भर्खरै :

पृथ्वी जोगाउन अन्तिम आह्वान

कोभिड–१९ महामारीको सङ्कटबाट निस्कन संसारले हरसम्भव प्रयास गर्दै गर्दा अर्को ठूलो सङ्कटले मानिसको अस्तित्वलाई चुनौती दिइरहेको छ । हामी अहिले जालमा फसेका छौँ । संसारका वैज्ञानिक विश्व र अन्य सम्बन्धित समुदायले जलवायु परिवर्तन र पूर्णगतिमा वातावरणीय विनाशबारे खतराको घण्टी बजाएको यो पहिलो पटक होइन ।
यो साता संसारको लागि महत्वपूर्ण छ किनभने तीन वटा ज्यादै अहम् महत्वका सम्मेलनहरू एकसाथ भइरहेका छन् । पहिलो, जलवायुलाई नै केन्द्रित बनाएर २० देशहरूको समूह जी–२० को सम्मेलन हुँदै छ । संसारकै प्रभावशाली २० देशहरूको सम्मेलन इटालीमा हुँदै छ । स्कटल्यान्डको ग्लासगोमा आइतबारबाट संयुक्त राष्ट्र सङ्घीय जलवायु परिवर्तनसम्बन्धी २६ औँ सम्मेलन (कोप २६) हुँदै छ । आइतबार संयुक्त राष्ट्र सङ्घको विश्व सहर दिवस पनि पर्छ । हरेक वर्षको अक्टोबर ३१ मा बनाइने विश्व सहर दिवसको यो वर्षको नारा ‘जलवायु लचकतामा अनुकूल हुँदै सहरहरू’ बनाइएको छ । यी सबै आवाजलाई एकै ठाउँमा राख्ने हो भने यति ठूलो आवाज यसअघि कहिल्यै सुनिएको थिएन ।
विश्वव्यापी तापमान वृद्धिको विषयमा काम गर्ने सही समय यही हो भन्ने यी सबै पुग्दो आधार हुन् । महामारीको प्रभावलाई बेवास्ता गर्न सकिन्न । तर, जलवायु परिवर्तनले महामारीभन्दा ठूलो र अपरिहार्य जोखिम निम्त्याएको कुरा देखाउन कोभिड–१९ एउटा मापदण्ड पक्कै बनेको छ । यस्तो भावनाको मूल कारण भनेको आ–आफ्ना क्षेत्रीय वातावरणको विशिष्टताअनुसार संसारभरका मानिसहरूले यसको दुष्प्रभाव झेलिरहेका छन् ।
उदाहरणको लागि उत्तरी गोलाद्र्ध र एसियामा बाढी आउनु एउटा नियमित घटना बनिरहेको छ । यसले हरेक वर्ष सयौँ मानिसको ज्यान लिइरहेको छ । सन् २०२१ को गर्मीयाम युरोपको अहिलेसम्मकै सबभन्दा गर्मी समय बन्यो । सन् २०२० मा पनि गर्मीयाममा सबभन्दा बढी गर्मी भएको थियो । त्यत्तिबेला युरोपको तापक्रम डरलाग्दो गरी ४० डिग्री सेल्सियस पुगेको थियो । फलतः युरोपका अधिकांश देशहरूमा डढेलो फैलिएको थियो । यसरी आगलागी हुनु युरोपको लागि असामान्य घटना थियो ।
अफ्रिका र अन्य विकासशील देशहरू अहिले दोहोरो समस्यामा परेका छन् । ती क्षेत्रमा जलवायु परिवर्तनको प्रत्यक्ष प्रभावको रूपमा बारम्बार र लामो समयसम्म सुख्खामात्र हुने गरेको छैन । तर, विकसित देशहरूका उद्योगहरूले गरेका उत्सर्जनको अधिकांश सेकेन्ड ह्यान्ड उत्सर्जन भोग्न बाध्य भइरहेका छन् । यति विशाल अनुपातमा जलवायु परिवर्तनले प्रभाव देखाइरहेको बेला जलवायु परिवर्तन रोकथामको आवश्यक प्रयासको अभावले समयान्तरमा अपूरणीय क्षति हुनसक्छ ।
जलवायुविद्हरूले पेरिस जलवायु सम्झौताअन्तर्गत गरिएका वचनबद्धताहरू संसारले पूरा गर्न नसकेको बताए । विशेषतः संसारको तापक्रम औद्योगिक क्रान्तिअघिको १.५ डिग्री सेल्सियसमा सीमित राख्ने वचनबद्धता पूरा हुन सकेको छैन । अहिलेको उदयीमान अवस्था निकै चिन्ताजनक छ । त्यसकारण कोप २६ लाई ‘जलवायु परिवर्तनलाई नियन्त्रणमा लिने संसारसँग भएको सबभन्दा अन्तिम मौका’ को रूपमा चर्चा भइरहेको छ ।
जलवायु परिवर्तनसामु कुनै पनि देश कति धनी वा प्राविधिकरूपमा विकसित छ भन्ने कुराको कुनै अर्थ छैन । जीवन धान्ने अवस्थाभन्दा ओजन तह एक पल्ट पातलिएपछि मानिसको जीवन विकिरणको हानिकारक प्रभावसामू कमजोर हुनेछ ।
धेरै हदसम्म कोभिड–१९ क्रमशः शिथिल बन्दै गएको छ । त्यसको निम्ति विश्व समुदाय आभारको पात्र बनेको छ । कोभिड–१९ ले हामी मिलेर बाँच्छौँ वा फुटेर झर्छौँ भन्ने कुरा सिकाएको छ । त्यसरी नै जलवायु परिवर्तनविरुद्ध पनि हामी एकजुट भएर लड्नुपर्नेछ । यस्तो समयमा एकपक्षीय नीति पछ्याउनु मूर्खतापूर्ण हुन्छ । धर्तीमाताले सामना गरिरहेका समस्याको उत्पत्ति गर्न वा उछाल्नमा केही भूमिका नभएका मानिसहरूप्रति अन्याय हुनेछ ।
तर, यत्तिञ्जेलको धमिलो अवस्थाबीच पनि हामीले हाम्रो लडाइँलाई चालु राख्नेछौँ । जी २० का सदस्य र कोप २६ का सहभागीहरूले मानिसका गतिविधिको अन्त्यहीन दबाबका कारण वातावरणले यसरी मार भोग्दै जाने हो भने पृथ्वीमा मानिसको अस्तित्व नै सखाप हुनसक्ने सम्भावनाबारे खतरनाक चेतावनीलाई आवाज दिनुपर्छ । मानिसले आपूmलाई वातावरण मैत्री बनाउन कस्तो अनुकूलनको व्यवहार गर्ने भन्ने कुराको छिनोफानो गर्नुपर्छ ।
चीनले जलवायु परिवर्तनको रोकथामका निम्ति आफ्ना नीति र कार्यक्रम हालै एउटा श्वेतपत्रको रूपमा प्रकाशित गरेको छ । त्यसमा सबै पात्रहरूले गर्नुपर्ने भूमिकाबारे महत्वपूर्ण विचार अघि सारिएको छ । प्रभावकारी प्रमाणित भएका चीनका कदमका अतिरिक्त उसले अन्तर्राष्ट्रिय जलवायु र वातावरण मञ्चहरूमार्फत विश्वव्यापी परिचालन गरिरहेको छ ।
जलवायु परिवर्तनविरुद्ध सामूहिक प्रयासको लागि लगातार आह्वान गर्दै चीन वातावरण संरक्षणमा अगुवा बनेको छ । अन्तर्राष्ट्रिय जलवायु संवादमा चीन सक्रिय र रचनात्मक सहभागी बन्दै आएको छ । बढ्दो समस्याविरुद्ध न्यूनीकरण र अनुकूलनका कदम चाल्ने विकासशील देशहरूलाई चीनले मद्दत गर्दै आएको छ ।
श्वेतपत्रमा भनिएजस्तै पृथ्वीका हरेक व्यक्ति जलवायु परिवर्तनको मारमा पर्नेछन् । त्यसको अर्थ सबै तहका जनता मानिसलाई प्रकृतिसँग प्रतिस्पर्धा होइन, सद्भावमा बाँच्न समाधानको खोजीमा संलग्न गर्नुपर्छ । हाम्रो पुस्ताले जलवायु परिवर्तनको भयावह अवस्था भोग्नु नपरे पनि हाम्रा कमी कमजोरी र लापरबाहीको कारण मडारिरहेको जलवायु सङ्कटको जोखिम रहेको संसार उनीहरूलाई हस्तान्तरण गर्न जिम्मेवार ठहरिनेछौँ ।
लेखक नैरोबीका सञ्चारविद् र प्राध्यापक हुनुहुन्छ ।
स्रोतः सीजीटीएन
नेपाली अनुवादः मनिषा

Leave a Reply

Your email address will not be published. Required fields are marked *