भर्खरै :

चियाका मुनापछिको ठूलो रहस्य

अर्थतन्त्र, समाज र संस्कृतिप्रति चियाको मूल्यको प्रशंसा गर्नको लागि सन् २०१९ मा संयुक्त राष्ट्र सङ्घीय महासभाले हरेक वर्षको मे २१ तारिख ‘अन्तर्राष्ट्रिय चिया दिवस’ मनाउने घोषणा गरेको थियो ।
चीन र नेपालको चियाको दीर्घकालीन इतिहास र संस्कृति छ । नेपालको चिया इतिहास १९ औँ शताब्दीको ४० दशकबाट सुरू भएको हो । नेपालमा चियाका बिरूवाको उदगमसम्बन्धी धेरै भनाइ छ । तर, धेरै इतिहासकारहरूको विचारमा नेपालको पहिलो चरणका चियाका विरुवाहरू चीनका सम्राटले नेपालका तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणालाई उपहारका रूपमा दिनुभएको थियो ।
त्यसपछि राजा वीरेन्द्रले चिया किसानलाई नीति र आर्थिक समर्थन दिनुभयो । त्यसैले नेपालको चिया व्यवसाय विकास गरिएको थियो । नेपालको पूर्वस्थित चिया बगान र भारतको दार्जिलिङ क्षेत्र जोडिन्छ । त्यहाँको हावापानी दार्जिलिङको जस्तै छ । त्यसैले त्यहाँको चियाको स्वाद दार्जिलिङ चियाजस्तै मानिन्छ । तर, बजारमा नेपालको चियाको लोकप्रियता दार्जिलिङ चियाभन्दा भिन्न छ ।

चीन चियाको जन्मथलो हो । चिया चीनको परिचय कार्ड बनिसकेको छ । यो चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चीनको चिया संस्कृतिको प्रचार–प्रसार र चिया व्यवसायको विकास क्षेत्रमा दिनुभएको समर्थनसित सम्बन्धित छ ।
सन् २०२० को मे २१ तारिख, पहिलो ‘अन्तर्राष्ट्रिय चिया दिवस’ लाई चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले बधाई सन्देश पठाउँदै चिया उद्योगको पुनरूत्थान र चिया संस्कृतिको फैलावटको लागि संयुक्त राष्ट्रसङ्घले स्थापना गरेको ‘अन्तर्राष्ट्रिय चिया दिवस’ निकै महत्वपूर्ण रहेको ठहर व्यक्त गर्नुभयो ।
चिया संस्कृति, चिया उद्योग र चिया प्रविधिको समन्वयमा महत्व दिनुपर्ने आग्रह सी चिनफिङले पटक–पटक गर्नुभएको छ । गत शताब्दीदेखि यता, सी चिनफिङले फुच्यान, चच्याङ, हाइनानलगायत चिया उत्पादन क्षेत्रमा सातपटक भ्रमण गर्नुभएको छ । साथै उहाँले चियाका प्रजातिहरू र गुणस्तरको सुधार गर्ने पथ निर्देशन पनि गर्नुभएको छ । यस बाहेक, राष्ट्राध्यक्ष सीले धेरै महत्वपूर्ण कूटनीतिक अवसरहरूमा अतिथिहरूलाई चिया खुवाउनुभएको छ । सन् २०१४ मा, सी चिनपिङले बेल्जियममा रहेको युरोपेली एकेडेमीमा सम्बोधन गर्दा, चिया र रक्सीको समानता र भिन्नताहरूमा आधारित ‘मेलमिलाप तर भिन्नता’ भन्ने चीनको राजनीतिक धारणालाई व्याख्या गर्नुभयो ।
राष्ट्राध्यक्ष सीको महत्व र प्रवद्र्धनबाट चिया नै चीनका विभिन्न ठाउँमा गरिबी निवारण र आर्थिक विकासको महत्वपूर्ण माध्यम बनेको छ भने वैदेशिक सांस्कृतिक आदानप्रदानमा पनि महत्वपूर्ण भूमिका खेलिरहेको छ ।

अब फेरि नेपाली चियाको चर्चा गरौँ। सन् १९९९ मा चौथो एसिया अन्तर्राष्ट्रिय चिया मेलामा नेपाललाई आधिकारिक रूपमा विश्वको चिया उत्पादक मुलुकको रूपमा सूचीकृत गरिएको थियो । नेपालका सम्बन्धित विभागहरू र चिया उत्पादक सङ्घको संयुक्त प्रयासमा, सन् २०१८ मा नेपालले अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको प्रवद्र्धन गर्न प्याकेजिङमा एकीकृत नयाँ चिया ट्रेडमार्कको प्रयोग गर्न सुरु ग¥यो । सोही वर्ष, नेपालको उच्च पहाडी अर्गानिक चिया शाङ्घाई अन्तर्राष्ट्रिय चिया प्रदर्शनी २०१८ मा प्रदर्शन गरियो ।
उच्च गुणस्तरको नेपाली चियाका लागि, ‘चिनियाँ राष्ट्राध्यक्ष सी चिनपिङजस्तै प्रवद्र्धन दूत’ को अभाव हुनसक्छ । चीन, एसियालगायत अन्तर्राष्ट्रिय बजारमा छिटोभन्दा छिटो नेपाली चियाको चम्किने प्रदर्शन हुने आशा गरौँ। – सीआरआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *