भर्खरै :

पुँजीवादी प्रजातन्त्रले मानव जातिको समस्या समाधान नहुने

कोभिड-१९ को दोस्रो लहरले धेरै नेपालीको ज्यान लियो । महामारी फैलिएसँगै देशभरि नै अक्सिजन र भेन्टिलेटरको अभाव भयो । सङ्क्रमितको ज्यान बचाउन अक्सिजन र भेन्टिलेटर अति आवश्यक थियो । सरकारले खरिद गरेको र मित्र देशहरूबाट सहयोग प्राप्त भेन्टिलेटर जिल्लाका अस्पताल र स्वास्थ्य संस्थामा पुगे पनि चलाउने जनशक्ति नहुँदा त्यसै थन्किएको अवस्था छ ।
महामारीको ॅहटस्पट’ बनेको बाँकेको भेरी अस्पतालमा चार वटा भेन्टिलेटर भएकोमा महामारीबीच १६ वटा थपिए । थपिएको १६ मध्ये ६ सञ्चालनमा छन् । अरू भेन्टिलेटर कहाँ छन् ? सङ्घ र प्रदेश सरकारको बजेटबाट खरिद गरिएको तथा सहयोगीले दिएका ती १० भेन्टिलेटर खोजी गर्नु जरुरी छ ।
कणर्ाली प्रदेश अस्पताल, सुर्खेत र कणर्ाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा मात्र भेन्टिलेटर सञ्चालनमा छन् । कणर्ाली प्रदेशका अन्य १० जिल्लामा भेन्टिलेटर र आईसीयू बेड भए पनि जनशक्ति अभावले सञ्चालन नभएको समाचार छ । जिल्ला – जिल्लामा कोरोनाविषेश अस्पताल स्थापना भए पनि भेन्टिलेटर र आईसीयू नहुँदा सङ्क्रमितहरूले उपचारको अभावमा ज्यान गुमाउनुपर्‍यो ।
सुदूरपश्चिम प्रदेश कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा १४ भेन्टिलेटर भएकोमा आठ वटा मात्रै सञ्चालनमा छन् । सङ्घले पठाएको दुई र अस्पताल आफैले खरिद गरेको २ वटा स्टोरमा थन्किएको छ ।
कैलालीको टिकापुर अस्पतालमा यसै वर्षमात्र १२ वटा भेन्टिलेटर प्राप्त भयो । सात महिनाअघि २ वटा भेन्टिलेटर जडान भयो तर जनशक्ति अभावले भेन्टिलेटर सञ्चालन नहुँदा बिरामी अन्यत्र रेफर गरिरहेको छ । ॅचलाउने जनशक्ति नभएपछि उपकरण भएर मात्र के गर्नु ?’ जनता र अस्पतालका चिकित्सकको गुनासो छ । सरकारले मागेमा भेन्टिलेटर फिर्ता दिने कतिपय अस्पताल प्रमुखको भनाइ सार्वजनिक भइरहेका छन् ।
बझाङ जिल्ला अस्पतालमा सात महिनाअघि जडान गरिएको भेन्टिलेटर अहिलेसम्म प्रयोगमा ल्याइएको छैन । यस वर्ष दुई पटक विज्ञापन गरे पनि चलाउने जनशक्ति उपलब्ध भएन । डडेल्धुरा अस्पतालमा एक जना एनेस्थेसिस्ट विशेषज्ञ करार कोटामा कार्यरत छन् भने ५ वटा भेन्टिलेटर खरिद गर्न बजेट पठाए पनि चार वटा मात्र खरिद गरे ।
लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा सातमध्ये तीन वटा भेन्टिलेटर जडान भएको छैन । जनशक्ति र बेडको अभावमा भेन्टिलेटर जडान नभएको अस्पतालका प्रवक्ताले बताएको समाचार छ । कोरोना महामारीका बेला स्याङ्जा र पर्वत जिल्ला अस्पतालमा पठाइएका एक-एक भेन्टिलेटर जनशक्ति अभावमा स्टोरमै थन्किएका छन् । जिल्लामा पठाइएका भेन्टिलेटर स्टोरमा थन्किँदा जनता महँगोमा पोखराका निजी अस्पतालमा उपचार गराउन बाध्य छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दिइएको सात भेन्टिलेटर अझै प्रयोगमा आएको छैन ।
तनहुँको दमौली अस्पतालमा चार भेन्टिलेटर प्राप्त भए पनि जनशक्ति अभावले कुनै पनि भेन्टिलेटर सञ्चालनमा छैन । तनहुँको जीपी कोइराला श्वासप्रश्वास केन्द्रमा चारमध्ये दुई वटामात्र भेन्टिलेटर सञ्चालनमा छन् ।
देशभरिका अस्पतालमा भेन्टिलेटर प्राप्त भए पनि जनशक्ति अभावको कारण सञ्चालन हुन नसकेको यो अवस्थामा कोभिड-१९ को तेस्रो लहर फैलिए स्थिति अझ भयावह हुने चिकित्सकहरूको भनाइ छ ।
नेपालमा ॅक्रिटिकल केयर’ को विज्ञतासम्बन्धी विभाग छैन । स्वास्थ्य मन्त्रालयको अभिलेखमा एनेस्थेसियोलोजी सुपर स्पेसलिस्ट (एघारौँ तह) का सात जना कार्यरत छन् । त्यस्तै स्पेसलिस्ट २२ जना रहेकोमा काठमाडौँ उपत्यकामा १३ जना, पोखरा, नारायणी, भरतपुर, भेरी, सेती, जनकपुर, गजेन्द्रनारायण, लुम्बिनी अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक-एक जना छन् ।
ॅमाल पाएर के गर्नु, चाल पाए पो’ भने जस्तै सत्ताको लागि राजनीति गरेका सरकारी पार्टीहरूको अदूरदर्शिताका कारण प्रजातन्त्र आएको सात दशकसम्म पनि मित्रराष्ट्रहरूले सहयोगमा पठाएका भेन्टिलेटर चलाउने जनशक्तिसमेत तयार भएन ।
साठी वर्षदेखि नाकाबन्दी व्यहोरेको समाजवादी देश क्युवाले ११० जना बराबर एक डाक्टरको व्यवस्था गर्‍यो । त्यहाँ शिक्षा स्वास्थ्यलगायत सबै निःशुल्क छ । क्युवाले कोभिड-१९ लाई परास्त गर्‍यो । दुई वटा खोपको सफल परीक्षण गर्‍यो । पुँजीवादी प्रजातन्त्रले मानव जातिको समस्या समाधान नहुने भएकोले समाजवादी व्यवस्था जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *