भर्खरै :

संरा अमेरिकाको वास्तविक शत्रु को हो ?

संरा अमेरिकाको राष्ट्रिय सुरक्षाको सबभन्दा ठूलो चुनौती को हो ? संरा अमेरिकाले विशेषतः चीन र रुसतिर औँल्याउँदै बाह्य चुनौतीबारे हल्लाखल्ला गरेको हामीले धेरै पटक सुनेका छौँ । तथापि, गत जनवरी ६ मा संरा अमेरिकाको संसद् भवनमा भएको अराजकताले अन्तर्राष्ट्रिय सम्बन्धका विद्वानहरूलाई सोच्नको लागि नयाँ खुराक प्रदान गरेको छ ।
‘द कन्भर्सेसन’ को अस्टे«लिया संस्करणमा प्रकाशित एउटा लेखमा योर्क विश्वविद्यालयका विद्वान सादिया मारियम मलिकले संरा अमेरिकाको संसद् भवनमा हामीले देखेको आन्तरिक द्वन्द्व र सार्वजनिक अस्थिरताले ‘मानव जीवन र राज्यको स्थायित्वको लागि चुनौतीको प्रमुख स्रोतको रूपमा बाह्य सैनिक हमलालाई विस्थापन गरेको’ देख्यौँ । संरा अमेरिकाले पनि यो चेतावनीलाई गम्भीरतापूर्वक लिएको हुनुपर्छ ।
संसद् भवनमा भएको उपद्रवले संरा अमेरिकी राजनीतिक र सामाजिक क्षेत्रमा यसअघि कहिल्यै नभएजस्तो अराजक अवस्था निम्त्याएको छ । तेलको भण्डारमा आगोको सानो झिल्कोले जस्तो काम गर्छ, संसद् भवनको उपद्रवले अमेरिकी राजनीतिक र सामाजिक क्षेत्रमा त्यस्तै प्रभाव पारेको छ । अमेरिकालाई अन्धकार समयमा धकेलेको अराजक अवस्था तत्काल शान्त भए पनि संरा अमेरिकी गुप्तचर विभागले वाशिङ्टन डीसीलगायत सबै पचास वटै राज्यमा ‘सशस्त्र प्रदर्शन’ को सम्भावनालाई नकारेको छैन । विशेषतः राष्ट्रपति पद हस्तान्तरण कार्यक्रममा त्यस्ता प्रदर्शन हुने सम्भावना रहेको सीएनएनले जनाएको छ ।
संसद् भवनमा हमला, सन् २०२० मा फैलिएको जातिवादविरोधी प्रदर्शन र तीव्रगतिमा फैलिरहेको अनियन्त्रित महामारीले संरा अमेरिकी व्यवस्था क्रमशः कुहिंदै गएको र ज्यादै बिरामी भएको प्रमाणित गर्न मनग्य छ । गहिरो अन्तरविरोधमा फसेको संरा अमेरिका आज लगातारको आन्तरिक सङ्कटले कमजोर बनेको छ । संरा अमेरिकाको आन्तरिक विभाजन आज टाल्नै नमिल्ने गरी फराकिलो बनिसकेको छ । राजनीतिक र सामाजिक ध्रुवीकरणले घृणा, हिंसा एवम् अराजकताको जोखिम बढेको छ । कुनै पनि बेला संसद् भवनमा भए अराजक अवस्था पुनः दोहोरिन सक्छ ।
के अमेरिकी समाजको विभाजन टाल्न सकिन्छ वा यो अझ च्यातिंदै जानेछ ? के संरा अमेरिका अब थप अराजकतातिर अघि बढ्छ अथवा स्थायित्वतिर जान्छ ? यदि संरा अमेरिकाले आफ्नो राष्ट्रिय सुरक्षाको वास्तविक खतरा पहिल्याउन नसके र आफूभित्र आफ्नो सबभन्दा ठूलो शत्रु भएको कुरा बुझ्दैन, यो देशको भविष्य अझ जोखिमपूर्ण हुनेछ ।

संसद् भवनमा भएको उपद्रवले संरा अमेरिकी राजनीतिक र सामाजिक क्षेत्रमा यसअघि कहिल्यै नभएजस्तो अराजक अवस्था निम्त्याएको छ । तेलको भण्डारमा आगोको सानो झिल्कोले जस्तो काम गर्छ, संसद् भवनको उपद्रवले अमेरिकी राजनीतिक र सामाजिक क्षेत्रमा त्यस्तै प्रभाव पारेको छ । अमेरिकालाई अन्धकार समयमा धकेलेको अराजक अवस्था तत्काल शान्त भए पनि संरा अमेरिकी गुप्तचर विभागले वाशिङ्टन डीसीलगायत सबै पचास वटै राज्यमा ‘सशस्त्र प्रदर्शन’ को सम्भावनालाई नकारेको छैन । विशेषतः राष्ट्रपति पद हस्तान्तरण कार्यक्रममा त्यस्ता प्रदर्शन हुने सम्भावना रहेको सीएनएनले जनाएको छ ।

संरा अमेरिका किन यस्ता गम्भीर सङ्कटमा फस्दै छ ? यसको एउटा प्रमुख कारण त वाशिङ्टनले लामो समयसम्म आफ्ना घरेलु समस्याप्रति ज्यादै थोरैमात्र चासो देखायो । उसले आफ्ना वैचारिक शत्रुहरू खोज्नेमा बढी चासो राख्यो । भूराजनीतिक प्रतिस्पर्धामा बढी संलग्न भयो । अनि प्रमुख शक्तिहरूसँग निहुँ खोज्ने काम गरिरह्यो । सन् २०१७ को संरा अमेरिकी राष्ट्रिय सुरक्षा रणनीतिले ‘अन्तरदेशीय रणनीतिक प्रतिस्पर्धा’ नै आफ्नो प्राथमिक सुरक्षा चासो भएको उल्लेख छ ।
राष्ट्रिय सुरक्षा र चासोको ‘प्रतिबद्ध’ रक्षकको रूपमा संरा अमेरिकाले ‘चिनियाँ खतरा’ वा ‘रुसी खतरा’ को हो–हल्ला गरिरहेको छ । उदाहरणको लागि, संरा अमेरिकी राष्ट्रिय गुप्तचर विभागका निर्देशक जोन रटक्लिफले सन् २०२० को डिसेम्बरमा चीनलाई ‘एक नम्बरको राष्ट्रिय खतरा’ को संज्ञा दिएका थिए । उनले आजको संरा अमेरिकाको लागि चीन नै सबभन्दा ठूलो खतरा भएको आरोप लगाएका थिए । उनले दोस्रो विश्वयुद्धपछि प्रजातन्त्र र स्वतन्त्रताको लागिको चीन विश्वव्यापी खतरा भएको पनि उनको दाबी थियो । संरा अमेरिकामा नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आफ्नो चुनावी अभियानको क्रममा रुस वाशिङ्टनको लागि सबभन्दा ठूलो चुनौती भएको बताएका थिए ।
शीतयुद्ध यता संरा अमेरिका नै संसारको एउटामात्र महाशक्ति देश हो । संरा अमेरिकाले विदेशी शत्रुको रूपमा अरू देशलाई चित्रण गर्न जतिसुकै प्रयास गरे पनि कोही पनि विदेश शक्तिलाई संरा अमेरिकाजस्तो ठूलो देशलाई ध्वस्त बनाउन सक्दैन ।
तर, के कथित विदेशी शत्रुले अमेरिकी एकतालाई बलियो बनाउन सक्ला ? संरा अमेरिकाले आफ्ना घरेलु अन्तरविरोध समाधान गर्न, वैचारिक पूर्वाग्रहबाट मुक्त हुन, आफ्नो राजनीतिक प्रणाली नै अब्बल भएको घमण्ड त्याग्न र ठूला शक्तिहरूसँग दुश्मनी मोल्नुभन्दा सहकार्य गर्न बढी स्रोत र ऊर्जा प्रयोग गरेको भए आज उसको आन्तरिक अवस्था यस्तो हुने थिएन ।
संरा अमेरिकाजस्तो देशलाई कमजोर आफ्नै आन्तरिक कारणले मात्र बनाउन सक्छ । संरा अमेरिकाले भोगिरहेको आन्तरिक समस्या नै त्यो देशको सबभन्दा ठूलो शत्रु हो । अब प्रश्न के हो भने संरा अमेरिकाले यो डावानलबाट निकाल्ने हिम्मत भएको शक्ति को हो ?
स्रोत :ग्लोबल टाइम्स
नेपाली अनुवाद : अजित

Leave a Reply

Your email address will not be published. Required fields are marked *