भर्खरै :

सूर्यविनायक नपा–६ मा कार्यकर्ता भेला

सूर्यविनायक नपा–६ मा कार्यकर्ता भेला

भक्तपुर, २२ पुस । नेपाल मजदुर किसान पार्टीप्रति आस्था राख्ने कार्यकर्ताहरूको भेला सूर्यविनायक नगरपालिका वडा नं. ६ मा शुक्रबार भयो ।
उक्त भेलामा नेमकिपा भक्तपुर जिल्ला समितिका सचिव पाण्डव सुवालले दर्शन र सिद्धान्त नबोकेको राजनीतिक पार्टी केही व्यक्तिको झुन्ड हुने भएकोले त्यस्ता झुन्डबाट देश अगाडि बढ्ने छैन भन्नुभयो ।
पञ्चायतको विरोधमा लागेका पार्टीहरू पञ्चायतकै बाटोमा हिँडेकैले देश एक एक पाइला गर्दै परनिर्भर भइरहेको बताउँदै सचिव सुवालले नेपाल विकास नहुनुमा भारतीय विस्तारवाद मुख्य दोषी भएको बताउनुभयो ।
नेमकिपा सूनपा नगर समितिका सचिव महेन्द्र बखुन्छेले नेपालमा समाजवादी विचारबारे जनतालाई सचेत बनाउने काम नेमकिपाले गरिरहेको हो भन्नुभयो ।
सूनपा वडा नं. ६ पार्टी एकाइ समितिका उपाध्यक्ष यशोदा मल्लको सभापतित्वमा उक्त भेला भएको थियो । भेलाले तुल्सी त्वायनाको अध्यक्षतामा १९ सदस्यीय नेमकिपा सूनपा ६ वडा एकाइ समिति गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *