भर्खरै :

सक्वको म राजदास– १०२ / उदयपुरको उच्च गुणस्तरको चुनढुङ्गा

उदयपुरको सिमेन्ट उत्पादन गर्ने उदयपुर जिल्ला नेपालको प्रदेश नं. १ को दक्षिण–पश्चिम भागमा पर्दछ । यस जिल्लामा परेको महाभारत पर्वत श्रृङ्खला अति उच्च कोटीको चुनढुङ्गाबाट बनेको छ । यही चुनढुङ्गा उपयोग गरी उदयपुर सिमेन्ट कारखानाले विगत ३० वर्षदेखि देशमा उच्च गुणस्तरको पोर्टल्यान्ड सिमेन्ट उत्पादन गरिरहेको छ । काठमाडौँ चोभारस्थित हिमाल सिमेन्ट कारखानापछि आर्थिक तथा प्राविधिक सहयोगमा बनेको उक्त कारखाना देशको एक गौरवमय उद्योग हो । विगतमा विद्युत् आपूर्तिको समस्या झेल्नु परेको कारण पूर्ण क्षमतामा चल्न नसकेर कारखानाले आर्थिक क्षति व्यहोर्नु परेको भए पनि हाल आएर कारखानाले उच्च गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आएको छ । यसको बजार व्यवस्था राम्रो छ । उक्त कारखानाबाट उत्पादित पोर्टल्यान्ड सिमेन्ट उच्च गुणस्तरको भएको पाइन्छ ।
उदयपुर सिमेन्ट उच्च गुणस्तर भएको कारण
सन् १९४५ मा जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा स्थापना भएको उदयपुर सिमेन्टको गुणस्तर उच्च हुनुको कारण उक्त कारखानामा अपनाइएको पोर्टल्यान्ड सिमेन्ट उत्पादन गर्ने आधुनिक वैज्ञानिक प्रविधिका साथै उदयपुर जिल्लाको सुकौरामा पाइने चुनढुङ्गा उच्च गुणस्तरको हुनु हो ।
यो कारखाना उदयपुरको जल्जलेमा २०४५ साल (सन् १९८७ जून १४) मा स्थापना भएको थियो ।
चोभारस्थित नेपालको सबभन्दा पहिलो हिमाल सिमेन्ट कारखाना जर्मन सरकारको प्राविधिक तथा आर्थिक सहयोगमा निर्माण भएको थियो भने उदयपुरको सिमेन्ट कारखाना जापानको ‘ओनाडा इन्जिनियरिङ्ग’ कम्पनीले डिजाइन गरी कावासाकी हेभी इन्डस्ट्रिज र रोमेन कर्पोरेसनले रोटरी क्लिन’ भन्ने घुम्ने भट्टी प्रयोग गरेर सिमेन्ट क्लिन्कर पोल्न निर्माण गरेको थियो ।
चोभारस्थित हिमाल सिमेन्ट कारखानामा पुरानो डिजाइनको ठाडो भट्टा स्थापना गरिएको थियो । यस पुरानो (युरोपमा प्रतिबन्धित भइसकेको) भट्टाकै कारण हिमाल सिमेन्ट उत्पादन गर्दा प्रदूषणको मात्रा अत्यधिक भएकोले स्थानीय जनदबाबको कारण हिमाल सिमेन्ट कारखानाको अवसान हुन पुग्यो । यद्यपि, उक्त कारखानाबाट उत्पादित सिमेन्ट धेरै उच्च गुणस्तरको थियो र धेरै लोकप्रिय थियो । यस उदयपुर सिमेन्ट उद्योगसँग काभ्रे, धुलिखेल अवस्थित काठमाडौँ विश्वविद्यालयको पनि सहकार्य (कोलावोरेसन) भएको थियो ।
जल्जलेस्थित सिमेन्ट कारखानालाई चाहिने मुख्य कच्चापदार्थ चुनढुङ्गा १३÷१४ किलोमिटर टाढा सिन्धुली डाँडाबाट रज्जु मार्ग (रोप–वे) को माध्यमले ढुवानी गरिन्छ र अत्याधुनिक प्रविधियुक्त रोटरी क्लिन (भट्टा) मा १५०० डिग्री सेन्टिग्रेडमा सिमेन्ट क्लिन्कर पोलिन्छ । १४५० देखि १५०० डिग्री सेन्टिग्रेड तापक्रममा पोलिएको सिमेन्ट धेरै राम्ररी पाकेको हुन्छ र आवश्यक रासायनिक प्रक्रिया सबै पूरा भएको हुन्छ । सिमेन्ट उत्पादनमा गुणस्तर कायम गर्ने मुख्य काम नै सिमेन्ट क्लिन्कर पोल्ने प्रविधि र तापक्रम हो ।
उच्च जापानी प्रविधि प्रयोग गरी उत्पादन गरिएको उदयपुर सिमेन्टको राम्रो गुणस्तर हुनुको अर्को कारण हो । नेपालमा विभिन्न स्थानमा पाइने चुनढुङ्गामध्ये अहिलेसम्म उपलब्ध भएको सबभन्दा राम्रो गुणस्तरको चुनढुङ्गा उदयपुरकै भएको मानिन्छ । चुनढुङ्गा उच्च गुणस्तरले गर्दा साधारण पोर्टल्यान्ड सिमेन्टभन्दा सेतो चुन र प्रेसिपिटेड क्याल्सियम कार्बोनेट’ भन्ने खाद्यपदार्थ, औषधिजन्य ट्याब्लेटहरू बनाउन र विभिन्न प्रकारको कागज उत्पादनमा प्रयोग हुने गर्दछ । उदयपुरमा पाइने चुनढुङ्गाबाट चुन पनि निकाल्न सकिन्छ । यस प्रकारको चुनढुङ्गा धेरै ठाउँमा पाइँदैन ।
सन् १९७६/७७ मा सोभियत सङ्घबाट केमिकल इन्जिनियरिङ्ग सिमेन्ट टेक्नोलोजी विषयमा अध्ययन गरी आएपछि सबभन्दा पहिले मैले काठमाडौँ लैनचौरस्थित खानी तथा भू–गर्भ विभागमा एक अनुसन्धान अधिकृतको रूपमा काम गर्दा मैले पूरा समय यसै उदयपुर चुनढुङ्गाको अध्ययन अनुसन्धानमा बिताएको थिएँ । खानी विभागको प्रयोगशालामा उक्त चुनढुङ्गाको भौतिक तथा रासायनिक गुणहरू अनुसन्धान भएपछि धेरै राम्रो गुणस्तर देखिएकोले यसलाई थप पुष्टि गर्न एक सय किलोग्राम उक्त चुनढुङ्गा होल्यान्डको एक प्रतिष्ठित विश्वविद्यालयमा अनुसन्धान गर्न पठाएको थिएँ । त्यहाँबाट उक्त चुनढुङ्गाको गुणस्तर धेरै राम्रो भएको र उक्त चुनढुङ्गाबाट प्रेसिपिटेड क्याल्सियम कार्बोनेट (पीसीसी) र सिलिका लाइम ब्रिक्स (एसएलबी) पनि निकाल्न सकिने उल्लेख भएको नतिजा प्राप्त भएको थियो । यसैको आधारमा मैले खानी विभागमा बस्दा सहकर्मी इन्जिनियरिङ्ग साथी प्रद्युम्न गार्खालीसँग मिलेर उदयपुर चुनढुङ्गाबाट प्रेसिपिटेड क्याल्सियम कार्बोनेट (पीसीसी) र चुन र बालुवाबाट पानीको बाफमा उसिनेर बनाउने सिलिकेट इँटा उत्पादनको सम्भाव्यता अध्ययन अनुसन्धान ग¥यौँ ।
उक्त अध्ययन अनुसन्धानको सिलसिलामा हामी नेपालको काठमाडौँ उपत्यकाका इँटाभट्टा र कारखानाहरूलगायत इन्डियाको रुड्कीस्थित वैज्ञानिक अध्ययन अनुसन्धान केन्द्रहरू र लखनउसम्म भ्रमण गरी, उक्त पदार्थहरूको प्राविधिक उत्पादनको विषयमा बुझ्न र बजार व्यवस्थाको अध्ययन अनुसन्धान गर्न गयौँ ।
के हो प्रेसिपिटेड क्याल्सियम कार्बोनेट :
प्रेसिपिटेड क्याल्सियम कार्बोनेट (पीसीसी) भनेको धेरै मसिनु मैदाजस्तो सेतो चुन÷चुनढुङ्गा हो । हामीले औषधि भनेर खाने सिटामोल ट्याब्लेटजस्तै अन्य थुप्रै औषधिजन्य ट्याब्लेट र औषधिजन्य झोल पदार्थहरूको साथै फूड सप्लिमेन्टहरू सबै यही पीसीसी भन्ने चुन हो । यो पानमा राखेर खाने चुनजस्तो खानयोग्य चुन हो ।
औषधि र फूड सप्लिमेन्टहरूबाहेक आजकल बजारमा पाइने विभिन्न प्रकारका कागज र पीभीसी भन्ने बोर्डहरू सबैमा यो पीसीसी भन्ने चुन प्रयोग भएको हुन्छ । त्यस्तै दाँत माझ्ने टुथपेस्ट र अन्य कस्मेटीक पदार्थहरूमा पनि यो पीसीसी प्रयोग भएको हुन्छ ।
त्यसकारण, हामीले बजार व्यवस्था राम्ररी मिलाउन सकेको खन्डमा उदयपुरमा पाइने चुनढुङ्गाबाट बहुउपयोगी र बहुमूल्य पदार्थ पीसीसी हाम्रै देशमा उत्पादन गर्न सकिन्छ । तर, पीसीसी (प्रेसिपिटेड क्याल्सियम कार्बोनेट) उत्पादन सानो घरेलु स्केलमा हुँदैन । यसको उत्पादनमा धेरै लगानी हुने भएकोले प्राविधिकरूपमा उदयपुर र चुनढुङ्गाबाट पीसीसी निकाल्न सक्ने भए तापनि नेपालमा यसको खपत धेरै न्यून देखिएको छ । विदेशी कम्पनीहरूसँगको सहकार्यमा मात्र सम्भव हुने देखिएको हुँदा विदेशी बजारको व्यवस्था नभइकन नेपालमा पीसीसी उत्पादन गर्नसक्ने अवस्था भएन ।
उदयपुर चुनढुङ्गा धेरै उच्च गुणस्तरको भइकन पनि पीसीसीजस्तो बहुउपयोगी र बहुमूल्य पदार्थ उत्पादन गर्ने स्थिति त्यसबेला नभएको हुनाले उक्त परियोजना तत्काल स्थगित भयो र जापानी आर्थिक र प्राविधिक सहयोगमा उदयपुर सिमेन्ट कारखाना स्थापित भएको हो । यद्यपि, प्रेसिपिटेड क्याल्सियम कार्बोनेटको सम्भाव्यता भने हटेको छैन र भविष्यमा यो पदार्थ नेपालमा उत्पादन हुनसक्छ । हामीले विदेशी कम्पनीहरूसँग सहकार्य र सम्झौता गरी बजारको उचित व्यवस्था मिलाउन सकेको खण्डमा यस उत्पादनले नेपालका अािर्थक उन्नतिमा ठूलो योगदान दिन सक्छ ।धेरै ठाउँमा धेरै देशमा उत्पादन हुने भएको हुँदा यस पीसीसीको बजार मूल्य पनि धेरै राम्रो छ । नेपालले आफ्नो देशमा भएको यस उच्च कोटीको चुनढुङ्गाको सदुपयोग गर्नु धेरै राम्रो हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *