पेइचिङ रिभ्यू – चीनमा सम्भावना र चुनौतीका केही कुरा
- आश्विन २८, २०८१
काठमाडौँ, ४ मङ्सिर । गुणराज लुइँटेलले ‘बाइरोडको बाटोमा’ ‘सबै उस्तै होइनन्’ भन्दै ‘नजित्ने भए पनि आफ्नो आस्था र विश्वासका मानिस उम्मेदवार छन् भने तिनलाई किन मतदान नगर्ने ? जित्नेलाई नै सबैले मतदान गर्ने हो भने अहिलेको प्रणाली सुधारमा मतदाताको योगदान पुग्दैन । (‘नागरिक’ ४ मङ्सिर २०७९)
एक अङ्ग्रेजी कविको भनाइ छ – यदि पूर्वको झ्याल–ढोका बन्द गरे पनि पश्चिमको झ्याल–ढोकाको काप–कापबाट प्रकाश छिर्नेछ ।
सबै उस्तै हुन् कसलाई भोट हाल्ने हो र ?
बुझेर वा नबुझेर सबै उस्तै उस्तै हुन् र त्यसैले भोटै नहाल्ने विचारको परिणाम निम्न हुन्छ –
१) ‘सबै चोर हुन्’ भन्ने मानिसहरू पनि छन् । के सत्य त्यही हो त ? कदापि होइन, अत्यन्त बहुमत जनता राम्रा छन् । खराब मानिस कम छन्, तर तिनीहरूको बोलवाला छ वा प्रभाव बढी छ† त्यो पनि क्षणिक हो । साँचो जनताको सङ्घर्षले तिनीहरूलाई पनि ठेगान लगाउने निश्चय छ ।
‘सबै उस्तै हुन्’ भन्नुको अर्थ पुरानैलाई मत हाल्ने जाली कुरा हो । हिजोको मानिस ठीक होइन भने उसैलाई भोट किन हाल्ने ? बरु उसको विरोधमा किन मत नहाल्ने ?
सबै उस्तै हुँदैनन् । कोही राम्रा होलान्, कोही अति खराब होलान्, कोही दोषरहित होलान् ।
सबै उस्तै भनेर पुरानैलाई मत हाल्न लगाउने वा नयाँलाई हाल्न नलगाउने जालसाजी नगरौँ ।
खराबको विरोधमा मत हालेन भने पुरानो खराबकै शासन चल्ने निश्चित छ । त्यस्तो थाहा पाउँदा पाउँदै खराबलाई भोट हाल्नेलाई शङ्काको आँखाले हेर्ने गर्छन् – टोल छिमेकमा ।
२) ‘जित्नेलाई भोट हाल्ने हो’ भने निर्वाचन नै गर्नुपर्दैन । जहिले पनि त्यसैले जित्ने भयो ।
तर प्रश्न खराबलाई मत दिने वा कसलाई किन भोट दिनेबारे छलफल गर्नु आवश्यक छ ।
हिजो जित्नेले राम्रै काम गरेका छन् भने उसैलाई मत दिनु पनि नराम्रो होइन, बरु उनीभन्दा राम्रो छ भने नयाँलाई दिनु झन् राम्रो हो ।
३) कसैलाई पनि भोट नदिनुको अर्थ खराबलाई दिनु र राम्रोलाई नदिनु हो ।
४) सबै खराब छन् भन्ने मान्यता या त अज्ञानता हो वा निराशाको सङ्केत हो वा तुलनात्मक अध्ययनको कमी हो । त्यस विचारकालाई उत्तर हुन्छ – त्यसो भन्ने व्यक्ति आफै खराब हो ।
५) सांसद वा प्रधानमन्त्रीको पद एउटै कार्यकालमात्र पूरा गर्ने नियम कस्तो होला ?
तुलनात्मकरूपले नयाँ उम्मेदवार राम्रो भएमा पुरानोलाई किन दिने ?
अर्को विषय हो – राम्रो भन्नुको अर्थ के हो ? हाम्रो देश विदेशको जालमा पार्ने एमसीसीको समर्थन गर्ने भयो भने नयाँ भनेर हुँदैन पुरानैलाई दिँदामात्र देशको हित हुन्छ ।
त्यस्तै विदेशीलाई सजिलै जन्मसिद्ध नागरिकता दिन लगाउने र ‘नागरिकता विधेयक’लाई पारित गराउने राजनीतिक दल र व्यक्ति (सांसद उम्मेदवार) सुनकै भए पनि देशको अहितमा हुन्छ, त्यसैले त्यस्तालाई हराउनैपर्छ, उसलाई भोट दिने कुरै आउँदैन ।
६) हिजो देश र जनतालाई समृद्धितिर लैजान्छ भन्ने तर काम केही नदेखाउने पार्टी र उम्मेदवारलाई किन भोट दिने ? उसले त धोखा दिइसकेकै हो नि ¤
७) सिद्धान्तले मात्र चल्दैन ?
कसैले सिद्धान्तले मात्र चल्दैन भन्छ भने ऊसँग कुनै सिद्धान्त छैन वा ऊ सिद्धान्तविनाको मानिस भएको हुनाले उसले जे पनि गर्छ र जहाँ पनि जान्छ भन्ने हो ।
८) गरिब जनतालाई प्राथमिकता दिने गरी ‘निःस्वार्थरूपले देश र जनताको सेवा गर्ने सिद्धान्त बोकेको छ भने राम्रो हो । त्यसो गर्न उसले कामदार जनतालाई रोजगारीको तालिम दिलाउनेमा पक्षपात गर्नुभएन, ‘योग्यताअनुसारको काम’ र ‘कामअनुसारको ज्यालाको बन्दोबस्त गर्छ’ भने राम्रो हो । राम्रो सिद्धान्तअनुसार काम गर्नेलाई भोट दिनु राम्रो हुन्छ ।
९) सिद्धान्त छैन भन्नु कुनै उद्देश्य नहुनु वा कुनै जाने ठाउँ वा गन्तव्य नहुनु हो । त्यस्ता पार्टी र व्यक्तिलाई भोट दिनु अन्योलमा पर्नु र भोट खेर जाने सम्भावना छ ।
१०) मन पर्ने जसलाई पनि मत दिनुको अर्थ लाग्छ । मन पर्ने राम्रा, कम राम्रा, केही राम्रा, कुराले मात्र राम्रा, आफ्नै जातका, आफ्नै भाषाका, आफ्नै क्षेत्र भएको हुनाले भोट दिनु पनि उचित होइन । यसकारणले त्यो उम्मेदवार र उसको पार्टीले सारा नेपाली जनता र देशलाई हित गर्छ भन्ने कुरा प्रस्ट पार्नुपर्छ । नत्र, हाम्रो मत साम्प्रदायिक, अन्धविश्वास र जातीय नातामा जानेछ र देश र जनताले चुनाव हार्नेछ ।
Leave a Reply