भर्खरै :

बाग्मती प्रदेश सभाको दशौँ अधिवेशनको पहिलो बैठकमा शुभकामना मन्तव्यबारे

२०७९ जेठ १३ गते, शुक्रबार
यहाँ गठबन्धनको कुरा उठ्यो । राजनीतिशास्त्रमा त्यस्तो एउटा शब्द मैले आजसम्म भेटाएको छैन, गठबन्धनतन्त्र । त्यसको विषयमा छलफल चल्दै जाला ! नेपालमा बहुदलीय व्यवस्था स्थापना भएको ३२ वर्ष भयो र गणतन्त्रको दुई दशकमा हामी छौँ । किसानहरूले रासायनिक मल पाइरहेका छैनन् । रासायनिक मलको हाहाकार छ । सङ्घीय सरकार कता छ ? प्रदेश सरकार र प्रदेश कृषिमन्त्री कता हुनुहुन्छ ? किसानहरूले सोधिरहेका छन् । दसौँ पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएको छ । फेरि पनि १८० रुपियाँ पु¥याइएको पेट्रोलको मूल्य २०० रुपियाँ पु¥याउन यो सरकार तयारी गर्दै छ भन्ने हामी सुन्दैछौँ । अनि यो जनताको सरकार हो कि कसको सरकार हो ? दलालहरूको सरकार हो कि ? यो प्रश्न पनि जनताबीच उठिरहेको छ । भान्छाको लागि चाहिने ग्यासको मूल्य १६०० बाट १८०० पु¥याइएको छ । फेरि कति पु¥याइने हो त्यो पनि ठेगान छैन ! अनि यो सरकारले जनताको पक्षमा काम गर्दै छ कि कसको पक्षमा ? यो व्यापारीहरू, कालाबजारियाहरूको सरकार हो कि कसको हो ? यो पनि जनताको प्रश्न हो ।
हामीले सुन्यौँ, श्रीलङकामा कागजको हाहाकार छ र परीक्षा रद्ध छ । पनि अहिले हाम्रो देशका बालबालिका र विद्यार्थीहरूले पाठ्यपुस्तक पाइरहेका छैनन् । जेठको १ गतेबाट शैक्षिक सत्र सुरु भयो । तिनीहरू अहिले कक्षाकोठामा छन् तर पाठ्यपुस्तक पाइरहेका छैनन् । के यो देशमा शिक्षामन्त्री छ ? यो देशमा प्रदेश सरकार छ ? यो देशमा सङ्घीय सरकार छ ? असारमा पनि पाठ्यपुस्तक दिन सम्भव नहुने चर्चा छ । यो कुनै दल विशेषको कुरा गरिरहेका छैनौँ । हाम्रा लालाबाला र विद्यार्थीहरूको कुरा गरिरहेका छौँ । हाम्रो भान्छाको कुरा गरिरहेका छौँ । हाम्रो गाडीको कुरा गरिरहेका छौँ । हाम्रो आवतजावतबारे कुरा गरिरहेका छौँ । के सरकार भएको देशमा यति कालोबजारी, महँगी र यति हाहाकार, पाठ्यपुस्तक र कागजको अभाव, रासायनिक मलको अभाव हुने गर्दछ ? असार आउँदै छ, खेतीपातीको समय छ, रोपाइँको समय छ अनि रासायनिक मल दिन नसक्ने ! अनि यहाँ सदनभित्र मात्र ठूलाठूला कुरा गरेर हुन्छ ? शुभकामनाका कुराहरूमात्र गरेर हुन्छ ? कसलाई कसरी हामीले विश्वास दिने ? चार वर्ष हामीले प्रदेश सरकार पनि हे¥यौँ । देश क–कसले चलायो ? हामीले देख्यौँ । चार महिना बाँकी छ । चार वर्षमा गर्न नसकेको काम अब चार महिनामा गर्न सम्भव होला भनेर कुन आधारमा विश्वास गर्ने ?
भारतले नेपालमा गहुँको निर्यात गर्न सक्दैनौँ भनेर उसले हात उठाइसकेको सुन्दै छौँ । केही दिन अगाडि (यदि त्यो सूचना साँचो हो भने) अब नेपाललाई चिनी उपलब्ध गराउन सक्दैनौँ भनिसकेको अवस्था छ । अब खाद्यान्नको हाहाकार हुने स्थिति छ । आर्थिक टाटपल्टाइको स्थितिबाट देश गुज्रिरहेको विज्ञहरू बताउँदै छन् । नेपाल दोस्रो श्रीलङ्का बन्ने सम्भावनाबारे बहस चल्दै छ । अनि श्रीलङ्कमामा शासक दलका नेताहरूको घरघरमा हमला भइरहेको हामी समाचार सुन्दै छौँ । घर जलाइएको र घरघरबाट नेताहरू लेखेटिएको, मन्त्रीहरू लखेटिएको हामीले तस्वीरहरू हेरिरहेका छौँ । यो देशमा प्रधानमन्त्री त्यसरी लखेटिन नपरोस्, प्रधानमन्त्री र मुख्यमन्त्रीहरूको घर जलेको देख्न नपरोस् । हाम्रो शुभकामना त्यो अर्थमा छ । हामी यहाँ दल विशेषको कुरा गरिरहेका छैनौँ । जनताको भावना अभिव्यक्त गर्दै छौँैँ । देशको कुरा गरिरहेका छौँ । समयमै बिउँझौँ भने हाम्रो अनुरोध छ ।
वैशाख ३० को चुनाव हामीले देखिसक्यौँ । इतिहासमा सबैभन्दा बढी पैसाको छेलोखेलो, शक्तिको दुरुपयोग अहिले भयो । यो प्रजातान्त्रिक अभ्यास होइन । यो गठबन्धनको नाउँमा भएको अनैतिक, गैरराजनीतिक गैरप्रजातान्त्रिक र अगणतान्त्रिक गतिविधि भत्र्सनायोग्य छ । जो प्रजातन्त्र, गणतन्त्र र लोकतन्त्रमा विश्वास गर्छन् तिनीहरूले यो खालको अनैतिकता, गैरप्रजातान्त्रिक र असंवैधानिक गतिविधिहरू सहने छैनन् । कसैको लागि पनि त्यो स्वीकार्य हुँदैन । यतातर्फ लोकतन्त्र र गणतन्त्रको पक्षमा उभिनेहरूको ध्यान जाओस् । हिजो शहादत प्राप्त गर्ने सहिदहरू र तिनीहरूको रगतलाई साक्षी राखेर बोलौँ । के यो अनैतिकता स्वीकार्य छ ? के यसरी धनदौलतको आधारमा निर्वाचन जित्ने , वडा सदस्य जित्नको लागि १० लाख, वडा अध्यक्ष जित्न दुई चार करोड, मेयर जित्नको लागि १० करोड र करोडौँ करोडको खेल हाम्रो निम्ति स्वीकार्य छ ? सारा चित्रहरू अगाडि राखेर हामी सबैले सोचौँ । हामी राजनीतिक पृष्ठभूमिका यदि हौँ भने यतातर्फ सोच्न आवश्यक छ । अन्त्यमा केही कुराहरू राखेर म बिदा हुन चाहन्छु ।
सरकार,
दशौँ अधिवेशनका निम्ति
काठमाडौँदेखि ल्याएको अलिकति शुभकामना
बाटोभरिका खाल्डाखुल्डीमा बल्ड्याङ खाँदा कहीँ कतै छुट्यो !
सरकार,
यो अन्तिम अधिवेशनको निम्ति
काठमाडौँबाट ल्याएको अलिकति शुभकामना
भीमफेदीको बगरैबगर हिँड्दा कतै उतै छुट्यो !
सरकार,
शुभकामना तिमीले नपाउनुमा मेरो के दोष ?
सरकार,
शुभकामनाको भागिदार नबन्नुमा मेरो के दोष ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *