ललितपुरमा ‘केटीहरू’ बुलेटिनको अन्तरक्रिया
- आश्विन १८, २०८१
भक्तपुर, १२ कार्तिक । नेपाल क्रान्तिकारी शिक्षक सङ्घको आयोजनामा शनिबार भेला भयो ।
भेलामा मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा शिक्षकहरूको भूमिकाबारे नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले प्रशिक्षण दिनुभयो ।
उक्त भेलामा उहाँले चुनावलाई क्रान्तिको हावाको चाप नाप्ने ब्यारोमिटरको रुप लिनुपर्ने धारणा राख्दै भन्नुभयो, “प्रकृतिमा जसरी हावाको चाप एक्कासि घटेमा त्यहाँ आँधीबेहरी आउने सङ्केत दिन्छ त्यस्तै निर्वाचनमा देशभक्त र आमूल परिवर्तनको पक्षमा रहेका उम्मेदवारहरूले धेरै मत प्राप्त गरेमा त्यसले देशमा क्रान्तिकारी वातावरण तयार हुँदै छ भन्ने थाहा हुन्छ । त्यसको निम्ति पाठ्यक्रममा अन्तर्राष्ट्रिय परिस्थिति, एमसीसी, एसपीपी, नागरिकता विधेयक, समाजमा चलिरहेको अन्धविश्वास आदिबारे विद्यार्थीलाई जानकारी दिनुपर्छ, बुझाउनुपर्छ । त्यस्ता सन्धि–सम्झौताबारे बुँदागतरूपमा छलफल चलाउनुपर्छ । सरकारको नीति तथा कार्यक्रम र देशको परिस्थितिबारे मूल्याङ्कन गरी सचेत भइराख्नु जरुरी छ ।”
सचिव सुवालले भन्नुभयो, “अमेरिकी नेतृत्वको सैन्य सङ्गठन नाटोको कारणले युक्रेनमा १७ लाख युक्रेनी विस्थापित भएका छन् । एमसीसीको विरोधमा देशभरिका जनता उठेका भए त्यो संसद्बाट पारित हुने थिएन । प्रमुख प्रतिपक्ष दलले सदनमा नारा लगाई अवरोधमात्र खडा गरे† उक्त देशघाती सन्धि पारित गर्न ‘हुन्न’ भन्ने आवाज उठाउन नसक्नाले पनि उक्त विधेयक सजिलै पारित भयो ।”
खुला सिमाना भएको नेपालजस्तो देशमा जन्मको आधारमा विदेशीलाई वंशजको नागरिकता दिने प्रावधान देशघाती रहेको धारणा राख्दै उहाँले भन्नुभयो, “संरा अमेरिकी राष्ट्रपति बाइडेन र ट्रम्पका छोराछोरीसमेतले जन्मको आधारमा नागरिकता प्राप्त गरे देशको शासन सत्ता रसातलमा पुग्नेछ । त्यसकारण, देशघाती र देशद्रोही उम्मेदवारहरूलाई चुनावमा जिताउन नहुने जनताको मत छ ।” सच्चा देशभक्त जनताको सेवामा समर्पित पार्टी र उम्मेदवारलाई जिताउनको निम्ति शिक्षक, बुद्धिजीवीहरूले जिल्ला जिल्लामा गर्ई जनताको चेतनास्तर उकास्नु आवश्यक छ ।”
भेलामा नेमकिपाका केन्द्रीय सदस्य एवं भक्तपुरका जिल्ला अध्यक्ष सुरेन्द्रराज गोसाईले अहिले बाहिरी वा भित्री वातावरण शासक दलहरूको निम्ति अनुकूल नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सामाजिक सञ्जाल र अन्य मिडियाहरूले शासक दलहरू पटक पटक सरकारमा गएर केही गर्न नसक्नु र दुई थरी सिद्धान्तहीन गठबन्धन पनि भागबन्डामा सीमित हुने सम्बन्धमा अत्यन्त आलोचित भइरहेको अवस्था छ । तिनीहरूको विकल्प जिल्ला–जिल्लाका जनताले खोज्दै छन् । नेमकिपाको देशभक्तिपूर्ण आन्दोलन र गतिविधिबाट प्रभावितहरू पनि देखिँदै छन् । यो हाम्रो निम्ति अनुकूल वातावरण भएको हुनाले जनताको विश्वासलाई मतमा रुपान्तरण गर्न शिक्षकहरूको सक्रियता र क्रियाशीलता आवश्यक छ ।”
“राज्यसत्ता दमनकारी हुन्छ, आफ्नो पक्षमा नरहेका दलहरूलाई आचारसंहिता वा अन्य डर–त्रास देखाई नियन्त्रण गर्न खोज्नु पञ्चायतकालदेखिको सिलसिला हो । त्यसकारण, सच्चा इमानदार र देशभक्त शिक्षित समुदाय अगाडि नबढेमा गलत व्यक्तिहरूको संसद्मा बहुमत हुने निश्चित छ”, केन्द्रीय सदस्य गोसाईंले भन्नुभयो ।
नेक्राशिसङ्घका केन्द्रीय कोषाध्यक्ष चक्रबहादुर चाकतूले समाजलाई परिवर्तन गर्नु नेक्राशिसङ्घको उद्देश्य रहेको बताउनुभयो ।
नेमकिपाले धेरै जिल्लाबाट उम्मेदवारी दिएको हुनाले नेक्राशिसङ्घमा आबद्ध शिक्षकहरू पार्टी निर्देशन र आवश्यकताअनुसार जिल्ला जिल्लामा गई पार्टी गतिविधिमा लाग्नुपर्ने आवश्यकता पनि उहाँले औँल्याउनुभयो ।
जगनाथ सुजखूको सभापतित्वमा भएको उक्त कार्यक्रममा गणेशराम थुसाले पनि बोल्नुभएको थियो ।
Leave a Reply