भर्खरै :

अर्थशास्त्रमा नोबेल पुरस्कार छैन

१. एउटा मिथक केलाऔँ । “अर्थशास्त्रमा नोबेल पुरस्कार” छैन । १८९५ नोभेम्बर २७ मा अलफ्रेड नोबेलले आफ्नो इच्छापत्र लेख्दै गर्दा क्रमशः रसायनशास्त्र, साहित्य, शान्ति, भौतिकशास्त्र र शरीर विज्ञान वा चिकित्साशास्त्र गरी पाँचवटा पुरस्कारको उल्लेख गरेका थिए । अर्थशास्त्रमा नोबेल पुरस्कार यी पाँच पाण्डवहरूपछि मात्र घोषणा गरिएको थियो । यो पुरस्कार अति अपेक्षित थियो । तर अझै पनि यसको अत्तोपत्तो छैन ।

२.स्वीडेनको केन्द्रीय बैंक स्वीरिजेज रिक्सब्याङ्क संसारको सबैभन्दा पुरानो केन्द्रीय बैंक हो । सन् १९६८ मा यसले आफ्नो ३०० औँ वार्षिकी मनाउने निधो ग¥यो । बैंकले अलफ्रेड नोबेलको सम्झनामा एउटा पुरस्कार दिन नोबेल फाउन्डेसनलाई अनुदान दिने वाचा ग¥यो । यसको औपचारिक नाम यस्तो राखियो – “अलफ्रेड नोबेलको सम्झनामा अर्थशास्त्रमा स्वीरिजेज रिक्सब्याङ्क पुरस्कार” । यही पुरस्कारलाई जनबोलीमा “अर्थशास्त्रमा नोबेल स्मारक पुरस्कार” भनियो । पहिलोपटक यो पुरस्कार १९६९ मा नर्वेका राग्नर फ्रिश र नेदरल्यान्डका जान टिनबर्गेनलाई दिइयो ।
स्वीरिजेज रिक्सब्याङ्कले नोबेल पुरस्कार बराबरको रकम दिने र सम्पूर्ण प्रशासनिक खर्चहरू बेहोर्ने वाचा गरेको थियो । यो पुरस्कार नोबेल फाउन्डेसनले दिनुपर्ने थियो । तर बैंकले सबैभन्दा पहिले एउटा सर्त तेस्र्यायो । सर्त अनुसार विजेता छान्ने जिम्मा शाही स्वीडेनी विज्ञान प्रतिष्ठान (RSAS, आरएसएएस) लाई दिनुपर्ने भयो । यहीबाट हाम्रो कथा सुरु हुन्छ ।

३. आरएसएएसले उम्मेदवार छनोट गर्नलाई गोप्य निम्तो कसलाई गर्ने भनी निक्र्योल गर्छ । उम्मेदवारहरूको सूची ५० वर्षसम्म बाहिर ल्याइन्न । यस्तो छनोट किन गरियो भनी आरएसएएसमाथि छानबिन गर्न सकिन्न ।
उम्मेदवार छनोट गर्न कसलाई निम्त्याइन्छ ? आरएसएएसको कुनै स्वीडेनी वा विदेशी सदस्य, त्यस वर्षको पुरस्कार वितरण समितिका सदस्यहरू, पुराना पुरस्कार विजेताहरू, स्वीडेन, डेनमार्क, आइसल्यान्ड, फिनल्यान्ड र नर्वेका सम्बन्धित विषयका स्थायी प्रोफेसरहरू ¤ अथवा, पुरस्कार वितरण समितिले चयन गरेको जो कोही !
यहीनिर अर्को अल्झो आउँछ । उम्मेदवारको छनोटलाई विभिन्न व्यक्तिगत पक्षहरूले प्रभावित गर्छ । आधा शताब्दी नाघिसक्दा विजयीको छनोटमा पूर्वाग्रह राखिएको स्पष्ट देखिन्छ । तीमध्ये केहीलाई हेरौँ । यहाँ कोष्ठमा दिइएको अङ्कले पुरस्कार पाउने वर्ष जनाउँछ ।

५. संरा अमेरिकाका पाउल सामुयलसन (१९७०) यो पुरस्कार पाउने पहिलो व्यक्ति थिए । उनका पीएचडी सुपरिवेक्षक वास्सिली लियोन्तिफ (१९७३) ले पनि पुरस्कार पाए । यसैगरी सामुयलसनका पीएचडी छात्रहरू लरेन्स क्लेइन (१९८०) र रोबर्ट मेर्टोन (१९९७) ले पनि अर्थशास्त्रमा नोबेल पुरस्कार पाए ।
लियोन्तिफभन्दा अगाडि गएर हेरौँ । उनका पीएचडी शोधार्थीहरू पाउल सामुयलसन (१९७०), रोबर्ट सोलो (१९८७), भेर्नन स्मीथ (२००२) र थोमस शेलिङ (२००५) सबैले उक्त पुरस्कार पाए । भेर्ननबाहेक लियोन्तिफका विद्यार्थीहरूका पीएचडी छात्रहरूले पनि सो पुरस्कार पाए । यस्ता अरू उदाहरणहरू पनि छन् ।
शिकागो विश्वविद्यालयले सबैभन्दा धेरै नोबेल पुरस्कार विजेता बनाएको छ । अहिलेसम्म अर्थशास्त्रमा दिइएका ८६ वटा नोबेल पुरस्कारमध्ये ३१ वटा सोही विश्वविद्यालयमा क्रियाशील व्यक्तिहरूको भागमा परेको छ । राष्ट्रियता वा नागरिकताका आधारमा ती ८६ विजेताहरूमध्ये ५५ जना संरा अमेरिकी नागरिक हुन् ।
‘अर्थशास्त्रमा नोबेल पुरस्कार’ को प्रभुत्वशाली विचारधारा मूलधारे नियोक्लासिकल धारा नै रहिआएको छ । यो धाराले खुला अर्थनीतिको पैरवी गर्दै आएको छ । मूलतः शिकागो धाराबाट यो नीति अगाडि बढाइएको हो र यसका प्रवर्तक मिल्टन फ्रीडमेन (१९७६) हुन् । त्यसैले छनोटमा कहीँकतै पूर्वाग्रह छ भने त्यो यहाँनिर छ ।
मूलधारभन्दा बाहिरका निकै थोरै अर्थशास्त्रीहरूले सो पुरस्कार पाएका छन् । जोआन रबिनसन, पाउल स्वीजी, जोन गालब्रेथ र पियरो श्राफा २० औँ शताब्दीका अग्रणी अर्थशास्त्रीमा पर्छन् । तर तिनीहरू मूलधारका थिएनन् । त्यसैले उनीहरूले उक्त पुरस्कार पाएनन् । अहिले उनीहरूले भौतिक संसार त्यागिसकेका छन् ।

५. अर्थशास्त्रतर्फको नोबेल पुरस्कारमाथि पूरै विश्वास गर्न गाह्रो छ । प्रत्येक विजेताहरू आआफ्ना विषयका विज्ञ हुन्छन् । त्यसैले उनीहरूले जिते । तथापि, अर्थशास्त्रमा इन्द्रेणीका सातै रङ समाहित हुन्छ । आधा शताब्दी नाघिसक्दा पुरस्कारले केही रङ देखाएको छ, तर सबै रङ समेटेको छैन । नोबेल पुरस्कारको मूल मर्म समग्र मानव जातिको हितमा योगदान गर्नु हो । “अर्थशास्त्रमा नोबेल पुरस्कार” लाई इन्द्रेणीका सातै रङमा नफैलाई किन खुम्च्याइरहने ?
(अश्रार चौधरी अर्थशास्त्रका प्राध्यापक हुन् ।)
(There is no Nobel Prize in Economics)
MR Online, Jan 07, 2022

तपाईलाई यो खबर कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *