भर्खरै :

‘सूर्यले जस्तै माक्र्सको विचारले उज्यालो दिनेछ’

माक्र्सको जीवनी अध्ययन गर्दा उहाँमा विधिशास्त्र, इतिहास, दर्शनशास्त्र, राजनीतिशास्त्रको गहिरो अध्ययन भएको पाउँछौँ । नेपाल मजदुर किसान पार्टीका हामी सबै कार्यकर्ताहरूले पनि इतिहास, दर्शनशास्त्र, राजनीतिशास्त्र, भूगोलशास्त्रसहितको अध्ययन गरी देश र जनताको सेवा गर्न प्रेरणा प्राप्त गर्न सक्छौँ । हाम्रो पार्टी प्रकाशन ‘श्रमिक’ साप्ताहिक, ‘मजदुर’ दैनिक र ‘अनलाइन मजदुुर’ मा प्रकाशित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लेख रचना अध्ययन गर्दा हामीले पनि ती समाचार र लेखसँग सम्बन्धित भूगोल, इतिहास समेतका अध्ययन गर्नुपर्ने हुन्छ ।
सन् १८१८ मा जन्मनुभएका माक्र्सले सन् १८४१ मा विद्यावारिधी हासिल गर्नुभयो । विश्वविद्यालयको प्राध्यापक भएर नयाँ पुस्तालाई तयार गर्ने उहाँको सपना थियो । ईश्वरले मानिस बनाएको होइन बरु मानिसले ईश्वर बनाएको विचार राख्नुभएका एक भौतिकवादी प्राध्यापक जर्मन दार्शनिक लुडविग फायरबाख र मानिसको शरीर चिरेर हेर्दा आत्मा नपाएको व्याख्या गर्नुहुने अर्का जर्मन दार्शनिक प्राध्यायक ब्रुनो बायरलाई जर्मनीको पुँजीवादी सरकारले विश्वविद्यालयबाट निष्काशनसमेत ग¥यो । यसकारण, पनि माक्र्सले प्राध्यापक बन्ने सपना छाड्नुभयो । माक्र्स विश्वविद्यालयको प्राध्यापक हुन पाउनुभएको भए त्यसबेलाका धेरै विद्यार्थीले माक्र्सको शिक्षाबाट दीक्षित हुने अवसर प्राप्त गर्थे ।
त्यसबेला जर्मन दार्शनिक हेगेलको दर्शनबारे छलफल हुने ‘स्नातक क्लब’ मा माक्र्स पनि सहभागी हुनुभएको थियो । हामीले यहाँ पनि स्नातक अध्ययनरत विद्यार्थीको क्लब गठन गराई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा छलफल चलाउन सकिन्छ ।
त्यसबेला बेलायत र फ्रान्समा सामन्त र पुँजीपति वर्गबीच भयङ्कर सङ्घर्ष चलिरहेको थियो । माक्र्स गरिब जनतालाई सामन्त र पुँजीपति वर्गको पन्जाबाट छुटाउनेबारेमा चिन्तित हुनुहुन्थ्यो । यसकारण माक्र्सले पत्रकारिता पेशा लिने निश्चय गर्नुभयो ।
माक्र्सले ‘राइनिस जाइटुङ’ पत्रिकामा जनतामाथि पुँजीवादी सरकारबाट भएका अत्याचारको विरोधमा लेख, समाचार लेख्नुभयो । पुँजीपति वर्गको सरकारले त्यो पत्रिकामाथि प्रतिबन्ध लगायो । तर, माक्र्सले आफ्नो अन्तिम साससम्म मजदुर वर्गको मुक्तिको लागि सङ्घर्षमा लाग्ने वाचा गर्नुभयो ।
त्यसबेलाका राजसभाका सल्लाहकार एवम् एक सम्भ्रान्त परिवार लुडविग भोन वेस्टफालेन परिवारसँग माक्र्सको परिवारको सम्बन्ध थियो । लुडविगको निजी पुस्तकालय पनि थियो । माक्र्स सो पुस्तकालयमा पनि अध्ययन गर्नुहुन्थ्यो । लुडविगकी छोरी जेनीसँग माक्र्सको विवाह भयो । जेनी शिक्षित र शील स्वभावकी हुनुहुन्थ्यो ।
मजदुर वर्गको हितमा काम गर्नुभएको हुँदा माक्र्सलाई जर्मनीको प्रतिक्रियावादी सरकारले देश निकाला ग¥यो । पेरिस गएर माक्र्सले राजनीतिशास्त्र र समाजवादको थप अध्ययन गर्नुभयो । पेरिसमा एँगेल्ससँग माक्र्सको पहिलो भेट भयो । जर्मनी सरकारको दबाबमा फ्रान्सले माक्र्सलाई पेरिसबाट पनि निकाला ग¥यो । माक्र्स ब्रसेल्स जानुभयो । ब्रसेल्समा माक्र्सले अर्थशास्त्रमा गम्भीर अध्ययन गर्नुभयो ।
माक्र्सले सन् १८४६ मा ‘कम्युनिस्ट पत्रव्यवहार समिति’ को स्थापना गर्नुभयो । त्यो एक खालको सङ्गठन थियो । सन् १८४७ मा ‘न्याय समिति’ नामको सङ्गठन खोल्नुभयो । पछि न्याय समितिलाई कम्युनिस्ट लिग (कम्युनिस्ट दल) नामकरण गरियो । सन् १८४७ मै कम्युनिस्ट लिगको लन्डनमा भएको दोस्रो सम्मेलनले माक्र्स र एँगेल्सलाई ‘कम्युनिस्ट घोषणापत्र’ तयार गर्ने जिम्मा दियो । सन् १८४८ मा माक्र्स–एँगेल्स दुवै मिलेर कम्युनिस्ट घोषणापत्र तयार गर्नुभयो ।
त्यसबेलाका सामन्त र पुँजीपति वर्गबीचको सङ्घर्षलाई माक्र्स–एँगेल्सले कम्युनिस्ट घोषणापत्रमा प्रस्ट पार्नुभयो र संसारका मजदुर वर्गलाई बाँधिएको बन्धन चुँडाल्न शिक्षा र प्रेरणा दिनुभयो ।
माक्र्स बेल्जियम निर्वासन हुुनुहुँदा फ्रान्समा दोस्रो राज्यक्रान्ति भयो । यसको स्रोत माक्र्सलाई ठानियो र बेल्जियमबाट निष्काशन गरियो । माक्र्स पेरिस जानुभयो र ५ वर्षको निर्वासनपछि उहाँ जर्मनी फिर्ता हुनुभयो ।
जर्मनीमा सन् १८४८ मा ‘न्यू राइनिस जाइटुङ’ पत्रिका प्रकाशित गर्नुभयो । जर्मनीको प्रतिक्रियावादी सरकारले पत्रिकामाथि प्रतिबन्ध लगायो र माक्र्सलाई पुनः देश निकाला ग¥यो । उहाँ पेरिस जानुभयो । पेरिसबाट पनि निकालिएपछि उहाँ लन्डन जानुभयो । माक्र्सले लन्डनमा ‘न्यूयोर्क ट्रिब्युन’ पत्रिकामा लेख लेखेर जीवन निर्वाह गर्नुभयो ।
लन्डनमा माक्र्ससँगै जेनी पनि हुनुहुन्थ्यो । उहाँहरूका पाँच बच्चामध्ये गरिबीको कारण तीनको मृत्यु भयो । त्यसबेला जेनीसँग कात्रो किन्ने पैसासमेत थिएन । तर, जेनी विचलित हुनु भएन । जेनी अरूको सुख नै आफ्नो सुख ठान्नुहुन्थ्यो ।
सन् १८५७ मा पुँजीवादमा सङ्कट पुनः सुरु भयो । पुँजीवादी अर्थशास्त्रीहरूको खण्डन गर्नुहुँदै माक्र्सले सन् १८६७ मा ‘पुँजी’ पहिलो खण्ड प्रकाशित गर्नुभयो । ‘पुँजी’ मा पुँजीवादको उत्थान, विकास र पतनको व्याख्या गरिएको छ । सन् १८६४ मै माक्र्सले अन्तर्राष्ट्रिय मजदुर सङ्घ स्थापना गर्नुभयो र पुँजीको दोस्रो भाग लेख्न सुरु गर्नुभयो ।
माक्र्सका लेखहरू पुँजीवादी समाजमा डढेलो लगाउने आगोको झिल्कासमान थिए । त्यसबेला माक्र्स लन्डन म्युजियमको पुस्तकालयमा दिनभर अध्ययन गर्नुहुन्थ्यो । माक्र्सको यो अध्ययन संस्कृतिबाट नेमकिपाका कार्यकर्ता, युवा, विद्यार्थीले पुस्तकालयको स्थापना र अध्ययनमा पे्ररणा लिन सकिन्छ ।
सन् १८७१ मा मजदुर वर्गको पहिलो सरकार पेरिस कम्युन स्थापना भयो । यो सरकारले धर्मको नाममा हुने शोषण अन्त्य ग¥यो । पुँजीपति वर्ग पेरिसको १२ किमी पश्चिम पुरानो राजधानी भर्सेलिज सहरमा भागे ।
त्यसबेला मजदुरहरूको नेतृत्वको बहुकेन्द्र थियो । पुँजीपति वर्गलाई भाग्न दिनु गल्ती थियो । मजदुर नेताहरूको सुरक्षा पहरा हुनुपथ्र्यो । शत्रुको गढमा हमला गर्नुपथ्र्यो । सैनिक ज्ञान बढाउनुपथ्र्यो । यस्ता केही कमजोरी भएको हुँदा पुँजीपति वर्गले सेनासहित पेरिस कम्युनविरुद्ध हमला गरे । पेरिस कम्युनको अस्थायी हार भयो ।
सन् १८८१ मा जेनीको निधन भयो भने सन् १८८३ मा माक्र्सको पनि निधन भयो । एँगेल्सले माक्र्सको समाधिमा भन्नुभयो, “उहाँको नाम र कीर्ति युगौँसम्म अमर रहनेछ ।” माक्र्स र एँगेल्सका साथी लेसनरले भन्नुभयो, “सूर्यले जस्तै माक्र्सको विचारले मानव जातिलाई उज्यालो दिनेछ । यसलाई कसैले रोक्न सक्दैन ।”
माक्र्सले ‘पुँजी’ भाग २ का धेरै अंश पूरा गर्नुभएको थियो भने भाग ३ को टिपोट तयार गर्नुभएको थियो । माक्र्सका मित्र एँगेल्सले सन् १८८५ मा ‘पुँजी’ भाग २ र सन् १८९४ मा ‘पुँजी’ भाग ३ सम्पादन गरी प्रकाशन गर्नुभयो ।
(नेपाल मजदुर किसान पार्टीको ४८ औँ स्थापना दिवसको अवसरमा २०७८ माघ १० गते भएको अनलाइन कार्यक्रममा पार्टी सचिव प्रेम सुवालले माक्र्सको जीवनी र उहाँबाट लिनुपर्ने प्रेरणाबारे राख्नुभएको सङ्क्षिप्त मन्तव्य–सं)

Leave a Reply

Your email address will not be published. Required fields are marked *