भर्खरै :

राजनीति सकारात्मक भएमात्र समाजमा परिवर्तन

नेपाली समाज यतिबेला अराजकता, अनियमितता र अस्तव्यस्तताको चरम अवस्थाबाट गुज्रिरहेको छ । यहाँ कानुन, नियम, मूल्य र मान्यताको पालना हुँदैन । उल्लङ्घनमात्र भइरहन्छ । समाजमा जसले ती मापदण्डहरूको पालना गर्न खोज्छ वा गर्नुपर्छ भन्छ, ऊ कमजोर र उपायहीन मानिने अनि जसले तिनको अपमान र उल्लङ्घनसँगै अरूहरूलाई समेत त्यसै गर्न उक्साउँछ । ऊ योग्य, सक्षम र शक्तिशाली मानिने गर्दछ । यो कुरोलाई बल पु¥याउनेहरूमा राजनीतिकर्मी, प्रशासक, न्यायकर्मी र सुरक्षाकर्मीहरूसम्म पर्दछन् । यसो भन्नुको तात्पर्य तीबाहेकका व्यक्तिहरू चोखा र नियमको पालक हुन् भन्न खोजिएको होइन । कुरो केमात्र हो भने उक्त कार्यमा तिनको प्रमुख भूमिका रहने गर्दछ । तीबाहेक सर्वसाधारणहरूको व्यवहारसमेत कानुन, नियम र मर्यादाको पालना गर्ने खालको रहेको पाइँदैन । देशमा कानुनका निर्माता कहलिएका विधायकहरू, कानुनको कार्यान्वयनकर्ता मानिएका कार्यकारी निकायका सदस्यहरू र कानुनको व्याख्याता एवं न्यायकर्ता मानिएका न्यायपालिकाका सदस्यहरू खुला र निर्लज्जरूपमा कानुनको उल्लङ्घन गर्दै कानुनी व्यवस्थालाई कमजोर तुल्याउन लागिपरेका छन् । हुन त नेपालमा प्राचीनकालदेखि नै ‘ठूलालाई चैन, सानालाई ऐन’ भन्ने उखान प्रचलनमा रहेको पाइन्छ । यसको तात्पर्य समाजको माथिल्लो तहमा रहेका व्यक्तिहरूलाई कानुनअनुरूप व्यवहार गर्नु नपर्ने, तर समाजको तल्लो तहमा रहेका र कमजोर व्यक्तिहरूले भने कानुनको पालना गर्नैपर्ने भन्ने हो । निश्चय पनि समाजमा यस किसिमको प्रचलन निकै पहिलेदेखि कायम रहेको छ । तर, देशमा भएका पटक–पटकका राजनीतिक परिवर्तनहरूले राजनीतिक स्वतन्त्रताका नाउँमा प्रवद्र्धन गरेका छाडा व्यवहारहरूका कारण यतिबेला प्राचीन मान्यताले समेत स्थान पाउन छाडेको छ । जो कसैले कानुनको पालना नगर्दा हुन्छ भन्ने मान्यताले बल प्राप्त गरेको छ । परिणाम, अब नियम कानुनको पालनाको कुरा छाडिदिऊ, सामान्य अनुशासनात्मक कुराहरूको समेत पालना हुन छाडेको छ । समाज बलको आधारमा शासित हुने गरेको छ ।
यो अरू केही नभएर कथित ठूलाहरूले प्रदर्शन गर्ने व्यवहारको अनुशरणसँगै एकथरी आफूलाई क्रान्तिकारी कहलाउने ढोँगीहरूको उक्साहटको परिणाम हो । सर्वसाधारणहरूलाई कानुनको पालना वा मूल्य मान्यताको अनुशरण गर्नु भनेको आफूलाई बन्धनमा राख्नु हो । त्यसैले त्यसको उल्लङ्घन र अवज्ञा गर्नुपर्दछ । त्यसो गर्नु कुनै गलत कुरो नभएर आफूलाई स्वतन्त्र र समर्थवान तुल्याउनु हो भन्ने भ्रम छर्ने कार्य गरिएको छ । यसको असर अब समाजका हरएक क्षेत्रमा पर्न थालिसकेको छ । परिणामतः यत्र तत्र सर्वत्र नियम, कानुन, अनुशासन र नैतिक मूल्य मान्यताको उपहास भइरहेको छ । सर्वत्र अराजकता र अव्यवस्था कायम हुन पुगेको छ । हुन त एकथरीले यो अवस्थालाई आधुनिकता, लोकतन्त्र र उदारतावादको प्रतिबिम्बको रूपमा व्याख्या गर्ने गर्दछन् भने अर्काथरिले परिवर्तन र क्रान्तिको सङ्केतको रूपमा अथ्र्याउने गरेका छन् । तर, यो अरू केही नभएर राष्ट्र र समाजलाई विघटनको अवस्थातर्फ उन्मुख तुल्याउने कसरतमात्र हो ।
उल्लेखित कुराको प्रमाण र आधारहरू खोज्न धेरै मेहनत गर्नु पर्दैन । सरकारी, राजनीतिक, प्रशासनिक, न्यायिक, शैक्षिक, स्वास्थ्य, सुरक्षा, सञ्चार, वाणिज्य, विकासलगायतका क्षेत्रहरूमा भइरहेका भ्रष्ट, अमर्यादित एवं कानुनविपरीत गतिविधिहरू त सार्वजनिक रूपमा प्रस्ट छन् नै । ती सँगै प्रत्येकले अरूहरूसँगै आफ्ना दैनिक व्यवहार र क्रियाकलापहरूलाई सङ्क्षिप्तरूपमा नियाल्नु/मूल्याङ्कन गर्नु पर्याप्त हुन जान्छ । यसक्रममा बजारको अवस्थाबाट कुरा प्रारम्भ गर्नु उचित हुनेछ । यतिबेला दैनिक उपभोग्य वस्तुहरूको मूल्य अचाक्लीरूपमा बढ्नुका साथै गुणस्तर न्यून रहेको कुरा त छँदै छ । त्यसमाथि बजारमा खुद्रा व्यापारीले लिने मूल्यमा समेत मनपरी हुने गरेको पाइन्छ । जसले गर्दा उपभोक्ताहरू आहत हुन पुगेका छन् । त्यसलाई अनुगमन र नियन्त्रण गर्नेतर्फ स्थानीय प्रशासन÷निकायले कुनै सरोकार देखाएको पाइँदैन । यही अवस्था सेवाको क्षेत्रमा रहेको पाइन्छ । हालै यातायातको भाडा र स्वास्थ्य परीक्षण शुल्कमा वृद्धि भएको छ । तर उनीहरूले दिने सेवाको स्तरमा ह्रास हुंदै गइरहेको छ । यातायातको भाडा जसले जति सक्छ, त्यत्ति उठाउने छुट छ । यससँगै यातायातका साधनहरूमा महिला, वृद्ध÷ज्येष्ठ नागरिक र असक्तलाई आरक्षित सीट फरक श्रेणीको (पुरुष, युवा, सशक्त) व्यक्तिले कब्जा गर्ने गर्दछन् । त्यहाँ अरूलाई छुट्याइएको स्थानमा आफू बस्नुहुँंदैन भन्ने कुरोलाई कत्ति पनि पालना गरेको पाईँदैन । अरू त अरू, उक्त साधन सञ्चालनमा जिम्मेवार व्यक्ति चालक वा उसको सहयोगीले सो कुरोमा बिल्कुलै ध्यान दिएको पाईँदैन । उनीहरूले उल्टै यात्रु सङ्ख्या बढाउने प्रयोजनका लागि यात्रुहरूलाई अपमान गर्ने, दुःख दिनेजस्ता कार्यहरूमात्रै गर्ने गर्दछन् । सार्वजनिक यातायातका साधनमा यात्रा गर्नेहरूले यातना सहनु पर्दछ । यही अवस्था स्वास्थ्य क्षेत्रमा देख्न र भोग्न पर्ने हुन्छ । सरकारी स्वास्थ्य केन्द्रहरू त राजनीतिक दलालहरूद्वारा सञ्चालित रहेका छन् । त्यहाँ दलीय दलालको सम्पर्कमा रहेको व्यक्तिले सरल र सहजरूपमा सेवा प्राप्त गर्न सक्दछ भने त्यस्तासँग सम्बन्ध नभएकाहरूलाई सेवा लिन गा¥हो पर्दछ । ती निकायहरूमा संलग्न सेवा प्रदायक व्यक्तिहरू नै दलालको रूपमा क्रियाशील रहेको पाइन्छ । एवंरितले निजी स्वास्थ्य केन्द्रहरूमा त झन् शुल्क असुलीमा मात्र नभएर सेवा दिने विषयमा समेत मनपरी र शोषण गर्ने गरिन्छ । यसरी निजी क्षेत्र राम्रो सेवा प्रदान गर्ने कुरोमा प्रतिस्पर्धी हुनुको सट्टा लुटको प्रतिष्पर्धामा संलग्न हुने गरेको छ । यसैगरी समाजमा अव्यवस्था र अनियमितताको विकृत स्वरूप सडकमा निजी तथा सार्वजनिक यातायातका साधन सञ्चालकहरूको व्यवहारबाट देख्न सकिन्छ । फुटपाथमा पैदल हिँड्ने यात्रुहरूले सडकमा वाहन गुडाउनेहरूबाट नानाथरीका प्रताडनाहरू सहनु पर्दछ । उनीहरू सडकमा हिँड्नेलाई हिलो र धुलो छ्याप्ने कुरोलाई आफ्नो शान सम्झन्छन् । यहाँसम्म कि जेब्रा क्रसबाट सडक पार गर्ने कुरोमा समेत वाहन चालकहरूले पैदल यात्रीहरूलाई सहज अवसर उपलब्ध हुन दिँदैनन् । अझ फुटपाथविहीन सामान्य सडकहरूमा त तिनीहरूले यात्रुलाई धम्क्याउने सम्मका कार्यहरू गर्दछन् । त्यस्ता सडकहरूमा मनपरी र असीमित गतिमा वाहनहरू चलाएर यात्रुसँगै आसपासका घरमा बस्ने मान्छेहरूलाई समेत हैरान तुल्याउने कार्य गर्दछन् । यससँगै सडक छेउछाउ चालू व्यापार, वर्कसप (वाहन मर्मत एवं सफाइ गर्ने स्थल) र मोटरसाइकल जस्ता सवारी साधनको पार्किङ प्रयोजनका लागि फुटपाथ नै कब्जा गरेर पैदल यात्रुहरूलाई हिँडडुल गर्न समस्या श्रृजना गरिरहेका छन् । अझ हिँडडुल गर्ने र छेउछाउ बस्ने÷कारोबार गर्नेहरूले सडक एवं सार्वजनिक स्थलहरूमा सौच एवं अन्य प्रयोजनको लागि फोहोर गर्ने÷फ्याँक्ने कार्य अत्यधिकरूपमा हुने गरेको पाइन्छ । यस्ता कुकार्यहरूका बारेमा त्यसमा संलग्न पात्रहरूको ध्यान÷विवेक पुग्ने कुरो त परै जावस्, प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधि भनाउँदाहरूको सम्म ध्यान जाने गरेको पाइँदैन । यसले नेपाली समाज कुनै नियम, कानुन, मूल्य मान्यता र आदर्शबाट निर्देशित छैन भन्ने कुरोलाई प्रस्ट्याउछ ।
अब रह्यो प्रश्न, यी सबै कुराहरूको लागि को जिम्मेवार छ त ? निश्चय पनि प्रत्येक व्यक्ति केही निश्चित मूल्य मान्यता र आदर्शबाट निर्देशित हुने गर्दछ । ती मूल्य मान्यता र आदर्श भनेका धार्मिक एवं राजनीतिक आस्था र व्यक्तिगत एवं पारिवारिक संस्कारबाट स्थापित नियमहरू हुन् । व्यक्ति, परिवार, समाज र राज्यका क्रियाकलापहरू यी र यस्तै मान्यता एवं आदर्शबाट निर्देशित रहेको पाइन्छ । त्यसैले तिनको संरक्षण र पालनाको पहिलो दायित्व व्यक्तिको हो । यसविपरीत जब व्यक्ति निजी स्वार्थकेन्द्रित, अमर्यादित र छाडा हुनपुग्दछ, त्यस्तो अवस्थामा गलत कार्यमा संलग्न हुनेहरूलाई नियन्त्रण र कारबाही गर्ने जिम्मा समाज र राज्यको हुनपुग्दछ । तर, हामीकहाँ स्थिति बिल्कुलै भिन्न रहेको पाइन्छ । त्यो के भने समाज र राष्ट्रका अगुवा कहलिनेहरू कुनै उच्च आदर्श र व्यवहारयुक्त रहेका पाइँदैनन् । यद्यपि, तिनीहरूमध्ये कसैले आफूलाई आध्यात्मिक त कसैले भौतिकवादी आदर्शयुक्त बताउने गर्दछन् । सोमात्र नभएर आफूलाई प्रजातान्त्रिक समाजवादीदेखि लिएर साम्यवादीको रूपमा प्रस्तुत गर्नेहरूको समेत ठूलो सङ्ख्या रहेको छ । तर, विडम्बना ¤ नागरिकहरू यो वा त्यो रूपमा कतिपय ढोँगीहरूबाट शोषित र प्रताडित हुने गरेका छन् । अन्यथा विचार गरौँ त, आज मुलुक सर्वत्र राजनीति प्रभावित रहेको छ । यदि राजनीति गर्नेहरू इमानदार भइदिने हो भने समाजको सकारात्मक रूपान्तरण सम्भव हुने थियो । तर राजनीति कमाऊ धन्दा हुन पुगेकोले समाज होस् वा राष्ट्र सर्वत्र ढोँगी र दलालहरूको हालिमुहाली कायम छ । देखावटीरूपमा आफूहरूलाई उच्च आदर्श र नैतिकवान बताउने राजनीतिक दलका अगुवाहरूले समाजमा व्याप्त विकृतिहरूलाई सच्याएर राष्ट्रको विकासमा योगदान पु¥याउने कुरोमा कत्ति पनि चासो राख्दैनन् । तिनीहरू विदेशीहरूको जुठोपुरो खाएर तिनकै निर्देशनमा अधिकार र क्रान्तिको ढोल पिट्दै एकपछि अर्को पुस्तालाई पथबिचलित तुल्याउन लागिपरेका छन् । त्यसकै कारण समाजमा सर्वत्र नियम, कानुन, मूल्य मान्यताहरूलाई मिच्दै अराजक र उद्दण्ड बन्ने प्रवृत्तिले प्रश्रय पाएको छ । यसै प्रवृत्तिका कारण परिवार, समाज र राष्ट्रसमेत विघटनको दिशातर्फ उन्मुख हुनपुगेको पाइन्छ । यो नेपाल र नेपालीहरूको लागि निकै दुःखद अवस्था हो । तर विडम्बना ¤ यसलाई रोक्ने र सुधार्नेतर्फ कसैको ध्यान जाने गरेको छैन ।
यहीँनेर प्रश्न उभिन्छ, के उल्लिखित अवस्थामा सुधारको सम्भावना छ त ? निश्चय पनि समस्याको समाधान पनि हुने गर्दछ । तर, त्यसलाई गम्भीरतापूर्वक बुझ्न र लागू गर्न केही प्रयास हुनु आवश्यक पर्छ । अहिले समाजमा व्याप्त समस्या हरूको समाधान ढोँगी र दलाल पात्रहरूको माध्यमबाट संभव छैन । कारण, तिनीहरू राष्ट्रवाद, मानव अधिकारदेखि समाजको क्रान्तिकारी परिवर्तनसम्मको कुरा त जोडले गर्दछन् । तर, त्यो देखावटी कुरो मात्र हो । विषयको अन्तर्यमा झाँक्ने हो भने ती ध्वंश र विघटनका कारकहरूमात्र हुन् भन्ने कुरा प्रस्ट देखिन्छ । त्यसैले तिनबाट शान्ति, श्रृजना र विकासको आशा राख्नु फजूलको कुरा हुन जान्छ । तसर्थ, यदि नेपालको अस्तित्व जोगाउने हो भने पहिले जनतामा व्याप्त भ्रमको जालोलाई तोड्नु आवश्यक छ । त्यससँगै उनीहरूलाई निश्चित नियम, कानुन, मूल्य र मान्यताको अवलम्बनका लागि प्रेरित गर्नुपर्दछ । जसले गर्दा एकातर्फ व्यक्ति आफैले गलत व्यवहार र आचरण नगर्ने र अर्कोतर्फ अरूलाई गलत कार्य गर्नबाट रोक्ने कुरातर्फ उत्प्रेरित हुन सकोस् । यसो हुनसक्यो भने समाजको तल्लो तह (परिवार) बाटै सुधारको आशा गर्न सकिनेछ । अन्यथा नेपाल र नेपालीले व्यहोर्नुपर्ने समस्या भनेकै विदेशीहरूद्वारा नेपालका ढोँगी पात्रहरूलाई प्रयोग गरेर एकपछि अर्को द्वन्द्व निम्त्याउदै मुलुकको अस्तित्वमै सङ्कट ल्याउने खेलमात्र हुनेछ । दलाल र छद्मभेषीहरूको त कुरै छाडिदिऊ, देशको अस्तित्वसँगै आफ्नो स्वाभिमान गांसिएको सम्झनेहरूको यस कुरोप्रति गम्भीरतापूर्वक ध्यान जाओस् ।
(लेखक नेपाल ल क्याम्पसका पूर्वक्याम्पस प्रमुख हुनुहुन्छ ।)

तपाईलाई यो खबर कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *