अन्तर्राष्ट्रिय विद्यार्थीहरूमाथि अस्ट्रेलियाको सीमा भनेको ‘गाई मारी गधा पोस्ने’ कार्य हो
- आश्विन १८, २०८१
नेपालभाषा साहित्य तःमुंज्याले ४० वसन्त पार ग¥यो – भाषा, कला र साहित्यको क्षेत्रमा ओजपूर्ण योगदानका ४० वर्षहरू । जनता बाँचे भाषा बाँच्छ, सभ्यता बाँच्छ, कला र साहित्यको विकास सम्भव हुन्छ, संस्कृति जोगिन्छ । जनता अर्थात् ‘कामदार जनता’ लाई केन्द्रमा राखी लेखिएका साहित्यले समाजलाई मार्गनिर्देश गर्छ । तः मुंज्याले देश र जनताको सेवा गर्ने विचार हुर्कायो । नेपालभाषा साहित्य तःमुंज्याको दबुले जनतामाथिको शोषणविरुद्ध आवाज उठायो । निरङ्कुश पञ्चायत व्यवस्थाविरुद्ध लड्यो । नेपाल र नेपाली जनतामाथि विदेशीहरूले गरेको राजनीतिक, आर्थिक र सांस्कृतिक आक्रमण या हस्तक्षेपविरुद्ध आवाज उठायो । भारतीय विस्तारवाद र एकाधिकार पुँजी अमेरिकी साम्राज्यवादविरुद्ध नेपालभाषा साहित्य तःमुंज्या आज पनि सङ्घर्ष गर्दै छ । यो जनताका शत्रु र मित्र चिनाउने जनताको दबु हो । जनताबाट सिकेर जनतालाई नै दिने मञ्च हो । प्रगतिशील र माक्र्सवादी साहित्यको पक्षपाती तःमुंज्या साहित्य राजनीतिको हतियार हो भन्नेमा विश्वास राख्छ । जनभावनाले नभिजेको साहित्य के साहित्य ? जनता नबाँचेको साहित्य, कला, भाषा, संस्कृतिको के अर्थ ? जनताको शक्तिलाई अजेय बनाउने अभियानमा तःमुंज्याले ४० वर्ष खर्च गर्यो । नेपाल संवत् ११०० बाट सुरु भएको तःमुंज्याका हरेक शृङ्खलाले देशको राजनीतिक, सामाजिक परिवर्तनका निम्ति सशक्त आवाज दिएको छ । निरङ्कुश पञ्चायती व्यवस्थादेखि आजसम्म, शिक्षामा पछाडि परेको समाजदेखि आजको शैक्षिक हेरफेरसम्ममा योगदान पु¥याउने तःमुंज्या दबु जनताको प्यारो दबु हो । नेपाल मजदुर किसान पार्टीको विचारको झन्डामुनि हरेक वर्ष नयाँ–नयाँ सन्देश र उमङ्ग बोकी आउने तःमुंज्या ४१ औँ साहित्य सम्मेलन गएको द्वादशी र त्रयोदशीमा सम्पन्न भयो । वर्षभरि साहित्यिक गतिविधिहरू गर्नुका साथै वर्षको एउटा साहित्यिक र सांस्कृतिक महोत्सवको रूपमा आयोजना हुने तःमुंज्या साहित्यकार, स्रष्टा, संस्कृतिकर्मी र जनताका निम्ति विश्वविद्यालयजस्तै हो । सांस्कृतिक गुुरु र साहित्यकारहरूलाई सम्मान गर्ने, जनअभिनन्दन दिने विश्वविद्यालयको रूपमा पनि तःमुंज्या परिचित छ । भाषासेवीहरूको सम्मान, जनताको लेखक कलाकारहरूको सम्मान, जनताका डाक्टर, शिक्षक–शिक्षिकाहरू, अग्रजहरूको सम्मान गर्न तःमुंज्या सधैँ अगाडि बढेको छ ।
तःमुंज्याको इतिहास जनताको भाषा, साहित्य, कला र संस्कृतिको उत्थान गर्ने आन्दोलनको इतिहास हो । त्यो इतिहास नेपालभाषा साहित्य तःमुंज्याको मुखपत्र ‘तःमुंज्या’ को अध्ययनबाट स्पष्ट हुन्छ । तः मुंज्याको प्रत्येक अङ्क ऐतिहासिक र सङ्ग्रहणीय लाग्छ । प्रत्येक अङ्कमा परिवर्तनको आवाज महसुस हुन्छ । तत्कालीन समयको यथार्थचित्र कोरिएका मुखपत्रहरू समयसँगै थप महत्वपूर्ण साहित्यिक दस्तावेज बन्ने प्रस्ट छ ।
यो पटकको तःमुंज्या मुखपत्र त्यसैको एउटा सिलसिला हो । यो पटक पनि मुखपत्रले तःमुंज्यालाई जातीय दबु होइन वर्गीय दबुको रूपमा चिनाउँछ । विभिन्न जातजाति र भाषाभाषी तथा संस्कृतिको संयोजन भएको देशमा जातीय नारा र आन्दोलन फगत हिंसा, विध्वंस र उपद्रोको बीउ बन्दछ । जातभित्र पनि वर्ग हुने हुँदा वर्गीय आन्दोलनले मात्र जनताको वर्गीय मुक्ति सम्भव हुन्छ । वर्गीय मुक्ति आन्दोलनका निम्ति सशक्त साहित्यको आवश्यकताबोध पनि गराउँछ । अनि, जनताबीच बाटै जनताका स्र्रष्टा र कलाकार जन्मन्छ भन्ने विश्वास गर्दछ ।
नयाँ अङ्कमा ४० औँ नेपालभाषा साहित्य तःमुंज्यामा व्यक्त अध्यक्ष रोहितको मन्तव्य, पार्टी सचिव प्रेम सुवाल र नगर प्रमुख सुनिल प्रजापतिको मन्तव्य सङ्ग्रहित छन् । कोरोना कहरको समय थियो । रोग र बन्दाबन्दीको प्रताडनाबीच आयोजित अनलाइन तःमुंज्याले जनताको जीवन सुरक्षाका निम्ति सरकारले निर्वाह गर्नुपर्ने जिम्मेवारी र दायित्व अवगत गरायो । उपचार निःशुल्क हुनुपर्ने माग राख्यो । संरा अमेरिकाले महामारीको समयमा देखाएको उपद्रो र स्वार्थी व्यवहारको आलोचना ग¥यो । कोरोना कहरको समयमा समाजवादी देश चीन र क्युवाले निर्वाह गरिरहेको अन्तर्राष्ट्रवादी धर्मको विरोध गरे । पुँजीवादी देश मानिसको स्वास्थ्य क्षेत्रमा कति उदासीन र असफल छ भन्ने विषय उदाङ्गियो । विश्व मानवको स्वास्थ्य सुरक्षाका निम्ति एकजुट हुने समयमा फुटको कुत्सित प्रयत्न ट्रम्प प्रशासनले रोकेन । संसारलाई थाहा छ, अझ पुँजीवादी मुलुकहरूलाई थाहा छ चीन र भारत मिल्यो र सहकार्य गर्यो भने अब एसियाले विश्वको नेतृत्व गर्नेछ । त्यसकारण, संरा अमेरिकालगायत साम्राज्यवादी मुलुकहरू चीन र भारतबीच फुट चाहन्छन्, बेमेल चाहन्छन् । बेलायती उपनिवेशले २ सय वर्षअघि नै चीन र भारतबीच कलहको बिउ सीमा विवाद बनाएको तथ्य का. रोहितले बताउनुभयो । संसारलाई आप्mनो तखतमा राख्न खोज्ने साम्राज्यवादी संरा अमेरिकाले चीन–भारतमात्र होइन, नेपाल–भारत, नेपाल–चीनबीच पनि कलह रोप्न प्रयास गरिरह्यो, कोरोना कहरले छेकेन । का.रोहित भन्नुहुन्छ, “हामीले साहित्य लेख्दा किसानको पक्ष लिनुपर्छ । हामीले साहित्य लेख्ने जनताको सेवाका निम्ति हो ।”
जनकवि चन्द्रबहादुर उलकले मालश्री गीतमार्फत कोरोना कहरमा जनताको पीडा गाउनुभएको छ । संस्कृति शिरोमणि हरिराम जोशीको संस्कृति र भाषासम्बन्धी अनुभूति छापिएको छ । स्रष्टा तेजेश्वरबाबु ग्वंगको आत्मपरक निबन्धमा मानिसको हृदयमा मानवीय भावना, सेवाको भावना नभए मान्छे बन्न नसक्ने सन्देश छ । समाज, देश सञ्चालनका निम्ति असल राजनीति, कुशल नेतृत्व, नैतिकवान व्यक्तित्व र कूटनीति आवश्यक छ । छलकपट र धुत्र्याइँ गर्ने मानिस, आप्mनोबारे मात्र सोच्ने एकलकाँटे मान्छेले समाजलाई दिशानिर्देश गर्नसक्दैन । जनसेवाको भावनासहित जीवनमा आपूmलाई आफैंदेखि गौरव लाग्ने काम गर्नुपर्ने सन्देश बोकेको ग्वंगको निबन्ध पठनीय छ । क्रिश्चिनाको ‘छमिसं छुँ हे मस्यु’ (तिमीहरूलाई केही थाहा छैन) कथाले एकातिर अहिलेको राजनीतिक वृत्तमा मौलाएको विकृति प्रस्ट पार्छ भने अर्कोतिर पढेलेखेकाहरू नै जनसेवाको राजनीतिमा अग्रसर हुनुपर्ने सन्देश पनि दिन्छ । पद–पैसा, सत्ताका निम्ति जे पनि गर्ने अराजनीतिक संस्कारको विकासले नेपालको वामपन्थी आन्दोलन बदनाम भएको हो भन्ने दृष्टान्त कथाले प्रस्तुत गर्छ ।
नयाँ अङ्क मिलिनियम च्यालेन्ज कम्प्याक्टविरुद्धको आवाज बनेको छ । एमसीसी हिन्द प्रशान्त सैन्य रणनीति नै भएको पुष्टि गर्ने का. प्रेम सुवालको लेख जानकारीमूलक छ । का. सुरेन्द्रराज गोसाईले एमसीसीको पक्षधरता देशघाती हुने तर्कसहित बागमती प्रदेश सरकारको ‘बाँदरबुद्धि’ उदाङ्ग्याउनुभएको छ ।
एउटै प्रोजेक्ट र केही अर्ब डलरले देशको कायापलट नहुने प्रस्ट सन्देश बेलायत, अमेरिका, भारत, रुस, चीनको उदाहरणसहित पुष्टि गरिएको छ । मित्रराष्ट्रहरूले बनाइदिएका ठूूल्ठूला कलकारखाना कौडीको मूल्यमा भारत र निजी क्षेत्रलाई दिने काङ्ग्रेस र एमालेकै हातबाट लिइने केही अर्ब डलर ‘डोकोमा पानी’ हुने प्रस्ट शब्दचित्र प्रस्तुत छ । एमसीसीविरुद्ध उठेको जनताको आन्दोलनबारे चर्चा छ । विश्वयुद्धको मानसिकतामा बसेको संरा अमेरिका एसियामा तेस्रो विश्वयुद्ध चाहन्छ । चीन र भारतको विकास र जनसङ्ख्यामाथि बम खसाले आपूm अबको शताब्दीसम्म पहिलो शक्ति बन्ने देखेर नेपालमा एमसीसी परियोजना भित्रिएको हो । सचेत नेपाली बुद्धिजीवी, स्रष्टाहरूलाई एमसीसी र संरा अमेरिकी साम्राज्यवादविरुद्ध कलम चलाउन नयाँ अङ्कले हौस्याउँछ ।
भक्तपुरबाट स्नातकोत्तर गर्ने पहिला महिला जानकी कायस्थ (अमात्य) को छोटो परिचय र अनुभूति प्रेरणादायी छ । आजभन्दा ७० वर्षअघिको भक्तपुरको शैक्षिक स्थिति शिक्षा क्षेत्रमा छात्रा या महिलाहरूको पहँुच र आजको परिस्थिति तुलना गर्न उहाँको जीवनले सघाउँछ । उहाँ भन्नुहुन्छ, “भक्तपुरको शैक्षिक प्रगतिबाट अरू जिल्लाले पनि सिक्न सक्दछ । भक्तपुरको छोरीको नाताले भक्तपुरमा भइरहेको प्रगतिबाट गौरवको अनुभव गर्दछु ।”
एक क्रान्तिकारी साहित्यको दृष्टान्तः ‘पार्टीकी सच्चा छोरी’ पढ्न छुटाउनै नहुने लेख हो । नयाँ अङ्कले अप्mगानिस्तान र अन्य देशहरू ध्वस्त गर्ने ठूलो खेल शीर्षकमा अप्mगानिस्तानमा हमलाको इतिहासदेखि वर्तमानसम्मको परिवेश, तत्कालीन सोभियत सङ्घ अर्थात् रुस र अमेरिकी साम्राज्यवादका आक्रमणहरूबारे पाठकलाई सुचित बनाउन लेखले सघाउँछ । अष्ट्रेलियाली पत्रकार जोन पिग्लरको लेख तथ्यपरक छ ।
थुप्रै फुटकर कविता, कथासहित नयाँ अङ्कले भाषा गुरु रमापतिराज शर्मा राजोपाध्याय चिनाउँछ, उहाँको साहित्यिक जीवन अनुराग पस्कन्छ । त्यतिमात्र होइन कवि पूर्णबहादुर वैद्यलाई पनि नयाँ अङ्कले सम्झेको छ ।
विचारको लडाइँमा बहुमत काम गरिखाने जनताको पक्ष लिने तःमुंज्याले जनसाहित्य तथा संस्कृतिको विकासमा कहिल्यै थकाइको अनुभव नगर्ने विश्वाससहित तःमुंज्या मुखपत्रको प्रकाशकलाई साधुवाद ।
Leave a Reply