वरिष्ठ अधिवक्ताहरूको बहस नोटतर्फ एक नजर
- मंसिर २६, २०८१
पुँजीपति वर्गको पक्ष लिने नेका, राजाको पक्ष लिने राप्रपा र जमिनदारहरूको पक्ष लिने जसपा र लोसपाहरू कम्युनिस्ट पार्टीका विरोधी दल हुन् । उनीहरू कम्युनिस्ट पार्टी बलियो भएको या अघि बढेको हेर्न चाहँदैनन्, चाहेका छैनन् । नेकासँग माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीसँग गठबन्धन गर्नु र एमालेसँग राप्रपा र जसपाको तालमेल हुनुको ध्येय कम्युनिस्ट पार्टी र सिद्धान्त हराउनु पनि हो । पुँजीवादी, राजावादी र सङ्कीर्णवादी दलहरू कम्युनिस्ट पार्टीलाई बलियो हुन दिँदैनन् । ती दलहरूको अर्काे ध्येय भनेको मित्रलाई धकेलेर शत्रुसँग मिली सरकारको नेतृत्व गर्नु या सरकारमा जानु पनि हो । सत्ताको निम्ति सिद्धान्त र विचारको ख्याल नगर्नु देशकै विडम्बनाको विषय हो ।
राजावादी दल राप्रपा र पुँजीवादी पार्टी नेकालाई जिताएर अन्य कम्युनिस्ट पार्टीलाई हराउने विचार कम्युनिस्टविरोधी कदम हो । कम्युनिस्टविरोधी गतिविधि गर्ने दलमा माओवादी केन्द्र र एकीकृत समाजवादीमात्र होइन एमाले पनि परेका छन् । यसकारण, यी दलहरू व्यवहारतः पुँजीवादी पार्टी हुन् । माओवादी केन्द्र र एकीकृत समाजवादी देउवाको जालमा फसेका हुन् कि देउवाले फसाएका हुन् ? एमाले राजावादी दलसँग तालमेल गरेर के देश समृद्ध बन्छ ? नेपाली सुखी हुन्छन् ? कम्युनिस्ट भनिने दलहरू पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने दल नेका र राजावादी राप्रपासँग मिलेर कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्छ ? कम्युनिस्ट पार्टीलाई कमजोर बनाउन नेका र राजावादी दलसँग मिल्ने दल कसरी कम्युनिस्ट पार्टी हुन्छ ?
राजतन्त्रको अन्त्यपछि देशमा पुँजीवादी पार्टी र समाजवादी पार्टीबिच प्रतिस्पर्धा हुनुपर्ने हो । नेका र कम्युनिस्ट पार्टीबिच प्रतिस्पर्धा हुनुपर्ने हो । नेका र कम्युनिस्ट पार्टीबिच सैद्धान्तिक र वैचारिक लडाइँ हुनुपर्ने हो । तर, यहाँ नेका र कम्युनिस्ट पार्टी मिलेका छन्, राप्रपा र कम्युनिस्ट पार्टी मिलेका छन् । के यो कम्युनिस्ट आन्दोलनलाई पछि धकेल्ने प्रयास होइन ? के माओवादी केन्द्र, एकीकृत समाजवादी र एमालेको अन्तिम उद्देश्य कहिले नेका, कहिले राप्रपा त कहिले लोसपा र जसपासँग मिलेर शासन गर्नु हो या सत्तामा पुग्नु हो ? के माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधाराले सिकाएको पाठ यही हो ? के अब कम्युनिस्ट पार्टीले कुनै आन्दोलन गर्नुपर्दैन ? हाल प्राप्त भएको अधिकार नै कम्युनिस्ट पार्टीको अन्तिम लक्ष्य हो ?
अबको आन्दोलन र सङ्घर्ष पुँजीवाद वा समाजवादमा केन्द्रित हुनुपर्छ । सच्चा कम्युनिस्टहरू पुँजीवादी बाटोमा लाग्दैनन्† पुँजीपतिहरूको पृष्ठपोषण गर्दैनन् । अब कुनै सङ्घर्ष र आन्दोलन गर्नु नपर्ने सत्तासीन कम्युनिस्टहरूको उद्देश्य हो भने पार्टीको नाम किन माक्र्सवाद र लेनिनवाद राख्नुप¥यो ? अब वर्गसङ्घर्ष गर्नुपर्दैन भन्ने तिनीहरूको ठहर हो भने किन कम्युनिस्ट पार्टी भन्नुप¥यो ? सिद्धान्त र विचार फरक भएरै दल फरक–फरक भएको हो । सिद्धान्त र विचार एउटै हो भने गठबन्धन र तालमेल किन ? एउटै दल बनाए पनि हुन्छ नि ! प्रजातन्त्रवादीहरू लोकतान्त्रिक समाजवाद अँगाल्छन् भने कम्युनिस्टहरू वैज्ञानिक समाजवाद मान्छन् ।
Leave a Reply