भर्खरै :

फाइभजीको भू–राजनीति

संसारमा मोबाइल प्रविधिको पाँचौँ पुस्ता (5G) को विश्वव्यापी दौडमा प्रवेश गरिसकेको छ । विगत केही वर्षदेखि अन्तर्राष्ट्रिय जगतमा पाँचौँ पुस्ताको ताररहित प्रविधिको चर्चा, छलफल र बहस चुलिँदै गएको छ ।
1G वा पहिलो पुस्ताको मोबाइल प्रविधि भित्रिँदा अमेरिकी कम्पनी मोटोरोलाको मोबाइल फोन सन् १९८५ सम्ममा विश्वको कुल फोनको सत्तरी प्रतिशत थियो । दोस्रो पुस्ता अर्थात् 4G को प्रवेशसँगै अमेरिकालाई विस्थापित गरी युरोपका नोकिया, इरिक्सनलगायत नेतृत्वकर्ताको रूपमा उदय भयो । 3G र 4G को आगमन र सन् २००७ मा स्मार्टफोनको आगमनसँगै फेरि अमेरिका ताररहित प्रविधिको गुरुत्वको केन्द्र बन्यो । यता 1G र 2G प्रविधिमा सीमित मात्रामा भूमिका निर्वाह गर्न सकेको चीनले आफ्ना देशका कम्पनीहरूलाई 5G प्रविधिमा नेतृत्वदायी भूमिका निर्वाहका लागि उत्प्रेरित ग¥यो । फलतः चिनियाँ कम्पनी हुवावेले 5G प्रविधिको अध्ययन, अनुसन्धान र विकासका निम्ति दुई विलियन अमेरिकी डलर खर्चियो । जुन 5G मा अमेरिकी र युरोपका कम्पनीहरूले संयुक्तरूपमा खर्चिएको भन्दा बढ्ता हो ।
5G प्रविधिको विस्तारका लागि चीनको अधिक लगानीका कारण 3Gर 4G मा आफ्नो वर्चस्व कायम गर्न सफल अमेरिकाका अधिकारीहरू 5G को प्रतिस्पर्धामा चीनभन्दा नाटकीय रूपमै धेरै पछाडि परेको अनुभव गर्दै छन् । जसका कारण विगत केही वर्षदेखि अमेरिका र चीनबीचको व्यापार र प्रविधिको टकराव निरन्तर तीव्रतर छ । अमेरिकाको अर्थतन्त्र, राष्ट्रिय सुरक्षा, चीनको उदय, उसको उच्च प्रविधिको विकास, आर्थिक विकासका लक्ष्यलगायतका मूलभूत मुद्दाहरू 5G को विकास र विस्तारसँग जोडिएका कारण छन् भू–राजनीतिको चपेटामा परेको छ अर्थात् 5G अमेरिका र चीनबीचको भू–राजनैतिक युद्धमैदानमा परिणत हुँदै गएको छ ।
चीन र अमेरिका फाइभ जी, एआई कृत्तिम बौद्धिकता, इन्टरनेट अफ थिङ, रोबोटिक्सलगायत भावी प्रविधि उद्योगमा आफ्नो वर्चस्व स्थापित गर्न मरिमेटिरहेका छन् । शत्रुतापूर्ण प्रतिद्वन्द्वीताका कारण उनीहरू युद्धको पासो ‘थुसेडाइड्स ट्रयाप’ मा फस्दै गएको छ ।
आखिर फाइभ जी मा त्यस्तो विशेषता रह्यो र आज विश्वलाई हल्लाइराखेको छ ? किन विश्वका शक्तिशाली देशहरू फाइभ जी प्रविधिमा आफ्नो वर्चस्व कायम गर्न तँछाडमछाड गर्दै छन् ? किन यो २१ औँ शताब्दीको अर्थतन्त्रको स्नायु केन्द्र बन्ने सम्भावनाको आकलन गर्दै छ ? परिचर्चाको विषय बनेको छ ।
फाइभ जी र यसका विशेषता
प्रायः धेरैको नजरमा 5G प्रविधि 4G भन्दा गतिको हिसाबले सुधारिएको प्रविधिको रूपमा व्याख्या गर्ने गर्छ । छन् प्रविधि 4G भन्दा सय गुणा गतिवान हुने भए तापनि यसको मुख्य विशेषता विशाल र अधिक उपकरणहरू सहजतापूर्वक जोड्न सक्ने उच्च क्षमता र उपकरणहरूबीच सञ्चार स्थापित गर्न लाग्ने अति कम विलम्बता (अल्ट्रा लो लेटेन्सी) हुनु हो ।
5G को आगमनले कनेक्टीभिटीको नयाँ युग सुरु हुने छ । दैनिक जीवनका हरेक पक्षहरू र तत्वहरूमा यसको प्रत्यक्ष असर पर्ने छ । यसले स्मार्टफोनको माध्यमबाट मानिस र मानिसबीच सम्पर्क र सञ्चार स्थापित गराउने मात्र नभई अनगिन्ती वस्तुहरूले एक अर्काबीच कम विलम्बतामा हरेक दिन, पूरै दिन सञ्चार स्थापित गराउने छ । भोलिका दिनमा यसले सडक गुडिरहेका स्वचालित सवारीसाधनहरूबीच एकदमै कम समयमा आपसमा सूचना आदानप्रदान गरी दुर्घटना हुनबाट बचाउन सहयोग गर्ने छ । दुर्गम क्षेत्रका बिरामीहरूलाई टाढाको अस्पतालबाट सटिक र यथार्थपरक रोबोटिक्स चिरफार अर्थात् सर्जरी गर्न सम्भव हुने छ । 5G ले क्रान्तिकारी रुपान्तरण गर्नसक्ने अर्को क्षेत्र उद्योगधन्दा र कलकारखाना पनि हो । स्वचालित रोबोटिक्सको प्रयोगले उद्योग र कलकारखानाको दक्षतालाई सुधार गरी उत्पादकत्व वृद्धिमा ठूलो योगदान गर्ने छ ।

5G जडित एआर र भीआरको आधारमा उपभोक्ताहरूले आफ्नो बैठक कोठामा कस्ता–खाले फर्निचर उपयुक्त हुन्छ र आफ्नो शरिरमा कस्तो रङ्ग र किसिमका लुगाहरू शोभनीय हुन्छ, शरीरमा लुगा नलगाइकनै हेर्न सक्छ । त्यसैगरी उपभोक्ताहरू आफै सुपरमार्केट धाउनुको साटो सुपरमार्केट स्वयम् स्वचालित किनमेल ठेलागाडीले मागबमोजिम ट्राफिक सिस्टमसँग वार्तालाप गरी उपभोक्ताको घरैसम्म सामानहरू पु¥याउने बन्दोबस्त हुने भविष्यवाणी गरिँदै छ । भविष्यमा छन् विद्युत्भन्दा बढ्ता महत्वपूर्ण हुने आकलन छ । यसले सबै वस्तुहरूलाई जोड्ने छ र यो स्मार्ट सिटीको स्नायुकेन्द्रको रूपमा विश्वास गरिँदै छ ।
व्यापार, व्यवसाय, उद्योगधन्दा, यातायात, ऊर्जा, कृषि उत्पादन स्वास्थ्य रक्षा, शिक्षा, मनोरञ्जनलगायतका सबै क्षेत्रहरूको महत्वपूर्ण र तीव्र विकास यसमा निर्भर रहने छ । GSMA का अनुसार सन् २०२० सेप्टेम्बरमा संसारका सात प्रतिशत जनतामा प्रवेश गरेको 5G बढेर सन् २०२५ सम्ममा २० प्रतिशतमाझ पुग्ने छ ।
5G सम्बन्धी बौद्धिक सम्पत्ति
प्रसङ्ग सन् २०१३ मा माइक्रोसफ्टले नोकिया फोनको व्यापारका निम्ति ७.२ विलियन अमेरिकी डलरको मोल तोक्यो । 2G, 3G र 4G सँग सम्बन्धित अति आवश्यक पेटेन्टहरूको ठूलो हिस्सा नोकिया कम्पनीको अधीनमा रहेको र यसैको माध्यमबाट उसले हरेक वर्ष ठूलो धनराशीको रोयल्टी सङ्कलन गर्दै आएको छ । सन् २०१७ को मध्यमा एप्पल कम्पनी र नोकियाबीच बौद्धिक सम्पत्तिको विषयमा विवाद भयो । अन्तमा, विवादको निरुपण एप्पल कम्पनीले नोकियालाई करीब दुई विलियन अमेरिकी डलर तिर्ने गरी मिलान ग¥यो । यो घटनाबाट टेलिकम्युनिकेसन क्षेत्रमा पेटेन्टको महत्व दर्साउँछ ।
आइप्लेटिक्सको पछिल्लो रिपोर्टअनुसार 5G सम्बन्धी पेटेन्ट होल्डरको रूपमा चिनियाँँ कम्पनीहरू (हुवावे, जेटीई सीएटीटी, ओपो) को हिस्सा ३५ प्रतिशत रहेको र अमेरिकी कम्पनीको जम्मा १४ प्रतिशत रहेको देखाउँछ । 5G सम्बन्धी पेटेन्ट र स्टाय्न्डर्र्ड निर्माणको लागि प्राविधिक योगदान दुवैको तथ्याङ्कअनुसार चीन अग्रणी स्थानमा रहेको छ । यदि 5G प्रविधि व्यापकरूपमा लागू भए नोकियाले अघिल्लो पुस्ताको प्रविधिको पेटेन्टबाट रोयल्टी सङ्कलन गरे जस्तै चिनियाँँ कम्पनीहरूले ठूलो मात्रामा रोयल्टी सङ्कलन गर्ने सम्भावना रहेको छ । यद्यपि, पेटेन्टको सङ्ख्या बढ्दैमा चीन नेतृत्वकर्ता बन्छ नै भन्ने आधार नहुन सक्छ । दर्ता भएका सबै पेटेन्टको महत्व उति नै हुन्छ भन्ने छैन ।
स्टाय्न्डर्ड संस्थामा प्रभाव स्थापित गर्ने धुन
स्वाभाविकरूपमा 5G को स्टाय्न्डर्र्ड निर्माण गर्ने संस्थाको नेतृत्वले प्राविधिक विशिष्टीकरण (Technical Specification) निर्माण, नियन्त्रण र समन्वय गर्ने प्रक्रियामा प्रभाव पार्छ । त्यसैले संरा अमेरिका, चीन र युरोपियन युनियन स्टाय्न्डर्र्ड तयार गर्ने प्रक्रियामा आफ्नो प्रभावकारी भूमिका खोज्दै छन् । चिनियाँँ व्यापारीमाझ ‘तेस्रो तह’ को कम्पनीहरूले सामान उत्पादन गर्छन्, दोस्रो तहको कम्पनीले प्रविधि निर्माण गर्छ र पहिलो तहको कम्पनीले स्टाय्न्डर्र्ड निर्माण गर्छ भन्ने लोकोक्ति अति नै प्रचलित छ । उक्त लोकोक्ति प्रविधिको स्टाय्न्डर्र्ड निर्माणमा भूमिका बढाउनुपर्छ भन्ने मान्यतामा पनि प्रतिबिम्बित हुन्छ । त्यसैले २०१३ मा चीनको उद्योग र सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय विकास र पुनःनिर्माण आयोग र विज्ञान तथा प्रविधि मन्त्रालयको संयुक्त प्रयासमा चाइनाज् आइएमटी–२०२०(5G ) प्रमोसन ग्रुप स्थापना भयो । यसको उद्देश्य चिनियाँँ कम्पनीहरूलाई स्टाय्न्डर्र्ड निर्माण गर्ने प्रक्रियामा सहयोग गर्नु थियो । फलतः स्टाय्न्डर्र्ड निर्माण गर्ने संस्था UN,ITU, 3GPP लगायतमा चीनको प्रभाव बढ्दो छ । 3GPP (3rd Generation Partnership Project) का तीन प्राविधिक विशिष्टीकरण समूह रेडियो एक्सेस नेटवर्क (RAN), सर्भिस एन्ड सिस्टम एस्पेक्ट्स र कोर नेटवर्क एन्ड टर्मिनल (CT) को नेतृत्वकारी स्थानमा चिनियाँँ कम्पनीहरू हुवावे, सीएटीटी र चाइना मोबाइलको पकडले टेलिकम्युनिकेसन पूर्वाधारका विश्वव्यापी सप्लाई चेनमा आफ्नो स्वाद दिने अनुमान गर्दछ । सर्भिस एन्ड सिस्टम एस्पेक्ट्सको अध्यक्ष पदका लागि चुनावको माध्यमबाट अमेरिकी क्वालकम कम्पनीलाई हुवावेले हराउनु, इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (ITU) को महासचिवमा पहिलो पटक चीनको ह्वाउलिन चाउ(Houlin Zhao)निर्वाचित हुनु, स्टाय्न्डर्र्ड तयार गर्ने १४० संस्थाका २५० भन्दा बढी महत्वपूर्ण पदमा हुवावेले स्थान ओगटेका कारण प्राविधिक विशिष्टीकरण प्रक्रियामा चीनको अत्याधिक प्रभाव पर्ने छनक देखेर त्यसलाई निस्तेज पार्न अमेरिकाको पहिलो ध्यान हुवावेलाई बन्देज लगाउनेतर्फ अग्रसर भयो ।

सन् २०२० मार्चमा विश्व बौद्धिक सम्पत्ति संस्था (WIPO) को महानिर्देशक पदका लागि भएको चुनावमा चिनियाँँ उम्मेदवारलाई भोट नगर्न अन्य देशहरूलाई चेतावनी दिँदै सिङ्गापुरका दारेन ट्याङ्ग (Daren Tang) का पक्षमा अमेरिका लाग्नु र चिनियाँँ उम्मेदवार वाङ विन्याङ (Wang Binying) लाई पराजित गर्नसक्नुमा उसको कूटनैतिक सफलता ठान्नु यसैको सिलसिला हो ।
स्पेक्ट्रम छनोट र लिलामी
5G लाई सफल बनाउन स्पेक्ट्रम (spectrum) र यसको नियमनले आधारभूतरूपमै महत्वपूर्ण भूमिका निर्वाह गर्छ । उचित स्पेक्ट्रम छनौट र निर्धारणले 5G को दौडमा को विजय हुने भन्नेमा भूमिका खेल्छ । अमेरिकी प्रविधि क्षेत्रका विश्लेषकहरू गलत स्पेक्ट्रम छनौट र निर्धारणका कारण 5Gको प्रतिस्पर्धामा चीन पछाडि पर्नेमा चिन्ता व्यक्त गर्छ ।5Gप्रविधिको सफल प्रयोगका लागि मिड ब्यान्ड (Mid band)अर्थात् सी ब्यान्ड (C–Band)स्पेक्ट्रमलाई गोल्डीलक स्पेक्ट्रम (Goldilocks Spectrum) को रूपमा व्याख्या गर्ने गरिन्छ । बृहत् भौगोलिक क्षेत्र समेट्नुको साथै तीव्रगतिमा सम्बन्ध र सञ्चार स्थापित गर्नसक्ने क्षमताका कारण यो स्पेक्ट्रम 5G का लागि उचित मानिन्छ । चीनले सी ब्यान्डलाई 5G को व्यवसायिक फिक्वेन्सीको रूपमा विश्व बजारमा प्रयोग गरिसकेको छ । उसले हालसम्म करीब सात लाख वेसस्टेसन निर्माण गरिसकेको छ भने सन् २०२१ मा थप ६ लाख वेसस्टेसन निर्माण गर्ने घोषणा गरिसकेको छ । यता अमेरिकाले हाइब्यान्ड(HighBand) स्पेक्ट्रमको प्रयोग गर्ने सोचमा थियो । 5G का लागि उच्च फिक्वेन्सी छनौट गरे ग्रामीण भेगमा यसले काम गर्न नसक्ने हुँदा सी ब्यान्ड नै छनौटका निम्ति विज्ञहरूले सुझाव र दबाब दिइरहेका छन् ।
संरा अमेरिकामा सी ब्यान्ड स्पेक्ट्रमका 3.7GHz देखि 4.2 GHz को फिक्वेन्सी ब्यान्ड टीभी प्रसारण र रेडियो सेवाका लागि प्रयोग हुँदै आएको छ । ती फिक्वेन्सीहरू 5G का लागि उपयोग गर्न स्याटेलाइट कम्पनीहरूले खाली गरिदिनुपर्ने हुन्छ । सन् २०२१ को अन्तसम्म ती फिक्वेन्सी खाली गरिदिने विश्वास गरिएको छ । अमेरिकाले सी ब्यान्ड फिक्वेन्सी 3.7GHz (गिगाहर्ज) र 3.98 गिगाहर्जबीचको स्पेक्ट्रम छन् का लागि लिलामी (Auction) सन् २०२० डिसेम्बर ८ देखि मात्र सुरु गरेको छ । चीनमा फिक्वेन्सी ब्यान्डअन्य देशमा जस्तै लिलामीका आधारमा नभई जिम्मेवारी प्रदान गरिने भएकोले चिनियाँँ कम्पनीहरूले लाइसेन्सका लागि अरबौँ खर्चिन नपर्नु र ती अरबौँ रकम अनुसन्धान र पूर्वाधार निर्माण र विकासमा प्रयोग गर्नु पाउनुले अमेरिकी र युरोपियन कम्पनीहरूको भन्दा उनीहरू सुविधाजनक स्थान रहन पाउनु महत्वपूर्ण पक्ष हो ।
बजार, व्यापार र सुरक्षा
ह्वाइट हाउस अफिस अफ साइन्स एन्ड टेक्नोलोजी पोलिसी अमेरिकाका चिफ टेक्नोलोजी अफिसर मिखाइल काट्सिओस् (Michael Kratsios) सूचना र प्रविधिको युगमा जसले वायरलेस प्रविधिमा जित हासिल गर्छ, उसैले संसारको नेतृत्व गर्छ भन्ने मान्यता राख्छ । चीन 5G  प्रविधि अङ्गीकार गर्ने पहिलो देश भएको नाताले फाइदा उसले लिने सम्भावना बढी हुन्छ । संवेदनशील पूर्वाधार उपलब्ध गराउने कम्पनीको हातमा दशकौँसम्म त्यसको साँचो प्राप्त गरे सरह हुने हुँदा चिनियाँँ कम्पनीको बजार विस्तार भए 5G मा चीनको एकाधिकार हुने चिन्ता अन्य देशमा रहँदै आएको छ ।
अमेरिकाका पूर्वसभामुख न्युट गिङरिच (Newt Gingrich) ले अमेरिकाको काङ्ग्रेसमा प्रस्तुत गरेको ‘5GM : America at a Tipping Point’ रिपोर्टमा डरलाग्दो परिदृश्यको परिकल्पना गरेका छन् । रिपोर्टमा उनी लेख्छन्, “तपाईं कल्पना गर्नुस् यदि चिनियाँ अधिनायकवादले इन्टरनेट प्रविधिमा शासन गरे तपाईंका मोबाइल फोनहरू पेइचिङ्गको निगरानीमा रहने छ, तपार्इंका सर्च इन्जिनहरू चिनियाँँ अधिकारीको सेन्सरमा पर्ने छ, तपाईंका अनुहारको पहिचान संसारको जुनसुकै क्षेत्रमा पछ्याउने छ र त्यसको अभिलेख चीनमा हुने छ । संसार अविश्वसनीय ढङ्गबाट यस्तो हुने छ यदि हामी 5G इन्टरनेट प्रणाली निर्माण गर्नमा अलमल र अव्यवस्थित भयौँ भने ।” माथिको रिपोर्टको अंशले अमेरिका जस्तोसुकै मूल्य चुकाउन परे पनि 5G प्रविधिमा चीनको दबदबालाई न्यूनीकरण गर्न चाहन्छ भन्ने प्रस्ट हुन्छ । आफ्ना नजिकका फाइभ आइज  (Five Eyes) देशहरू र अन्यलाई 5G प्रविधिमा हुवावेको पूर्वाधार प्रयोग नगर्न चेतावनी दिइरहेका छन् । अमेरिकाले हुवावेलाई कूटनैतिक चेस खेलको मोहरा बनाएको विश्लेषकहरूको ठम्याइ छ । अन्य देशहरूले हाल आएर हुवावेको सुरक्षा प्रणालीको विषयमा चासो लिइरहेका छन् । पश्चिमेली देशहरूले 5G प्रविधिको बजारमा चीनको प्रभुत्वलाई न्यूनीकरण गर्न देशअनुसार फरक–फरक बाटो अवलम्बन गरिरहेका छन् । चीनबाट उत्पादित प्रविधिलाई आफ्नो बजारमा रोक्नका लागि विशेष ध्यान दिइरहेको छ ।
यद्यपि, हुवावेले 5G प्रविधिको लागि इटाली, जर्मनी, फ्रान्स, स्वीजरल्यान्ड, पोर्चुगल, यूएई, ब्राजिल, रसिया र इन्डोनेसियालगायतका देशहरूसँग सम्झौता गरिसकेको छ । प्रतिस्पर्धी कम्पनीले प्रस्ताव राख्ने नेटवर्क उपकरणको मूल्त्र्न्दा आधा मूल्यमा उनीहरूको भन्दा गुणस्तरीय उपकरण दिनसक्ने एक प्रकारको अलौकिक क्षमताका कारण अन्य कम्पनीले हुवावेसँग प्रतिस्पर्धा गर्नसक्ने क्षमतामा क्षयीकरण गरिदिएको छ । प्रविधिका हिसाबले सानो बजार हिस्सा र पुँजीका आधारमा नोकिया र इरिक्सन हुवावेभन्दा धेरै पछाडि रहेको र उनीहरूको ध्यान पश्चिमेली देशमै केन्द्रित हुनुपर्दा सानो सङ्ख्याको नेटवर्क अपरेटर र ठूलो पुँजी लगानी गर्न नसक्ने देशहरूले 5G नेटवर्कमा हुवावेको प्रविधिलाई घटाउनै नसक्ने परिस्थितिमा छ ।

(लेखक इन्जिनियर समाज नेपालका अध्यक्ष हुनुहुन्छ)

One response to “फाइभजीको भू–राजनीति”

  1. saroj phaiju says:

    please correct typing mistakes

Leave a Reply

Your email address will not be published. Required fields are marked *