेत्रमा मानिसको प्रगतिमा समेत दीर्घकालीन प्रभाव पार्न सक्छ”, स्युले भने ।
उदाहरणको लागि, हेलियम–३ नामको तत्वको आविष्कार आफै पनि चाखलाग्दो छ । सम्मिलन (फ्युजन) को लागि यो तत्व प्रभावकारी, सफा र सुरक्षित ऊर्जा भएको बताइएको छ । एक सय टन हेलियम–३ को प्रयोग गर्ने न्युक्लिर फ्युजन रिआक्टर्सले एक वर्षमा सारा विश्वले प्रयोग गर्ने ऊर्जा बराबरको ऊर्जा उत्पादन गर्छ ।
तर, पृथ्वीमा हेलियम–३ को अभाव छ । पृथ्वीमा अहिलेसम्म ५ सय किलोग्राम मात्र हेलियम–३ तत्व भेटिएको छ । चन्द्रमाको सतहमा वैज्ञानिकहरूले लाखौँ लाख टन हेलियम अहिले नै भेटाइसकेका छन् । फ्युजन र अन्तरिक्ष प्रविधिमा मानिसले एकपछि अर्को उपलब्धि हासिल गरिरहेको बेला चन्द्रमाको हेलियम–३ को खानी संसारको ऊर्जाको स्थायी समाधान हुन सक्छ ।
चन्द्रमा जान सफल भएपछि मानिसको अर्को गन्तव्य भनेको सूर्य नै हो । चन्द्रमाबाट निकालिएको पानीको स्रोतलाई अन्तरिक यात्रीहरूले आफ्नो दैनिक जीवनमा प्रयोग गर्न सक्छन् । अन्तरिक्षयानको इन्धनको रूपमा प्रयोग गर्न चन्द्रमामा भएको पानीलाई हाइड्रोजन र अक्सिजनमा विभाजन गर्न सकिन्छ । सधैँभरि दिन भइरहने चन्द्रमाको दुई वटा धु्रवमा सौर्य ऊर्जा परियोजना बनाएर ऊर्जा प्राप्त गर्न सकिन्छ । पृथ्वीबाट हुने रेडियो तरङ्गको अलमलबाट जोगिन चन्द्रमामा वैज्ञानिक अनुसन्धान केन्द्र स्थापना गर्न सकिन्छ । त्यस्ता केन्द्रबाट टाढा टाढाका तारामण्डलहरूको अवलोकन गर्न सकिन्छ ।
“छाङ अ – ५ मिसनले आगामी दिनमा चन्द्रमामा अनुसन्धान केन्द्र बनाउन र मानवसहित चन्द्रमामा पठाउने अभियानमा महत्वपूर्ण प्राविधिक आधार बनाएको छ”, स्युले भने । भविष्यमा चन्द्रमालाई अन्तरिक्षको अनुसन्धान गर्न मानिसको बाह्य चौकीको रूपमा प्रयोग गर्न सकिने उनको भनाइ छ ।
त्यस्तो समय पनि आउनेछ जब चन्द्रमाको भूमि पनि दर्ता गरिनेछ । त्यत्तिबेला मानिसलाई ‘अन्तरिक्षसम्बन्धी नीति नियम’को खाँचो पर्नेछ । जसरी आज पृथ्वीमा कानुन र सरकारको खाँचो पर्ने गरेको छ । स्युले अर्को अन्तरिक्ष पिण्ड, ग्रह वा उपग्रहबाट कति मात्रामा मात्र स्रोत ल्याउने भन्ने विषयमा कानुनको आवश्यकता पर्ने बताएका छन् । पृथ्वीबाट हामी टाढा हुँदा पनि अन्तरिक्ष अनुसन्धानमा सहकार्य गर्न के हामी राजनीतिलाई यही छोडेर जान सकौंला र ¤
सीजीटीएनको टिप्पणी
नेपाली अनुवाद : एसएम

Leave a Reply

Your email address will not be published. Required fields are marked *