धूर्तले बुनेको जाल एक दिन तोडिने छ
- आश्विन २८, २०८१
“आज संसारले जलवायु परिवर्तन र वातावरणमा प्रतिकूल असर पार्ने मानव गतिविधिका चुनौती सामना गर्दै छ । यस्तो परिस्थितिमा सबै क्षेत्रमा हरित आर्थिक र सामाजिक विकास हासिल गर्ने चीनको नीति संसारको लागि उदाहरण बन्न सक्छ । सन् २०६० सम्ममा चीनले कार्बन शून्यताको लक्ष्य हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । अरू देशहरूले पनि हरित, स्वच्छ र स्वस्थ पृथ्वीको लागि दिगो र वातावरणमैत्री विकासतर्फ अघि बढ्न जरुरी छ । महामहिम सी चिनफिङले भन्नुभएजस्तै ‘जबसम्म हामी कुनै लक्ष्यको लागि सङ्गठित हुन्छौँ र ऐक्यबद्धता एवम् आपसी सहकार्यसहित काम गर्छौँ’† हामी लक्ष्य हासिल गर्न सफल हुनेछौँ र यसमा हामी दृढ विश्वास गर्दछौँ ।” (मजदुर दैनिक, ६ असार २०७८)
चिनियाँ कम्युनिस्ट पार्टीको स्थापनाको शतवार्षिकीको अवसरमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले २०७८ असार ५ गते चिकपाका महासचिवलाई पठाउनुभएको शुभकामना सन्देशको एउटा महत्वपूर्ण अंश हो उद्धृत विचार । अन्तर्राष्ट्रिय राजनीतिमा जलवायु परिवर्तन एवम् वातावरण संरक्षण जल्दोबल्दोे विषय हो । सन् १९२१ जुलाईमा स्थापित चिकपाको शतवार्षिकी मनाउँदै गर्दा वातावरणको विषय पनि प्रमुखतामा परेको छ ।
जलवायु कहिल्यै पनि कुनै एउटा देशको मात्र चासो वा चिन्ताको विषय हुनसक्दैन । चीनको विकास तथा आर्थिक समृद्धिसँगै वातावरणमा आएका दुष्प्रभाव कम गर्न समयमै पाइला चाल्ने प्रतिबद्धताका साथ चीनले ‘पर्यावरणीय सभ्यता’ (इकलजिकल सिभिलाइजेसन) को नीति अघि सारेको छ । सी चिनफिङ विचारधाराको अभिन्न अङ्गको रूपमा आएको चीनको जलवायु नीतिबारे यो आलेखमा सानो छलफल गर्ने प्रयास गर्दै छु ।
जलवायु परिवर्तनसम्बन्धी विश्वका विभिन्न देशका नेताहरूको शिखर सम्मेलन (वैशाख ९, २०७८) मा चीनका राष्ट्रपति सी चिनफिङले व्यक्त गर्नुभएको विचारको एउटा अंश यस्तो छ ः
“औद्योगिक सभ्यताको आरम्भदेखि नै मानव जातिले विशाल भौतिक सम्पत्तिहरू सिर्जना गरेको छ । यद्यपि, यो प्राकृतिक स्रोतहरूको अधिक शोषणको मूल्यमा आएको हो, जसले पृथ्वीको पारिस्थितिक प्रणालीको सन्तुलन बिगा¥यो र मानव–प्रकृति सम्बन्धमा बृहत् तनाव निम्त्यायो । हालैका वर्षहरूमा जलवायु परिवर्तन, जैविक विविधतामा ह्रास, बढ्दो मरूभूमीकरण र बारम्बार हुने चरम मौसमी घटना आदिले मानव अस्तित्व र विकासमा गम्भीर चुनौती खडा गरेका छन् ।”
पर्यावरणविरुद्ध पुँजीवाद
सन् २०१८ मार्चमा दिवङ्गत विश्व प्रसिद्ध वैज्ञानिक स्टेफेन्स हकिन्सले मानव गतिविधिको कारण सन् २६०० सम्ममा पृथ्वी आगोको गोलामा परिणत हुने चेतावनी दिनुभएको थियो । आगामी १०० वर्षमा संसारका मानिसले अर्को ग्रहमा स्थानान्तरण गर्नुुपर्ने अन्यथा सर्वनाश भोग्नुपर्ने चेतावनीसमेत दिनुभयो । औद्योगिक विकासको परिणामस्वरूप फैलिएको कार्वनडाइअक्साइड वा ग्रीनहाउस ग्यासको प्रदूषणको कारण विश्वको तापक्रम बढ्दो छ । गएको ४० वर्षमा पृथ्वीका आधा समुद्री जीव समाप्त भए । जङ्गल विनाश तीव्र छ । विश्वको फोक्सो मानिएको अमेजनजस्ता जङ्गलमा व्यापक आगलागी भइरहेको छ । सन् १९७० यता विश्वको जनावरको सङ्ख्यामा ६० प्रतिशतले कमी आएको छ । सन् २०५० सम्ममा ५ अर्ब जनसङ्ख्याले पानीको अभाव झेल्नुपर्नेछ । सन् २०५० सम्ममा पृथ्वीको ९५ प्रतिशत जमिन बिग्रिनेछ । यसै समयमा समुद्रमा माछाभन्दा बढी प्लास्टिक हुनेछ । जङ्गलमा बस्दै आएको मानव जातिले विगत १० हजार वर्षअघि कृषि कर्म थालेयता पछिल्ला ४ सय वर्षको वैज्ञानिक युग एवम् पुँजीवादी औद्योगिकीकरणको कारण विश्वमा यस्तो चरम वातावरणीय सङ्कट आइलागेको हो । यसैको प्रतिक्रियास्वरूप सन् २०१९ को सेप्टेम्बरमा भएको ‘विश्व वातावरण हडताल’ मा विश्वका ४० लाख मानिस सहभागी भएका थिए । तर, पुँजीवादी विश्व वातावरण संरक्षणमा गम्भीर नभएको सन्दर्भमा वातावरण संरक्षणको आन्दोलनलाई पुँजीवादी स्वार्थविरुद्ध केन्द्रित गर्नुपर्ने तर्क पनि बलियो हुँदै छ । यो एउटा सकारात्मक पक्ष हो ।
‘पर्यावरणीय सभ्यता’ को नालीबेली
सन् १९८० को दशकदेखि प्रयोग गर्न थालिएको ‘पर्यावरणीय सभ्यता’ शब्दावलीको चिनियाँ साहित्यमा व्यापक प्रयोग भने हुन थालेको छ । सन् २००७ मा चिकपाले ‘पर्यावरणीय सभ्यता’ निर्माण गर्नु आफ्नो लक्ष्य भएको घोषणा गरेको थियो । ‘पर्यावरणीय सभ्यता’ निर्माण गर्नुको अर्थ पर्यावरणका सिद्धान्तमा आधारित अर्को मानव सभ्यताको निर्माण गर्ने भन्ने हुन्छ । यसले विश्वमा भइरहेको पर्यावरणीय विनाश र सामाजिक विभेदको सम्बोधन गर्नुपर्ने विचार प्रस्तुत गर्दछ । कुनै पनि समाजमा सामाजिक तथा वातावरणीय सुधार गर्नु नै ‘पर्यावरणीय सभ्यता’ नीतिको मुख्य लक्ष्य हो ।
पर्यावरण समृद्ध भए सभ्यता समृद्ध हुन्छ, पर्यावरणको विनाश भए सभ्यताको पनि विनाश हुन्छ । पाँच हजार वर्षको चिनियाँ सभ्यतामा पर्यावरणीय संस्कृति हुर्कँदै आएको छ । केही दशकअघि चीनले आर्थिक विकासलाई पहिलो र स्वच्छ वातावरणलाई दोस्रो स्थानमा राखेको थियो । गरिबीबाट उठाउनु चीनको पहिलो प्राथमिकता थियो । विगत केही वर्षयता भने चीनले वातावरण सुधारलाई प्रमुख प्राथमिकतामा राख्न थालेको छ । त्यहाँ वातावरणसम्बन्धी नयाँ नीति र मापदण्डहरू लागु गर्न थालिएको छ ।
सन् २००७ मा भएको चिकपाको १७ औँ महाधिवेशनमा पहिलोपटक ‘पर्यावरणीय सभ्यता’ को विचार अगाडि सारिएको थियो । सन् २०१२ मा आएर चीनको राष्ट्रिय योजनामै ‘पर्यावरणीय सभ्यता’ निर्माणलाई एउटा लक्ष्य बनाइयो । चिकपाको १८ औँ महाधिवेशनदेखि महासचिव सीले पर्यावरणीय सभ्यता निर्माणमा जोड दिँदै आउनु भएको छ । त्यस्तै, सन् २०१७ को १९ औँ महाधिवेशनले ‘सुन्दर चीन’ बारे एउटा प्रस्ताव पारित ग¥यो ।
चिनियाँ कम्युनिस्ट पार्टीको १९ औँ महाधिवेशनमा महासचिव सी चिनफिङले आठ विशेषता र १४ आधारभूत नीतिहरू प्रस्तुत गर्नुभएको थियो । उहाँले सो महाधिवेशनमा ‘नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवादी विचार’ अघि सार्नुभएको थियो । यसैलाई सर्वसम्मतिबाट चिनियाँ कम्युनिस्ट पार्टीको विधानमा ‘सी चिनफिङ विचार’ को रूपमा प्रतिस्थापित गरिएको थियो । ‘पर्यावरणीय सभ्यता’ नीति चिनियाँ विशेषताको समाजवादमा सि विचारको एक मुख्य विषय हो । सी चिनफिङ विचारधारामा उल्लिखित १४ वटा नीतिमध्ये मानव र प्रकृतिबीचको सद्भाव सुनिश्चितता गर्ने एउटा नीति पनि छ । प्रकृतिअनुरूपको जीवनपद्धति भन्ने मान्यतासहित ऊर्जाको सञ्चिती तथा वातावरणको संरक्षण गर्दै विश्वको पर्यावरणीय संरक्षणमा योगदान दिने लक्ष्य चीनले लिएको छ ।
चीनले पनि पर्यावरणीय सहयोगलाई ‘बेल्ट एन्ड रोक इनिसियटिभ’ (बीआरआई) को एक महत्वपूर्ण हिस्सा बनाएको छ । हरियाली पूर्वाधार, हरित ऊर्जा, हरित यातायात र हरित वित्तजस्ता व्यापक प्रयास समेट्दै थुपै्र हरित पहलहरू सुरू गरिएको छ, जसले गर्दा ‘बीआरआई’ देशका जनतालाई स्थायी लाभ पुग्न सक्छ ।
राष्ट्रपति सीले विश्वसामु चीनले कोइलाबाट सञ्चालित बिजुली उत्पादन आयोजनाहरू कडाइका साथ नियन्त्रण गर्ने घोषणा गर्नुभएको छ । चीनले १४ औँ पञ्चवर्षीय योजना अवधिमा कोइला खपतमा हुने वृद्धि कडाइका साथ सीमित गर्ने र १५ औँ पञ्चवर्षीय योजना अवधिमा यसलाई तल झार्ने लक्ष्य लिएको छ ।
सीको प्रस्ट विचार छ – “हामी हरित विकासमा प्रतिबद्ध हुनुपर्छ । हरिया पर्वतहरू सुनका पहाडहरू हुन् । वातावरणको रक्षा गर्नु भनेको उर्वरताको रक्षा गर्नु पनि हो । वातावरण सुधार गर्नु भनेको उत्पादकत्व वृद्धि गर्नु हो – कुरा सफा छ । हामीले वातावरणलाई हानि पु¥याउने वा कमजोर पार्ने विकासका नमुनाहरू त्याग्नुपर्छ ।” विगतमा चीनमा वनजङ्गल फँडानी भयो, कतिपय ठाउँहरू मरुभूमिकृत भए । ‘पर्यावरणीय सभ्यता’ नीतिअनुसार चीनभर वृक्षारोपण कार्यक्रम अगाडि बढिरहेको छ । वातावरणीय कानुनहरू कडारूपमा लागु गरिएका छन् ।
समृद्धिको यात्रामा युयु काउन्टी
७० वर्षअगाडि बन्जर भूमिको रूपमा रहेको सान्सी प्रान्तको युयु काउन्टी (जिल्ला) को माटउशान गाउँ अहिले हराभरा जङ्गलले ढाकेको छ । मरुभूमिजस्तो बनेको गाउँमा दिनमै बत्ती बाल्नुपथ्र्याे, रातभरमा घरको ढोका बालुवाले छोपिन्थ्यो । वायुमण्डलभर फैलिने धुलो तथा बालुवाको कारण केही देखिँदैनथ्यो । बालुवायुक्त बतास, अनावृष्टि, खडेरी, हिउँदमा अति चिसो आदिको कारण वनस्पति बाँच्ने स्थिति नै थिएन । पर्यावरणमा सुधार ल्याउने एउटै उपाय थियो हरियाली फर्काउनु, त्यसपछि मानिसको बाँच्ने आधार तयार भयो । पर्यावरण नभइ आयआर्जन पनि हुँदैनथ्यो । दशकौँसम्म वृक्षारोपण अभियान थालियो । ढिलै भएपनि प्रकृतिले पुरस्कार दिन्छ भनेझैँ जङ्गल बढेपछि वर्षा पनि हुनथाल्यो । चौपाया पाल्ने आधार बनेपछि मानिसको आर्थिक स्थिति पनि राम्रो हुनथाल्यो । युयु जिल्लामा सन् १९४९ मा ०.३ प्रतिशतमात्र जङ्गल थियो भने सन् २०१९ सम्ममा ५५ प्रतिशत भूमि जङ्गलले ढाक्यो । जङ्गलको उपयोग गरी मानिसले लाखौँ भेडा पालेर आर्थिक प्रगति गर्न पाए । मानिसको आय धेरै गुणाले बढ्यो ।
चीनको कारण पृथ्वी हरियो
चीनमा सन् १९६२ मा कुल भूमिको ८.९ प्रतिशतमात्र वनले ओगटेको थियो भने सन् २०१८ सम्ममा करिब २३ प्रतिशत भूमि वनले ढाकेको छ । सन् १९४९ मा भन्दा वन क्षेत्र ३ गुनाले बढेको कुरा चिनियाँ वन विकास प्रतिवेदनमा उल्लेख छ । वन पैदावरको वृद्धिको हिसाबले यसलाई विश्वको सबभन्दा तीव्र दर मान्न सकिन्छ । सन् २००० देखि यता विश्वभरि बढेको जम्मा हरित क्षेत्रफलमा चीनको एकचौथाइ योगदान रहेको छ । अहिले चीनको प्राकृतिक आरक्षण क्षेत्रको सङ्ख्या २७५० पुगेको छ । त्यहाँ वायु, पानी, माटो प्रदूषणको नियन्त्रण कार्य स्थिर व्यवस्थापनका साथ अगाडि बढाइएको छ । विभिन्न प्रदूषित वस्तुको निष्काशन देखिनेगरी घटेको छ । सन् २००० सन् २०१७ सम्मको अवधिमा सारा पृथ्वीमा हरियाली क्षेत्रफल ५ प्रतिशतले वृद्धि भएको छ । सन् २०१९ को फेबु्रअरीमा अमेरिकी अन्तरिक्ष ब्युरो नासाले भूमिलक्षित दुईवटा उपग्रहको सर्वेक्षण डाटा सार्वजनिक गर्दै २० वर्षअघिको तुलनामा अहिलेको पृथ्वी झन् हरियो देखिएको जनाएको छ । त्यसको मुख्य कारण भनेको चीनमा बढेको वृक्षारोपण हो । साथै, चीनमा कृषि क्षेत्र पनि व्यवस्थित हुँदै गइरहेको छ ।
चरणबद्ध प्रयासहरू
‘वातावरणीय सभ्यता’ को नीतिको विकासक्रम कस्तो छ ? पहिलो चरणमा सन् १९४९ मा माओ त्सेतुङको नेतृत्वमा नयाँ चीनको स्थापना भएदेखि नै प्रकृति संरक्षणका पहलहरू हुँदै आए । दोस्रो चरणमा सन् १९७० को दशकमा राष्ट्रपति देङ सियाओपिङले वातावरण संरक्षणलाई राष्ट्रिय आधारभूत नीतिमा प्रविष्ट गराउनुभयो । तेस्रो चरणमा सन् १९८० को दशकको अन्त्यतिर दिगो विकासको नीति आत्मसात् गरियो । चौथो चरणमा नयाँ शताब्दीको पहिलो दशकमा स्रोतको संरक्षण तथा वातावरणमैत्री समाजको नीति लागु गरियो । २१ औँ शताब्दीको दोस्रो दशकमा राष्ट्रपति सीले ‘वातावरणीय सभ्यता’ को विचार अगाडि सार्नुभयो । यो राष्ट्रपति सीका विकासका पाँच अवधारणामध्ये एउटा अवधारणा हो ।
सैद्धान्तिक आधारहरू
‘वातावरणीय सभ्यता’ का तीन सैद्धान्तिक आधार छन् । चीनको ‘केन्द्रीय समाजवादी संस्था’ का कार्यकारी उपाध्यक्ष पान योइ यसो भन्नुहुन्छ – “पहिलो हो, माक्र्सवादी पर्यावरण । माक्र्सले मानव र प्रकृतिको सामञ्जस्यपूर्ण विकासमा जोड दिनुभएको छ । उहाँले मानिस र प्रकृति बीचको सामञ्जस्यपूर्ण विकास हाम्रो जीवनका उत्पादनका साधनमा भर पर्छ भन्नुभयो । दोस्रो हो, चिनियाँ परम्परागत संस्कृतिमा मानिस र प्रकृतिको सहकार्यबीच सामञ्जस्य हुनुपर्दछ । ‘वातावरणीय सभ्यता’ को तेस्रो सैद्धान्तिक आधार दिगो विकासको सिद्धान्त हो ।”
अन्तमा, आज वैज्ञानिकहरू ‘सभ्यताको अन्त्य’ को चेतावनी दिइरहेका छन् । विकसित पुँजीवादी देशहरूले औद्योगिक उत्पादनको प्रतिस्पर्धा गर्दा संसारकै विनाश निम्त्याइरहेका छन् । ती देशहरूले वातावरणसम्बन्धी अनेक अन्तर्राष्ट्रिय महासन्धिहरूलाई लत्याएर यो पृथ्वी, यसको वातावरण र मानवविरुद्ध खुलेआम अपराध गरिरहेको सन्दर्भमा चीनको पर्यावरणीय सभ्यताको पाठबाट विश्वले धेरै कुरा सिक्नु जरुरी छ । सधैँ चीनको सत्तोसराप गरेरमात्र जलवायु परिवर्तनको अधोगामी यात्रा रोकिँदैन ।
Leave a Reply