भर्खरै :

भारतको झुकेको शिर नेपालीले हेर्न चाहँदैनन्

भारतको झुकेको शिर नेपालीले हेर्न चाहँदैनन्

नेपाली–भारतीय जनताको सम्बन्ध नङ र मासुको जस्तै छ । हामीले चाहेर वा नचाहेर पनि त्यो मित्रतालाई छुट्याउन सकिने अवस्था छैन । भारतको बारेमा नेपालीहरूको मत विभाजित छ । कसैले भारतको चर्को विरोध गर्छ भने कसैले भारतको अन्ध समर्थन गर्छ । तापनि, नेपालीहरूको भारतविरोधी जनमत धेरै नै छ । यसका धेरै कारणहरू छन् । भारतले पनि नेपाललाई सानो देश भनी ‘सानो भाइ’ जस्तो व्यवहार गर्छ । नेपाल भने सार्वभौम मुलुकको हैसियत खोज्छ । तापनि, बितेका केही वर्षदेखि भारतसँग नेपालको सम्बन्ध राम्रो छैन । नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी आफ्नो नक्सामा समेटेर नयाँ नक्सा प्रकाशित गर्दादेखि नै यो सम्बन्धमा चिसोपना देखिएको हो । यसै सिलसिलामा गत पुस १ गते कान्तिपुर दैनिकमा प्रकाशित एक समाचारमा भारतीय रक्षामन्त्री राजनाथ सिंहले उत्तराखण्डको देहरादूनमा आयोजित एक कार्यक्रममा नेपालसँगको सम्बन्धलाई कुनै पनि हालतमा टुट्न नदिने बताउँदै नेपालसँगको सम्बन्धलाई भारतले उच्च प्राथमिकता दिएको बताएका थिए ।
उनले भने, “चाहे जेसुकै होस्, हामीलाई शिर झुकाएर बस्न किन नपरोस्, नेपालसँगको सम्बन्धलाई कुनै पनि हालतमा टुट्न र बिग्रिन दिने छैनौँ केही यस्तो शक्ति छ, जो भारत र नेपालबीचको सम्बन्धलाई खराब गर्न चाहन्छ । तर, म भारत सरकारको प्रतिनिधिको नाताले भन्न चाहन्छु, त्यो कुनै पनि हालतमा हामी हुन दिने छैनौँ ।”
उनले उत्तराखण्डको सीमाको प्रसङ्ग जोड्दै नेपालको विषय उठाएका थिए । उनले नेपालसँग भारतको ‘रोटीबेटी’ र विशेष सांस्कृतिक सम्बन्ध’ रहेको विषय पनि दोहो¥याएका थिए । सिंहले आफ्ना भाषणहरूमा नेपालसँगको सम्बन्धलाई महत्व दिएर बोल्ने गरेका छन् । उनले त्यही सभामा ‘अब पहिलेको स्थिति फेरिएको छ, अन्तर्राष्ट्रिय मञ्चमा भारतको कुरा गम्भीरताका साथ सुनिन्छ, हामी कसैको सामुन्ने घुँडा टेक्नेवाला छैनौँ । भारतले दुनियाँको कुनै पनि देशको एक इन्च पनि जमिन कहिल्यै कब्जा नगरेको बताए । तर आफ्नो देशलाई धम्की दिन कोसिस गर्नेलाई भारतले कडा जवाफ दिने र त्यसलाई कसैले पनि रोक्न नसक्ने उनले चेतावनी दिए ।

भारतले २०७२ वैशाखमा गएको भूकम्पमा ठूलै सहयोग गरेको हो । त्यतिबेला भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई आधा मोलमा कति टन सिमेन्ट दिने कुरा बताएका थिए । जसको परिमाण भारतको विरोध गर्ने जो कोही को पनि मुखमा बुजो लागेको थियो । तर, त्यो बाचा आजसम्म पनि पूरा गरेन । त्यस्तै कुन चाहिँ जलविद्युत् आयोजना भारत आफ्नै खर्चमा बनाई दिने वचन पनि दिएर गएका थिए– त्यो पनि आजसम्म पूरा भएन ।

नेपालमा भारतको चर्को विरोध छ । भारतको यति विधि विरोध हुनुको पछाडि भारतकै हेपाहा प्रवृत्ति नै जिम्मेवार रहेकोमा शङ्का छैन । नेपालीहरू जहिल्यै पनि आफू भारतीय शासक वर्गबाट जहिल्यै पनि ठगिएको महसुस गर्ने गर्छन् । नेपालका सबैजसो ठुला नदीहरू अहिले भारतको कब्जामै गएको छ । कोसी सम्झौता, गण्डक सम्झौता, शारदा ब्यारेजको सम्झौता आदिमा नेपाल पहिले नै ठगीमा प¥यो । ती सम्झौताहरूबाट नेपाललाई फाइदाभन्दा नोक्सान नै बढी भएको हामी पाउँछौँ । कोसी ब्यारेजबाट नेपालले बर्सेनि डुबानको समस्या भोग्दै छ । शारदा ब्यारेजबाट नेपालले पाउनुपर्ने पानी अहिलेसम्म पाएको रेकर्ड छैन । ती ब्यारेजतिर घुमेर फर्केका नेपालीहरू आँखामा आँसु मनमा चित्त दुखेको अनुभव गरी नेपाली नेताहरूलाई सत्तोसराप दिएर फर्केका हुन्छन् । चीनले आफ्नो देशको लागि तिब्बतस्थित ब्रह्मपुत्र नदीमा बाँध बाँध्दा भारतले चर्को विरोध गरेको देखिरहेका हामी नेपाली आफ्नो सिमानामै भारतले विभिन्न नामले बाँध बाँध्दा पनि टुलुटुलु हेरिराख्नेबाहेक एक शब्द पनि बोल्न सकेका छैनौँ । भारत चीनलाई साम्राज्यवादी देशको रूपमा चित्रण गर्दै छ तर आफै विस्तारवादी चरित्र छिमेकीप्रति हेपाहा प्रवृत्ति देखाइरहेको भारत छ । भारतको कुनै पनि छिमेकी देशहरूसँग दुईपक्षीय सम्बन्ध सौहार्द्रपूर्ण छैन ।
नेपालकै कुरा गर्ने हो भने भारत नेपाललाई सार्वभौम देशको रूपमा हेर्दैन बरु सानो आफ्नै प्रान्त ठान्दछ । रोटी बेटीको नाता देखाएर हप्कीदप्की गर्छ । भारतले विभिन्न बहानामा नेपालमा २०१९, २०२७, २०४५ र २०७२ सालमा गरी जम्मा ४ चोटि आर्थिक रूपमा नाकाबन्दी ग¥यो । यी सबै नाकाबन्दीले नेपालीहरूले आर्थिकरूपमा धेरै नै दुख–कष्ट सहनुप¥यो । नेपालीहरूले पनि भारतीय नाकाबन्दीको जतिसुकै नै दुःख भए पनि डटेर सामना गरे । जनताले गाडी चढ्न छोडेर साइकल चढेरै भए पनि आफ्नो काम काज चालु राखे । यी र यस्ता घटनाहरूको कारण नेपाल र नेपालीहरूमा भारतविरोधी भावना बढ्न गएको हो । तल अरू केही कारणहरू उल्लेख गर्ने जमर्को गर्छु, जसले नेपालीहरूलाई भारतविरोधी बनाउन आगोमा घिउ थप्ने काम भएको छ ।
१. भारतसँग भएका विभिन्न असमान सन्धि सम्झौताहरू :
नेपालीहरू भारतसँग समय – समयमा भएको विभिन्न सन्धि सम्झौताहरूमा धेरै नै ठगिएको ठान्दछन् । ब्रिटिश भारत र नेपालबिच भएको सन १८१५ को सुगौली सन्धिका कारण नेपालको सिमाना खुम्चिन पुग्यो । त्यति बेलै सन्धिमा हस्ताक्षर गर्न राणा प्रधानमन्त्रीले आनाकानी गरेका थिए । यो सन्धिमा नेपालले २–३ वर्षपछि मात्र हस्ताक्षर गरेको थियो । त्यसपछि सन् १९५० को शान्ति तथा मैत्री सन्धिमा पनि नेपाल नराम्रो गरी ठगिएको थियो । त्यो सन्धिअनुसार भारतसँग नसोधिकन अन्य मुलुकबाट हातहतियार खरिद गर्न पाइँदैन । त्यो सन्धि परिमार्जनको लागि विज्ञ टोली गठन भई प्रतिवेदन पनि तयार ग¥यो । तर, भारत त्यो प्रतिवेदन बुझ्न तयार नै भएन । सो प्रतिवेदन अहिले लावारिस अवस्थामा छ ।
२. जलस्रोत उपयोगसम्बन्धी भारतसँग भएका सन्धिहरू :
जलस्रोतसम्बन्धी भारतसँग भएका सन्धिहरूमा पनि नेपालीहरू ठगिएको अनुभव गर्दै छन् । भारतले नेपालको सिमानामै अन्तर्राष्ट्रिय कानुनको बेवास्ता गरी निर्माण गरेका बाँधबाट जहिले पनि नेपाली जनता डुबानको समस्या भोगिरहेका छन् । अन्तर्राष्ट्रिय सन्धि–सम्झौताअनुसार बनाउनुपर्ने तटबन्ध निर्माणमा भारतको बेवास्ताका कारणले पनि नेपालीले बर्सेनि समस्या भोगिरहेका रहेका छन् । कोसी, शारदा, गन्धक, टनकपुर बाँध निर्माणसँगै नेपालले पाउनुपर्ने पानीको हिस्सा आजसम्म पनि नेपालले पाएको छैन । त्यतातिर डुल्न जाँदा पानी जम्मै भारततिर मात्र लगिराखेको दृश्यले सबैको मन रुन्छ । नेपालीहरू शासक नेताहरूलाई सराप्छन् । यो त भयो, पुरानो बनिसकेको सन्धि सम्झौताअनुसारका योजनाहरूको कुरा । (२०४७ सालपछिको) सम्झौताअनुसार बन्नुपर्ने पञ्चेश्वर, महाकाली, कर्णाली जलविद्युत् विद्युत् परियोजना बीसाँै वर्ष बितिसक्दा पनि किन निर्माण सम्पन्न भएन । यसमा भारतको खराब नियतमात्र प्रस्टिएको छ । नदी ओगट्नेबाहेक भारतको राम्रो मनसाय नभएको प्रस्ट छ । जसले नेपालको आर्थिक विकासमा धेरै ठूलो धक्का लागेको छ । यसले पनि नेपालीको मन दुखाएको छ ।
३. सीमा अतिक्रमण :
नेपालको भारतसँग पूर्व, पश्चिम र दक्षिण तीनतिर सीमा जोडिएको छ भने उत्तरतिर चीनसँग सीमा जोडिएको छ । यहाँ भारततिरको सीमा नेपालसँग खुला छ । खुला सिमानाले नेपाललाई फाइदाभन्दा बेफाइदा नै बढी देखिन्छ । त्योभन्दा पनि भारतबाट नेपालका ७१ ठाउँमा नेपाली भूमि अतिक्रमण भएको छ । क्षेत्रफलको हिसाबले त्यो भूमि ६०६ वर्ग किलोमिटर हुन आउँछ । सुस्ता अतिक्रमणको कुरा त हामी सानो बेलादेखिकै कुरा हो । यो कुराको ढाकछोप गर्न भारतीय पक्ष चिनियाँहरूले नेपालको सिमाना अतिक्रमण गरेको कुरा उठाई कुरा अन्ततिर मोड्ने प्रयास गर्दै छ । दक्षिण एसियामा भारत नै एउटामात्र यस्तो देश हो जसको कुनै पनि छिमेकी देशसँग मित्रवत् सम्बन्ध छैन । सिमाना मिचाइको कुरा कुनै पनि देशभक्त नेपालीको लागि सह्य हुँदैन । छिमेकी चीनकै कुरा गर्ने हो भने उसले लगभग भारतबाहेक सबै देशसँग सीमा विवाद टुङ्ग्याइसकेको छ । फेरि भारतको पाकिस्तानसँग जहिले पनि किचलो भइराखेको, सिक्किम भारतमा विलयको कुरा, कास्मिरकै कुरा तथा भुटानको कुराले नेपाल र नेपालीलाई भारतसँग सतर्क रहन झस्काइरहन्छ । भारतले चाहेमा नेपालसँगको सीमा विवाद केही दिनमै टुङ्ग्याउन सक्ने कुरा हो ।
४. वचन पूरा नगर्ने
भारतले २०७२ वैशाखमा गएको भूकम्पमा ठुलै सहयोग गरेको हो । त्यतिबेला भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई आधा मोलमा कति टन सिमेन्ट दिने कुरा बताएका थिए । जसको परिणाम भारतको विरोध गर्ने जो कोही मुखमा बुजो लागेको थियो । तर, त्यो बाचा आजसम्म पूरा गरिएन । त्यस्तै कुन चाहिँ जलविद्युत् आयोजना भारत आफ्नै खर्चमा बनाइदिने वचन पनि दिएर गएका थिए– त्यो पनि आजसम्म पूरा भएन । यस्ता घटनाहरूले भारतप्रतिको सद्भाव कमजोर हुँदै गयो ।
५. भारतमा नोटबन्दीको बेला नेपालसँग थुप्रो भारतीय रुपैयाँ थियो ।
त्यो सबै भारतीय पैसा साटिदिन नेपाल सरकारले पत्राचार गरेको थियो । तर, भारतीय सरकारले त्यो पैसा साटिदिने कुनै चासो नै देखाएन । यसले गरिब नेपाली जनता लाहुरेहरू ठूलो मर्कामा परेका थिए ।
६. नेपालमा हुने हरेक किसिमको गतिविधिमा चीनको उक्साहट देख्ने भारतको दृष्टिकोण पनि नेपालीलाई मन नपर्ने विषयमा पर्छ ।
नेपाल र नेपालीलाई कम्युनिस्टको ‘क’ पढाउने नै सुरुका व्यक्तिहरू भारतीयहरू नै हुन । नेपालीहरूलाई व्यक्तिहत्याको पाठ पढाउने पनि भारतीयहरू नै हुन् । अझ माओवादी जनयुद्धको त कुरै नगरौँ यहाँँ । सबै भारतकै ‘बहादुरी’ हो ।
७. नेपालको आन्तरिक मामिलामा अति हस्तक्षेप :
भारतले नेपालको आन्तरिक मामिलामा अचाक्ली हस्तक्षेप गर्ने गरेको नेपालीलाई पटक्कै मन परेको छैन । भारत नेपाललाई आफ्नो सुरक्षाको छातामुनि राख्न चाहन्छ । तर, नेपालको भौगोलिक परिस्थितिले नेपाललाई तटस्थ असंलग्न मुलुकको रूपमा विकास गर्न दिन्छ । पछिल्लो समयमा भारतको चीनसँगको सीमालगायत अन्य विवादका कारण नेपाल चीनसँग नजिकिँदै गएको सम्बन्ध भारतलाई असह्य भइरहेको छ । विपत्को बेला चीनले गरेको सहयोग भारतको लागि मुटुमा बिझाउने विषय भयो रे ¤ नेपाल चीन रेल मार्गको विकास गर्ने कुराले पनि भारत नेपालसँग सा¥है नै बिच्कियो । भारतको यो प्रवृत्ति नेपालीले भारतको हुकुमवादी वा ‘ठुल दाइ’को प्रवृत्तिको रूपमा लिने गरेको छ । जुन नेपाली जनताले पटक्कै रुचाएको छैनन् । हो यी र यस्तै भारतीय प्रवृत्तिको कारण नेपालमा भारत विरोधी भावनाले जरो गाड्दै गएको हो । निश्चय नै नेपालीहरू भारतीय एकाधिकार पँुजीको विरोध गर्छन् । तर, नेपाली जनताको भारतीय जनता कहिले विरोध गर्दैनन् । किनभने बहुमत भारतीय जनता आफै भारतीय शासक वर्गबाट पीडित छन् । त्यसैले भारतीय पक्षले यी र यस्ता कुराहरूमा विचार पु¥याएमा नेपालमा भारतप्रति रहेको नकारात्मक भावनाहरू आफसेआफ हटेर जानेमा विश्वास गर्न सकिन्छ ।
हामी नेपाली भारतीयहरूको झुकेको शिर होइन, एसियाकै आर्थिकरूपले सबल संवेदनशील देशको रूपमा देख्न चाहन्छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *