भर्खरै :

ट्रम्पको सट्टा बाइडेन के फरक होला ?

केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले विभिन्न उदारपन्थी विचारका बुद्धिजीवीहरूका तर्कलाई अघि सार्दै संरा अमेरिकामा जो बाइडेनले कार्यकाल सम्हालेपछि अमेरिकामा ‘परिवर्तन’ आउने विश्लेषण गरेका छन् । जो बाइडेन राष्ट्रपति पदमा पदासीन हुन अब पन्ध्र दिनमात्र बाँकी छ । आगामी जनवरी २० मा नवनिर्वाचित राष्ट्रपतिले पदभार ग्रहण गर्नेछन् । बाइडेनप्रतिको यस्तो अपेक्षाको मूल कारण भने यसअघिका राष्ट्रपति डोनाल्ड ट्रम्पप्रतिको विरक्ति हो । तर, के वास्तवमै बाइडेनको पदभार ग्रहणपछि संरा अमेरिका र संसारमा कुनै परिवर्तन होला ?
संरा अमेरिकामा उदार डेमोक्रेटिक र अनुदार रिपब्लिकन पार्टीले लामो समयदेखि पालैपालो शासन गर्दै आएका छन् । संरा अमेरिकाको यस्तो राजनीतिक व्यवस्थालाई ‘दुईदलीय तानाशाही’ पनि भनिन्छ । संरा अमेरिकालाई आजको साम्राज्यवादी आकार दिन यी दुवै दलहरूको समान ‘योगदान’ छ । यी दुई दलका नीति–कार्यक्रममा स–साना अन्तर भए पनि मूलतः धेरै ठूलो र मौलिक अन्तर छैन । दुवै दल संरा अमेरिकी पुँजीपति वर्गद्वारा सञ्चालित दलहरू हुन् । दुवै दलका सरकारको मूल ध्येय संरा अमेरिकी पुँजीपति वर्गको स्वार्थ रक्षा गर्नु हो । तथापि, ट्रम्पजस्ता सन्काहा र अव्यवस्थित राष्ट्रपतिका गलत निर्णयले बितेका चार वर्षमा अमेरिकी जनताको निकै दुःख बढेको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा संरा अमेरिका नेतृत्वको पुँजीवादी देशहरूको मोर्चामा विभाजन र अन्तरविरोध बढ्यो । त्यसले संरा अमेरिकालाई त बदनाम ग¥यो नै, संसारमा पुँजीवादलाई पनि थप कमजोर बनायो । ट्रम्प सरकारको व्यवहारले पुँजीवादी देशहरूको मोर्चा ज्यादै अप्ठ्यारोमा पा¥यो । त्यसकारण यसपालिको चुनावमा ट्रम्पजस्ता सन्काहालाई पराजित गर्न अमेरिकी जनतामात्र होइनन्, अन्तर्राष्ट्रिय समुदायसमेत एकजुट भएको देखियो ।

बाइडेन सरकारबाट संरा अमेरिकाको आन्तरिक नीतिमा केही परिवर्तन हुने सङ्केत (जस्तै कोभिड–१९ विरोधी खोप र मास्कको प्रयोग) भए पनि अन्तर्राष्ट्रिय नीतिमा कुनै परिवर्तन हुने देखिंदैन । पुँजीवादी देशहरूको मोर्चासँग संरा अमेरिकाको सम्बन्धमा केही सुधार भए पनि आजको विश्वको मूल अन्तरविरोध बनेको चीनसँग उसको सम्बन्धमा उल्लेखनीय परिवर्तन सम्भव छैन । उच्च प्रविधि, अन्तरिक्ष विज्ञानमा संरा अमेरिका र पश्चिमा देशहरूको अब्बलताभन्दा चीनलाई अघि नपठाउने मुद्दामा, संसारलाई बहुध्रुवीय बनाउने विषयमा बाइडेनको नीति ट्रम्पको भन्दा फरक हुनेछैन । विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ, अन्तर्राष्ट्रिय फौजदारी अदालतलगायत बहुराष्ट्रिय निकायसँग बाइडेनको सम्बन्ध ट्रम्पको जस्तो तीतो नभए पनि इरान, प्रजग कोरिया, क्युवा, प्यालेस्टाइन, भेनेजुयलाजस्ता देशहरूप्रति अमेरिकी नीतिमा धेरै अन्तर देखिनेछैन ।

निःसन्देह व्यापारिक पृष्ठभूमिका ट्रम्पको ठाउँमा राजनीतिक पृष्ठभूमिका अनुभवी नेता बाइडेनको व्यवहारमा केही अन्तर हुनु स्वाभाविक हो । तर, त्यसको अर्थ संरा अमेरिकाको नीतिमा बाइडेनकै कारण ठूलो परिवर्तन हुन सम्भव छैन । बरु, संरा अमेरिकाको साम्राज्यवादी नीतिलाई अझ बलियो र दिगो बनाउन नै ट्रम्पजस्ता ‘तातै खाऔँ, जल्दै मरौँ’ किसिमको मानिसको सट्टा ‘मन्दविष’ किसिमको मानिसलाई निर्वाचित गरिएको छ ।
बाइडेन सरकारबाट संरा अमेरिकाको आन्तरिक नीतिमा केही परिवर्तन हुने सङ्केत (जस्तै कोभिड–१९ विरोधी खोप र मास्कको प्रयोग) भए पनि अन्तर्राष्ट्रिय नीतिमा कुनै परिवर्तन हुने देखिंदैन । पुँजीवादी देशहरूको मोर्चासँग संरा अमेरिकाको सम्बन्धमा केही सुधार भए पनि आजको विश्वको मूल अन्तरविरोध बनेको चीनसँग उसको सम्बन्धमा उल्लेखनीय परिवर्तन सम्भव छैन । उच्च प्रविधि, अन्तरिक्ष विज्ञानमा संरा अमेरिका र पश्चिमा देशहरूको अब्बलताभन्दा चीनलाई अघि नपठाउने मुद्दामा, संसारलाई बहुध्रुवीय बनाउने विषयमा बाइडेनको नीति ट्रम्पको भन्दा फरक हुनेछैन । विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ, अन्तर्राष्ट्रिय फौजदारी अदालतलगायत बहुराष्ट्रिय निकायसँग बाइडेनको सम्बन्ध ट्रम्पको जस्तो तीतो नभए पनि इरान, प्रजग कोरिया, क्युवा, प्यालेस्टाइन, भेनेजुयलाजस्ता देशहरूप्रति अमेरिकी नीतिमा धेरै अन्तर देखिनेछैन ।
केही पश्चिमा सञ्चारमाध्यमहरू बाइडेन र ओबामाजस्ता मानिसहरू देखाएर पुँजीवाद र साम्राज्यवादको उदारता र नरमपना देखाउने प्रयास गर्छन् । तर, साम्राज्यवाद भनेको नरम र गरम हुँदैन । साम्राज्यवाद आफैमा क्रुर हुन्छ । पुँजीवाद आफैमा नाफामुखी र शोषणमा आधारित हुन्छ । त्यसकारण साम्राज्यवादको अनुहार फेरिए पनि त्यसको मूल आन्तर्यमा कुनै पनि परिवर्तन हुने गर्दैन । बाघ सुध्रिएर बाख्रा खान छोड्दैन । ट्रम्पको सट्टा बाइडेन, रिपब्लिकनको सट्टा डेमोक्रेट आउँदैमा संरा अमेरिकी साम्राज्यवादको चरित्रमा परिवर्तन आउनेछैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *