भर्खरै :

अफगानिस्तानको आर्थिक अवस्था

तालिवानहरूको तत्कालको लक्ष्य सार्वजनिक शान्ति सुव्यवस्था कायम गर्नु र समावेशी सरकार स्थापना गर्नु हो । त्यो सरकारले बीस वर्षको युद्धले ध्वस्त बनेको अफगानिस्तानको जिम्मेवारी बहन गर्नुपर्छ । उनीहरूको काँधमा आइपरेको अर्को लक्ष्यहरूमा अफगानिस्तानको अर्थतन्त्रको विकास गर्नु हो ।
अनिश्चय र सरकार बनिनसकेको आजको अवस्थामा अन्तर्राष्ट्रिय समुदायले पर्ख र हेर नीति अवलम्बन गरेको छ । अफगानी अर्थतन्त्रको वर्तमान अवस्था के हो ? अफगानिस्तान विशृङ्खलित बन्ने सम्भावना कति छ ? अफगान जनताको अवस्था के होला ?
तालिवानको हातमा २० अर्ब अमेरिकी डलरभन्दा कम आकारको अर्थतन्त्र छ । विश्व बैड्ढअनुसार सन् २००३ देखि २०१२ मा अफगान अर्थतन्त्रको वार्षिक वृद्धि अन्तर्राष्ट्रिय सहायता र सेवा क्षेत्रको सक्रिय विकासको कारण ९.४ प्रतिशत थियो । सन् २०१५ देखि २०२० औसत वार्षिक वृद्धि २.५ प्रतिशतमा सीमित रह्यो । एसियाली विकास बैड्ढले अप्रिलमा जनाएअनुसार सन् २०२० मा अफगानिस्तानको कुल गार्हस्थ उत्पादन कोभिड–१९ महामारीको कारण पाँच प्रतिशतमा खुम्चियो । हाल अफगानिस्तानको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन ५२० अमेरिकी डलरभन्दा न्यून छ । त्यो भनेको सुडान वा नाइजरभन्दा कम हो । त्यहाँको निजी क्षेत्र निकै सानो छ । कृषि क्षेत्रले कुल जनसङ्ख्याको झन्डै ७५ प्रतिशतलाई रोजगार दिएको छ ।
अफगानिस्तानको एउटा प्रमुख समस्या भनेको शान्ति सुव्यवस्था र सुरक्षा कायम राख्न लाग्ने ठुलो खर्च हो । कुल गार्हस्थ उत्पादनको २८ प्रतिशत सुरक्षाकै निम्ति खर्च हुने गरेको छ । विश्व बैड्ढअनुसार सामान्यतः अन्य न्यून आय भएका देशहरूको सुरक्षा खर्च तीन प्रतिशतमात्र हुने गरेको छ ।
त्यसबाहेक विदेशी सहायताप्रति अफगानिस्तानको निर्भरता असमानुपातिकरूपमा ठुलो छ । कुल गार्हस्थ उत्पादनमा अन्तर्राष्ट्रिय सहायताको अनुपात सन् २००९ मा झन्डै शतप्रतिशत थियो । सन् २०२० मा त्यो झरेर त्यो ४२.९ प्रतिशतमा सीमित भएको छ । तथापि, त्यो अझै डरलाग्दो गरी उँचो छ ।
केही दिनअघि बाइडेन सरकारले न्युयोर्कस्थित फेडेरल रिजर्भ बैड्ढमा अफगानिस्तानको नाममा रहेको २२ टन सुनमाथि तालिवानको पहुँचलाई रोकेको बताएको छ । २२ टन सुनको मूल्य लगभग १ अर्ब २५ करोड अमेरिकी डलर हुने लण्डन बुलियन मार्केट एसोसिएसनले जनाएको छ ।
संरा अमेरिकाको अर्थ सचिव जनेट एलनले सो निर्णय गरेको स्रोतले बताएको छ र अमेरिकी विदेश विभाग र राष्ट्रपति कार्यालय यो निर्णय कार्यान्वयनको लागि सक्रियतापूर्वक लागेको छ ।
त्यसमाथि अफगानिस्तानको केन्द्रीय बैड्ढ दा अफगानिस्तान बैड्ढले विदेशी मुद्रा, सुन र अन्य धन दौलत आफ्ना भूमिगत कोठाहरूमा लुकाएको विश्वास गरिएको छ । तर, अफगानिस्तानका अधिकांश सम्पत्ति मूलतः विदेशी बैड्ढहरूमै छन् । सबभन्दा पछिल्लो एउटा आर्थिक प्रतिवेदनअनुसार दा अफगानिस्तान बैड्ढसँग जम्मा १० अर्ब अमेरिकी डलर बराबरको धन दौलत छ । जसमध्ये १ अर्ब ३० करोड अमेरिकी डलर बराबरको सुन र ३६ करोड २० लाख अमेरिकी डलर बराबरको विदेशी मुद्रा छ ।
वाशिङ्टनको परराष्ट्र सम्बन्ध परिषद्का विभिन्न आर्थिक तथ्याड्ढअनुसार तालिवानले वर्षमा ३० करोडदेखि १ अर्ब ६० करोड अमेरिकी डलर अफिमको खेती, लागुऔषध ओसारप्रसार, आफ्नो नियन्त्रित क्षेत्रमा हुने आर्थिक गतिविधिमाथि कर र विदेशबाट अवैधानिक ओसारप्रसारजस्ता विभिन्न अनौपचारिक आर्थिक गतिविधिबाट आम्दानी गर्ने गरेको छ । उदाहरणको लागि, संसारको झन्डै ९० प्रतिशत हेरोइन हेलमन्ड उपत्यकाबाट आउने गरेको छ । दक्षिणी अफगानिस्तानको सो उपत्यकामा तालिवानको बलियो आधार छ । संयुक्त राष्ट्र सङ्घअनुसार तालिवानले अनौपचारिक खनिज उत्खनन्बाट झन्डै ४६ करोड अमेरिकी डलर आम्दानी गर्छ ।
सरकारी तथ्याड्ढअनुसार सन् २०१९ मा देशको कुल निर्यात ८७ करोड अमेरिकी डलर बराबर छ । जसमध्ये ७१ करोड डलरको वस्तुहरू छन् । अर्कोतिर अफगानिस्तानको आयात पनि निकै कम छ । त्यहाँको कुल आयात झन्डै ८ अर्ब ६० करोड अमेरिकी डलर छ । त्यसमध्ये उपभोग्य वस्तुको आयात २ अर्ब ५० करोड अमेरिकी डलरले खस्केको छ । सबभन्दा उल्लेखनीय आयात भनेको नरम कोइला (पीट), पेट्रोलियम पदार्थ र वनस्पति तेल हुन् । इरान, चीन र पाकिस्तान अफगानिस्तानका मुख्य व्यापार हुने देश हुन् ।

अफगानिस्तानमा खाद्य सड्ढट सघन बन्दै छ । १ करोड ४० लाख जनता भोकै दिन काट्छन् । संयुक्त राष्ट्र सङ्घीय खाद्य कार्यक्रमका कार्यकारी निर्देशक डेभिड बिस्लेले अन्तर्राष्ट्रिय समुदायलाई अफगानिस्तानको विषम अवस्थालाई ध्यानमा राखी ‘तत्काल केही गर्न’ आग्रह गरेका छन् । बिस्लेले मानवीय सड्ढट रोक्न अर्को महिनासम्ममा अफगानिस्तानमा तत्कालै कम्तीमा २० करोड अमेरिकी डलर सहायता दिनुपर्ने बताएका छन् ।

अफगानिस्तानको सामाजिक–आर्थिक र वित्तीय अवस्थालाई हेर्दा भविष्यमा आर्थिक विकास, लगानी आकर्षण र रोजगारी सिर्जना सरकारका प्राथमिकतामा पर्नेछन् । एसियाली विकास बैड्ढअनुसार सन् २०२० मा अफगानिस्तानका ४७ प्रतिशतभन्दा बढी नागरिक गरिबीको रेखामुनि बाँचिरहेका छन् । सन् २०१९ मा अफगानिस्तानमा हरेक एक हजार शिशुमध्ये ६० जना आफ्नो पाँचौँ जन्म दिन मनाउन पनि नपाई मर्ने गर्छन् । विश्व बैड्ढको तथ्याड्ढले बितेका दस वर्षभरि र सन् २०२० मा अफगानिस्तानको बेरोजगारी दर ११.२ प्रतिशत रह्यो ।
युरोपेली संसदको विकास समितिका प्रमुख टमस टोबले अगस्ट १९ मा भनेका थिए,“सुख्खा, कोभिड–१९ महामारी र लडाइँको कारण अफगानिस्तानका आधा जनता अर्थात् १ करोड ८० लाख मानिसलाई तत्कालै मानवीय सहायताको खाँचो परेको छ । झन्डै ४० लाख मानिस आन्तरिकरूपमा विस्थापित भएका छन् ।”
अफगानिस्तानमा खाद्य सड्ढट सघन बन्दै छ । १ करोड ४० लाख जनता भोकै दिन काट्छन् । संयुक्त राष्ट्र सङ्घीय खाद्य कार्यक्रमका कार्यकारी निर्देशक डेभिड बिस्लेले अन्तर्राष्ट्रिय समुदायलाई अफगानिस्तानको विषम अवस्थालाई ध्यानमा राखी ‘तत्काल केही गर्न’ आग्रह गरेका छन् । बिस्लेले मानवीय सड्ढट रोक्न अर्को महिनासम्ममा अफगानिस्तानमा तत्कालै कम्तीमा २० करोड अमेरिकी डलर सहायता दिनुपर्ने बताएका छन् ।
यस्तो अवस्थामा संयुक्त राष्ट्र सङ्घको अफगानिस्तानमा मानवीय मामिलाका संयोजक रमिज अलाकबारोभले अगस्ट १९ मा आरआईए नोभोस्टी समाचार संस्थालाई तालिवानले संयुक्त राष्ट्र सङ्घलाई आफ्ना नागरिकलाई मानवीय सहायता प्रदान गर्न आग्रह गरेको छ ।
अफगानिस्तानको सामाजिक–आर्थिक अवस्था सड्ढटपूर्ण छ । खाद्य अभावको कारण अफगानिस्तानमा मानवीय सड्ढटको सम्भावना प्रबल छ । साथै भयानक महामारी फैलाउने सङ्क्रामक रोगहरू फैलिने सम्भावना पनि अधिक छ । अफगानिस्तानमा अझैसम्म वैधानिक सरकार बनिनसके पनि अन्तर्राष्ट्रिय समुदायले तत्काल अफगान जनतालाई सहयोग दिन हतार भइसकेको छ । त्यसको आरम्भ अफगानिस्तानको अवस्थाबारे संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्को बैठक बसेर गर्नुपर्छ ।
लेखक कीर्गिस्तानका पूर्वप्रधानमन्त्री हुनुहुन्छ ।
स्रोत : सीजीटीएन
नेपाली अनुवाद : मनिषा

Leave a Reply

Your email address will not be published. Required fields are marked *