भर्खरै :

पाप धुरीबाट कराउँछ

बितेका दुई शताब्दीमा संरा अमेरिका जुन जगमा उभिएको थियो, त्यो जगलाई कमजोर बनाउन कोभिड–१९ महामारी एउटै मात्र चुनौती पक्कै थिएन । संरा अमेरिकामा गत जनवरी ६ मा भएको जस्तो नागरिक विद्रोह होला भनी कमैले मात्र कल्पना गरेको होला । राष्ट्रपति पद छोडेर घर जान लागेका ट्रम्पका समर्थकहरू त्यो दिन हुल बाँधेर अमेरिकी संसद भवनभित्र अनधिकृत पसेका थिए ।
सन् २०२० को नोभेम्बर महिनामा भएको अमेरिकी राष्ट्रपति निर्वाचनमा विजयी भएका जो बाइडेनलाई औपचारिकरूपमा विजयको घोषणा गर्न रोक लगाउनु नै ट्रम्प समर्थकहरूको त्यो दिनको लक्ष्य थियो । ट्रम्पले बाइडेनबाट आफू पराजित भएको कुरा स्वीकार्न सकेका छैनन् । उनले आफ्नो समर्थकहरूलाई त्यही भएर उपद्रवको लागि उक्साएका थिए । संरा अमेरिकी प्रजातन्त्रको सबभन्दा सम्मानित प्रतीक बनेको संसदभवनमा यसअघि कहिल्यै नभएजस्तो हमलालाई अमेरिकी लोकतन्त्र क्रमशः कमजोर बन्दै गएको उदाहरणको रूपमा लिनु उपयुक्त हुन्छ ।
अमेरिकी संसदमा भएको घटनाले विगतमा अफ्रिकी देशहरूमा हुने गरेका विद्रोहको झझल्को दिलायो । अफ्रिकी देशमा यस्ता सत्ताकब्जाका घटना भइरहेका हुन्छ । अफ्रिकी देशहरू त्यस्ता घटना बिर्सन रुचाउँछन् । अफ्रिकी देशहरू उपनिवेशवादबाट मुक्त भइरहेका वर्षमा त्यहाँका प्रजातान्त्रिक सरकारहरू सधैं जोखिममा हुन्थे । कुनै पनि दिन व्यारेकमा बसेका सिपाहीं बाहिर आएर हठात् सत्ता कब्जा गर्न सक्थे ।
शीतयुद्धको समयमा तत्कालीन सोभियत सङ्घप्रति झुकाव भएका अथवा तटस्थ भूमिकामा रहेका सरकारलाई हिंसा र दबाबमार्फत सत्ता परिवर्तन गराउनेमा संरा अमेरिकी संलग्नता हुने आरोप लाग्थ्यो ।
पाप धुरीबाट कराउँछ भन्ने एउटा उखान छ । वस्तुतः वाशिङ्टनमा जे भयो उसले ‘असफल राज्य’ भन्ने गरेका देशमा उसले गर्न लगाउने कामभन्दा कुनै भिन्नता छैन ।
जनवरी ७ मा संसारका नेताहरूले हतार हतार उनीहरूकै शब्दमा अमेरिकामा भएको दुर्भाग्यपूर्ण घटनाको लागि चिन्ता व्यक्त गरे । संरा अमेरिकाका प्रमुख सहयोगी देशहरू बेलायत, क्यानाडा र अस्टे«लियाले वाशिङ्टनमा भड्केको हिंसाप्रति आश्चर्य व्यक्त गर्दै आक्रोश पनि पोखे । संयुक्त राष्ट्र सङ्घ र युरोपेली सङ्घले संरा अमेरिकाको सो घटना विश्वव्यापी रूपमै प्रजातन्त्रमाथिको ठुलो धक्का भएको भनी सो घटनालाई महत्व दियो ।

ट्वीटर, फेसबुक, इन्स्टाग्राम र युट्युबजस्ता प्रमुख सामाजिक सञ्जालले संसारको सबभन्दा शक्तिशाली देशका राष्ट्रपतिलाई उनको प्रजातन्त्रविरोधी, घृणा र उत्तेजना फैलाउने अभिव्यक्तिको लागि निस्तेज बनाउन सक्छ भन्ने कुरा पनि यतिबेला देखियो । अमेरिकी संविधानको पहिलो संशोधनमा उल्लेखित एक जना व्यक्तिले आफूलाई मन लागेको जे पनि घृणा फैलाउने अभिव्यक्ति दिन नपाउने कुरामा केही दम भएको यसबाट देखिन्छ ।

संरा अमेरिकालाई अरू कुनै पनि बेलाभन्दा यतिबेला प्रजातन्त्रको खाँचो परेको छ । आजको घटनाक्रमले त्यहाँको प्रजातन्त्र मात्र असफल भएको होइन, बरु कानुनको आँखामा सबै समान मानिएको देश संरा अमेरिकामा नागरिक अवज्ञाले सबै ढोडा च्यातचुत गरिदिएको छ । अन्ततः संरा अमेरिकाको राजनीतिमा जातिवाद संस्थागतरूपमै बलियो भएको देखियो । पर्यवेक्षकहरूले तत्कालै संरा अमेरिकी राजनीति प्रणालीको पाखण्डतिर औँल्याए । सानोभन्दा सानो विषयमा पनि संरा अमेरिकी राजनीतिक व्यवस्थाले अफ्रिकी अमेरिकीहरू र अन्य समुदायका मानिसहरूलाई शिकार बनाउने गरेको छ । तर, मुख्यतः गोरा प्रदर्शनकारीहरू सहभागी रहेको बुधबार क्यापिटोलमा भएको प्रदर्शन रोक्न भने अमेरिकी राजनीतिक व्यवस्थाले आधा मनले काम ग¥यो ।
ट्वीटर, फेसबुक, इन्स्टाग्राम र युट्युबजस्ता प्रमुख सामाजिक सञ्जालले संसारको सबभन्दा शक्तिशाली देशका राष्ट्रपतिलाई उनको प्रजातन्त्रविरोधी, घृणा र उत्तेजना फैलाउने अभिव्यक्तिको लागि निस्तेज बनाउन सक्छ भन्ने कुरा पनि यतिबेला देखियो । अमेरिकी संविधानको पहिलो संशोधनमा उल्लेखित एक जना व्यक्तिले आफूलाई मन लागेको जे पनि घृणा फैलाउने अभिव्यक्ति दिन नपाउने कुरामा केही दम भएको यसबाट देखिन्छ ।
संरा अमेरिकामा प्रजातन्त्र र कानुनी शासन पुनः स्थापना गर्न केही समयमा नै केही हुन आवश्यक छ । पहिलो, जनवरी ६ मा भएको घटनाको लागि वास्तविक उत्र्तप्रेरक को हो भन्ने अनुसन्धान राज्यका अनुसन्धान निकायले गर्नुपर्छ । त्यसको निम्ति दोषी सङ्गठन र निकाय पहिचान गरिनुपर्छ । सङ्घीय अनुसन्धान व्युरोको लागि सो घटनाबारे काम थालनी गर्न झण्डै २४ घण्टा किन लाग्यो भन्ने विषयमा प्रश्न उठेको छ । त्यसले राज्यको मनसायप्रति शङ्का पनि गरिएको छ । दोस्रो, संरा अमेरिकी प्रणाली कमजोर पुष्टि हुने गरी क्यापिटोल हिलमा हुलदङ्गा गर्ने सबै मानिसलाई कानुनबमोजिम दण्डसजाय हुनुपर्छ ।
तथापि, ट्रम्पको हातमा अझै पनि आणविक हातहतियारको साँचो भएको हुनाले २५ औं संशोधनको आह्वानलाई पनि सावधानीका साथ लिइनुपर्छ । यो संशोधनले राज्य शक्तिमा निकायमाथि उनको पहुँचलाई केही सीमित बनाइदिन्छ । त्यसले ट्रम्पका छुल्याहा समर्थकहरूलाई अझ बढी उत्तेजित बनाउन सक्छ । जुनसुकै अवस्थामा पनि आगामी १२ दिन अमेरिकाको लागि अझ जोखिमपूर्ण हुनसक्छ ।
जनवरी २० पछि संरा अमेरिकाले गम्भीर रूपमा आफ्नो मूल बाटोको खोजी गर्न जरुरी छ । जनवरी ६ को हिंसाको निम्ति ट्रम्प मूल कारक नभई उतोलक मात्र पनि हुनसक्छ । संरा अमेरिका संयमित हुन जरुरी छ । प्रतिकूल अवस्थाबाट प्रणालीका समस्या समाधानको खोजी गर्नुपर्छ ।
(लेखक नैरोबीका सूचनाविज्ञ तथा संरा अमेरिकी अफ्रिकी अन्तर्राष्ट्रिय विश्वविद्यालयका लेक्चरर हुनुुुहुन्छ ।)
स्रोत : सीजीटीएन
नेपाली अनुवाद : अजित

Leave a Reply

Your email address will not be published. Required fields are marked *