नेपालीको श्रम शोषण गरी सस्तो ज्यामी बनाउने साम्राज्यवादी नीतिको विरोध गर्न जरुरी
- श्रावण १३, २०८१
४१ वर्ष अगाडिको तःमुंज्या – एउटा काल्पनिक चित्र !
घर– घरबाट ल्याइएका कपडाका ठूला टुक्रा जोडेर बनाइएको ‘टाल्टुले’ पर्दा, हस्त लिखित रातो ब्यानर, काठका विभिन्न थरीका कुर्सी, बाँस र डोरीकै भरमा निर्माण गरिएको र ओखल, काठ, दलिन, जस्तापाताको आधारमा तयार पारिएको दबु । दबुमा ओछ्याइएका केही सुकुल ¤ ब्याट्रीको भरमा चल्ने माइक सिस्टम र ढ्वाङ्ग । दबुमा आतिथ्य ग्रहण गर्ने अतिथिहरू भर्खर २५–३० वर्षका जवानहरू ।
दबु वरपर बोरा ओछ्याइएका छन् । घर– घरबाट ल्याइएका पराल, छ्वालीका सुकुल, गुन्द्री बिछ्याइएका छन् । तुलमा हातले लेखिएका केही भनाइहरू चोक वरपर अर्थात् कार्यक्रम स्थलका भित्ता–भित्तामा टाँगिएका छन् । ती तुलको रातो रङ्गमात्र नहुँदो हो त त्यहाँ रङ्ग भनेकै छैन भन्दा फरक नपर्ला !
स्रोताहरू अधिकांश युवाहरू छन् तर ठ्याक्कै युवा देखिँदैनन् । किनभने, तिनले लगाएको पोशाक, अनुहारको आकृति आदि हेर्दा प्रौढ देखिन्छन् । तर, तिनको स्वर, गतिविधि, काम गराइ हेर्दा भने भर्खरका भन्ने थाहा हुन्छ । कार्यक्रम स्थलमा थुप्रै केटाकेटीको उपस्थिति छ । महिलाहरू फाट्टफुट्ट देखिन्छन्, केही छोरीहरू देखिन्छन्, अधिकांश किसानहरू छन् । केही मध्यम वर्गीय परिवारका पनि देखिन्छन् । अधिकांशका लवाइले दसैँको सामान्य अनुभूतिसमेत दिँदैन ।
एक – दुई जनालाई छोड्ने हो भने सबैजसो सहभागी भक्तपुरका छन् । नेपालभाषा नबुझ्ने कोही छैनन् । नेपाली भाषा बुझ्ने त खोज्नैपर्छ, केही जसोतसो नेपाली बोल्ने विद्यार्थीलाई छोड्दा !
दबुमा कविता, कथा, निबन्ध प्रस्तुत गर्नेहरू एघार – बा¥ह वर्षदेखि सो¥ह – सत्र वर्षका जवानहरू छन् । जसोतसो लेख्न थालेका, जसोतसो वाचनसम्म गर्न जानेका । विद्यार्थीहरूको वाचन तुलनात्मकरूपमा राम्रो छ । सबैका रचना किसानका समस्या, दुःख – पीडाका कुरा, विद्रोहको आह्वान, परिवर्तनको पक्षधरता, गरीबमाथि शोषणको विरोधले खचाखच भरिएका । भाषिक समानता, राज्यको विभेदकारी नीतिको चिरफार, किसान समस्या, महँगी तथा सामयिक अन्तर्राष्ट्रिय सवाल आमन्त्रित अतिथिको मन्तव्यका मूलभूत विषय हुन् । दबुमा वाचन गरिएका हरेक रचना र व्यक्त मन्तव्यले जनचेतना तथा जन एकताको आवश्यकतामाथि जोड दिँदै प्रकाश पार्दछ । नयाँ सङ्घर्षको तयारीको आह्वान भइरहेको प्रस्ट अनुभव हुन्छ । स्रोताहरू बडो अनुशासित ढङ्गमा सुन्दै छन् । उत्साहको जोश, जाँगरको सञ्चार भइरहेको आभास मिल्छ । सबै स्रोता सहयोगी तथा स्वयम्सेवक र सबै सहयोगी तथा स्वयम्सेवक असल स्रोता !
वक्ताहरूमा जति जोश छ त्योभन्दा बढी सहभागीहरूमा देखिन्छ । आयोजकहरूको उत्साह र जोशको त कुरै नगरौँ ! तःमुंज्याको सुरुआत आफैमा धेरैधेरैका निम्ति उत्साह, उमङ्ग र ऊर्जाको विषय बनिरहेको प्रस्ट झल्किन्छ । ज्ञानको ज्योति पुग्ने आशामा कुरिरहेको बस्तीमा एउटा विद्यालयको सुरुआतझैँ, एउटा कलेज र विश्वविद्यालयको सुरुआत भएझैँ सबैमा खुसीयाली, चञ्चलता र आत्मसन्तुष्टि छचल्किरहेको अनुभूत हुन्छ । आत्मगौरवले सबैको अनुहार नै उज्यालो छ । सः कुबियो लाय्कुया च्यूता ! (मल बोक्नेले राजनीति गर्ने !) यो प्रचलित आहानसँगै अर्को आहानको जन्म भयो – सः कुबियो साहित्यया च्यूता ! अर्थात्, मल बोक्नेले साहित्य लेख्ने ¤ हो, स्वयम् श्रमजीवीले पसिनाको कविता लेख्न थाले । मजदुरले श्रमको गीत गाउन थाले । किसानले आफ्ना कथा लेख्न थाले । यसरी नै जन्मियो तःमुंज्या । यसरी नै बढ्यो तःमुंज्या । तःमुंज्या अर्थात् भाषिक, साहित्यिक तथा सांस्कृतिक आन्दोलन । तःमुंज्या अर्थात् वर्गीय आन्दोलन, वर्गसङ्घर्षको एउटा अर्को दबु ।
आजको तःमुंज्या – एउटा शब्दचित्र
कलात्मक सौन्दर्यले भरिपूर्ण दबु, मानौँ त्यो कुनै सम्पदा हो । साहित्य र संस्कृतिको विधाका लागि दुई अलग दबु । अत्यन्त व्यवस्थित र साजसज्जामा बेजोड । सम्भवतः त्यति सुन्दर आकृतिको दबु कहिँकतै निर्माण नै भएको छैन । कहिँकतै सम्भव पनि छैन । सयौँ सिकर्मी कलाकारी, ज्यामी मिलेर बनाइएको दबु । मौलिक तथा परम्परागत ज्ञान, सीप एवम् आधुनिक प्रविधिको मिश्रणको परिणति नै तःमुंज्याको दबु हो । तःमुंज्याको दबु देख्ने तथा पुग्ने मन्त्रमुग्ध भएकै छन् । तःमुंज्याको दबु स्वयम् एउटा सुन्दर काव्य हो, कालजयी सङ्गीत हो, मर्मस्पर्शी गीत हो । अध्यक्ष माओले भन्नुभएझैँ ‘चिया पनि मीठो, कप पनि राम्रो’ हुनुपर्छ भन्ने भनाइ यहाँ व्यवहारमा अनुदित भएको अनुभव जोकसैले सहजै गर्छन् । तःमुंज्याको भव्य दबुले अरू धेरै – धेरै अर्थ दिइरहेको, सन्देश प्रवाह गरिरहेको र अनुरोध गरिरहेको अनुभूत हुन्छ । तःमुंज्याको दबुले यो सहरमा कला मरेको छैन भन्ने बताउँछ । श्रमदान, योगदान तथा सामूहिक भावना यहाँ अझै जिउँदोजाग्दो छ । तःमुंज्याले यही उजागर गर्छ । तःमुंज्याको दबु एउटा बाहिर देखिने आकृति या उदाहरण हो । कार्यक्रम स्थलको भव्यता, व्यवस्थापनले कुनै अन्तर्राष्ट्रिय स्तरको कार्यक्रमभन्दा कम स्तर झल्काउँदैन ।
हजारौँ मानिसको उपस्थिति छ । लगभग आधा – आधा महिला – पुरुष छन् । थुप्रै केटी, युवक–युवती छन् । सबै दबुलाई सुहाउने पोशाकमा छन् । अधिकांश महिला, छोरीहरू हाकुपटासीमा हिस्सी परेर बसेका छन् । अधिकांश पुरुष भादगाउँले टोपी, नेपाली टोपी, केही कोट टाई, दौरा सुरुवालमा पुगेका छन् । गीत, नाच, बाजा बजाउनेहरूको पहिरनले मौलिकता झल्काइरहेको छ । उपस्थितमध्ये धेरै शिक्षक, प्राध्यापक, डाक्टर, इन्जिनियर, वकिल, बुद्धिजीवी छन् । किसान–मजदुरको उल्लेख्य सहभागिता छ । सयौँ युवा स्वयम्सेवक बनी सक्रियता देखाइरहेका छन् । धेरैजसो नेपालभाषा, नेपाली भाषा, अङ्ग्रेजी बुझ्छन् । तीनवटै भाषामा लेख्छन्– बोल्छन् । तामाङ भाषा, भोजपुरी भाषालगायत अन्य भाषाभाषी पनि सहभागी छन् । विभिन्न भाषामा साहित्य वाचन चल्दै छ । काठमाडौँ उपत्यकालगायत विभिन्न जिल्लाको प्रतिनिधित्व छ ।
विद्वत वक्ताहरू महत्वपूर्ण राष्ट्रिय अन्तर्राष्ट्रिय विषयमा प्रवचन दिँदै छन् । विज्ञ डाक्टरहरू स्वास्थ्य चेतना दिँदै छन् । साहित्यकारहरू गर्वका साथ साहित्यबारे अभिव्यक्ति दिँदै छन् । देशको सीमा समस्यादेखि लिएर अन्तर्राष्ट्रिय राजनीतिमा आइरहेको फेरबदल, सङ्कट तथा समाधानबारे विचार मन्थन चल्दै छ । विश्वविद्यालयको प्राज्ञिक छलफलतूल्य कार्यक्रमले धेरैलाई बौद्धिक खुराक दिन्छ । वक्ताहरू जवानहरूभन्दा पनि वरिष्ठ विज्ञहरू देखिनुहुन्छ । तर, उहाँहरूको जोश तथा जाँगरमा कुनै कमी देखिन्न ।
जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याएकाहरू अभिनन्दित हुन्छन् । सांस्कृतिक क्षेत्रमा समर्पित भएर लाग्ने सांस्कृतिक गुरुहरू हरेक वर्ष सम्मानित हुन्छन् । कवि, कथाकार, निबन्धकारहरू पनि पुरस्कृत हुन्छन् । तःमुंज्या ‘ख्वपौ’ अर्थात् स्मारिका प्रकाशित हुन्छ । सयौँ कलाकारहरू दबुमा आई आफ्नो कला, प्रतिभा, प्रस्तुत गर्छन् । यसरी नै हरेक वर्ष दसैँका अभिन्न अङ्गझैँ तःमुंज्या हर्षोल्लासका साथ सम्पन्न हुन्छ । तःमुंज्याविनाको दसैँ अब करिब असम्भव भइसकेको छ । दसैँको द्वादशी र त्रयोदशी भक्तपुर पुगेर तःमुंज्यामा सहभागिता जनाउन पाउनुलाई धेरैले ‘सौभाग्य’ ठान्दछन् । ‘जनता म्वाःसा भाषा म्वाइ’ अर्थात् आन्दोलन, सङ्घर्षका निम्ति तयार जनताले परिवर्तनको उद्देश्य हासिल गर्छन् र त्यस्ता सङ्घर्षशील जनताले नै भाषा, कला, संस्कृतिको जगेर्ना गर्छन् भन्ने उद्घोषका साथ तःमुंज्या ४१ वर्षदेखि अनवरत अगाडि बढ्दै छ ।
तःमुंज्या देश र जनताको पक्षमा निरन्तर आन्दोलनरत
तःमुंज्याले भाषा, साहित्य र संस्कृतिसँगसँगै देश–विदेशका जल्दाबल्दा सवालमा जनतालाई सुसूचित एवम् शिक्षित बनाउने कार्य निरन्तर गर्दै छ । यो वर्ष देशघाती एमसीसी सम्झौताविरुद्धको सङ्घर्षलाई ऊर्जा दिने काम गर्दै छ । एमसीसीविरोधी आन्दोलनको एउटा हिस्साको रूपमा यसपालीको तःमुंज्या अगाडि बढ्यो । अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको दलालमा परिणत भएका नेपाली शासक दल तथा तिनका नेताका विरुद्ध साहित्यिक एवम् वैचारिक सङ्घर्षलाई तःमुंज्याले अगाडि बढायो ।
गत वर्ष कोरोना महामारी र त्यसको रेकथामका साथै कोभिड महामारीको सिलसिलामा संरा अमेरिकी साम्राज्यवादले समाजवादविरुद्ध थालेको अर्को हमलाविरुद्ध तःमुंज्याले सङ्घर्ष ग¥यो ।
माक्र्सको द्वीशतवार्षिकीको अवसरमा तःमुंज्याले कार्ल माक्र्सको शिक्षा तथा नेपालमा माक्र्सवादी–लेनिनवादी विचारको अवस्थाबारे बृहत् छलफल सञ्चालन ग¥यो ।
त्यसैगरी समाजवादी गणतन्त्र, प्रतिगमन, भारतीय नाकाबन्दी, भूकम्पपछिको पुनःनिर्माण महाकाली सन्धि लगायतका सवालमा पनि तःमुंज्याले नेपाली जनतालाई स्पष्ट पार्ने अभिभारा बहन ग¥यो । यसप्रकार, तःमुंज्याले विचारको फराकिलो बाटोमा हिँड्दै र कामदार वर्गीय भावना आत्मसात् गर्दै साहित्यको क्षेत्रमा समेत उल्लेख्य योगदान पु¥याइरहेको जगजाहेर छ । तःमुंज्या सङ्कीर्ण राष्ट्रवाद, साम्प्रदायिकताबाट जति मुक्त छ त्यति नै बडाराष्ट्र अहङ्कारवादविरुद्ध पनि सङ्घर्षरत छ । नेपालमा देखिएको फासीवादको लक्षणप्रति पनि तःमुंज्या सचेत छ । मोदी फासीवाद र अमेरिकी सरकारको फासीवादी नीतिविरुद्ध जनताका लेखक, कवि, कलाकारलाई कलममार्फत सङ्घर्ष तीव्र पार्न तःमुंज्याले केही समय अगाडिदेखि आह्वान गर्दै आएको सर्वविदितै छ ।
तःमुंज्या कामदार जनताबीच हुर्किरहेको सङ्घर्ष तथा आन्दोलनको अर्को नाम हो । तः मुंज्याको उन्नति, प्रगति तथा निरन्तरता देश र जनताकै हितमा हुनेछ ।
Leave a Reply