भर्खरै :

भारत रिसाउनुपर्ने कारण छैन

भारत रिसाउनुपर्ने कारण छैन

अन्तर्वार्ता– २
वार्ताकार किशोर नेपाल

बसाइँसराइ प्रतिवेदन विवादास्पद हुनुमा कारण छ कि ?
यो प्रश्न विवादास्पद कसरी हुन गयो भनी केलाउने क्रममा मैले के पाएँ भने प्रतिवेदनलाई कुनै राजनीतिक पक्षका तत्वहरूले आफ्नो कुरा राख्न हतियारको रूपमा प्रयोग गरेका छन् । प्रतिवेदनमा भएका कुराहरूलाई राम्रोसँग नहेरिकन यसलाई उनीहरूले आफ्नो माध्यम बनाएको जस्तो लाग्छ । उदाहरणको लागि अधिकांशले तराईको मानिसलाई दोस्रो वर्गको नागरिक बनाउने भन्ने प्रचार गरेका छन् । तर, प्रतिवेदनमा यस्तो उल्लेख कहीँ पनि छैन । प्रतिवेदनको प्राविधिक पक्षभन्दा पनि राजनीतिकरूपमा यसलाई खडा गर्न खोजिएको जस्तो मलाई लागेको छ ।

यो प्रतिवेदनलाई सरकारले लागु ग¥यो भने भारतसँगको द्विपक्षीय सम्बन्ध खल्बलिन सक्छ भन्ने चिन्ता व्यक्त गरिँदै छ नि ?
यसमा भएका सबै कुरा लागु गरियो भने भारत र नेपालको अहिलेको सम्बन्धमा परिवर्तन त निश्चय आउँछ । प्रतिवेदनको पहिलो बुँदामा नै सिमानालाई व्यवस्थित गरिनुपर्छ भनिएको छ । त्यसमा दुई देशको वार्ता, समझदारी र सम्झौताको आधारमा ठाउँहरू तोक्ने भनिएको छ । त्यसैले कुराकानी नगरी लागु गर्ने कति कुरा छन् भने दुई देशबीचमा कुरा गर्नुपर्ने धेरै विषय छन् । अन्तर्राष्ट्रिय सिमानासम्बन्धी विषय सिमाना जोडिएको देशसँग कुरा गर्ने विषय हो । त्यसबाहेक हाम्रा आन्तरिक कुराहरू त छँदै छन् । भारतसँग हाम्रो सम्बन्ध विशेषगरी आर्थिक क्षेत्रमा परिवर्तन ल्याउने खालको छ । सिमाना विषय राजनीतिक पनि हो । प्रतिवेदनमा आप्रवासीहरूमध्ये धेरै भारतीय छन् भन्दैमा भारतका पक्षका मानिस वा भारत रिसाउनुपर्ने कुनै कारण छैन ।

भारतमा रहेका नेपालीहरूलाई यो प्रतिवेदनले असर गर्दैन ?
भारतमा कति नेपाली भए भन्ने तथ्याङ्क यस प्रतिवेदनमा छैन । जहाँसम्म प्रवाहको कुरो छ मेरो व्यक्तिगत विचारमा यहाँबाट भारतमा बढी गए कि भारतबाट नेपालमा बढी आए भन्ने मूल कुरा छ । यहाँबाट प्रशस्त गरिब उता गएका छन् । उताबाट आएका गरिबबाहेक अन्यले हाम्रो आर्थिक क्षेत्रमा ठूलो प्रभाव जमाएको छ । त्यसलाई नियन्त्रण गरे नेपालीलाई फाइदा हुन्छ । यहाँका गरिब भारत जानु भनेको आफ्नो गरिबी अन्त पठाएर आफू सुखसँग वस्नु हो तर, यहाँका मानिसहरूलाई यही काम दिलाउँदा भारतमा नेपालीहरूको लागि दुःख पर्छ भने उनीहरूले सहनु पहाडिया र मधेसी भन्ने भावनाबाट प्रोत्साहित भनी आरोप लगाइयो, हैन र ? त्यो आरोप स्वाभाविक हो । किनकि, यो प्रतिवेदन कुनै तराईको मानिसले बनाएको भए वा पहाडको हिन्दूले तयार गरेको भए स्वाभाविक हुने थियो । तर, एउटा गुरुङबाट प्रस्तुत हुँदा भारतीय मूलको प्रश्न पनि मानिसहरूले प्रशस्त उठाए । म भारतीय मूलको नहुँदा यसमा केही पूर्वाग्रह छ कि भनेर नचिनेको मानिसले शङ्का गर्नु स्वाभाविक कुरो हो । तराईका लागि गुरुङ भनेको कता–कताको मानिस हुनसक्छ । गुरुङभन्दा पल्टनको मानिस ठानिन्छ र यस्ताले कसरी किताब लेख्यो भन्ने सोचाइ पनि हुन्छ । तराई र पहाडको बीचमा भ्रम फैलाउने प्रयास गर्नेहरूले प्रतिवेदनलाई आफ्नो हतियारको रूपमा बङ्ग्याएर प्रयोग गरे यस कुरामा धेरै पत्यार लाग्दै जानुले के देखिन्छ भने हामीकहाँ दुई सय वर्षअघि भौगोलिक एकीकरण भए पनि राजनीतिक एकीकरण हुन बाँकी नै छ ।
प्रतिवेदन कार्यान्वयन हुने कतिको सम्भावना देख्नुहुन्छ ?
मैले धेरै आशा राखेको छैन । किनकि, त्यसमा गाह्रो खालका सुझावहरू छन् । समस्या ठूलो भएकाले सुझावहरू पनि अलि कडा छन् । आप्रवासन सँगाल्दै ल्याएको रोग भएकोले नै समस्या ठूलो भएको छ । अहिलेको सरकारले यस समस्यालाई तुरुन्तै निर्मूल गर्ने आँट गर्ला भन्ने मलाई विश्वास छैन, आँटिलो कुरा गर्ने अचेल चलन पनि छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *