भर्खरै :

‘चिनियाँ कम्युनिस्ट पार्टी र चीनको विकास’ बारे एक चर्चा

“कम्युनिस्ट पार्टीविना नयाँ चीन सम्भव थिएन ।” जुलाई १ मा चीनको थियानमेन स्क्वायरमा आयोजित चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकीको भव्य सभामा गाइएको ‘नयाँ विश्व’ शीर्षकको गीतको यो अंश हो । “हामी साम्यवादका उत्तराधिकारी हौँ ।” त्यही समारोहमा चिनियाँ जनता गाउँदै थिए । आजको विश्वमा एक शताब्दीको अनुभव बटुलेको चिकपाको सुदूर लक्ष्य यही नै हो । एउटा शोषणयुक्त सामन्तवादी समाजबाट समाजवादसम्मको यात्रा, असाध्यै गरिब र अपहेलित मुलुकबाट मध्यमस्तरको समृद्ध मुलुकसम्मको यात्रा, उपनिवेशवाद र साम्राज्यवादको दमनदेखि विजयसम्मको यात्रामा चिनियाँ कम्युनिस्ट पार्टीको भूमिका बेजोडको थियो । चिकपाको इतिहास, जनगणतन्त्र चीन स्थापनाको गौरव र चिनियाँ क्रान्तिको सफलताबारे चर्चा आज अझै सान्दर्भिक महसुस हुन्छ ।
‘The Communist Party of China and China’s Development’ बारे चर्चा गर्नु जानकारीमूलक नै होला । आजको नयाँ चीन निर्माणको यात्रा गर्ने चिकपाको उकाली ओराली र गौरव पुस्तकले उजागर गर्छ । लेखक चाङ पाचिया (Zhang Baijia) को यो पुस्तक पढिसकेपछि पाठकलाई लाग्नेछ – “कम्युनिस्ट पार्टीविना नयाँ चीन सम्भव नै थिएन ।”
चीनले सय वर्षमा एकपछि अर्को परिवर्तन देख्यो र अनुभव ग¥यो । विषेशतः क्रान्ति, निर्माण र सुधार तत्कालीन तथा आधुनिक चीनका तीन महत्वपूर्ण चरणहरू हुन् भन्दा फरक पर्दैन । २० औँ शताब्दीको पहिलो आधाआधीमा चीनले कठिन सङ्घर्ष पार गरिसकेको थियो । चिनियाँ जनता साम्राज्यवाद, सामन्तवाद र कर्मचारी पुँजीवादकोे शोषणमा थिए । शोषणविरुद्धको राष्ट्रिय स्वतन्त्रता र जनताको मुक्तिको आवश्यकता महसुस गरियो । सन् १९४९ मा जनगणतन्त्र चीनको स्थापनापछि देशले समाजवादी प्रणाली अङ्गिकार ग¥यो । एउटा पिछडिएको कृषिप्रधान देशलाई प्रारम्भिक औद्योगिक देशमा रूपान्तरण ग¥यो । सुधार खुलापनको मार्ग पहिल्यायो । चिनियाँ विशेषतासहितको समाजवाद निर्माणको उद्देश्य बोक्यो । आजको नयाँ चीन चिकपाले इतिहासमा गरेका सङ्घर्षका कारण गौरवका साथ उभिएको छ ।
चीनको आधुनिक इतिहासको सुरुआत सन् १८४० को अफिम युद्धबाट हुन्छ । त्यही समयबाट चीन परम्परागत सामन्तवादी समाजबाट अर्धऔपनिवेशिक र अर्धसामन्ती समाजमा रूपान्तरण भएको हो । चिनियाँ जनताले पुस्तौँ पुस्ता अथक सङ्घर्ष गरे तर सफलता मिलेन । त्यही पृष्ठभूमिमा चिकपाको जन्म सन् १९२१ मा भयो ।
तत्कालीन आधुनिक समयका राष्ट्रिय मन्दी र क्रान्तिकारी आन्दोलनहरूबारे पुस्तकमा चर्चा छ । चीन पाँच हजार वर्षभन्दा बढी पुरानो सभ्यता भएको देश हो । त्यसकारण, विश्व मानव सभ्यताको इतिहासमा चीन र चिनियाँ जनताको योगदानबारे उल्लेख्य परिचर्चा हुने गरेको छ । १९ औँ शताब्दीको सुरुआतीमा चिनियाँ कृषि सभ्यता खस्केपछि चिनियाँ सामाजिक विकास पनि रोकियो । त्यतिबेलै चीन पूर्वको ठूलो र विश्वको धनी देशमा गनिन्थ्यो त्यसपछि मन्दी सुरु भयो ।
चीनमा छिङ वङ्स (१६४४–१९११) को शासन राजनैतिकरूपले भ्रष्ट, सैन्य मामिलामा कमजोर र वित्तीयरूपले टाटपल्टाइको स्थितिमा पुग्यो । चीन भौगोलिकरूपमा ठूलो र स्रोतसाधनको प्रचूरता भएको देश भएकोले युरोपको आँखा लाग्यो । त्यसकारण, बेलायती साम्राज्यवादले छिङ् वंश विनाश गर्न कुटिल हमला सुरु ग¥यो । पछिल्लो अफिम युद्धपश्चात् नै चीन अत्यन्तै अपमानजनक नानकिङ सम्झौतामा हस्ताक्षर गर्न बाध्य भयो । त्यसपछि अन्य देशहरू पनि चीनविरुद्ध युद्ध र हमलामा उत्रे । नभन्दै चीनले सन् १८५६ देखि १९६० सम्म दोस्रो अफिम युद्धसँग सामना ग¥यो ।
चीन–फ्रान्स युद्ध १८८६ देखि १८८५ सम्म चल्यो । चीन– जापान युद्ध (१८९४–१८९५) भयो । आठ–शक्तिको गठबन्धनले चीनमाथि एक पछि अर्को अपमानजनक र असमान सन्धि थोप¥यो । त्यसको परिणाम चीनको सार्वभौमिकता र क्षेत्रीय एकता जोखिममा प¥यो । तत्कालै बेलायतले हङकङ कब्जा ग¥यो । पोर्चुगलले मकाउ र जापानले थाइवानमा अखडा जमायो । व्यापार, उद्योग र आन्तरिक शक्तिमाथि कब्जा जमायो । त्यसले छिङ शासनलाई निकै कमजोर बनायो । यद्यपि, छिङ शासकले जनतालाई उत्तिकै दुःख दिन्थ्यो । जनता बाह्य पुँजीवाद र भित्री परम्परागत सामन्तवादको दोहोरो शोषणमा परेका थिए । कहिँकतै सङ्घर्षका आवाज उठ्दै गयो । ताइपिङ विद्रोह, बक्सर आन्दोलन केही उदाहरण हुन् ।
२० औँ शताब्दीमा प्रवेश हुनासाथ चीनले अनपेक्षित पीडा भोग्यो । सन् १९०० मा ब्रिटेनबाट अमेरिका जर्मनी, फ्रान्स, जारकालीन रुस, जापान, इटाली र अस्ट्रिया गरी आठ शक्ति गठबन्धनले चीनको राजधानी पेइचिङ कब्जा ग¥यो । चिनियाँ जनतालाई त्यो स्वीकार्य थिएन । जनताकै माझबाट साम्राज्यवादविरोधी, सामन्तवादविरोधी र प्रजातान्त्रिक आन्दोलन सुरु भयो । जसको नेतृत्व नेता सनयात सेनले गर्नुभयो ।
सन् १९११ मा छिङ वंश फालेर राष्ट्रिय पुँजीपति माथि आयो । सन् १९११ को आन्दोलनपछिको बुर्जुवा शक्तिले सामन्तवादलाई जरैदेखि उखेल्न र साम्राज्यवाद परास्त गर्न सकेन । शोषणको नयाँ रूप प्रारम्भ भयो । क्रान्तिको रसास्वादन उत्तरी युद्ध सरदारहरूले गरे । चिनियाँ जनता फेरि पनि चरम गरिबी, पछौटेपन, सामाजिक अस्थिरता र निर्मम युद्धहरूकै चङ्गुलमा परे । तर, सकारात्मक पक्ष के हो भने सन् १९११ को क्रान्तिले वैचारिक स्वतन्त्रताको नयाँ अध्याय सुरु ग¥यो । सन् १९१५ मा छन तुसिऊ (Chen Duxiu) ले साङ्घाइमा युवा बुलेटिनको प्रकाशन थाले । चिकपाका एक संस्थापक उनले प्रजातन्त्र र विज्ञानको पक्षमा सामन्तवादको हैकम विरुद्ध एउटा ब्यानर तयार गरे । क्रान्तिपछि पश्चिमा ढाँचाकै नयाँ समाज निर्माण गर्ने सोचेका थिए तर बहुपार्टी र संसदीय व्यवस्था असाध्यै निरासामा टुङ्गियो । त्यसले चीनको समस्या समाधान गर्नुभन्दा पनि युद्ध सरदार पुँजीपति र प्रतिक्रियावादीहरूलाई सघायो ।
सन् १९१७ मा रुसमा अक्टोबर समाजवादी क्रान्ति सफल भयो । यता चीनमा रुसको त्यो अनुभव र माक्र्सवाद–लेनिनवादको वैचारिक जगमा अगाडि बढ्नुपर्छ भन्ने वामपन्थीहरू उठे । पहिलो विश्वयुद्धपछि चीनमा साम्राज्यवादविरोधी र सामन्तवादविरोधी सङ्घर्ष अगाडि बढ्यो । त्यतिबेला अध्यक्ष माओ र चाउ एनलाई युवा भावनासाथ सङ्घर्षमा होमिएका थिए । माक्र्सवाद र लेनिनवादको अध्ययनलाई बेग्लै उचाइमा पु¥याउँदै थिए । सन् १९२१ जुलाई २३ का दिन प्रारम्भिक सङ्गठनहरूका १३ प्रतिनिधिसहित ५० जनाको सहभागितामा साङ्घाइको फेन्च कन्सेसनमा चिकपाको पहिलो गोप्य राष्ट्रिय सम्मेलन गर्ने तयारी थियो । त्यो कुरा पुलिस सरकारीले थाहा पाएपछि कार्यक्रम चेजियाङ प्रान्तको जियासिङ को नान्हु तालको एउटा डुङ्गामा सम्पन्न गरिएको थियो । चिकपा स्थापनाको त्यो सम्मेलन चीनमा युगौँदेखि मडारिरहेको कालो बादलविरुद्ध उज्यालो प्रकाश थियो । क्रान्तिको बिउ थियो ।
चिकपाले बाह्य दमन र आन्तरिक शोषणविरुद्ध सङ्घर्षका थुप्रै कार्यनीति तय ग¥यो । सबैभन्दा महत्वपूर्ण कुरा चिकपाले जनतालाई सङ्गठित र सचेत बनाई सङ्घर्षमा जुट्ने तयारी ग¥यो । जनताको माझ नै पार्टीलाई स्थापित गर्ने कर्ममा भगीरथ लागिप¥यो । युवाहरूलाई सहरका कारखाना, कोइलाखानीहरूमा मजदुरहरूको सङ्गठन निर्माणका लागि खटाउने योजनाले प्रतिफल दियो । चिनियाँ मजदुरहरूको हडताल अगाडि बढ्यो ।
किसान र मजदुरहरूको शक्तिमा ठूल्ठूला हडताल र आन्दोलन सफल भएपछि राष्ट्रिय सार्वभौमिकता र उपनिवेशवादसँग लड्न संयुक्त मार्चाको खाँचो अनुभव ग¥यो । चिकपाको सहयोगमा सनयात सेनले कोमिन्ताङ पुनर्गठन गरे र सोभियत सङ्घ, चिकपा र मजदुर–किसानसँग एकतामा सङ्घर्ष गर्ने निष्कर्षमा पुगे । सनयात सेनले राष्ट्रियता, प्रजातन्त्र र जनताको जनजीविकालाई प्रमुख मुद्दा बनाए । चिकपा र कोमिन्ताङको एकताले उपनिवेशवादी र साम्र्राज्यवादी शक्ति परास्त भए ।
सङ्घर्षकै दौरान कोमिन्ताङभित्र चिकपा अर्थात् कम्युनिस्ट विचारविरोधी प्रतिक्रियावादी शक्ति पनि चलखेल गर्दै थियो । नभन्दै सन् १९२७ अप्रिलदेखि जुलाईसम्म कम्युनिस्टहरूलाई कोमिन्ताङबाट निष्कासन गर्ने कुकृत्य च्याङकाई सेक र वाङ जिङवेले गरे । प्रतिक्रान्तिकारी हमला चिकपामाथि भयो । धेरै चिकपा सदस्य र क्रान्तिकारी जनतालाई जेलमा कैदी बनाइयो । धेरैको निर्मम हत्या गरियो । कोमिन्ताङसँगको तीन वर्ष लामो यात्रा प्रतिक्रान्तिमा तुहियो ।
तत्कालीन समयमा ठूल्ठूला सहरमा प्रतिक्रियावादी कोमिन्ताङको वर्चश्व थियो । त्यसको एउटैमात्र कारण च्याङकाई सेकले अमेरिकी साम्राज्यवादसँग साँठगाँठ गर्नु हो । च्याङकाई सेकका सेनामात्र होइन ती सहरमा अमेरिकी सेना पनि तैनाथ गरियो । चिकपामाथि निरन्तर हमला भएपछि आप्mनै जनसेना निर्माण गर्ने योजना बनायो ।
चिनियाँ क्रान्ति पुनः नयाँ मोडमा पुग्यो । सहरहरूलाई गाउँले घेर्ने योजना बन्यो । कृषि क्रान्तिको युग सुरु गरियो । क्वानचाउमा चिकपाले धावा नबोलेको होइन, अत्यन्त पीडादायी हारहरूपछि चिकपा चीनका गाउँगाउँ र बस्तीबस्तीमा पुग्यो । त्यो नीति सोभियत रुसको भन्दा फरक चिनियाँ माटो सुहाउँदो थियो भन्ने कालान्तरमा प्रमाणित पनि भयो ।
तत्कालीन समयमा माओको नेतृत्वमा पहिलो ग्रामिण क्रान्तिकारी अखडा जिआन्सी प्रान्त र हुनानको सिमानामा पर्ने जिनगाङ पहाडमा बनाइयो । माओ नेतृत्वको लालसेनाले गाउँगाउँमा जमिन्दारहरूले हडपेको जग्गा किसानलाई वितरण गर्ने कार्य थाल्यो । बिस्तारै किसानहरू सङ्घर्षमा उत्रे, जीवनस्तर सामान्यत माथि उठ्यो । एक टुक्रा रोटीको लागि मरिमरि काम गर्नुपर्ने समयबाट किसानलाई उठाउने कार्यमा चिकपा अहोरात्र सङ्घर्षमा जुट्यो । चिकपाले ग्रामिण क्षेत्रमा सेना परिचालन, सेना व्यवस्थापन र निर्माण, सुशासन जस्ता क्षेत्रमा अनुभव बटुल्दै गयो । बिस्तारै गाउँले सहरलाई चारैतिरबाट घेर्ने योजना सफल बन्दै गयो ।
सन् १९३१ सेप्टेम्बरसम्म पनि असमान ढङ्गबाट जापानी सेना चीनको उत्तरपूर्वी क्षेत्रमा तैनाथ थिए । च्याङकाईसेक नेतृत्वको सरकारले विदेशी आक्रमणविरुद्ध लड्न छोडेर चिकपा सिध्याउने ध्याउन्नमा लागिप¥यो । लालसेना या जनसेनालाई प्रति–घेराबन्दीमा पारेर नरसंहार गर्ने नीति लियो । लालसेनाका अखडा र वरपरका बस्तीहरू जलाउने कुकृत्य गरिरह्यो । चिकपाले पुनः क्रान्तिको नयाँ मार्ग पहिल्यायो–लामो हिँडाइको मार्ग । लामो हिँडाइको नेतृत्व पनि अध्यक्ष माओले नै गर्नुभयो । अत्यन्त निडर भई हिउँले ढाकिएका अग्ला – अग्ला पहाडहरूमा घामपानीको परवाह नगरी शत्रुको हमलाविरुद्ध लड्दै, मृत्युसँग लड्दै लामा हिँडाइ अगाडि बढ्यो । जनताकै दैलोमा बस्ने तर जनतालाई दुःख नदिने, जनतालाई चित्त बुझाएर सङ्घर्षमा सामेल गर्ने माओको व्यवहारले सान्सी प्रान्तको उत्तरी क्षेत्रमा पुग्न लालसेना सफल भयो । जापानी उपनिवेशको थिलथिलोबाट चीन उठिसकेको थिएन । नानकिङ नरसंहार इतिहासकै कलङ्क साबित भयो । क्वानचाउ र उहान कब्जापछि जापानी अत्याचारको पराकाष्ठा नै नाघेको चिनियाँ जनताले अनुभव गरे । त्यसपछि चिकपाले जापानी उपनिवेशवादसँग लड्न गुरिल्ला युद्धको तयारी ग¥यो । देश र आप्mनो स्वाभिमान जोगाउन जीवन–मृत्युको लडाइँमा अग्रसर बने ।
चीनले जापानी उपनिवेशविरुद्ध गरेको सङ्घर्ष विश्व फासीवाद विरुद्धको महत्वपूर्ण सङ्घर्षमध्ये एक हो भन्दा फरक पर्दैन । सन् १९४५ अगस्तमा दोस्रो विश्वयुद्ध अन्त्यतिर पुगिसकेको थियो भने चीनको जापानविरोधी सङ्घर्षमा सफलता मिल्दैथियो । जापानी शासक पोट्सडाम सम्झौता हस्ताक्षर गर्न तयार भयो र चीनले जापानी उपनिवेश र फासीवाद विरुद्धको सङ्घर्षमा विजय हासिल ग¥यो । त्यो विजय चीनको निम्ति महत्वपूर्ण मोड बन्यो । जापानले ५० वर्षसम्म आप्mनो कब्जामा राखेको थाइवानलाई मातृभूमिमा फर्कायो । तत्काल चिकपाले जनतालाई शान्ति, प्रजातन्त्र र एकताका लागि अह्वान ग¥यो ।
सन् १९४६ जून २६ गते भने २ लाख २० हजार जनाको कोमिन्ताङ प्रतिक्रियावादी सेनाले चिकपा नेतृत्वको स्वतन्त्र र स्वशासित क्षेत्रमा निर्मम हमला ग¥यो । पुनः गृहयुद्ध भड्काइयो । चिकपा नेतृृत्वको क्षेत्रमा जनता प्रतिरक्षामा जुटे । गृहयुद्ध सन् १९४८ सम्म लगातार चल्यो । च्याङकाइ सेकलाई विदेशी शक्तिको सहयोग थियो भने चिकपा जनताको माझमा सुरक्षितमात्र होइन शक्तिशाली पनि थियो । चिकपाले स्वतन्त्र बनाएका क्षेत्रहरूको अभियान कुनैैपनि आँधीबेहरीले रोक्न सकेन । प्रतिक्रियावादीहरूको बमबारुद, ठूल्ठूला हातहतियारहरूको प्रतिकार बहादुरीपूर्वक ग¥यो । जनताको विजय भयो । २२ वर्षको लामो समय चिनियाँ किसान मजदुरलाई दबाउन उद्धत प्रतिक्रियावादी कोमिन्ताङ जनताको शक्तिअघि झुक्न प¥यो । कोमिन्ताङ शासन फालियो । अब भने नयाँ चीनको वातावरण तयार भएको जनताले अनुभव गरे ।
चिनियाँ जनताको राजनीतिक परामर्श सम्मेलन गठन गरियो । सन् १९४९ अक्टोबर १ मा चीनको थियानमेन स्क्वायरमा ३ लाख जनताको सहभागितामा जनगणतन्त्र चीनको स्थापना गरियो । जनताको शानदार विजयपछि नयाँ चीनको निर्माणार्थ अध्यक्ष माओले सम्बोधन गर्नुभयो । चिनियाँ क्रान्तिको सफलताले चिनियाँ जनताको भाग्य परिवर्तन भयो । एउटा दासता र निर्मम शोषणको युग, असमानता र अपमानको युग अन्त्येष्टिले चिनियाँ जनताको ओठमा मुस्कान फर्कायो । सय वर्ष लामो कालरात्रीलाई चिर्दै नयाँ चीन निर्माणको सूर्य उदायो । स्वतन्त्र र स्वाभिमानीपूर्वक बाँच्ने चिनियाँ जनताको सपनाले साकार रूप लियो । चिनियाँ कम्युनिस्ट पार्टी नभएको भए के त्यो सम्भव थियो ? माक्र्सवाद र लेनिनवादको व्यावहारिक प्रयोेग, मौलिक प्रयोगबाट जन्मेको माओ त्सेतुङ विचारधाराविना चिनियाँ क्रान्ति सफल हुन्थ्यो ? निःसन्देह हुँदैनथ्यो । पुस्तकले यही भन्छ ।
चीनमा समाजवादी प्रणालीको स्थापनापछि आर्थिक क्षेत्रमा रूपान्तरणको अध्याय सुरु गरियो । सुरुमा चीनले ठूलो–आकारको निर्माणलाई जोड दियो । आर्थिक उन्नयनको बाटोमा अघि बढ्नु पनि अर्को क्रान्ति नै थियो । पश्चिमा विश्व भर्खरै उठेको समाजवादलाई तुहाउन हरसम्भव प्रयत्न गरिरहेको थियो । राजनैतिक, आर्थिकरूपमा चीनलाई एक्लो बनाउने, चीनको समाजवाद केही वर्षको पाहुनामात्रै हो भन्ने हल्ला पिट्ने चीनलाई आर्थिक नाकाबन्दी लगाउने, सेनाले घेर्ने जस्ता कार्यहरू चीनको प्रगति प्रतिकूल बन्नु स्वाभाविक थियो तर चिकपाले केही समयमै त्यसको यथोचित जवाफ दियो । तत्काल चीनलाई खुल्ला नगरी घरेलु स्रोतसाधनको परिचालनमा घरेलु अर्थतन्त्रलाई बलियो बनाउने नीति लियो । चिकपाले नयाँ चीन निर्माणपछि गाउँलाई बिस्तारै सहरमा रूपान्तरण गर्ने नीति लियो । चिकपालाई त्यो नीति चुनौतिपूर्ण नै थियो । लामो समय ग्रामिण क्षेत्रलाई केन्द्र बनाएको चिकपा सहरमा केन्द्रित भई राष्ट्रिय अर्थतन्त्र निर्माणमा लाग्नु वास्तवमै कठिन कार्य थियो । चिकपाले उत्पादनलाई जोड दियो । चिकपा नेतृत्वको चीनले साम्राज्यवादी शक्तिले हडपेका ठूल्ठूला कारखाना र उत्पादनका साधनहरूलाई सरकारको नियन्त्रणमा ल्यायो । यसले देशको स्वतन्त्रता, सार्वभौमिकता जोगाउनुका साथै आर्थिक आत्मनिर्भरतामा सघायो । सरकारले यातायात सँगै खाद्यान्न, लत्ताकपडा, कोइला वितरणलाई केन्द्रीकृत ग¥यो । सरकारको कडा मौद्रिक नीतिका कारण नाफाखोरहरू टाटपल्टे । व्यक्तिगत स्वामित्व या व्यवस्थापनको ठाउँमा सामूहिक एकताबद्ध र केन्द्रिकृत व्यवस्थापनलाई महत्व दिइयो ।
त्यसपछि राष्ट्रिय आम्दानी र खर्च सन्तुलित भयो । वित्तिय मन्दी हट्यो । मूल्यको स्थिरता र निर्धारण, सामूहिक वित्तिय प्रशासन निर्माण असाध्यै महत्वपूर्ण पाइला सिद्ध भयो । त्यसले जापानविरोधी युद्धकालदेखि १२ वर्षको मुद्रास्फिती नियन्त्रण ग¥यो । कृषि र उद्योगहरूको उत्पादन या आम्दानीमा सुधार भयो । जनताको जीवन राम्रो बन्दै गयो ।
चिनियाँ जनताले राष्ट्रिय अर्थतन्त्र निर्माण र विकास गर्ने कार्य गरिरहँदा जनमुक्ति सेना थाइवान मुक्त गर्ने तयारीमा जुट्यो त्यतिनै बेला । कोरिया युद्ध छेडियो । कोरिया प्रायद्वीपमा गृृहयुद्ध भड्काउन संरा अमेरिकाले आप्mनो सेना पठायो । संरा अमेरिकाले चीनको एकता प्रयास अर्थात् एक चीन निर्माणमा हस्तक्षेप र आक्रमण गर्ने दुष्प्र्रयास गरिरह्यो ।
चिकपाले कोरिया युद्धमा कोरियाली जनताको पक्षमा उभिएर साम्राज्यवादी शक्तिविरुद्ध लड्ने र आप्mनो अन्तर्राष्ट्रियवादको धर्म निर्वाह गर्ने निर्णय ग¥यो । युद्धपिपासु अमेरिकाको आक्रमण र हस्तक्षेपविरुद्ध चीन कोरियाली जनतासँग उभियो । यता चीनको अर्थतन्त्र पनि प्रगतिउन्मुख थियो । सन् १९५२ मा चीनले इतिहासमै उच्च औद्यौगिक र कृषि उत्पादन हासिल ग¥यो । गाउँ र सहर दुवैमा जीवन सहज बन्दै गयो ।
कोरिया युद्धको सफलतापछि चीनको उत्तरपूर्वी सिमानामा गौरवको बलियो सम्बन्ध निर्माण भएको अनुभव गरियो । नयाँ चीन निर्माणपछि समाजवादी बन्दोवस्तलाई बलियोसँग स्थापित गर्न चिकपाले निर्वाह गरेका महत्वपूर्ण भूमिकाहरूको विषयमा थप अध्ययन आवश्यक छ । तीन खण्डमा विभक्त यस पुस्तकभित्र चीनको विकास यात्राको शब्दचित्र पनि छ । पुस्तकको थप चर्चा अर्को अङ्कमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *