भर्खरै :

फोर्ट डेट्रिक प्रयोगशाला र अमेरिकी जैविक हतियार

चीनको उहान इन्स्टिच्युट अफ भाइरोलोजीको सम्बन्धमा संरा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले गत जनवरी महिनामा प्रचारबाजी गरेको ‘प्रयोगशालाबाट भाइरस चुहावटको व्याख्या’ लाई महिनौँपछि चीन–विश्व स्वास्थ्य सङ्गठनको संयुक्त कार्यदलले अन्ततः त्यो अपुष्ट आरोप खारेज ग¥यो । त्यो आरोपले चीनको बद्नामीमात्र गरेको थिएन बरू संसारभर चीनप्रतिको त्रास (साइनोफोबिया) पनि बढाउन टेवा पु¥याएको थियो ।
“हाम्रो अध्ययनले प्रयोगशालाबाट चुहिएर मानिसमा यो भाइरस फैलिएको परिकल्पना सही नभएको देखाएको छ । त्यसकारण भाइरसको उत्पत्तिबारे भविष्यमा हुने थप अध्ययनको लागि यो परिकल्पना उपयोगी हुने देखिएन”, सन् २०२१ को जनवरी ९ मा आयोजित पत्रकार भेटघाटमा चीन–विश्व स्वास्थ्य सङ्गठनको संयुक्त कार्यदलका सदस्य पिटर बेन इमबारेकले भनेका थिए ।
विश्व स्वास्थ्य सङ्गठनका विज्ञहरूले ‘(अमेरिकाको) फोर्ड डेट्रिक प्रयोगशालाबारे सत्य किन छोपियो भन्ने कुराको वास्तविकता व्याख्या गर्न’ संरा अमेरिकामा अनुसन्धानको माग गरिरहेका छन् । जुन महिनामा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले त्यही कुरा दोहो¥याए । यो वर्षको सुरूमा विदेश मन्त्रालयका अर्का प्रवक्ता ह्वा चुनयिङले पनि यही कुरा उठाएकी थिइन् ।
“संरा अमेरिकाले फोर्ड डेट्रिकको जैविक प्रयोगशाला अनुसन्धानको लागि खोल्नुपर्छ । विदेशमा रहेका दुई सत्र्न्दा बढी अमेरिकी जैविक प्रयोगशालालाई पनि थप पारदर्शी गरिनुपर्छ । विश्व स्वास्थ्य सङ्गठनका विज्ञहरूलाई भाइरसको उत्पत्तिको खोजअनुसन्धानको लागि आमन्त्रण गर्नुपर्छ”, जनवरी १८ मा आयोजित पत्रकार भेटघाटमा प्रवक्ता ह्वाले भनेकी थिइन् ।
त्यसका साथै वेनबिन र चिनिया रोग नियन्त्रण केन्द्रका प्रमुख सुरूवा रोगविज्ञ चेङ क्वाङले दोस्रो विश्वयुद्धमा जापानी साम्राज्यवादी सेनाको कुख्यात ७३१ एकाइले गरेको अमानवीय जैविक वैज्ञानिक अनुसन्धान र संरा अमेरिकी सङ्क्रामक रोग सैनिक अनुसन्धान प्रतिष्ठान (युएसएमरिड) ले फोर्ड डेट्रिकमा गरेको अनुसन्धानबीच सम्बन्ध भएको कुरा बताएका थिए ।
फोर्ड डेट्रिकः किन त्यसको महत्व छ ?
संरा अमेरिकाको सबभन्दा ठुलो जैविक–रसायनिक हतियार अनुसन्धान केन्द्र लामो समय विवादास्पद रहँदै आएको छ ।

डेट्रिकको सूक्ष्मजीवविद् ब्रुस इ इर्भिन्सको लापरबाहीको कारण केही दिनपछि पाँच जना मानिसको निधन हुनुको साथै सत्र जना मानिसलाई एन्थ्राक्स सङ्क्रमण भएको थियो । एन्थ्राक्स जीवाणु ती मानिसहरूलाई हुलाकबाट पठाइएको थियो । सन् २००८ मा ‘अत्यन्त सम्मानित’ ती वैज्ञानिकलाई एफबीआईले पक्राउ गरेपछि उनले आत्महत्या गरेको बताइयो ।

स्टेफन किनजरले आफ्नो पुस्तक ‘प्रिज्नर इन चिफः सिड्नी गोटलेब एन्ड द सीआईए सर्च फर माइन्ड कन्ट्रोल’ मा वर्णन गरेजस्तो संरा अमेरिकी केन्द्रीय गुप्तचर विभाग सीआईएको दिमाग नियन्त्रण कार्यक्रम एमके–अल्ट्रा सञ्चालन भएको ठाउँको रूपमा मात्र फोर्ड डेट्रिक चिनिएको छैन, बरू ‘विशेष कारबाही विभाग’ को जन्मथलोको रूपमा पनि यो ठाउँ चर्चित छ । सन् १९४९ को बसन्त याममा फोर्ट डेट्रिकमा सैनिक प्रयोजनको लागि टक्सिन (विषाक्त जीवाणु) को प्रयोगबारे रसायनशास्त्रीहरूको एउटा गोप्य टोलीले सघन अनुसन्धान गरेको थियो । सन् १९४२ मा चीनमा जापानी सेनाले गरेको जीवाणु युद्धबाट सिकेर संरा अमेरिका त्यस्तो अनुसन्धान गर्न उत्साहित भएको थियो । त्यही वर्ष अमेरिकी सेनाले सर्वसाधारण नागरिकको सहभागिता रहने ‘युद्धको लागि जगेडा सेवा’ अन्तर्गत आक्रामक जैविक युद्ध (बीडब्ल्यू) परियोजना लागू गरेको थियो ।
जापानले जैविक युद्धको प्रयोग धेरै ठाउँमा गरेको थियो । तर, ७३१ नं एकाइले गरेको प्रयोग भने अझ कुख्यात थियो । त्यो एकाइ सन् १९३६ मा गठन भएको थियो । मञ्चुरियाको जापान नियन्त्रित क्षेत्रअन्तर्गत हार्बिन नजिक त्यो एकाइको आधारथलो थियो । सन् २०१४ को अप्रिलमा क्याम्ब्रिजको त्रैमासिक जर्नल ‘हेल्थ केयर इथिक्स’ मा प्रकाशित लेखमा यसबारे विस्तृत चर्चा गरिएको छ । त्यो लेखको शीर्षक थियो – ‘दोस्रो विश्वयुद्धपछि जापानी युद्धकालीन अमानवीय प्रयोगप्रति संरा अमेरिकी प्रतिक्रियाः राष्ट्रिय सुरक्षा र युद्धकालीन आपतकाल ।’
‘जैविक युद्ध र जैविक आतङ्कवादको इतिहास’ मा हामीले पढेका छौँ – ‘७३१ नं एकाइ र संरा अमेरिकी जैविक युद्ध कार्यक्रमको वैज्ञानिक अनुसन्धानबीच धेरै समानता छन् । जस्तै अध्ययन गरिएका जैविक तत्वको प्रकारबारे खोज र घातक नभएका व्याक्टेरियाका प्रजातिको हतियारका रूपमा छर्ने प्रयोग आदि ।’
जोन डब्ल्यू पावेलले सन् १९८० मा सम्बद्ध एसियाली विद्वान्हरूको बुलेटिनमा प्रकाशित ‘जापानी व्याक्टेरिया युद्धः संरा अमेरिकाले लुकाएको युद्धअपराध’ शीर्षकको धमाकेदार लेखले पनि यी कुरा पुष्टि गरेको छ ।
संरा अमेरिकाले ‘७३१ नं एकाइका जापानी सैनिक वैज्ञानिकहरूलाई युद्ध अपराधवापतको सजायबाट गोप्यरूपमा जोगाएको’ थियो । सन् १९८८ मा क्यालिफोर्निया स्टेट नर्थसेल्डन विश्वविद्यालयमा इतिहासका प्राध्यापक सेल्डन ह्यारिसले यो कुरा लेखेका छन् । तर, कानागावा विश्वविद्यालयका प्राध्यापक त्सुनेशी केइचीले जापानी अखबार ‘कानागावा शिम्बुन’ मा सन् २००५ को अगस्ट १८ मा सार्वजनिक गरेको वक्तव्यमा लेखेका थिए, “जापानी वैज्ञानिकहरूलाई पैसा दिएर उनीहरूका अनुसन्धानका परिणाम र निष्कर्ष किनिएको थियो ।” यही दाबी सन् १९९५ को मार्च १८ मा ‘द न्यु योर्क टाइम्स’ मा प्रकाशित ‘७३१ एकाइका अपराध’ शीर्षकको लेखमा पनि गरिएको थियो ।
फोर्ट डेट्रिकबारे आजको विवाद– के गर्न सक्छौँ ?
सन् १९६९ को नोभेम्बर २५ मा संरा अमेरिकाका तत्कालीन राष्ट्रपति रिचर्ड निक्सनले जैविक हतियारको प्रयोगप्रति खेद व्यक्त गरेका थिए । त्यसको ६ वर्षपश्चात संरा अमेरिकी वैज्ञानिक थोमस एन कारामेउस्सिनेसले विफरको किटाणु अझै पनि अवैध रूपमा अमेरिकामा लुकाएर राखिएको उल्लेख भएको व्यक्तिगत सङ्ग्रह (मेमो) प्रकाशित भयो । उनी विफरका किटाणुको रक्षा गर्ने परियोजनाका निर्देशक थिए । आफ्नो सो मेमोमा वैज्ञानिक कारामेउस्सिनेसले सीआइएका निर्देशक विलियम इ कोब्लेलाई विफरका किटाणुको सुरक्षा गर्ने उपायबारे समेत उल्लेख गरेका थिए । प्रतिवर्ष ७५ हजार अमेरिकी डलर लिने गरी बेक्टन–डिकिनसन नामको निजी कम्पनीले सो जीवाणुको ‘भण्डारण र सुरक्षा गर्ने’ उनले लेखेका थिए ।
सन् १९७७ मा ‘सेरिसिया मरसेनसेन्स’ व्याक्टेरियाको लगातारको प्रयोगबारे अमेरिकामा धेरै चरणको संसदीय सुनुवाइ भएको थियो र त्यसको कडा आलोचना पनि भएको थियो । सम्भवत त्यही व्याक्टेरियाको कारण त्यत्तिबेला स्टानफोर्डमा धेरैलाई पिसाब नलीमा सङ्क्रमणको रोग फैलिएको थियो ।
डेट्रिकको सूक्ष्मजीवविद् ब्रुस इ इर्भिन्सको लापरबाहीको कारण केही दिनपछि पाँच जना मानिसको निधन हुनुको साथै सत्र जना मानिसलाई एन्थ्राक्स सङ्क्रमण भएको थियो । एन्थ्राक्स जीवाणु ती मानिसहरूलाई हुलाकबाट पठाइएको थियो । सन् २००८ मा ‘अत्यन्त सम्मानित’ ती वैज्ञानिकलाई एफबीआईले पक्राउ गरेपछि उनले आत्महत्या गरेको बताइयो ।
इर्भिन्सकै नियति भोगेका थिए– सीआईएका अधिकारी फ्रान्क ओल्सनले पनि । ओल्सनले आफ्नो सम्पूर्ण सैनिक सेवा डेट्रिकमै बिताएका थिए । दुवैको एउटै नियति हुनु भने आश्चर्यको कुरा थियो । आफूले सीआईए छोड्न चाहेको कुरा बताएको केही दिनपछि न्यू योर्कको एउटा होटलको झ्यालबाट हामफालेर उनले आत्महत्या गरेका थिए ।
सन् २००६, सन् २०११ देखि २०१६ को बीच र सन् २०२० मा स्थानीय जनताले धेरै वटा ज्ञापनपत्र बुझाएका थिए । ती ज्ञापनपत्रमा या त फोर्ट डेट्रिक प्रयोगशाला बन्द गर्न वा त्यसबारे पूर्ण अनुसन्धान गर्न आग्रह गरिएका थिए ।
त्यसयता मेरील्यान्डस्थित संरा अमेरिकी सेनाको जैविक अनुसन्धानको प्रधान कार्यालयप्रति जनताको अविश्वास बढ्यो । जैविक हतियार सन्धि (बीडब्ल्युसी) नियमावलीलाई संरा अमेरिकी सरकारले झन्डै २० वर्षदेखि मिच्दै आएको छ । सन् १९८० मा जोन डब्ल्यु पावलले उठाएको प्रश्न अझै सान्दर्भिक देखिएको छ । उनको प्रश्न थियो–अमेरिकामा जैविक हतियारको विकास र जैविक युद्धमा प्रयोग गरिएका हतियारबारे सम्पूर्ण कथा थाहा पाउन हामीले अझै कति समय कुर्नुपर्ने हो ?’
(लेखक बेलायती विदेश मामिला विश्लेषक र टिप्पणीकार हुनुहुन्छ ।)
स्रोतः सीजीटीएन
नेपाली अनुवादः सुमन

One response to “फोर्ट डेट्रिक प्रयोगशाला र अमेरिकी जैविक हतियार”

  1. नारायण दुवाल says:

    साम्राज्यवादीहरूले फेरि फरि पनि जैविक हतियार प्रयाेग गर्न सक्ने सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *